क्यान्सर रोगको उपचार सेवा सबै प्रदेसमा पुराइने

माघ २२, २०७६ मा प्रकाशित | 784 views

<p>विदुर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले क्यान्सर रोगको उपचारलाई सातै प्रदेशमा विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो ।&nbsp; मंगलबार मनाइएको ‘विश्व अर्बुद रोग दिवस’को सन्दर्भमा आयोजित कार्यक्रममा राज्यमन्त्री रावतले क्यान्सर रोगलाई डरलाग्दो रोगको रुपमा बुझ्न नहुने भन्दै स्थानीय तहले नागरिकमा सचेतना जगाएर समयमै रोगको बारेमा थाहा पाउन सकिएमा नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले बजेट विनियोजन गरेर मात्र नहुने भन्दै त्यसको सदुपयोग भए÷नभएको अनुगमन गर्नको लागी मन्त्रालयमै एक समूह बनाएर अब सातवटै प्रदेशमा क्यान्सर रोगको उपचार सेवा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले क्यान्सर उपचार गरेपछि निको हुने रोग भएकाले त्यसलाई सबैमा प्रचार गर्न र समयमै रोगको उपचारको लागी जागरुक बनाउनको लागी सरकार, सञ्चारगृह र सामाजिक सँस्थाको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।&nbsp;&nbsp;<br></p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web