नेपालमा कोरोना नभएको सरकारको स्पष्टोक्ति

माघ २२, २०७६ मा प्रकाशित | 818 views

विदुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री ढकालले कोरोना भाइरसबाट बच्नका लागि सरकार तयार रहेको बताउनुभएको हो ।

नेपालमा कोरोना भाइरस नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा दुईपटक बैठक बसेको र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको छ । मन्त्री ढकालले कोरोना भाइरसबाट सतर्क रहनका लागि जनचेतनामूलक जानकारी समावेश भएको सन्देश सञ्चार माध्यमबाट प्रशारण गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।

यस्तै, चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी अन्तिम चरणमा पुगेको मन्त्री ढकाले जानकारी गराउनुभयो । उहाँका अनुसार कोरोना भाइरसको संक्रमण देखिएका बाहेक आउन चाहने नेपाली सबैलाई नेपाल सरकारले ल्याउने तयारी गरेको दिनुभयो ।

फर्कन चाहने नेपालीको स्बास्थ्य परीक्षण गर्दा संक्रमित देखिएमा चीन सरकारले नेपाल नपठाउने बताउदै उहाँले रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर भाइरस संक्रमितको उपचारका लागी विभिन्न स्थानका तीन अस्पतालमा ४३ शय्याको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web