कोरोनाबाट प्रभावितलाई राख्न चार स्थान प्रस्ताव

विदुर । नेपाल सरकारले चीनबाट आउन चाहने विद्यार्थी र नागरिकका लागि शिवपुरी, चांगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा स्बास्थ्य परिक्षण स्थल व्यवस्थित गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी ती चार स्थानमा व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । बैठकमा प्रधानमन्त्रीले चीनबाट आउन चाहनेलाई ल्याउन चार स्थानमा राख्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । उनीहरुले आफ्नो उद्दार नगरेको भन्दै सरकारको आलोचना गरिरहेका छन् । तर, सरकारले भने स्वदेश फर्काएपछि राख्ने ठाउँ तयार नभइसकेको भन्दै ढिलाइ गर्दै आएको थियो । नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति समग्र तयारीमा जुट्न सम्वद्ध मन्त्रालय र निकायहरूलाई प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

दुधेदेवीमा बहुविपद् प्रतिरोधात्मक सुविधासम्पन्न भवन

जोङडाँडा । सूर्यगढी गाउँपालिकाको वडा नं. १ को जोङडाडामा रहेको दुधेदेवी आधारभूत विद्यालयमा निर्माण गरिएको नौ कोठे पक्कि भवनको बुधबार प्रतिनिधिसभाका सदस्य एंव पूर्वमन्त्री हितबहादुर तामाङले उद्घाटन गर्नुभएको छ ।

जापानी सहयोग नियोग जाइकाको तर्फबाट ऋण सहायेगमा जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण गरिएको बहुविपद् प्रतिरोधात्मक भवन विनासकारी भूकम्पले पुराएको क्षतिको विनास पछिको विकासको रुपमा बनेको नयाँ भवनको सही रुपमा सदुपयोग गर्नको लागी प्रतिनिधिसभा सदस्य तामाङले आग्रह गर्नुभयो ।

भूकम्पको कारण पीडामा रहेका नेपालीको लागी जापानी ऋण सहयोगबाट निर्माण गरिएको नयाँ भवनको संरक्षण गर्दै शिक्षामा गुणस्तर तथा क्षमतावान विद्यार्थी उत्पादनको लागी सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।

विद्यालयमा निर्माण गरेको नयाँ भवनको उद्घाटन एंव हस्तान्तरण कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका इकाई प्रमुख दिनानाथ गौतमले विनासकारी भूकम्पको कारण क्षति पुगेका विद्यालयको भवन लगातयका सरकारी संरचना निर्माण नेपाल सरकारले समयमै पूरा गर्नको लागी चुनौती रहेकाले दाताको सहयोगमा निर्माण भएको विद्यालयमा अब शिक्षामा गुणस्तरीयता र विद्यार्थी सङ्ख्या बढाउनको लागी आग्रह गर्नुभयो ।

इकाई प्रमुख गौतमले विद्यालय भौतिक रुपमा सम्पन्न हुदैमा शिक्षामा सुधार नहुने भन्दै प्रविधियुक्त शिक्षा, सामूहिक छलफल, नमूना अभ्यास तथा प्रयोगात्मक शिक्षामा जोड दिनको लागी सुझाब दिनुभयो । लच्याङको जोङडाडामा रहेको दूधेदेवी आधारभूत विद्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा नेकपाका नेता पुष्प लामिछाने ‘अरुण’ले शिक्षाको गुणस्तर र त्यसमा पनि सामुदायिक विद्यालयमा खस्कदै गएको शिक्षाको विकासले समाजमा परिवर्तन गराउन सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सूर्यगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे, शिक्षा शाखा प्रमुख रमेश गिरी, वडा नं. ५ का वडाध्यक्ष भैरवबहादुर अधिकारी, वडा नं .१ का वडासचिव दिनेश श्रेष्ठ, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, व्यवस्थापन समितिका प्रतिनिधि लगायतका अतिथीहरुले भवन एंव भौतिक संरचनाको निर्माणसगैँ अब दुधेदेवी आधारभूत विद्यालयले प्रवाह गर्ने शिक्षालाई गुणस्तरीय बनाएर विद्यार्थी सङ्ख्या बढाउनको लागी पहल गर्नुपर्ने सुझाब दिएका छन् ।

तीन करोड ३६ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको विद्यालय जाइका मार्फत निर्माण गराउनको लागी छनोटमा पार्न देखि समयमै गुणस्तरीय बनाएर कार्य सम्पन्न गर्न आफूले पुराएको योगदानलाई आगामी दिनमा शिक्षामा गुणस्तरीय बनाउन प्रतिबद्ध रहने वडाध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिंह तामाङले बताउनुभयो ।

जालपादेवीमा नयाँ व्यवस्थापन समिति

विदु । सूर्यगढी गाउँपालिकाको वडा नं. ५ मा रहेको जालपादेवी आधारभूत विद्यालयमा अभिभावकहरुको भेलाले नयाँ व्यवस्थापनस समिति चयन गरेका छन् । विद्यालयमा आयोजित अभिभावहरुको भेलाले सर्वसम्मत रुपमा जितबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको सूर्यगढी गाउँपालिकाको शिक्षा शाखा प्रमुख रमेश गिरीले जानकारी दिनुभयो ।
उहाँको अनुसार विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा मिना नेपाली, सन्तोषी थापा, सञ्जिता सुनार, वीरबहादुर तामाङ र भीमसेन तामाङ रहनुभयो । यसैगरी, जनप्रतिनिधिको तर्फबाट वडाध्यक्ष भैरवबहादुर अधिकारी, शिक्षक प्रतिनिधिको तर्फबाट सानुकृष्ण बहादुर थापा र सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक लोकनाथ भट्टराई चयन हुनुभयो ।
यसैगरी, अभिभावक भेलाको अवसरमा अविनास सुचिकारको संयोजकत्वमा ११ सदस्य रहेको शिक्षक–अभिभावक संघ समेत गठन गरिएको छ ।

तामाङ समुदायलाई एकजुट हुन उपसभामुख राधिका तामाङको आग्रह

भाल्चे । तामाङ समुदायको महान चाड सोनाम ल्होछार पर्वको अवसरमा बुधबार किस्पाङ गाउँपालिकाको वडा नं. १ को भाल्चेमा बृहत्त साँकृतिक कार्यक्रमको साथ मञ्जु श्री सम्वत २८५६ को नयाँ वर्षको शुभकामना एकआपसमा आदान प्रदान गरिएको छ ।

ल्होछार कार्यक्रममा बागमती प्रदेसका उपसभामुख राधिका तामाङले अन्य समुदायको तुलनामा सङ्ख्यात्मक रुपमा तामाङ जाती धेरै भएपनि प्रतिस्पर्धाको दायरमा भने पछि परेकाले एकताबद्ध भएर बढ्नुपर्ने बताउनुभयो । पूर्व कृषि विकास राज्य मन्त्री समेत रहनुभएका उहाँले तामाङ समुदायको मायाकै कारण आफू नेतृत्वतहमा पुगेको स्मरण गराउदै तामाङ समुदायको भाषा, धर्म, सस्कृति तथा परम्पराको रक्षाको संरक्षणमा तामाङ समुदायबाट नै पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले नुवाकोटबाट जनप्रतिनिधिको रुपमा निर्वाचित भएर प्रदेशको उपसभामुख जत्तिको गरिमामय पदमा पुगेकाले तामाङ समुदायबाट पाएको मायाँ र साथको उपलब्धी रहेको भन्दै जनताको सेवा प्रवाहमा सबैलाई समान र तामाङ लगायतका पछि परेका वर्ग तथा समुदायको लागी आफूले प्रथामिकतामा राखेर कार्यसम्पादन गदै आएको बताउनुभयो ।

कार्यक्रममा प्रदेससभा सदस्य हिरानाथ खतिवडाले प्रदेसको संरचनाको निर्माणले आदिवासी जनजाती तथा पछि परेका सम्ुदायको लागी नेतृत्वमा आउनको लागी पर्व विदा, स्थानीय सरकारले सम्बोधन गर्न नसकेका योजनामा बजेटको तर्जुमा, कानूनको निर्माण लगायतमा प्रदेस सरकारले ध्यान दिदै आएको बताउनुभयो ।

यस्तै, किस्पाङ गाउँपालिकाको अध्यक्ष छात्रबहादुर लामाले तामाङ समुदायको बाहुल्यता रहेको पालिकाम रहेका सस्कृति र परम्पराको महत्वको प्रचार तथा संरक्षणमा सहयोग पुराउदै आएको बताउनुभयो । पालिकाको सहायोगमा वस्ती–वस्तीम ल्होछार पर्वको सास्कृतिक कार्यक्रम आयोजना तथा शुभकामना आदान प्रदान गर्दै ‘ल्होछार र नयाँ वर्ष’को संरक्षण गर्दै आएकाले आगामी दिनमा पालिकाको तर्फबाट थप प्रथामिकता कायमै रहने अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो ।

ल्होछार पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा किस्पाङ गाउँपालिकामा प्रतिनिधित्व गर्ने  जनप्रतिनिधिहरु, विदुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष लेलिन रञ्जित लगायतको उपस्थिती रहेको ल्होछार पर्व मूल आयोजक समितिका संयोजक बिक्रम घलेले जानकारी दिनुभयो ।

कार्यक्रममा मेन्दोमायाँ कलाकारहरु सुमन घले, टेकराज घले, जयवीर लामा, हास्यकलाकार विकल लामा, विर्खु करण तामाङ, गायिका पूर्णिमा लामा लगायतका कलाकार, स्काई डान्स समूहका कालाकारहरुको प्रस्तुती रहेको थियो ।

ल्होछार शुभकामना आदान प्रदान तथा बृहत्त सास्कृतिक कार्यक्रम सञ्चालनमा कग्यु मोन्लम युवा क्लब, सिङ्ला पर्यटन संघ, न्यू भिजन युथ क्लब, मम्बा कन्स्ट्रक्सन, लबकुश कन्स्ट्रक्सन लगायतले सहयोग पुराएका थिए ।

ओख्रेनीमा ल्होछार विशेष कार्यक्रम

देउराली । तामाङ समुदाय अन्तरगतको बौद्धमार्गीहरुको महान पर्व सोनाम ल्होछारको अबसरमा म्यागङ गाउपालिकाको वडा नं. ३ ओख्रेनीमा रहेको ‘न्यु बेङरुङ युवा क्लव’को आयोजनामा ल्होछार विशेष कार्यक्रमको आयोजना गरेर बृहत्त सास्कृतिक कार्यक्रम सहति शुभकामना आदान–प्रदान गरिएको छ ।

कार्यक्रमका गाउपालिका अध्यक्ष आशा तामाङले ल्होछार पर्वलो तामाङ समुलायलाई एकै मालामा गास्नलाई सहयोग पुराउनुको साथै अन्य धर्म र जातीयलाई पनि एक आपसमा एकताबद्ध बनाउन योगदान पुराएको बताउनुभयो ।

यस्तै, गाउँपालिकाको उपाध्यक्ष शान्ती लामा गुरुङले ल्होछार पर्व विशेष पर्वको रुपमा एक दिन माघ शुक्ल प्रतिपदाको दिन माघ ११ गते मात्र नभई यसलाई नयाँ वषको स्वागतको रुपमा महिनाभर नै मनाएर हर्ष र उल्लासको साथ एक आपसमा रमाएर स्वागत गर्नुपर्ने भएकाले यो माघ महिना तामाङ समुदायको लागी नयाँ वर्षको महिना भएको बताउनुभयो ।

कार्यक्रममा क्लबका अध्यक्ष आइसिङ तामाङ, उपाध्यक्ष अर्जुन तामाङ लगायतले तामाङ समुदायको भाषा, धर्म, सस्कृति तथा परम्पराको संरक्षणको लागी ल्होछार पर्वलाई सास्कृतिक कार्यक्रम सहित विशेष रुपमा मनाएर निरन्तरता दिएको बताएका छन् ।

कार्यक्रममा तामाङ परम्परा तथा भेषभूषामा सजिएका बासिन्दाले मेन्दोमाया, साइकोले, मानेदोरा लगायत तामाङ सस्कृति झल्कने प्रस्तुती देखाएका थिए ।

कमला घिमिरे र प्रकाश सपुतले महोत्सवमा भीड गराए

बट्टार । जारी छैठौँ नुवाकोट महोत्सवको सातौ दिन बुधबार एकैदिन दश हजार भन्दा बढी दशर्कले मेलाको अवलोकन गरेका छन् । महोत्सव सुरु भएदेखि नै शनिबार लागेको उत्साह भन्दा बुधबार झनबढी दर्शकले मेलाको अवलोकन गरेको आयोजक नुवाकोट उद्योग बाणिज्य संघका प्रवक्ता सबिन राजभण्डारीले जानकारी दिनुभयो ।

महोत्सव अन्तरगत बुधबार चर्चित बालकलाकार कमला घिमिरे र प्रकाश सपुतको प्रस्तुती भएकाले दर्शकको सहभागिता निकै धेरै भएको हो । अघिल्ला दिनमा दर्शकहरु मञ्चमा कलाकारहरुको प्रस्तुती भइरहदाँ वेवास्था गर्दै दशर्कले बुधबार भने दिनभरदेखि साँझ कार्यक्रम सम्पन्न नभएसम्म नै मञ्च अगाडी बालकलाकार कमला घिमिरे र प्रकाश सपुतको पर्खाइमा बसेर उनीहरुको प्रस्तुतीलाई निकै उमङ्गका साथ रमाएका थिए ।

यही ‘माघ १६ देखि सुरु भएको मेलाको सातौँ दिन बुधबार अवलोकन गर्न पुग्नुभएका प्रतिनिधिसभाका सदस्य हितबहादुर तामाङले मेला र महोत्सवले स्वस्थ्य मनोरञ्जन सहित आर्थिक रुपमा बृद्धि गराउनको लागी केन्द्रित गराउन सक्नुपर्ने सुझाब दिनुभयो ।

मेलाको सातौ दिन बुधबारको दर्शकको सहभागिताले राम्रा र लोकप्रिय कलाकार सहभागि गराएमा दर्शकको साथ प्रयाप्त पाइने पाठ सिकेको महोत्सव आयोजना अन्तरगतको प्रचार–प्रसार उपसमितिका संयोजक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । महोत्सवको बाँकी दिनमा पनि चर्चित एंव धेरैले रुचाएका कलाकार भएकाले क्रमशः दर्शकको साथ र सहभागिता बढ्ने विश्वास लिएको उहाँले बताउनुभयो ।  यसैबीच, महोत्सव स्थलमा बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रमा १५ जना दाताले रगत दान गरेका छन् ।

लायन्स क्लब अफ नुवाकोट क्यापिटल, दारी ग्याङ्ग लगायतका सामाजिक सँस्थाले महोत्सव स्थल भित्रै आयोजना गरिएको रक्तदान कार्यक्रममा महोत्सव हेर्न पुगेका १५ जनाले रक्तदान गरेको व्यवस्थापन मिलाउन सक्रिय रहनुभएका सुवास श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव मार्फत नुवाकोटमा रहेका कृषि उब्जनीको प्रचार, साँस्कृतिक धरोहर तथा ऐतिहासिक एंव पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षणमा सहयोग पुराउने लक्ष्य राखिएको छ । यस्तै जारी रहेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउदै पर्यटन प्रबद्धन, हस्तकलाबाट उत्पादित सामाग्रिको बजारीकरण, वातावरण संरक्षण सम्बन्धि जनचेतनामूलक प्रचारमा जोड तथा सचेतना जगाउन महोत्सव केन्द्रित गर्दै आएको आयोजकको दाबी रहेको छ ।

काठमाडौ जाँदा अब गाडी धोएर मात्र जानुपर्ने

विदुर । काठमाडौं भित्रने सवारीसाधनले धुलो एंव हिलो भित्राएको भन्दै अब काठमाडौं भित्रिने सवारीसाधन  पखालेर मात्रै उपत्यका प्रवेश गराउनुपर्ने भएको छ ।
सवारीसाधन धुने ठाउँको निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्राउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको हो । उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाउन लागेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । गाडी धुने स्थान मिलाउनको लागी विभागले अहिले धादिङ सहित विभिन्न  पाँच ठाउको नाकामा जग्गा खोजी गरिरहेको जनाएको छ ।
काठमाडौं भित्रिने सवारीसाधन धोएर गरेर मात्रै प्रवेश गराउदा सवारीसाधनबाट हुने धुलो र हिलो कम हुने विश्वास गरिएको विभागले जनाएको छ ।

कोरोनाको सूचना निःशुल्क उपलब्ध

विदुर । कोरोना भाइरसको शंका लागेका व्यक्तिलाई सरकारले निःशुल्क परामर्श तथा सूचना उपलब्ध गराउने भएको छ ।

परामर्श लिनको लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई वटा फोननम्बरको व्यवस्था गरेको छ । कोरोनाको लक्षणका साथै अन्य शंका लागेर बिरामी भएको फेला परेमा मन्त्रालयबाट उपलब्ध गराईएको नम्बरमा फोन गरेर सूचना उपलब्ध गराउन आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, चीनले नेपाललाई आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउनुअघि नोवल कोरोना भाइरस नियन्त्रणको प्रयास गर्न र विश्व स्वास्थ्य संगठनसँग सल्लाह लिन सुझाव दिएको छ ।

चीन सहित कोरोना भाइरसको संक्रमण देखा परेका देशमा रहेका नागरिकलाई सरकारले स्वदेश ल्याउने तयारी गरिरहेका बेला नेपालका लागि चिनियाँ राजदूतले भाईरस फैलन नदिनु प्रत्येक मुलुकको उत्तिकै जिम्मेवारी भएकोले सबै मुलुक सतर्क रहन सुझाब दिएको छ ।

कोरोनाका आतकं पछि रसुवागढीबाट ४७१ नेपाली स्वदेश फर्किए

टिमुरे । चीनसँगको रसुवागढी नाका केरुङबाट बाह्र दिनमा करीब पाँच सय नेपाली रसुवागढी नाका हुँदै नेपाल फर्किएका तथ्यांकले देखाएको छ ।

व्यवसाय तथा रोजगारीका लागि तिब्बतको केरुङमा रहेका नेपालीहरु फर्किएका हुन् । नाकामा हेल्थ डेक्स स्थापना गरेयता ४ सय ७१ जना नेपालीहरु रसुवागढी नाका हुँदै नेपाल फर्किएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । रसुवागढी नाकामा माघ १० गतेदेखि हेल्थ डेक्स स्थापना गरी नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्बास्थ्य परिक्षण सुरु गरिएको थियो ।

केरुङमा अझै ६६ जना नेपालीहरु रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । उनीहरु नेपाल फर्कन चाहे त्यहाँका स्थानिय अधिकारीहरुसँग समन्वय गर्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

केरुङबाट सबैभन्दा बढि नेपाली माघ १८ गते फर्किएको पाईएको छ ।  गत सातादेखि चिनियाँ पक्षले केरुङ प्रवेश गर्ने पर्यटक तथा सवारी साधन आवत जावतमा रोक लगाएको भएपनि केरुङमा रहेका नेपालीलाई भने स्वदेश फर्कन दिइएको छ ।

नुवाकोट महोत्सवमा आज कमला घिमिरे र प्रकाश सपुत आउदै

बट्टार  । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बट्टारमा जारी छैठौँ नुवाकोट महोत्सवमा छैटौ दिन मंगलबार पाँच हजार भन्दा बढी दर्शकले मेलाको अवलोकन गरेका छन् ।

‘माघ १६ देखि सुरु भएको मेलोको छैठौ दिन टिकट लिएर दुई हजार पाँचसय र पास लगायतका सुविधाको आधारमा थप दुइ हजार पाँचसय गरेर पाँच हजार भन्दा बढीले महोत्सवको अवलोकन गरेको महोत्सव आयोजना अन्तरगतको प्रचार–प्रसार उपसमितिका संयोजक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँको अनुसार जारी रहेको छैठौँ नुवाकोट महोत्सवमा रेशम थापा लगातयका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

महोत्सव अन्तरगत बुधबार चर्चित बालकलाकार कमला घिमिरे सहित प्रकाश सपुत लगायतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । क्रमशः पछिल्ला दिन महोत्सवको अवलनेको लागी  दशर्कहरुको सङ्ख्या बढ्दै गएको आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।

यही माघ १६ गते बिहीबारदेखि सुरु भएर दश दिनसम्म चल्ने महोत्सव मार्फत नुवाकोटमा रहेका कृषि उब्जनीको प्रचार, साँस्कृतिक धरोहरको रुपमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण, नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनको लागी पर्यटन प्रबद्धन, हस्तकलाबाट उत्पादित सामाग्रिको बजारीकरण, वातावरण संरक्षण सम्बन्धि जनचेतनामूलक प्रचारमा जोड तथा सचेतना जगाउने लक्ष्य राखिएको छ ।

सांसद् तामाङबाट विद्यार्थीलाई पोषाक वितरण

फटपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा तामाङले सूर्यगढीमा रहेको दुई वटा विद्यालयका विद्यार्थीलाई विद्यालय पोषाक उपलब्ध गराउनुभएको छ ।

सुर्यगढी गाउँपालिका वडा नम्बर २ स्थित शिलाकन्यादेबि आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालय बोहोरेभञ्याङका सबै विद्यार्थीलाई उहाँले विद्यालय पोषाक वितरण गर्नुभएको हो । शिलाकन्यादेवी आधारभूत विद्यालयमा २०९ जना र जनहित आधारभूत विद्यालयका ६० विद्यार्थीलाइ विद्यालय पोशाक बितरण गर्नुभएको हो । यसअघि पनि उहाँले नुवाकोटको आधा दर्जन भन्दा बढी विद्यालयका विद्यार्थीलाई विद्यालय पोषाक वितरण गर्नुभएको थियो ।

साविक लच्याङ गाविस अर्थात अहिले सूर्यगढी गाउँपालिका वडा नं. २ को फटपुरमा रहेको शिलाकन्या देवी आधारभूत विद्यालयको ३२ आँै बार्षिकोत्सवको अवसर बनाई सांसद् बहादुरसिंह लामा तामाङले आफूले पाएको सुविधाबाट प्राप्त रकमले दुई विद्यालयका विद्यार्थीलाई विद्यालय पोषाक वितरण गर्नुभएको हो ।

पोषाक वितरण कार्यक्रममा सांसद् तामाङ सहित सूर्यगढी गाउँपालिकाको वडा नं. २ का वडाध्यक्ष बासुदेव अधिकारी, वडा नं. ३ का वडाध्यक्ष ऋषिबहादुर पौडेल, वडा नंं ४ का वडाध्यक्ष रामकुमार गिरी, वडा नं. ५ का वडाध्यक्ष भैरवबहादुर अधिकारी, गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे, शिक्षा शाखा प्रमुख रमेश गिरी, नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगतबहादुर तामाङ, क्षेत्रीय सचिव राम्जी पौडेल, महासमिति सदस्य चोकराज शाक्य, जिल्ला सदस्य बैकुण्ठ मिश्र लगायतको उपस्थिती रहेको थियो ।

पोषाक वितरण कार्यक्रममा शिलाकन्यादेबि आधारभूत विद्यालयका प्रधानध्यापक चतुशन अधिकारीले विद्यालयको शैक्षिक सुधार तथा अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको क्षमता बढाउन विद्यालय परिवार सक्रिय रहेको बताउनुभयो ।

यस्तै, जनहित आधारभूत विद्यालयका प्रधानध्यापक गंगा नेपाल–अधिकारीले सामुदायिक विद्यालय प्रति अभिभावकको विश्वास कमजोर हुदाँ आफ्ना बालबालिकालाई बजार क्षेत्रमा अध्ययनको लागी लैजाने गर्नाले विद्यालयमा विद्यार्थीको भर्नादर कम भएको आफ्नै स्थानमा समुदायले स्थापना गरेको विद्यायलको शिक्षाको सुधारमा लाग्न अभिभावकलाई आग्रह गर्नुभयो ।

क्यान्सर रोगको उपचार सेवा सबै प्रदेसमा पुराइने

विदुर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले क्यान्सर रोगको उपचारलाई सातै प्रदेशमा विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो ।  मंगलबार मनाइएको ‘विश्व अर्बुद रोग दिवस’को सन्दर्भमा आयोजित कार्यक्रममा राज्यमन्त्री रावतले क्यान्सर रोगलाई डरलाग्दो रोगको रुपमा बुझ्न नहुने भन्दै स्थानीय तहले नागरिकमा सचेतना जगाएर समयमै रोगको बारेमा थाहा पाउन सकिएमा नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले बजेट विनियोजन गरेर मात्र नहुने भन्दै त्यसको सदुपयोग भए÷नभएको अनुगमन गर्नको लागी मन्त्रालयमै एक समूह बनाएर अब सातवटै प्रदेशमा क्यान्सर रोगको उपचार सेवा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले क्यान्सर उपचार गरेपछि निको हुने रोग भएकाले त्यसलाई सबैमा प्रचार गर्न र समयमै रोगको उपचारको लागी जागरुक बनाउनको लागी सरकार, सञ्चारगृह र सामाजिक सँस्थाको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web