विदुर । गुणस्तरहीन सामाग्री प्रयोग गरेर संरचना निर्माण गर्ने ठेकेदारलाई कालोसूचीमा राख्न सांसदहरूले सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको ‘विकास तथा प्रविधि समिति’को बैठकमा निर्माण व्यववसायीहरूसँग छलफल गर्दै सांसदहरूले गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग गर्ने ठेकेदारहरूलाई कालो सूचीमा राखेर कारबाही गर्नुपर्ने बताएका छन् ।

समितिका सभापति कल्याणीकुमारी खड्काले भुलवश कम गुणस्तरका सामाग्री पर्न जाने भन्ने कुरा मान्न नसकिने बताउँदै अहिलेसम्मको स्थितिको समीक्षा गर्दा व्यवसायीले मिलेमतोमा कमशल निर्माण सामाग्री प्रयोग गर्ने गरेको पाइएकाले त्यस्ता निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गर्ने व्यवस्था मिलाउनको लागी आग्रह सहित सिफारिस गर्ने निर्णय गरेको हो । समितिले वर्तमान गृहमन्त्री रामबहादुर थापा बादलले जिम्मेवारी सुरु गरेको समयमा गलत काम गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने भनेर निकै तडकभडक देखाएपनि केही गर्न नसकेको भन्दै ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।

यसैबीच, समितिको बैठकमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्याको कारण काम गर्न सक्ने अबस्था नभएकाले त्यसलाई बुझिदिन आग्रह गर्नुभएको थियो ।

महासंघको केही दिन अघि सम्पन्न २१ औं साधारणसभामा पारित एजेन्डाबारे जानकारी गराउँदै अध्यक्ष रवि सिंहको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले ठेक्काबीचैमा छोडेमा सम्पन्न हुन बाँकी कामको लागत रकम निर्माण व्यवसायीको घरघरानाबाट असुल उपर गरिने र भ्रष्टाचारको मुद्दा चलाइने प्रावधान व्यवसायी मैत्री नभएकाले त्यसलाई सुधार गर्न उहाँले माग गर्नुभएको थियो ।

23¡ÆC