फटपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा तामाङले सूर्यगढीमा रहेको दुई वटा विद्यालयका विद्यार्थीलाई विद्यालय पोषाक उपलब्ध गराउनुभएको छ ।

सुर्यगढी गाउँपालिका वडा नम्बर २ स्थित शिलाकन्यादेबि आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालय बोहोरेभञ्याङका सबै विद्यार्थीलाई उहाँले विद्यालय पोषाक वितरण गर्नुभएको हो । शिलाकन्यादेवी आधारभूत विद्यालयमा २०९ जना र जनहित आधारभूत विद्यालयका ६० विद्यार्थीलाइ विद्यालय पोशाक बितरण गर्नुभएको हो । यसअघि पनि उहाँले नुवाकोटको आधा दर्जन भन्दा बढी विद्यालयका विद्यार्थीलाई विद्यालय पोषाक वितरण गर्नुभएको थियो ।

साविक लच्याङ गाविस अर्थात अहिले सूर्यगढी गाउँपालिका वडा नं. २ को फटपुरमा रहेको शिलाकन्या देवी आधारभूत विद्यालयको ३२ आँै बार्षिकोत्सवको अवसर बनाई सांसद् बहादुरसिंह लामा तामाङले आफूले पाएको सुविधाबाट प्राप्त रकमले दुई विद्यालयका विद्यार्थीलाई विद्यालय पोषाक वितरण गर्नुभएको हो ।

पोषाक वितरण कार्यक्रममा सांसद् तामाङ सहित सूर्यगढी गाउँपालिकाको वडा नं. २ का वडाध्यक्ष बासुदेव अधिकारी, वडा नं. ३ का वडाध्यक्ष ऋषिबहादुर पौडेल, वडा नंं ४ का वडाध्यक्ष रामकुमार गिरी, वडा नं. ५ का वडाध्यक्ष भैरवबहादुर अधिकारी, गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे, शिक्षा शाखा प्रमुख रमेश गिरी, नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगतबहादुर तामाङ, क्षेत्रीय सचिव राम्जी पौडेल, महासमिति सदस्य चोकराज शाक्य, जिल्ला सदस्य बैकुण्ठ मिश्र लगायतको उपस्थिती रहेको थियो ।

पोषाक वितरण कार्यक्रममा शिलाकन्यादेबि आधारभूत विद्यालयका प्रधानध्यापक चतुशन अधिकारीले विद्यालयको शैक्षिक सुधार तथा अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको क्षमता बढाउन विद्यालय परिवार सक्रिय रहेको बताउनुभयो ।

यस्तै, जनहित आधारभूत विद्यालयका प्रधानध्यापक गंगा नेपाल–अधिकारीले सामुदायिक विद्यालय प्रति अभिभावकको विश्वास कमजोर हुदाँ आफ्ना बालबालिकालाई बजार क्षेत्रमा अध्ययनको लागी लैजाने गर्नाले विद्यालयमा विद्यार्थीको भर्नादर कम भएको आफ्नै स्थानमा समुदायले स्थापना गरेको विद्यायलको शिक्षाको सुधारमा लाग्न अभिभावकलाई आग्रह गर्नुभयो ।

24.44¡ÆC