<p>विदुर । चीनमा रहेका नेपालीको कोरोना रोगको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि फाराम भरेर सम्पर्कमा आएका १८० जनाको कोरोना रोग भए नभएको जानकारीको लागी स्वास्थ्य परीक्षण पश्चात स्वस्थ्य व्यक्ति मात्र स्वदेश ल्याउन लागेको जनाएको हो ।<br></p><p>मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्थ्य परीक्षण अघि बढाइएको बताउनुभयो । परीक्षणका क्रममा कोरोना संक्रमण देखिएकालाई चीनमै राखेर उपचार गरिने उहाँले जानकारी दिनुभयो । चीनमा रहेका सबै नेपालीको स्वास्थ्य परिक्षण गरिने भन्दै उहाँले कोरोना संक्रमण भएको पाइएमा उतै उपचार गर्ने ब्यबस्था मिलाइएको नेपाल सरकारले जनाएको छ । मन्त्रालयले चीनबाट फर्कने क्रममा रहेका नेपालीलाई राख्ने स्थानको पहिचान भइरहेको जनाएको छ । मंगलबारसम्ममा स्थानको पहिचान हुने बताउदै मन्त्रालयले तीनतहमा समिति बनाई अध्ययन गरिरहेको जनाएको छ । यसअघि चीनमा रोराना फैलिएको मुख्य प्रान्त वुहानबाट फर्किएका एकजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । </p>
23.14¡ÆC