गाँउखर्क । दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नको लागी गाउँपालिकाले आवश्यक सहयोग पुराउने प्रतिबद्धता जनाउनुभएको छ ।

सोमबार दुप्चेश्वर गाउँपालिका वडा नं. २ गाउँखर्कको पाङ्गारमा रहेको बिरेन्द्र माध्यमिक विद्यालयको ३१ औँ बार्षिकोत्सव एंव अभिभावक समारोहमा गाउँपालिकाको अध्यक्ष योबिन्द्र सिंह तामाङले भूगोलको कठिनाई र शिक्षाको प्रतिस्पर्धामा पछि परेका कारण गाउँपालिकालाई दुर्गम भन्ने गरेकाले शैक्षिक विकासको लागी आवश्वयक सहयोग र शिक्षा ऐन लगायतका कानून निर्माणमा पहिलो प्रथामिकता दिएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानध्यपक उषा तामाङले प्रस्तावित माविको रुपमा सञ्चालन गर्दै आएको बिरेन्द्र माविको शैक्षिक विकास पछिल्लो समयमा निकै प्रगतीहुदै गएको र विद्यार्थीको रोजाईमा समेत रहेपनि शिक्षकको अभावका कारण सञ्चालनमा कठिनाई रहेको गुनासो गरेपछि गाउँपालिकाको अध्यक्षले शिक्षकको अभावको व्यवस्थापनमा आफू गम्भीर रहेको बताउनुभयो ।

उहाँले अहिले विद्यालयलाई तीन जना शिक्षक स्वंय सेवकको रुपमा उपलब्ध गराएकाले आगामी दिनमा थप दरबन्दी उपलब्ध गराउन तथा स्वंय सेवक शिक्षकको सङ्ख्या बढाउनको लागी प्रतिबद्धता जनाउनुभइएको छ । सरकाले कर्मचारीको जस्तै अब शिक्षकको पनि समायोजन प्रक्रिया अघि बढाउन पहल गर्न लागिरहेको भन्दै त्यसपश्चात अन्यत्रबाट आउने शिक्षक तथा पालिकाले नै रिक्त दरबन्दी देखाई शिक्षक उपलब्ध गराउने लगायतका समुदायिक विद्यालयका समस्या समाधानको लागी पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक उषा तामाङले प्रस्तावित माविको रुपमा चलाउदै आएको विद्यालयमा हाल प्रा.वि.तहको चारजना दरबन्दी शिक्षकको भरमा निजीश्रोतका थप ६ जना शिक्षको भरमा पनि विद्यालयको गुणस्तरमा प्रतिस्पर्धी बनाएर सञ्चालन गर्दै आएको बताउनुभयो । विद्यालयमा सुविधासम्पन्न भवन, पुस्तकालय, कम्युटर र विज्ञान प्रयोगशाला, प्रयाप्त खेल मैदान, नेपाली र अग्रेजी दुवै माध्यमबाट अध्यापन गराउदै आएकाले विद्यार्थी सङ्ख्या बढ्दै गएपनि शिक्षकको अभाव मुख्य समस्या रहेको गुनासो उहाँले गर्नुभयो ।

कार्यक्रममा विद्यार्थी दिलबहादुर तामाङ, अभिभावकहरु तिर्थ तामाङ र सञ्च तामाङ लगायतले विद्यालयले पछिल्लो समयमा गरेको सुधारबाट नै शैक्षिक सुधार गरेर अहिले २५५ भन्दा बढी विद्यार्थी अध्ययनरत रहदै विद्यार्थी भर्नादर प्रभावकारी रहेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा शैक्षिक सत्रभर रचनात्मक क्रियाकलापमा उत्कृष्ठ भएका विद्यार्थीलाई गाउँपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुषा तामाङले शैक्षिक सामाग्रि पुरस्कारको रुपमा प्रदान गरेका थिए ।

27.42¡ÆC