बट्टार । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बट्टारमा जारी छैठौँ नुवाकोट महोत्सव जारी रहेको छ । बिहीबारदेखि सुरु भएको महोत्सवको तेश्रोदिन सम्पन्न हुदाँ २५ हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

पहिलो दिन उद्घाटन सत्रमा निःशुल्क प्रवेश भएकाले दश हजार दर्शकको सहभागिता रहेकोमा दोश्रो दिन एक हजार ७ सय भन्दा बढी टिकर पास गरेर करीब चरा हजारले मेलाको अवलोकन गरेका थियो । तेश्रो दिन शनिबार शनिबार समेत भएकाले दर्शकको सङ्ख्या निकै बढेको महोत्सव आयोजना अन्तरगतको प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । तेश्रो दिन शनिबार ७ हजार १ सय भन्दा बढी टिकट विक्री भएको उहाँले जानकारी दिनुभयो ।

यही माघ १६ गते बिहीबारदेखि सुरु भएर दश दिनसम्म चल्ने महोत्सव मार्फत नुवाकोटमा रहेका कृषि उब्जनीको प्रचार, साँस्कृतिक धरोहरको रुपमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण, नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनको लागी पर्यटन प्रबद्धन, हस्तकलाबाट उत्पादित सामाग्रिको बजारीकरण, वातावरण संरक्षण सम्बन्धि जनचेतनामूलक प्रचारमा जोड तथा सचेतना जगाउने लक्ष्य राखिएको आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँको अनुसार महोत्सव विशुद्ध आर्थिक प्रबद्धनको लागी आयोजना गरिएको भएपनि पाँच करोडको कारोबार मार्फत ७५ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य बनाइएको छ ।

महोत्सवमा रहेका २५० स्टल जिल्लाका बाह्रवटै स्थानीयतहलाई तोकिएको सङ्ख्यामा निःशुल्क उपलब्ध गराइएको छ भने व्यवसायिक स्टलहरुमा पनि स्थानीय उत्पादनलाई प्रथामिकता दिएको आयोजक उद्योग बाणिज्य संघ नुवाकोटका प्रवक्ता सबिन राजभण्डारीले जानकारी दिनुभयो ।

महोत्सवमा सामाग्रि खरिदको लागी भन्दा पनि सेवा प्रदायक सस्था तथा व्यवसायीबाट जनचेतनामूलक कार्यक्रम तथा जानकारीमा दर्शकहरुले रुची देखाएका छन् । स्टेजमा कलाकारहरुको प्रस्तुती भइरहदाँ पनि दशर्कहरुले स्टलमा राखिएको कृषि उब्जनी, हस्तकला, स्वास्थ्यसंग सम्बन्धित जानकारीमा चासो देखाएको थिए ।

महोत्सवमा दैनिक रुपमा स्थानीय तथा राष्ट्रियस्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहने भएकाले स्वस्थ मनोरञ्जन तथा नयाँ जानकारीको लागी मेलामा सहभागी हुनको लागी आयोजक उद्योग बाणिज्य संघका सदस्य मधुसुदन थपलियाले आग्रह गर्नुभयो ।

20.49¡ÆC