जालपादेवीमा नयाँ व्यवस्थापन समिति

माघ २३, २०७६ मा प्रकाशित | 1005 views

<p>विदु । सूर्यगढी गाउँपालिकाको वडा नं. ५ मा रहेको जालपादेवी आधारभूत विद्यालयमा अभिभावकहरुको भेलाले नयाँ व्यवस्थापनस समिति चयन गरेका छन् । विद्यालयमा आयोजित अभिभावहरुको भेलाले सर्वसम्मत रुपमा जितबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको सूर्यगढी गाउँपालिकाको शिक्षा शाखा प्रमुख रमेश गिरीले जानकारी दिनुभयो ।<br>उहाँको अनुसार विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा मिना नेपाली, सन्तोषी थापा, सञ्जिता सुनार, वीरबहादुर तामाङ र भीमसेन तामाङ रहनुभयो । यसैगरी, जनप्रतिनिधिको तर्फबाट वडाध्यक्ष भैरवबहादुर अधिकारी, शिक्षक प्रतिनिधिको तर्फबाट सानुकृष्ण बहादुर थापा र सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक लोकनाथ भट्टराई चयन हुनुभयो ।&nbsp;<br>यसैगरी, अभिभावक भेलाको अवसरमा अविनास सुचिकारको संयोजकत्वमा ११ सदस्य रहेको शिक्षक–अभिभावक संघ समेत गठन गरिएको छ ।&nbsp;<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web