भाल्चे । किस्पाङ गाउँपालिकाको वडा नं. १ स्थित भाल्चे स्वास्थ्य चौकीमा आयोजना गरिएको छात्तिको जाँच तथा क्षयरोगको माइक्रोस्कोपिकमा एकसय भन्दाबढीको परीक्षण गरिएको छ । वडा कार्यालयमा आयोजित स्वास्थ्य शिविरमा वडा नं. १ भाल्चे सहित अन्य स्थानबाट आएका समेत गरेर ११३ जनाको क्षयरोगको नमूना संकलन गरिएको स्वास्थ्य चौकीको इञ्चार्ज गणेश विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँको अनुसार जाँच गराएका बिरामीहरुको संकलन गरेको नमूनाको प्रयोगशाला परीक्षण पश्चात यो साताभित्र प्रतिवेदन तयार गरेर सम्बन्धित व्यक्तिलाई जानकारी गराउने लक्ष्य राखिएको छ ।

किस्पाङ गाउँपालिकको स्वास्थ्य शाखाको सहयोगमा सञ्चालन भएको शिविर मार्फत शंकास्पद तथा रोगबाट आन्तरिक रुपमा प्रभातिव भएकाहरुको अबस्था थाहा पाउनको लागी सहज हुने तथा रोग नलागेपछि नियमित जाँच तथा परीक्षण गराइराख्नुपर्छ भन्ने सचेतनाको लागी जनचेतना बृद्धि गराउन सहयोग पुगेको वडाध्यक्ष आइत घलेले जानकारी दिनुभयो ।

24.52¡ÆC