टिमुरे । चीनसँगको रसुवागढी नाका केरुङबाट बाह्र दिनमा करीब पाँच सय नेपाली रसुवागढी नाका हुँदै नेपाल फर्किएका तथ्यांकले देखाएको छ ।

व्यवसाय तथा रोजगारीका लागि तिब्बतको केरुङमा रहेका नेपालीहरु फर्किएका हुन् । नाकामा हेल्थ डेक्स स्थापना गरेयता ४ सय ७१ जना नेपालीहरु रसुवागढी नाका हुँदै नेपाल फर्किएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । रसुवागढी नाकामा माघ १० गतेदेखि हेल्थ डेक्स स्थापना गरी नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्बास्थ्य परिक्षण सुरु गरिएको थियो ।

केरुङमा अझै ६६ जना नेपालीहरु रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । उनीहरु नेपाल फर्कन चाहे त्यहाँका स्थानिय अधिकारीहरुसँग समन्वय गर्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

केरुङबाट सबैभन्दा बढि नेपाली माघ १८ गते फर्किएको पाईएको छ । गत सातादेखि चिनियाँ पक्षले केरुङ प्रवेश गर्ने पर्यटक तथा सवारी साधन आवत जावतमा रोक लगाएको भएपनि केरुङमा रहेका नेपालीलाई भने स्वदेश फर्कन दिइएको छ ।

24.52¡ÆC