काम नगर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सिफारिस

विदुर । गुणस्तरहीन सामाग्री प्रयोग गरेर संरचना निर्माण गर्ने ठेकेदारलाई कालोसूचीमा राख्न सांसदहरूले सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको ‘विकास तथा प्रविधि समिति’को बैठकमा निर्माण व्यववसायीहरूसँग छलफल गर्दै सांसदहरूले गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग गर्ने ठेकेदारहरूलाई कालो सूचीमा राखेर कारबाही गर्नुपर्ने बताएका छन् ।

समितिका सभापति कल्याणीकुमारी खड्काले भुलवश कम गुणस्तरका सामाग्री पर्न जाने भन्ने कुरा मान्न नसकिने बताउँदै अहिलेसम्मको स्थितिको समीक्षा गर्दा व्यवसायीले मिलेमतोमा कमशल निर्माण सामाग्री प्रयोग गर्ने गरेको पाइएकाले त्यस्ता निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गर्ने व्यवस्था मिलाउनको लागी आग्रह सहित सिफारिस गर्ने निर्णय गरेको हो । समितिले वर्तमान गृहमन्त्री रामबहादुर थापा बादलले जिम्मेवारी सुरु गरेको समयमा गलत काम गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने भनेर निकै तडकभडक देखाएपनि केही गर्न नसकेको भन्दै ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।

यसैबीच, समितिको बैठकमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्याको कारण काम गर्न सक्ने अबस्था नभएकाले त्यसलाई बुझिदिन आग्रह गर्नुभएको थियो ।

महासंघको केही दिन अघि सम्पन्न २१ औं साधारणसभामा पारित एजेन्डाबारे जानकारी गराउँदै अध्यक्ष रवि सिंहको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले ठेक्काबीचैमा छोडेमा सम्पन्न हुन बाँकी कामको लागत रकम निर्माण व्यवसायीको घरघरानाबाट असुल उपर गरिने र भ्रष्टाचारको मुद्दा चलाइने प्रावधान व्यवसायी मैत्री नभएकाले त्यसलाई सुधार गर्न उहाँले माग गर्नुभएको थियो ।

कामदार अभावले फलाखुको काम रोकियो

वेत्रावती । कामदार अभावका कारण देखाउदै रसुवाको नौकुण्ड गाउँपालिका वडा न. १ थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनाको काम ठप्प भएको छ ।  बर्खाको समयमा काम नगर्ने भन्दै गएको असारमा चिनियाँ कामदार फर्किएपछि सात महिनादेखि काम रोकिएको हो । पछिल्लो समय चीनमा कोरोना रोगको भाइरसको प्रकोप सुरु भएसँगै अझै केही समय कामदार आउने सम्भावना नरहेको आयोजना पक्षले जनाएको छ । १४ दशमलब ७ मेगावाटको आयोजनाको काम सुरुभ एको डेढ वर्षमा ३० प्रतिशत काम सकिएको छ भने निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउनको लागी प्रथामिकता दिइएको आयोजना पक्षले जनाएको छ ।

आयोजनाले जग्गा अधिग्रहण, प्रशारणलाइन निर्माण, बाटो र क्याम्प निर्माण सम्पन्न भएसँगै संरचना निर्माणको काम अघि बढाइएको भएपनि कामदार अभावले काम रोकिएको बेत्रावती हाइड्रोइलेक्ट्रिक कम्पनीले जनाएको छ । आयोजनाको सुरक्षाका लागि रसुवामा रहेको नेपाली सेनाको कालीजंग गणले पहरा दिदै आएको छ । फलाखु खोला जलविद्युत् आयोजना निर्माणमा दुई अर्ब ४० करोड रुपैया लगानी लाग्ने प्रक्षेपण गरिएको छ ।

नेपालमा कोरोना नभएको सरकारको स्पष्टोक्ति

विदुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री ढकालले कोरोना भाइरसबाट बच्नका लागि सरकार तयार रहेको बताउनुभएको हो ।

नेपालमा कोरोना भाइरस नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा दुईपटक बैठक बसेको र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको छ । मन्त्री ढकालले कोरोना भाइरसबाट सतर्क रहनका लागि जनचेतनामूलक जानकारी समावेश भएको सन्देश सञ्चार माध्यमबाट प्रशारण गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।

यस्तै, चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी अन्तिम चरणमा पुगेको मन्त्री ढकाले जानकारी गराउनुभयो । उहाँका अनुसार कोरोना भाइरसको संक्रमण देखिएका बाहेक आउन चाहने नेपाली सबैलाई नेपाल सरकारले ल्याउने तयारी गरेको दिनुभयो ।

फर्कन चाहने नेपालीको स्बास्थ्य परीक्षण गर्दा संक्रमित देखिएमा चीन सरकारले नेपाल नपठाउने बताउदै उहाँले रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर भाइरस संक्रमितको उपचारका लागी विभिन्न स्थानका तीन अस्पतालमा ४३ शय्याको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

पचास हजारले गरे महोत्सवको अवलोकन

बट्टार । “छैठौँँ नुवाकोट महोत्सव”को पाचौ दिनको समाप्तीसम्ममा पचास हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बिहीबारदेखि सुरु भएर यही माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा पाचौ दिनको समाप्तीसम्ममा पचास हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ नुवाकोटले जनाएको हो ।

पहिलो दिन निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो भने दोश्रो दिन शुक्रबार एक हजार सातसय, तेश्रो दिन शनिबार सात हजार एकसय चौथोदिन आइतबार दुई हजार तीनसय र पाचौ दिन सोमबार दुई हजार ५५० भन्दा बढी टिकट बिक्री भएको मेला प्रचार प्रसार उपसमितिमा संयोजक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँको अनुसार टिकटको विक्री मात्र नभई, मेला अवधिभरका लागी अवलोकलन गर्न एकमुष्ठ पास बनाएका, संघमा आबद्ध सदस्यलाई उपलब्ध गराइएको निःशुल्क प्रवेश पास गरेर पाँच दिनमा पचास हजार भन्दा बढीले मेलाको अवलोकन गरेका छन्् । मेलाको अवलोकनको लागी सोमबार बागमति प्रदेशसभाका सदस्य केशव पाण्डे, विदुर नगरपालिकाको प्रमुख सञ्जु पण्डित, उपप्रमुख गिताकुमारी दाहाल, सूर्यगढी गाउँपालिकाको उपाध्यक्ष मञ्जु बुढाथोकी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । यस्तै, नवराज घोरासैनी, कुशल बेलबासे, रोमा न्यौपाने लगायतका कलकारहरुको प्रस्तुती रहेको थियो ।

यसैबीच, महोत्सवको अवसर बनाएर अयोजनना गरिएको अन्तरविद्यालयतह नृत्य प्रतियोगितामा गुडविल ऐकेडेमी पिपलटारले पहिलो स्थान हासिल गरेको छ । नुवाकोटका विभिन्न स्थानबाट २७ विद्यालय सहभागी भएको प्रतिस्पर्धामा अर्किड ऐकेडेमी बट्टार दोश्रो भएको छ भने बिन्दुकेशर मावि टक्सार तेश्रो भएको छ । यसैगरी, समान अंकको साथ स्पार्कल ऐकेडेमी कोलनी र दिव्यरत्न ऐकेडेमी विदुरले सन्त्वना स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

“धार्मिक ऐतिहासिक कला सँस्कृतिको सम्बद्धन : दिगो आर्थिक विकासको लागी व्यवसायिक प्रबद्धन” भन्ने मूल नाराको साथ सुरु भएको महोत्सवले नुवाकोटमा रहेका बाह्रैवटा स्थानीयतहको पहिचानलाइ बृद्धि गर्दै जिल्लालाइ आर्थिक रुपमा समृद्ध बनाउन केन्द्रित गराउदै अघि बढेको महोत्सव आयोजना अन्तरगतको प्रचारप्रसार उपसमितिका संयोजक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

महोत्सव मार्फत नुवाकोटमा रहेका कृषि उब्जनीको प्रचार, साँस्कृतिक धरोहरको रुपमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण, नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु-याउनको लागी पर्यटन प्रबद्धन, हस्तकलाबाट उत्पादित सामाग्रिको बजारीकरण, वातावरण संरक्षण सम्बन्धि जनचेतनामूलक प्रचारमा जोड तथा सचेतना जगाउने लक्ष्य पूरा गर्न आफूहरु प्रतिबद्धत रहेको आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो ।

क्षयरोगको नमूना संकलन

भाल्चे । किस्पाङ गाउँपालिकाको वडा नं. १ स्थित भाल्चे स्वास्थ्य चौकीमा आयोजना गरिएको  छात्तिको जाँच तथा क्षयरोगको माइक्रोस्कोपिकमा एकसय भन्दाबढीको परीक्षण गरिएको छ । वडा कार्यालयमा आयोजित स्वास्थ्य शिविरमा वडा नं. १ भाल्चे सहित अन्य स्थानबाट आएका समेत गरेर ११३ जनाको क्षयरोगको नमूना संकलन गरिएको स्वास्थ्य चौकीको इञ्चार्ज गणेश विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँको अनुसार जाँच गराएका बिरामीहरुको संकलन गरेको नमूनाको प्रयोगशाला परीक्षण पश्चात यो साताभित्र प्रतिवेदन तयार गरेर सम्बन्धित व्यक्तिलाई जानकारी  गराउने लक्ष्य राखिएको छ ।

किस्पाङ गाउँपालिकको स्वास्थ्य शाखाको सहयोगमा सञ्चालन भएको शिविर मार्फत शंकास्पद तथा रोगबाट आन्तरिक रुपमा प्रभातिव भएकाहरुको अबस्था थाहा पाउनको लागी सहज हुने तथा रोग नलागेपछि नियमित जाँच तथा परीक्षण गराइराख्नुपर्छ भन्ने सचेतनाको लागी जनचेतना बृद्धि गराउन सहयोग पुगेको वडाध्यक्ष आइत घलेले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालय सुधारको लागी अध्यक्ष तामाङबाट प्रतिबद्धता

गाँउखर्क । दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नको लागी गाउँपालिकाले आवश्यक सहयोग पुराउने प्रतिबद्धता जनाउनुभएको छ ।

सोमबार दुप्चेश्वर गाउँपालिका वडा नं. २ गाउँखर्कको पाङ्गारमा रहेको बिरेन्द्र माध्यमिक विद्यालयको ३१ औँ बार्षिकोत्सव एंव अभिभावक समारोहमा गाउँपालिकाको अध्यक्ष योबिन्द्र सिंह तामाङले भूगोलको कठिनाई र शिक्षाको प्रतिस्पर्धामा पछि परेका कारण गाउँपालिकालाई दुर्गम भन्ने गरेकाले शैक्षिक विकासको लागी आवश्वयक सहयोग र शिक्षा ऐन लगायतका कानून निर्माणमा पहिलो प्रथामिकता दिएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानध्यपक उषा तामाङले प्रस्तावित माविको रुपमा सञ्चालन गर्दै आएको बिरेन्द्र माविको शैक्षिक विकास पछिल्लो समयमा निकै प्रगतीहुदै गएको र विद्यार्थीको रोजाईमा समेत रहेपनि शिक्षकको अभावका कारण सञ्चालनमा कठिनाई रहेको गुनासो गरेपछि गाउँपालिकाको अध्यक्षले शिक्षकको अभावको व्यवस्थापनमा आफू गम्भीर रहेको बताउनुभयो ।

उहाँले अहिले विद्यालयलाई तीन जना शिक्षक स्वंय सेवकको रुपमा उपलब्ध गराएकाले आगामी दिनमा थप दरबन्दी उपलब्ध गराउन तथा स्वंय सेवक शिक्षकको सङ्ख्या बढाउनको लागी प्रतिबद्धता जनाउनुभइएको छ । सरकाले कर्मचारीको जस्तै अब शिक्षकको पनि समायोजन प्रक्रिया अघि बढाउन पहल गर्न लागिरहेको भन्दै त्यसपश्चात अन्यत्रबाट आउने शिक्षक तथा पालिकाले नै रिक्त दरबन्दी देखाई शिक्षक उपलब्ध गराउने लगायतका समुदायिक विद्यालयका समस्या समाधानको लागी पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक उषा तामाङले प्रस्तावित माविको रुपमा चलाउदै आएको विद्यालयमा हाल प्रा.वि.तहको चारजना दरबन्दी शिक्षकको भरमा निजीश्रोतका थप ६ जना शिक्षको भरमा पनि विद्यालयको गुणस्तरमा प्रतिस्पर्धी बनाएर सञ्चालन गर्दै आएको बताउनुभयो । विद्यालयमा सुविधासम्पन्न भवन, पुस्तकालय, कम्युटर र विज्ञान प्रयोगशाला, प्रयाप्त खेल मैदान, नेपाली र अग्रेजी दुवै माध्यमबाट अध्यापन गराउदै आएकाले विद्यार्थी सङ्ख्या बढ्दै गएपनि शिक्षकको अभाव मुख्य समस्या रहेको गुनासो उहाँले गर्नुभयो ।

कार्यक्रममा विद्यार्थी दिलबहादुर तामाङ, अभिभावकहरु तिर्थ तामाङ र सञ्च तामाङ लगायतले विद्यालयले पछिल्लो समयमा गरेको सुधारबाट नै शैक्षिक सुधार गरेर अहिले २५५ भन्दा बढी विद्यार्थी अध्ययनरत रहदै विद्यार्थी भर्नादर प्रभावकारी रहेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा शैक्षिक सत्रभर रचनात्मक क्रियाकलापमा उत्कृष्ठ भएका विद्यार्थीलाई गाउँपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुषा तामाङले शैक्षिक सामाग्रि पुरस्कारको रुपमा प्रदान गरेका थिए ।

ग्याँसको मूल्य बढ्यो, पेट्रोल र डिजेल घट्यो

विदुर । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य एक सिलिण्डरमा २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ । मूल्यवृद्धिपछि अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ३७५ रुपैयाँ पुगेको छ ।
काठमाडौंमा ग्याँसको मूल्य एक सिलिण्डरको एक हजार ३७५ रुपैयाँ पुगेको छ भने पेट्रोल ११० र डिजलरमट्टीतेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । मंगलबारदेखि नै लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य एक लिटरको ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । हवाई इन्धनको मूल्य भने याथावत नै राखिएको छ ।
नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको नयाँ अन्तरराष्ट्रिय बजार मूल्य घटेको र ग्याँसको बजारमूल्य बढेको हुनाले खाना पकाउने ग्यासको मूल्य बढाएर तेलको मूल्य घटाइएको उल्लेख छ ।

मेलमिलापकर्तालाई तालीम तथा प्रशिक्षण

विदुर । तारकेश्वर गाउपालिका भित्रका वडाअध्यक्ष, न्यायिक समितीका सदस्य, मेलमिलापकर्तालाई क्षमता अभिबृद्धि तथा अनुभव आदानप्रदान तालिम सञ्चालन ल्याइएकोे छ ।

तारकेश्वर गाउपालिकाको आयोजना र प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटको समन्वयमा सोमबारदेखि सुरु भएर मंगलबारसम्म चल्ने क्षमता अभिबृद्धि तालिमबाट मेलमिलापकर्तालाई बिबाद समाधान गराउदाँ अपनाउने पर्ने नीति नियम र तरिकाबारे जानकारी गराउदै सक्रिय मेलमिलापकर्ता उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

दाङसिङमा सञ्चालन गरिएको कार्यक्रममा तारकेश्वर गाउपालिकाको अध्यक्ष रमेशबहादुर बस्तीले मेलमिलापकर्ताले विवाद समाधान गराएबापत थप सेवा सुबिधा उपलब्ध गराउन, सहजताका साथ न्याय सम्पादन गर्नको लागी कार्यालय ब्यबस्थापन र संस्थागत बिकास गर्नको लागी बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै, तारकेश्वर गाउपालिकाको उपाध्यक्ष एबं न्यायिक समितीका संयोजक तारादेबी रिमालले मेलमिलापकर्तालाई कामप्रति प्रत्सोहन गर्न आगामी दिनमा पनि क्षमता अभिबृद्धिका तालिम सञ्चालन गरिने बताउनुभयो । उहाँले विवाद समाधानको लागी सबैभन्दा पहिला सामुदायिक मेलमिलाप केन्द्रमा सिफारिस गरेर त्यहाँबाट समाधन नभएमा मात्र न्यायिक समितिमा दर्ता गराएर छलफल चलाउने बताउनुभयो ।

कार्यक्रममा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रका जिल्ला कार्यक्रम संयोजक सिताराम पौडेलले नुवाकोटका सबै स्थानीयतहको प्रत्येक वडामा ६ जना सक्रिय मेलमिलापकर्ता उत्पादन गरी उनीहरुलाई ब्यबस्थित गर्न आगामी दिनमा सबै स्थानीयतहसँग समन्वय तथा तालिम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने क्षमता अभिबृद्धि तालिममा न्यायिक समितीका सदस्य ज्ञानेन्द्र तामाङ, सम्मरबहादुर आले, तारकेश्वर गाउपालिका भित्रका निर्बाचित वडाअध्यक्ष लगायत अन्य सरोकारवालाहरु सहभागि रहको छन् । तालिमको पहिलो दिन सोमबार अधिवक्ता एंव पत्रकार नबदिप श्रेष्ठ, प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रका कार्यक्रम संयोजक सिताराम पौडेल, मेलमिलाप प्रशिक्षक श्याम अधिकारी लगायतले सहजिकरण गर्नुभएको थियो भने मंगलबार जिल्ला अदालत नुवाकोटका श्रेस्तेदार शिबप्रसाद बञ्जारा लगायतका प्रशिक्षकले सहजिकरण गर्ने कार्यतालिका रहेको छ । पछिल्लो समय समाजमा हुने फौजदारी बाहेक देबानी प्रकृतिका बिबाद समाधानको लागी सामुदायिक मेलमिलापको भूमिका प्रभाबकारी बन्दै गएको छ ।

स्वस्थ्य व्यक्ति मात्रै स्वदेश फर्काउने तयारी

विदुर । चीनमा रहेका नेपालीको कोरोना रोगको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि फाराम भरेर सम्पर्कमा आएका १८० जनाको कोरोना रोग भए नभएको जानकारीको लागी स्वास्थ्य परीक्षण पश्चात स्वस्थ्य व्यक्ति मात्र स्वदेश ल्याउन लागेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्थ्य परीक्षण अघि बढाइएको बताउनुभयो । परीक्षणका क्रममा कोरोना संक्रमण देखिएकालाई चीनमै राखेर उपचार गरिने उहाँले जानकारी दिनुभयो । चीनमा रहेका सबै नेपालीको स्वास्थ्य परिक्षण गरिने भन्दै उहाँले कोरोना संक्रमण भएको पाइएमा उतै उपचार गर्ने ब्यबस्था मिलाइएको नेपाल सरकारले जनाएको छ । मन्त्रालयले चीनबाट फर्कने क्रममा रहेका नेपालीलाई राख्ने स्थानको पहिचान भइरहेको जनाएको छ । मंगलबारसम्ममा स्थानको पहिचान हुने बताउदै मन्त्रालयले तीनतहमा समिति बनाई अध्ययन गरिरहेको जनाएको छ । यसअघि चीनमा रोराना फैलिएको मुख्य प्रान्त वुहानबाट फर्किएका एकजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

बिमानबाट कुवेत उड्नै लाग्दा प्रहरी नियन्त्रणमा

विदुर । बलात्कारको आरोपमा फरार रहेका धादिङका एक जनालाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

गजुरी गाउँपालिका घर भएका हरिकृष्ण भनिने हेमनसिंह बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले विमानस्थलबाट पक्राउ गरेको जनाएको छ ।

गएको जेठ १४ गते गजुरीको बस्नेत गाउँमा बाटो खन्ने क्रममा एक्साभेटर चालक समेत रहेका हेमनसिंहले स्थानीय १६ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा धदिङ अदालतमा मुद्धा बिचाराधीन रहेको छ । घटनापछि हेमन केही समय भारतका विभिन्न ठाउँमा लुकेर बसेको र वैदेशिक रोजगारीको सिलसिलामा कुवेत जान लागेको अबस्थामा पक्राउ गर्न सफल भएको सिआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

हेमनसिंहलाई आवश्यक अनुसन्धान एंव कारबाहीको लागी सिआईबीले हिजै जिल्ला प्रहरी कार्यालय धादिङ पठाएको छ ।

२० केजी चरेस सहित पाँच जना पक्राउ

विदुर । धादिङको बेनिघाट–रोराङ गाउँपालिका वडा नं. ४ स्थित मलेखु–ताल्ती कच्ची सडकखण्डबाट अवैध लागूऔषध २० केजी चरेस सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँग चरेस बनाउन प्रयोग हुने एक लिटर झोल पदार्थसमेत नियन्त्रणमा लिएको धादिङ प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका २८ वर्षीय सुकलाल गोम्बो, १९ वर्षीय भिमवहादुर गोम्वो, २२ वर्षीय पासाङ तामाङ, काछामान स्याङ्गतान र चरेस खरिद गर्न आएका म्याग्दी घर भएका  ३० वर्षीय तिलक विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको टोलीले उनीहरुसंग खानतलास गर्ने क्रममा ठूलो परिणामको चरेश सहित केही नगद रुपैयाँ समेत बरामद भएको गजुरी स्थित प्रहरी नायब उपरीक्षक खडगबहादुर खड्काले जानकारी दिनुभयो ।

नेपाल बाल संगठन प्रति समितिको चासो

विदुर । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको चल, अचल सम्पूर्ण सम्पत्ति एवं बालबालिकाको संरक्षकत्व यथाशीघ्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत ल्याउन निर्देशन दिएको छ । नेपाल बाल सङ्गठनका पदाधिकारीसगँको छलफलपछि समितिले प्रदेशगत र स्थानीय तहगतरुपमा बालबालिकाको संरक्षण गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिएको हो ।

पाँच दशक लामो इतिहास भएको नेपाल बाल सङ्गठनले थुप्रै बालबालिकाको संरक्षकत्व निर्वाह गर्दै आए तापनि परिवर्तित शासन प्रणालीअनुरुप परिमार्जन हुन नसकेको समितिले जनाएको छ ।

बैठकले संघीय संरचना अनुसार बन्ने सबै व्यवस्थामा बालबालिका मैत्री बनाउन, न्यूनतम मापदण्ड पूरा गरेरमात्र बालगृह खोल्न, स्वास्थ्य तथा शिक्षा लगायत न्यूनतम आधारभूत आवश्यकता पूरा एवं नियमित गर्ने कार्य अघि बढाउन मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

समितिले बालबालिकाको हित प्रवद्र्धन गर्न खुलेका सम्पूर्ण गैरसरकारी संघसंस्थाको काम कारवाहीमा पारदर्शिता कायम गर्न, पोषणको अवस्थामा सुधार गर्न, बालबालिकाको अधिकार कुनै पनि कारणबाट खण्डित हुन नदिनतर्फ सजग रहन सरकारलाई सुझाव दिएको छ ।

समितिले बालबालिकालाई मर्यादित व्यवहार गर्न, सूचनाको हकसम्बन्धी ऐनबमोजिम बालगृहका गतिविधि तीन÷तीन महिनामा अद्यावधिक गरी सार्वजनिक गर्न तथा परोपकारको आवरणमा व्यापार चलाउने संस्थाको नियमित अनुगमन गर्न मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web