सिंहदेवी विद्यालयमा बन्यो नयाँ कार्यसमिति, श्रीकृष्ण श्रेष्ठ अध्यक्षमा सर्वसम्मत

मानेथोक । पञ्चकन्या गाउँपालिका वडा नं. ३ मानेथोकमा रहेको सिंहदेवी आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ । विद्यालयमा आयोजित अभिभावकहरुको भेलाले श्रीकृष्ण श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको हो ।

अभिभावकको भेलाले यसअघि पनि अध्यक्ष रहनुभएका श्रेष्ठलाई पुनः अध्यक्ष पदमा चयन गरेको हो । समितिको सदस्यहरुमा सुनिता तामाङ, राजु नेपाली, सरिता खड्का र निरमायाँ तामाङ रहनुभएको छ । यसैगरी समितिमा जनप्रतिनिधिको तर्फबाट वडाध्यक्ष रामबाबु पराजुली र सुशीला मिश्र, शिक्षक प्रतिनिधिमा निर्मलजंग श्रेष्ठ र सदस्य सचिवमा मिना कुमारी श्रेष्ठ रहेको स्थानीय युवा समाजसेवी कृष्ण बोहराले जानकारी दिनुभएको छ ।

यसैगरी, जयराम थापाको संयोजकमा शिक्षक–अभिभावक संघ गठन गरिएको छ । संघको सदस्यहरुमा नवराज पण्डित, मायाँ तामाङ, सानुमायाँ तामाङ, सुमित्रा सापकोटा र सदस्य सचिवमा मिनाकुमारी श्रेष्ठ चयन हुनुभएको छ ।

बृहत्त ल्होछार तथा तामाङ साँस्कृतिक कार्यक्रम सम्पन्न

बाघखोर । सोनाम ल्होछार पर्बको अबसरमा बेलकोटगढी नगरपालिकाको बाघखोरमा आयोजित दुई दिने बृहत्त ल्होछार तथा तामाङ साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबारदेखि शनिबार दुई दिनसम्म चलेको ल्होछार पर्वको अवशरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको समापनमा शनिबार नेपाली काँग्रेसको केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले सँस्कृतिको संरक्षण तथा प्रचारको लागी जातीय एकता आवश्यक रहेको बताउनुभयो ।

संबिधानसभाका सभाषद् समेत रहनुभएका उहाँले भाषामा रहेको अस्पष्टता, विकासको प्रतिस्पर्धामा पछाडी रहनुपर्ने अबस्था तथा केही सनातन रितिरिवाजको कारण तामाङ समुदाय पछि परेकाले सबैलाई एकताबद्ध हुनको लागी आह्वान गर्नुभयो । उहाँले तामाङ जातीको उद्गम स्थल अन्य समुदाय भन्दापनि निकै पहिलेदेखि रहेको दाबीगर्दै जातीय मुद्धामा लाग्न भन्दा पनि प्रतिस्पर्धी र क्षमतावान बन्न तामाङ समुदाय सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमको दोश्रो तथा समापनको दिन शनिबार विभिन्न साँस्कृतिक कार्यक्रम तथा मनोरञ्जनका साथ सम्पन्न भएको आयोजक समितीका संयोजक सुर्यबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार कार्यक्रममा सुवास मोक्तान, युबी मंग्रेसी, लक्ष्मी स्याङ्तान, उसन लामा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड साँस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई निकै आकर्षित बनाएको थियो ।

बेलकोटगढीको बाघखोरमा अहिलेसम्मकै सभ्य र भव्य रुपमा सञ्चालन गरिएको कार्यक्रमले नगरपालिका भित्र रहेका तामाङ साँस्कृति तथा ऐतिहासिक एंव पुरातात्विक महत्व बोकेका सम्पदाको  संरक्षण गरेर प्रचारप्रसार, पर्यटन प्रबद्धन मार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन योगदान पुगेको कार्यक्रम आयोजक तामाङ साँस्कृतिक संरक्षण समितीका बरिष्ठ सल्लाहकार नबराज लामाले जानकारी दिनुभयो ।

जब्बरेचौउरमा बृहत साँस्कृतिक कार्यक्रम

विदुर । २८५६ औँ सोनाम ल्होछारको अबसरमा तार्केश्वर गाउपालिकाको वडा नं १ जब्बरेचौउरमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
तार्केश्वर कला समाज नुवाकोटले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रममा नेपाली काँग्रेस महासमिती सदस्य रमेशकुमार महतले गाउगाउमा आयोजना गरिएको तामाङ साँस्कृतिक कार्यक्रमले तामाङ भेषभूषा, भाषा, कला संस्कृतिको संरक्षण गर्न मद्दत मिलेको बताउनुभयो । उहाँले तार्केश्वर गाउपालिकाको समग्र बिकासको लागी बिगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा काँग्रेस जिल्ला सदस्य सुनमायाँ तामाङ, रेडक्रस नुवाकोटका पूर्वउपसभापति राजकुमार भट्टराई, काँग्रेस नेता शिव अधिकारी लगायतले ल्होछार पर्वलाई सबै समुदायको साझा पर्वको रुपमा मनाएर राष्ट्रिय पर्वको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
हाम्रो गौरब हाम्रो शान, कला संस्कृतिको बिकास कलाकारहरुको उत्थान भन्ने नाराका साथ  सम्पन्न भएको बृहत ल्होछार कार्यक्रममा राजकिग बाईबा, रोशन फ्युबा, शैलाप बाईबा, आरम्भ तामाङ, यम बि गुरुङ, आशिक गोम्जा, चिजा तामाङ लगायतका स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले साँस्कृतिक कला प्रस्तुत गरेको कार्यक्रम ब्यबस्थापन समितीका अध्यक्ष बुद्धि तामाङले जानकारी दिनुभयो ।

शिखरवेशीमा ल्होछार पर्वको शुभकामना आदान प्रदान

सेम्थाङ । सोनाम ल्होछार पर्बको अबसरमा दुप्चेश्वर गाउँपालिका वडा नं ७ शिखरवेशीमा ल्होछार पर्वको शुभकामना आदान प्रदान एंव वृहत्त साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सिम्टाङ युवा क्लबले हरेक वर्षजस्तै यसवर्ष पनि स्थानीय तथा राष्ट्रियस्तरका चर्चित कलाकारहरुको साङ्गेतिक प्रस्तुतीमा ल्होछार विशेष सास्कृतिक कार्यक्रम गरेको हो ।
शिखरवेशीको सेम्थाङमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले ल्होछारलाई भडिकलो तथा पश्चिमा संगितको सट्टामा स्थानीय सस्कृतिको संरक्षण गरेर मनाएर पर्वलाई निरन्तरता दिनुपने बताउनुभयो ।
यस्तै, दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङ गाउँपालिकाले तामाङ लगायतका सबै जाती तथा समूहको सस्कृति संरक्षणको लागी बजेट तर्जुमा तथा कार्यक्रमको महत्वलाई प्रथामिकता दिएको बताउनुभयो ।
उहाँले केन्द्रीय सरकारले ल्हाछोर पर्वको अवसरमा केन्द्रीय सरकारले सार्वजनिक बिदा नदिएपनि दुप्चेश्वर गाउँपालिकाले दुई दिन पर्व मनाउन बिदा उपलब्ध गराएकाले आगामी दिनमा गुम्बा लगायतका धार्मिकस्थलको निर्माणको लागी बजेट तर्जुमा तथा माथिल्लो निकायसंग समन्वय गरेर पुर्ननिर्माण र नयाँ निर्माणलाई अभियानकै रुपमा अघि बढाउन लागिएको बताउनुभयो ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सुनबहादुर तामाङ, वडा नं .३ का वडाध्यक्ष धुव्रकर केसी, वडा नं. ७ का वडाध्यक्ष भेषबहादुर सिटौला लगायतका स्थानीय तामाङ समुदायको अगुवा, संघ सस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको आयोजक सिम्टाङ युवा क्लबका अध्यक्ष इमानसिंह तामाङको अनुसार कलाकारहरु जीवन बोम्जोन तामाङ, पूजा तामाङ लगायतको प्रस्तुती रहेको थियो । कार्यक्रममा प्रमुख लामा मार्फत वाङ प्रदान गरिएको थियो ।

मझुवामा ल्होछार पर्व विशेष कार्यक्रम

विदुर । बेलकोगढी नगरपालिका वडा नं. ११ को मझुवामा ल्होछार पर्व विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कैलावती नमूना युवा क्लबको आयोजनमा भएको कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न सास्कृतिक कार्यक्रम मार्फत ल्होछार पर्व मनाएर एक आपसमा शुभकामना आदान प्रदान गरेको कार्यक्रममा संयोजक चन्द्रमान लामाले जानकारी दिनुभयो । उहाँको अनुसार कार्यक्रममा कलाकारहरु सुवास तामाङ, दिपकमान तामाङ, राजन तामाङ, कमल तामाङ, सदीक्षा तामाङ लगायतका स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथी स्थानीय जेष्ठ नागरिक आइतराम तामाङलाई बनाइएको थियो भने ‘मुख्य लामा’ कर्म लामाबाट पूजापाठ गरेर ल्होछार पर्वको धार्मिक विधि तथा परम्परालाई निरन्तरता दिइएको थियो । कार्यक्रममा नेपाल घेदुङका जिल्ला सदस्य रणबहादुर तामाङ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

मझुवामा रहेको कैलावती मन्दिरको संरक्षणको लागी अमेरिका निवासी जिरा लामाले ८० हजार रुपैयाँ उपलब्ध गराएकाले मन्दिरको मर्मत तथा सम्भार प्रक्रिया अघि बढाउन लागिएको क्लबले जनाएको छ ।

छैठौँ नुवाकोट महोत्सव जारी

बट्टार । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बट्टारमा जारी छैठौँ नुवाकोट महोत्सव जारी रहेको छ । बिहीबारदेखि सुरु भएको महोत्सवको तेश्रोदिन सम्पन्न हुदाँ २५ हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

पहिलो दिन उद्घाटन सत्रमा निःशुल्क प्रवेश भएकाले दश हजार दर्शकको सहभागिता रहेकोमा दोश्रो दिन एक हजार ७ सय भन्दा बढी टिकर पास गरेर करीब चरा हजारले मेलाको अवलोकन गरेका थियो । तेश्रो दिन शनिबार शनिबार समेत भएकाले दर्शकको सङ्ख्या निकै बढेको महोत्सव आयोजना अन्तरगतको प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । तेश्रो दिन शनिबार ७ हजार १ सय भन्दा बढी टिकट विक्री भएको उहाँले जानकारी दिनुभयो ।

यही माघ १६ गते बिहीबारदेखि सुरु भएर दश दिनसम्म चल्ने महोत्सव मार्फत नुवाकोटमा रहेका कृषि उब्जनीको प्रचार, साँस्कृतिक धरोहरको रुपमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण, नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनको लागी पर्यटन प्रबद्धन, हस्तकलाबाट उत्पादित सामाग्रिको बजारीकरण, वातावरण संरक्षण सम्बन्धि जनचेतनामूलक प्रचारमा जोड तथा सचेतना जगाउने लक्ष्य राखिएको आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँको अनुसार महोत्सव विशुद्ध आर्थिक प्रबद्धनको लागी आयोजना गरिएको भएपनि पाँच करोडको कारोबार मार्फत ७५ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य बनाइएको छ ।

महोत्सवमा रहेका २५० स्टल जिल्लाका बाह्रवटै स्थानीयतहलाई तोकिएको सङ्ख्यामा निःशुल्क उपलब्ध गराइएको छ भने व्यवसायिक स्टलहरुमा पनि स्थानीय उत्पादनलाई प्रथामिकता दिएको आयोजक उद्योग बाणिज्य संघ नुवाकोटका प्रवक्ता सबिन राजभण्डारीले जानकारी दिनुभयो ।

महोत्सवमा सामाग्रि खरिदको लागी भन्दा पनि सेवा प्रदायक सस्था तथा व्यवसायीबाट जनचेतनामूलक कार्यक्रम तथा जानकारीमा दर्शकहरुले रुची देखाएका छन् । स्टेजमा कलाकारहरुको प्रस्तुती भइरहदाँ पनि दशर्कहरुले स्टलमा राखिएको कृषि उब्जनी, हस्तकला, स्वास्थ्यसंग सम्बन्धित जानकारीमा चासो देखाएको थिए ।

महोत्सवमा दैनिक रुपमा स्थानीय तथा राष्ट्रियस्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहने भएकाले स्वस्थ मनोरञ्जन तथा नयाँ जानकारीको लागी मेलामा सहभागी हुनको लागी आयोजक उद्योग बाणिज्य संघका सदस्य मधुसुदन थपलियाले आग्रह गर्नुभयो ।

चीनमा रहेका नेपाली सुरक्षित रहेको प्रतिबद्धता

विदुर । चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ब्यवस्था गरिएको भन्दै स्वास्थ्य सुरक्षामा आश्वस्त रहन आग्रह गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्ति जारी गरी आश्वस्त रहन आग्रह गरेको हो । विद्यार्थीहरु सहित केही नेपालीहरु अझै पनि वुहानमा रहेको जानकारी दिदै उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । चीनको हुपेई प्रान्तको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो । त्यहाँ अझै पनि नेपाली नागरिक रहेको र उनीहरुले छिट्टै उद्धार गरिदिन आग्रह गरिरहेको समाचार बाहिर आएपछि चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी उनीहरुको रक्षाका लागि सक्रिय कदम चाल्ने प्रतिबद्धता जनाएको हो ।

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा चिनियाँ पर्यटकको आगमन प्रभावित हुने भन्दै महामारी नियन्त्रणमा आएपछि धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्नें र ‘नेपाल भ्रमण वर्ष २०२०’ मा योगदान पुर्याउन मदत गर्ने चिनियाँ दूतावासको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सवारी अनुमति पत्र लिन अझै ६ महिना लाग्ने

विदुर । छपाई गर्न बाँकी रहेको करीब सात लाख स्मार्ट लाइसेन्स वितरण गर्न अझै ६ महिना लाग्ने  यातायात व्यवस्था विभागले जनाएको छ ।

तीनवटा पुराना र एउटा मास प्रिन्टरलाई तीन चरणमा सञ्चालन गरी अहिले दैनिक करिब पाँच हजार सबारी चालक अनुमतिपत्र छपाई भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । यातायात व्यवस्था विभागको मागअनुसार सबारी चालक अनुमतिपत्र वितरण गर्न नसकेपछि २०७२ सालदेखि छपाईको काम गर्न बाँकी रहँदै आएको हो । सेवाग्राहीले डेढ वर्षसम्म सबारी चालक अनुमतिपत्र कुर्नु परेकाले आागमी दिनमा यस्तो समस्या नआउने विभागले दाबी गरेको छ । स्मार्ट लाइसेन्स लागू गरिएपछि छपाई गर्न बाँकी काम थपिँदै आएको थियो ।

छपाई गर्न बाँकी रहेका सबारी चालक अनुमतिपत्रको संख्या सात लाख रहेको यातायात ब्यबस्था बिभागले जनाएको छ । महिनामा करिब ९० हजार लाइसेन्सको माग भएपनि माग अनुसारको ५० प्रतिशत मात्र छपाई गर्ने क्षमता भएकाले लामो समयसम्म कुर्नुपर्ने बाध्यता रहेको विभागले जनाएको छ ।

‘दोश्रो नागिनीकपको उपाधि म्यागङ गाउपालिकास्तरीय युवा क्लबलाई

सामरी । म्यागङ गाउँपालिकाको वडा नं. ५ पोखरीडाँडामा सञ्चालन भइरहेको ‘दोश्रो नागिनीकप अन्तर–जिल्लास्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता’को फाइनल म्यागङ गाउपालिकास्तरीय युवा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक ‘बी’ समूहलाई पेनाल्टी सुट आउटमा हराउदै यस सस्करणको उपाधि म्यागङ गाउपालिकास्तरीय युवा क्लबले जितेको हो ।

फाइनलमा आयोजक ‘बी’ समूहसंग भएको प्रतिस्पर्धामा निर्धारित समयसम्म गोल हुन नसकेपछि खेलको नतिजा  पेनाल्टी मार्फत गरिएको हो । म्यागङ गाउपालिकास्तरीय युवा क्लबले आयोजक ‘बी’ समूहलाई पेनाल्टीमा ३–० गोल अन्तरले हराएको हो ।

जित सगैँ म्यागङ गाउपालिकास्तरीय युवा क्लबले नगद ८० हजार रुपैयाँ र दोश्रो भएको आयोजक बी समूहले नगद ४० हजार रुपैयाँ प्राप्त गरेको छ । बिजेता तथा उपबिजेता भएका खेलाडीलाई प्रतिनिधिसभा सदस्य एंव नेपाली काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तमाङले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको आयोजक नागीनीथान युवा क्लबका अध्यक्ष भुवन तामाङले जानकारी दिनुभयो ।

प्रतियोगिताको अवलोकन गर्न पुग्नुभएका प्रतिनिधिसभा सदस्य बहादुुरसिह लामा तामाङ सहित म्यागङ गाउँपालिका जनप्रतिनिधिहरु लगायतका अतिथीले निकै प्रतिस्पर्धा भएको खेलले खेलाडीहरुमा क्षमता बृद्धि र उनीहरुको कलाकौशल राष्ट्रियस्तरका खेलाडीहरुमा जस्तै देखिएको भन्दै प्रशंसा गरेका थिए । ‘दोश्रो नागिनीकप अन्तर–जिल्लास्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता’मा नुवाकोट र धादिङको १८ समूहले सहभागिता जनाएका थिए ।

नुवाकोट जेसीजको छैठौं पदस्थापना

विदुर । नुवाकोट जेसीजको छैठौं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसी, नुवाकोट जेसीज वर्ष २०१९ का अध्यक्ष दुर्गाराज पाठकलगायतले कार्यक्रमको संयुत्त रुपमा उद्घाटन गर्नुभएको हो । पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै संबिधानसभाका सभाषद् समेत रहनुभएका केसीले युवाहरुको क्षमता र व्यत्तित्व विकासमा जेसीजले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभएको छ । उहाँले देशमा विधिको शासन, न्यया प्रणालीको कार्यान्वयन कायमका लागी जिसिजमा आबद्ध भएका तथा नभएका सबै युवा एकजुट हुनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा नुवाकोट जेसीज वर्ष २०१९ का अध्यक्ष दुर्गाराज पाठकले आफ्नो कार्यकालमा जेसीजलाई चलायमान बनाएको तथा संस्थामा युवाहरुको आर्कषण बढाउन आफ्नो कार्यकाल सफल भएको बताउनुभयो । उहाँले जेसिजलाई विशुद्ध सामाजिक संस्थामा आवद्ध हुन सबै युवालाई समावेश गर्दै उनीहरुको क्षमता बृद्धि, आत्मविस्वासमा प्रोत्साहन, शक्तिकरिण लगायतमा दक्ष बनाउनुपर्ने नयाँ नेतृत्वलाई सुझाब दिनुभयो ।

केही दिन अघि विदुरमा भएको निर्वाचनबाट निर्विरोध बिजयी निर्वाचित हुनुभएका जेसिज नुवाकोटका पदाधिकारी तथा मनोनित भएका पदाधिकारीलाई नुवाकोट जेसीज वर्ष २०१९ का अध्यक्ष दुर्गाराज पाठकले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । उहाँले  नुवाकोट जेसीज वर्ष २०२० का अध्यक्ष श्रीकृष्ण आचार्यलाई पद हस्तान्तरण गर्दै बाँकी रहेका कार्यभार पूरा गर्न जिम्मेवारी प्रदान गर्नुभयो  । पदग्रहण पश्चात नुवाकोट जेसीज वर्ष २०२० का अध्यक्ष श्रीकृष्ण आचार्यले आफ्नो एक वर्षको कार्यकालमा युवाको व्यत्तित्व विकास, उनीहरुलाई व्यवसायीको रुपमा स्थापित, विभिन्न रचनात्मक तथा मानवीय कार्यलाई क्रमशः अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष आचार्यले आगामी दिनमा जेसीजको दायरालाई फराकिलो बनाउदै विद्यालयतहमा छात्रबृत्ति, स्वास्थ्य शिविर, युवा प्रोत्साहन, सरसफाई, धार्मिक क्षेत्रको संरक्षण तथा प्रचारप्रसारमा आफ्नो टिम सक्रिय भएर लाग्ने भावी योजना सार्वजनिक गर्नुभएको छ ।

यसैबिच अध्यक्ष श्रीकृष्ण आचार्यले नुवाकोट जेसिस कार्यसमितिमा कानुनी सल्लाहकारमा अञ्जली पाण्डे, महासचिवमा अरुणराज पाठक र कोषाध्यक्षमा राजकुमार आचार्यलाई मनोनित गर्नुभएको छ ।

नुवाकोट जेसिसको विदुरमा भएको निर्वाचन मार्फत कार्यकारी उपाध्यक्षमा निखिल उप्रेती, रामधन ढकाल, उपाध्यक्षमा नमराज सुवेदी, सुरज सिलवाल,अनुजमान श्रेष्ठ, सुनिता अधिकारी निर्विरोध निर्वाचित गरेको थियो ।

बृहत्त ल्होछार तथा तामाङ साँस्कृतिक कार्यक्रम शनिबार पनि जारी

बाघखोर । सोनाम ल्होछार पर्बको अबसरमा बेलकोटगढी नगरपालिकाको बाघखोरमा बृहत ल्होछार तथा तामाङ साँस्कृतिक कार्यक्रम शुक्रबार देखि चलिरहेको छ । शुक्रबारदेखि सुरु भएर शनिबारसम्म दुई दिन चल्ने कार्यक्रमको उद्घटन बागमती प्रदेशका उप–सभामुख राधिका तामाङले ल्होछार पर्वको महत्वलाई मध्येनजर गर्र्दैै प्रदेस सरकारले यही १० गते सार्वजनिक बिदा उपलब्ध गराएको र विभिन्न स्थानीयतहले दिएको सार्वजनिक बिदाले पर्व मनाउन र शुभकामना आदान प्रदानको लागी सहज पुगेको बताउनुभयो ।

बागमती प्रदेसको उप–सभामुख तामाङले भूकम्पको कारण क्षति पुगेका गुम्बा लगायतका बौद्धमार्गीको धार्मिकस्थलको पुर्ननिर्माणमा भएको ढिलाईले उल्लासपूर्ण बनाउन नसकेर गुम्बाको सट्टामा डाडाँ र खुल्ला चउरमा ल्होछार पर्व मनाउन बाध्य भएकाले त्यसमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन सहयोगको प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रदेस नं. ३ को नाम बागमतिको सट्टामा पहिचानबाट नेवाः ताम्सालिङ राख्न र राजधानी नुवाकोट राख्नको लागी पहल भएपनि केही प्राविधिक त्रुटीको कारण नसकेको स्वीकार गर्दै त्यसबाट पुग्ने असर तथा गुमाएको पहिचानलाई नुवाकोटमा औद्योगिक केन्द्र, तामाङ सम्पदायलको सग्राहलय लगायका माध्यमबाट सहयोग पुराउन आफू लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको पहिलो दिन शुक्रबार बेलकोटगढी नगरपालिकाको नगरप्रमुख राजेन्द्ररमण खनाल, उपप्रमुख कविता ढुङ्गाना सहित विभिन्न वडाका वडाध्यक्ष लगायतका सरोकारवालाले ल्होछार पर्वको अवसरमा शुभकामना दिदै यस पर्वलाई बौद्ध र हिन्दुधर्मालम्वीको साझा पर्वको रुपमा मनाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताएका छन् ।

तामाङ साँस्कृतिक संरक्षण समितीको आयोजनामा शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने कार्यक्रमले ल्होछार पर्वसंग सम्बन्धित पूजा, साँस्कृतिक कार्यक्रम लगायतका गतिविधि सञ्चालन गरिने आयोजक समितीका संयोजक सुर्यबहादुर तामाङले जानकारी दिनुभयो ।

“सोनाम ल्होछारको प्रबद्र्धन हाम्रो सास्कृतिक एकताको नारा : ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनैतिक एकताको अभिभारा” भन्ने नारा सहित सञ्चालन गरिएको कार्यक्रममा सुवास मोत्तान, युबी मंग्रेसी, लक्ष्मी स्याङत्यान, उसन लामा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड साँस्कृतिक प्रस्तुती समेत सञ्चालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रमले तामाङ साँस्कृतिक धरोहरको रुपमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण प्रचारप्रसार, पर्यटन प्रबद्धन मार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन बृहत ल्होछार तथा तामाङ साँस्कृतिक कार्यक्रमले सहयोग पुग्ने बेलकोटगढी नगरपालिकास्तरीय तामाङ साँस्कृतिक संरक्षण समितीका बरिष्ठ सल्लाहकार नबराज लामाले जानकारी दिनुभयो ।

सोनाम ल्होछार पर्ब बिशेष कार्यक्रमको अबसरमा बेलकोटगढी नगरपालिका भित्र सञ्चालनमा रहेका बिद्यालयबाट गएको शैक्षिक सत्रमा प्रबेशिका परिक्षामा उतीर्ण भएका तामाङ छात्र–छात्रा र तामाङ समुदायबाट प्रतिनिधित्व गर्ने प्रधानाध्यापकहरुलाई सम्मान समेत गरिने आयोजकले जनाएको छ ।

गल्छी–रसुवागढी सडकखण्डको अवलोकन

विदुर । राष्ट्रिय गौरबको आयोजना गल्छी–रसुवागढी सडकखण्ड निर्माणको प्रगतिबारे उच्चस्तरिय टोलीले स्थलगत निरीक्षण गरेको छ । सडक विभागका महानिर्देशक केशबकुमार शर्माको नेतृत्वको तीन सदस्यीय उच्च स्तरिय टोलीले सडकखण्डको निरीक्षण गरेको हो ।

निरीक्षण टोलीमा विभागका महानिर्देशक शर्मासहित उपमहानिर्देशक भिमार्जुन अधिकारी र संघिय सडक सुपरिबेक्षण काठमाडौंका सुपरिटेन्डेन्ट इन्जिनियर राजेन्द्र शर्मा रहेका छन् ।  टोलीले गल्छिदेखि रसुवागढीसम्मको ८२ किलोमिटर सडकको स्थलगत निरीक्षण तथा अवलोकन गरेको गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेशी रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । टोलीले गल्छिदेखि मैलुङसम्मको निर्माणाधिन ४६ किलो मिटरसडक र पुलकोसमेत निरीक्षण गरेको छ ।

अनुगमनको क्रममा कोल्पु खोला, देविघाट र तिरतिरेको पहिरो रोकथाम सम्बन्धि कामलाई अगाडि बढाउन टोलीले सडक योजनालाई निर्देशन दिएको छ । यस्तै, मैलुङदेखि स्याफ्रुबेशीसम्मको १९ किलोमिटर सडकखण्डको बोलपत्र आह्वानको प्रक्रियामा रहेकोले त्यसलाई छिट्टै टुङ्गाउन पनि टोलीले निर्देशन दिएको छ ।

चीन सरकारको सहयोगमा निर्माण हुने स्याफ्रुबेशीदेखि रसुवागढीसम्मको १७ किलोमिटर सडक निमार्ण कार्यमा सहजिकरण गरिदिन टोलीले आग्रह गरेको छ । जग्गा प्राप्ति गर्ने, बिद्युतका पोलहरु सार्ने र सडक सिमा भित्रका घर–टहरा हटाउने जिम्मा नेपाली पक्षको रहेकाले नेपाल तर्फबाट गर्नुपर्ने काम छिटै टुङ्ग्याउन आग्रह गरिएको योजनाका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web