मेलमिलापकर्ता र सरोकारवालाबीच अनुभव आदान-प्रदान

विदुर । लिखु गाउँपालिकामा स्थापित न्यायिक समिति र गाउँपालिका भित्र सिक्राशिल मेलमिलापकर्ता एंव सरोकारवालाबीच अनुभव आदान गरिएको छ ।

देवानी प्रकृतिका र कानूनले मेलमिलाप गराउन सकिने भनेर उल्लेख गरेका विवादलाई स्थानीयस्तरमै समाधान गराउदै आएका सरोकारवाला पक्षबीच कार्य अनुभव तथा गतिविधिको शुक्रबार समीक्षा गरिएको हो । लिखु गाउँपालिकाको आयोजना तथा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटको समन्वयनमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले मेलमिलपामार्फत विवाद समाधान गराउदाँ दिगो शान्तिको स्थापना, मुद्धा मामिलामा हुने आर्थिकभार नहुने र विवादित पक्षबीच सम्बन्ध पनि सुमधुर हुने भएकाले मेलमिलापको लागी समुदायमा जागरण तथा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

यस्तै, लिखु गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले गाउँपालिकाले मेलामिलाप गराउनको लागी न्यायिक समितिको इजलाश कक्ष स्थापना, आवश्यक फर्निचर लगायका सुविधा र सामुदायिक मेलमिलाप केन्द्रको लागी पनि प्राविधिक सहयोग गर्दै आइरहेको बताउनुभयो ।

यस्तै, लिखु गाउँपालिकाको न्यायिक समितिका संयोजक एंव पालिका उपाध्यक्ष रोजिना राईले गाउँपालिकाले कानूनले मिलाउन सक्ने भनेर उल्लेख गरेका विवादलाई सामुदायिक मेलमिलाप केन्द्र मार्फत र त्यसपश्चात वडा मार्फत मिलाउन प्रथामिकता दिदै आएको र त्यहाँबाट समाधान नभएमा मात्र न्यायिक समितिमा छलफल गराउने गरेको जानकारी दिनुभयो ।

न्यायिक समितिले गरेका कार्य तथा भएका मेलमिलापको तथ्याङ्क एक सातामा तयार गरेर प्राप्त अनुभव तथा कार्यलाई एकअपासमा साटासाट गरेर आगामी दिनमा मेलमिलापलाई थप प्रभावकारी बनाउन आफूहरु लागि पर्ने वडा नं ६ का वडाध्यक्ष हरीशरण लामिछानेले जानकारी दिनुभयो ।

‘शान्तिको लागी उन्नत सम्बन्ध’ भन्ने नारा सहित नुवाकोटको गाँउगाँउमा सञ्चालनमा रहेको सामुदायिक मेलमिलाप केन्द्रको भूमिका समाजमा दिगो रुपमा शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुग्दै आएको र स्थानीय सरकारबाट प्राप्त सहयोग प्रभावकारी समेत भइरहेको जिल्लामा मेलमिलाप कार्यक्रम सञ्चालन गर्दै आएको सस्था ‘प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोट’का संयोजक सिताराम पौडेलले बताउनुभयो । नुवाकोटको मेलमिलाप अभियानमा लिखु गाउँपालिका उत्कृष्ट रहेको र लिखु गाउँपालिकाको वडा नं. ६ का सामुदायिक मेलमिलाप केन्द्रका संयोजक नवराज थापा नुवाकोटकै उत्कृष्ठ मेलमिलाप कर्ताको रुपमा सम्मानित समेत भएकाले लिखुको अनुभवलाई अन्य पालिकामा पनि लैजानुपर्ने उहाँले बताउनुभयो ।

समाजमा उत्पन्न स–साना विषयका विवाद तथा द्धन्द्धले एक–अर्कामा मन नमिल्ने अबस्थालाई  मेलमिलाप मार्फत समाधानका लागी नमूनायोग्य काम लिखु गाउँपालिकामा हुदै आएको छलफलमा सहभागी सरोकारावालाहरुले बताएका छन् ।

सामुदायिक मेलमिलाप केन्द्र तथा न्यायिक समिति मार्फत प्राकृतिक श्रोतको प्रयोग, सीमा विवाद, पानीको मुहान उपभोग, सामान्य किसिमका झैझगडा लगायतका विवादको लागी प्रहरी–प्रशासनमा जानुपर्ने विवादको मेलमिलापले समाजमा दिगो शान्तिको स्थापनामा उल्लेख्य योगदान पुग्दै आएको छ ।

दोश्रो नागिनीकप प्रतियोगिता : शनिबार फाइनल हुदै

विदुर । म्यागङ गाउँपालिकाको वडा नं. ५ पोखरीडाँडामा सञ्चालन भइरहेको ‘दोश्रो नागिनीकप अन्तर–जिल्लास्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता’को फाइनलमा आयोजक ‘बी’ समूह र म्यागङ गाउपालिकास्तरीय युवा क्लब भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा जित गर्दा गदै शनिबार हुने फाइनलको लागी आयोजक ‘बी’ समूह र म्यागङ गाउपालिकास्तरीय युवा क्लबले फाइनमा प्रवेश गरेको हो । शुक्रबार भएको सेमिफाइनल खेलमा आयोजक नागीनीथान युवा क्लब ‘बी’ समूहले फुटबल कर्नर टिम कल्लाबारीलाई २–० गोल अन्तरले हराउदै फाइनल पुगेको हो ।

कल्लाबारीलाई हराउनको लागी आयोजक बी समूहको तर्फबाट आकाश मगर र सञ्जय तामाङले १–१ गोल गर्नुभएको हो । यस्तै, शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा म्यागङ गाउँपालिकास्तरीय युवा क्लबले जनआवाज युवा क्लबलाई २–१ गोल अन्तरले हराएको छ । आत्मघाती गोलको साहाराले जनआवाज युवा क्लबले अग्रता लिएको भएपनि म्यागङ गाउँपालिकास्तरीय युवा क्लबको तर्फबाट लगातार दुई गोल विकाश थापामगरले फर्काउदै शनिबार हुने फाइनल प्रवेशको लागी स्थान पक्का गरेको हो ।

शुक्रबार भएको सेमिफाइनल खेल अवलोकन गर्न म्यागङ गाउँपालिकाको विभिन्न वडाका वडासचिव लगायतको समेत सहभागिता रहेको आयोजक नागीनीथान युवा क्लबका अध्यक्ष भुवन तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल शनिबार अपरान्ह सञ्चालन गर्न लागिएको छ । शनिबार हुने फाइनल खेलको अवलोकनको लागी प्रतिनिधिसधा सदस्य एंव काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ, म्यागङ गाउँपालिकाको अध्यक्ष आशा तामाङ लगायतका अथिती सहभागि हुने कार्यक्रम रहेको छ ।

कुखुराको मासु एक किलोमै १६० बढ्यो

विदुर । बजारमा कुखुराको मासूको मूल्य आकाशिएको छ । गएको मंसिर २९ देखि पुस ६ गतेसम्म चितवनमा चलाइएको अण्डा नष्ट गर्ने अभियानले बजारमा कुखुराको मासुको मूल्य अकासिएको हो ।

चल्ला उत्पादकको आन्दोलनअघि काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य २१० रुपैयाँ रहेकोमा अहिले मूल्य बढेर एक किलोको नै ३ सय ७० रुपैयाँ पुगेको व्यवसायीहरुले बताएका छन् । ढेड महिना अघि चल्ला नष्ट र नयाँ चल्लाको उत्पादन बन्द गरेको प्रभावको कारण अहिले एकैसाथ मासुको मूल्य अकासिएको पाइएको छ । दश दिनसम्म चल्ला उत्पादन गर्ने अण्डा नष्ट गर्ने अभियान सञ्चालन गरेपछि मासु व्यवसायीले त्यतिबेलै दुई पटक मूल्य बढाएका थिए ।

कुखुराको मासुको मूल्य बढाएर उपभोक्तामा आर्थिक भार थोपर्न चिकेन होलिडे मनाइएको भन्दै सरकारी हस्तक्षेप हुनुपर्ने उपभोक्ता अधिकारकर्मीको माग थियो तर सरकारले वेवास्था गर्दा मूल्य बृद्धि भएको भन्दै आपत्ति समेत जनाएका छन् ।

एक महिना अवधिमा कुखुराको मासुको मूल्य एक किलोको १६० रुपैयाँले बढेर ३७० रुपैयाँ कायम भएको छ । काठमाडौंको खुद्रा बजारमा मासुको मूल्य त्यो भन्दा पनि धेरै हुनसक्ने उपभोक्ता अधिकारीकर्मीले बताएका छन् ।

राष्ट्रिय कुखुरा व्यवसायी संघले गएको साता तोकेको नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा तयारी मासुको प्रतिकिलो मूल्य ३५० रुपैयाँ रहेको थियो । त्यसमा खुद्रा व्यापारीले उपभोक्तालाई बिक्री गर्दा १५ रुपैयाँ नाफा राख्ने सरकासंग सहमति भएपनि अहिले २० रुपैयाँ नाफा लिएर ३७० मा बिक्री गर्दै आएका छन् ।

कोरोना नियन्त्रणको लागी रसुवागढीमा उच्च सतकर्ता

टिमुरे । चीनमा फैलिएको कोरोना भाइरस सर्न नदिन रसुवागढी नाकामा उच्च सतर्कता अपनाइएको छ ।

रसुवागढी नाकाहुदै आउने पर्यटक तथा व्यवसायीबाट कोरोना भाइरस सर्न नदिन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले रसुवागढीमा रहेको ‘हेल्थ डेस्क’लाई उच्च स्रोत साधनयुक्त बनाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले जानकारी दिनुभयो । सीमा क्षेत्रमा सचेतना कार्यक्रम गर्ने, रोगको लक्षण देखिएमा जिल्ला अस्पतालमा छुट्टै उपचार सघन–कक्ष तयार बनाउने, परीक्षणका आधुनिक उपकरण तत्काल व्यवस्था गर्ने लगायतको तयारी गरिएको छ ।

रोग नियन्त्रणका लागि कार्ययोजना बनाउन गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल सापकोटाको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराई, जनस्वास्थ्य अधिकृत सृष्टि नेपाल र जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर अनिल खरेल रहेको  उपसमिति गठन गरिएको छ ।

सीमा क्षेत्रका चिनियाँ अधिकारीले रसुवागढी केरूङ सीमा क्षेत्रको आवत–जावतमा कडाई गरेको जनाएको छ । रोगको भाइरसको नियन्त्रको समस्या एवं चिनियाँ भू–भागको राजमार्ग मर्मत र ल्होछार पर्व समेतको कारण देखाएर १५ दिनका लागि केरूङको आवत–जावतमा कडाई गरेको जानकारी नेपाली पक्षलाई गराएको छ ।

राजमार्ग सुधारका क्रममा हुनसक्ने जोखिम न्यूनीकरण गर्न १५ दिनका लागि कुनै पनि सवारी साधन नगुढाउने र मानिस ओहरदोहरमा रोक लगाउने सीमा क्षेत्रका चिनियाँ अधिकारीले जानकारी पठाएको सुरक्षा निकायले बताएको छ ।

लाङटाङमा किन गए विदेशी भन्दा स्वदेशी पर्यटक बढी ?

धुञ्चे । ‘पर्यटन बर्ष २०२०’ लाई सफल बनाउन सरकारबाट पहल भईरहेको समयमा रसुवाको लाङटाङ क्षेत्रमा विदेशीभन्दा धेरै स्वदेशी पर्यटकले भ्रमण गरेको पाईएको छ । चालु आर्थिक वर्षको ६ महिनामा करिब १५ हजार पर्यटकले लाङटाङ क्षेत्रको भ्रमण गरेका तथ्यांकमा रहेको छ  । ६ महिनाको अवधिमा ८ हजार ६ सय ५० स्वदेशी र सार्कसहित अन्य मुलुकबाट ६ हजार ३ सय ६ पर्यटक आएको लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर रमेश बस्नेतले बताउनुभयो ।
आन्तरिक पर्यटकको आगमन निकै कमी हुने लाङटाङ र गोसाइँकुण्ड पदमार्ग दुई वर्षयता स्वदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जले ०७५ असोज २९ देखि लाङटाङ र गोसाइँकुण्ड जाने स्वदेशी पर्यटकको तथ्यांक राख्न थालेको हो । स्वदेशी पर्यटकसँग प्रवेश शुल्क लिन थालेपछि तथ्यांक राख्न थालिएको निकुञ्जले बताएको छ ।
रसुवामा पर्यटकका लागि तीनवटा पदमार्ग मध्ये धुन्चे–गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइँकुण्ड पदमार्ग, स्याफ्रुबेँसीहुँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेँसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेँसीसम्मको तामाङ सम्पदा मार्ग पर्यटकको लागी आकर्षक रहेको छ ।

बालुवा तस्करीको अपराध : ट्रिपरले किचेर एक महिलाको मृत्यू

गोरखा । गोरखामा ट्रिपरले किचेर एक महिलाको मृत्यू भएको छ । गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नंबरको ट्रिपरले किचेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ बर्षकी मनमाया तामाङको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घरबाट छेपेटार बजारमा दूध बेच्न हिडेकी तामाङलाई शुक्रबार बिहान पौने सातबजे क्रसरबाट निस्केको ट्रिपरले किचेर मृत्यू भएको प्रहरीले जनाएको छ ।

महिलाको मृत्यू भएपछि आक्रोशित पाँचसय भन्दा धेरैजनाको भिडले सो ट्रिपरलाई आगजनी गरेका छन् भने क्रसरभित्र रहेका २० वटा ट्रिपर र छ वटा एक्साभेटर तोडफोड गरेका प्रहरीले जनाएको छ ।

क्रसरभित्र पाँच दर्जन भन्दा धेरै प्रहरी परिचालन गरिएको र स्थिति नियन्त्रणमा लिन प्रयास गरिएको प्रहरीको भनाइ छ ।

“छैठौँँ नुवाकोट महोत्सव” सुरु, पाँच करोडको कारोबार गर्ने लक्ष्य

विदुर । “छैठौँँ नुवाकोट महोत्सव” सुरु भएको छ । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बिहीबारदेखि सुरु भएर यही माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवको विशेष कार्यक्रमका बीचको पूर्वराष्ट्रपति डा. रामबरण यादवले उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा. यादबले महोत्सव मार्फत आर्थिक रुपमा सम्मुन्नत बनाउन तथा जिल्लामा रहेका कृषि उब्जनीको प्रचार, सस्कृति र धार्मिक स्थलको प्रबद्धनन योगदान पु¥याउनको लागी केन्द्रित गराउन सुझाब दिनुभयो । पूर्वराष्ट्रपति डा. यादवले पछिल्लो समयमा सडक विस्तारको नाममा हिमाल तथा पहाडी क्षेत्रमा पानीको मुहान सुकाउदै जंगल क्षेत्रको फडानी भइरहेको र तराईको क्षेत्रलाई मरभूमी नै बनाएर भइरहेको चुरे क्षेत्रको दोहन रोक्नको लागी सबै लाग्नुपर्ने अबस्थामा महोत्सवले प्राकृतिक श्रोतको संरक्षणमा पनि जागरुकता देखाउनुसक्नु पर्ने बताउनुभयो ।

“धार्मिक ऐतिहासिक कला सँस्कृतिको सम्बद्धन : दिगो आर्थिक विकासको लागी व्यवसायिक प्रबद्धन” भन्ने मूल नाराको साथ सुरु भएको महोत्सवले नुवाकोटमा रहेका बाह्रैवटा स्थानीयतहको पहिचानलाइ बृद्धि गर्दै जिल्लालाइ आर्थिक रुपमा समृद्ध बनाउन केन्द्रित गराउन सक्नुपर्ने प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले बताउनुभयो । यसअघि भएका महोत्सवलले पुराएको योगदान तथा कमजोरीलाई समीक्षा गर्दै छैठौ महोत्सवले जिल्लालाई समृद्धि बनाउन सक्नुुपर्ने उहाँले बताउनुभयो । महोत्सव मार्फत नुवाकोटमा उत्पादन भएका कृषि सामाग्रिको बजारीकरण, धार्मिक एंव साँस्कृतिक सम्पदाको प्रबद्र्धन, पर्यटकीय स्थानको प्रचारमा जोड दिन केन्द्रित गराउनको लागी सांसद खतिवडाले आयोजकलाई सुझाब दिनुभयो ।

बिहीबारदेखि सुरु भएर दश दिनसम्म चल्ने महोत्सव मार्फत नुवाकोटमा रहेका कृषि उब्जनीको प्रचार, साँस्कृतिक धरोहरको रुपमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण, नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु-याउनको लागी पर्यटन प्रबद्धन, हस्तकलाबाट उत्पादित सामाग्रिको बजारीकरण, वातावरण संरक्षण सम्बन्धि जनचेतनामूलक प्रचारमा जोड तथा सचेतना जगाउने लक्ष्य राखिएको आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँको अनुसार महोत्सव विशुद्ध आर्थिक प्रबद्धनको लागी आयोजना गरिएको भएपनि पाँच करोड रुपैयाँको कारोबार मार्फत ७५ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य बनाइएको छ ।

महोत्सवमा रहेका २५० स्टलमा जिल्लाका बाह्रवटै स्थानीयतहलाई तोकिएको सङ्ख्यामा निःशुल्क उपलब्ध गराइएको छ भने व्यवसायिक स्टलहरुमा पनि स्थानीय उत्पादनलाई पहिलो प्रथामिकता दिइएको आयोजक उद्योग बाणिज्य संघ नुवाकोटका प्रवक्ता सबिन राजभण्डारीले जानकारी दिनुभयो ।

महोत्सवमा संघका आबद्ध सम्पूर्ण व्यवसायीको लागी एक–एक थान पास निःशुल्क उपलब्ध गराइएकाले सघका सदस्यका लागी अवलोकनमा सहजता पुग्ने विश्वास लिइएको पास व्यवस्थापन उपसमितिका संयोजक मेघनाथ घिमिरेले जानकारी दिनुभयो ।

लक्षित बर्ग अन्तरगतका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतको लागी निःशुल्क र अन्यको लागी टिकट अनिवार्य गरिएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका चर्चित कलाकारको प्रस्तुती रहने आयोजक उद्योग बाणिज्य संघका सदस्य मधुसुदन थपलियाले जानकारी दिनुभयो ।

देवीघाटमा सामूहिक ब्रतबन्ध

विदुर । हिन्दु सँस्कृतिको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र सँस्कृत भाषाको संरक्षणको लागी सञ्चालनमा रहेको सहिद जगत–प्रकाशजंग शाह सस्कृति माध्यामिक विद्यालय चलाउन देवीघाटमा सामुहिक ब्रतवन्ध गरिएको छ । सामूहिक ब्रतबन्धबाट चार लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नं ५ देविघाटमा रहेको शहिद जगत प्रकाशजंग शाह संस्कृत माविको आर्थिक श्रोतको जुटाउने लक्ष्यको साथ आयोजना गरेको सामूहिक ब्रतवन्धमा १०८ जना बटुकहरूको कर्मकाण्ड गरिएको छ ।

सामूहिक ब्रतवन्धमा सहभागी बटुकबाट विद्यालयले प्रति बटुक चार हजार रुपैयाँ शुल्क लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले जानकारी दिनुभयो ।

उहाँको अनुसार बटुकसंग लिएको शुल्क र भेटीबाट विद्यालयलाई आर्थिक अभावमा प्रभावकारी राहत मिलेको छ । सामूहिक व्रतबन्धले सस्कृतिको संरक्षण, परम्पराको निरन्तरता, कर्मकाण्ड गर्ने अभिभावकलाई आर्थिक मितव्ययिता र सामूहिक एकतालाई समेत सहयोग पुगको व्यवस्थापन समितिका अध्यक्ष डंगोलले बताउनुभयो ।

सामूहिक ब्रतबन्धबाट संकलन भएको रकमले विद्यालयको प्रशासनिक खर्च र निजीश्रोतमा रहेका आठ जना शिक्षकलाई तलब उपलब्ध गराउन श्रोत जुटाउने अभियान अन्तरगत बैकल्पिक श्रोतको रुपमा सामूहिक ब्रतबन्ध गरिएको प्रधानध्यापक मञ्जु चित्रकारले जानकारी दिनुभयो ।

विद्यालयले आयश्रोत संकलन गर्न सुरु गरेको अभियानले समाजमा बढ्दै गएको तडक–भडक नियन्त्रण र हिन्दु परम्पराको रक्षा गर्न समेत उलेख्य योगदान पुगेको उहाँले बताउनुभयो ।

२०५५ सालमा स्थापना भएर कक्षा १० सम्म पढाई हुदै आएको विद्यालयमा हाल १५ जना शिक्षक रहेकोमा सात जनामात्रै दरवन्दी रहेकाले बाँकी निजीश्रोतबाट संकलन हुने आर्थिक सहयोगमा उनीहरुलाई सुविधा उपलब्ध गराइदै आएको छ । विद्यालयले सामूहिक आयोजना गरेको ब्रतवन्धले अभिभावकमा पर्ने आर्थिक बोझ धेरै कम हुने ब्रतबन्ध गराउन सहभागी बटुकका अभिभावक विदुर नगरपालिका वडा नं. १० दारेगौडाका बलराम धमलाले बताउनुभयो ।

सामूहिक ब्रतबन्धमा नुवाकोट सहित रसुवा, धादिङ, गोरखा लगायतका जिल्लाबाट बटुकको सहभागिता भएको थियो । सामूहिक ब्रतबन्ध निलकण्ठ धामका मुख्य पूजारी रुपेश सापकोटाको नेतृत्वमा रहेको १४ जना पण्डितले सहभागी बटुकको कर्मकाण्ड गराएका थिए ।

प्रिपियर कार्यक्रमको विपद् व्यवस्थापन तालिम सम्पन्न

काहुले । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा मार्फत संञ्चालनमा रहेको प्रिपियर कार्यक्रम अन्तर्गत किस्पाङ गाउँपालिकाको वडा नं. १ को भाल्चे र वडा नं. ३ को काहुलेमा “समाबेशी समुदायमा आधारित बिपद जोखिम ब्यबस्थापन तालिम” सम्पन्न भएको छ ।

अमेरिकन रेडक्रसको सहयोगमा सञ्चालित प्रिपियर कार्यक्रममा समुदायस्तरमा गठन भएको ‘सामुदायिक बिपद ब्यबस्थापन समिति’का पदाधिकारी र सदस्यलाई सोमबारदेखि सञ्चालन गरिएको तीन दिनको तालिमको बुधबार समापन गरिएको हो ।

तालीममा सहभागि भएकालाई पिप्रयर कार्यक्रम नुवाकोटका कार्यक्रम संयोजक मधुसुदन थापा र सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले बिपद् जोखिम ब्यबस्थापन तथा आवास निर्माण आचार संहिता सम्बन्धि जानकारी गराइएको थियो । तालिमको समापनमा रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा उप–कोषाध्यक्ष उद्धव शर्मा रिजालले भूकम्पको समयमा उद्धार र उपचार तथा त्यस पछिको पुर्ननिर्माणमा रेडक्रस मार्फत काहुले र भाल्चेमा पुराएको सहयोग पश्चात अब विपद् पूर्व तयारी कार्यक्रम लगायतका अभियान चलाउन सुरु भएको प्रिपियर कार्यक्रम थप प्रभावकारी बनाउनको लागी सरोकारवाला सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, कार्यक्रममा किस्पाङ गाउँपालिका वाड न ३ का वडाअध्यक्ष अमृतबहादुर तामाङले रेड्क्रसले काहुले र भल्चेमा पुर्याएको सहयोग प्रशंसनीय रहेकाले आगामी दिनमा जिविकोपार्जन तथा दिगोपनका कार्यक्रमलाई केन्द्रित गरेर चलाउनको लागी सुझाब दिनुभयो ।

तीन दिनसम्म चलेको तालीममा किस्पाङ गाउँपालिकाको वडा नं. १ र ३ भित्र समुदायस्तरमा गठन भएको विभिन्न चारवटा सामुदायिक बिपद ब्यबस्थापन समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

दोश्रो नागिनीकपमा सेमिफाइनलका खेल शुक्रबार हुदैँ

सामरी । म्यागङ गाउँपालिकाको वडा नं. ५ पोखरीडाँडामा सञ्चालन भइरहेको ‘दोश्रो नागिनीकप अन्तर–जिल्लास्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता’मा क्वाटर फाइनलसम्मा खेल सम्पन्न भएको छ । क्वाटर फाइनलका खेलहरु बिहीबार सम्पन्न हुदै चार समूह शुक्रबारहुने सेमिफाइनलको लागी प्रवेश गरेका छन् । शुक्रबार हुने सेमिफाइनलमा आयोजक नागीनीथान युवा क्लब बी समूहले फुटबल कर्नर टिम कल्लाबारीसंग प्रतिस्पर्धा गने भएको छ ।

यस्तै, जनआवाज युवा क्लबले म्यागङ गाउँपालिकास्तरीय युवा क्लबसंग प्रतिीस्पर्धा गर्ने आयोजक नागीनीथान युवा क्लबका अध्यक्ष भुबन तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार बिहीबार भएको क्वाटर फाइनलको खेलमा लर्चेत युवा क्लबलाई म्यागङ गाउँपालिकास्तरीय युवा क्लबले पोनाल्टीमा हराएको हो । निर्धारित समयसम्म दुवै समूहबाट एक–एक गोल भएपछि पेनाल्टी सुट आउटमा म्यागङ गाउँपालिकास्तरीय युवा क्लबले लर्चेत युवा क्लबलाई ७–६ गोल अन्तरले हराएको हो । पहिले अग्रता लिएको लर्चेतलाई म्यागङ गाउँपालिकास्तरीय युवा क्लबले पाएको पेनाल्टी मार्फत गोल गरेर खेल बराबरी बनाएर अन्तत पेनाल्टी सुट आउटमा बिजयी हुदै सेमिफाइनल प्रवेश गरेको हो ।

यस्तै, बिहीबार नै भएको अर्को खेलमा फुटबल कर्नर समूह कल्लाबारीले जोर चौतारा युवा क्लबलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरगतले हराउदै फाइन प्रवेशको लागी प्रतिस्पर्धा गर्न सेमिफाइनलमा पुगेको छ । निर्धारित समयमा दुवै समूहबाट एक–एक गोलको बराबरी भएपछि खेलको निर्धारण पेनाल्टी सुटआउट मार्फत गरिएको आयोजक नागीनीथान युवा क्लबका प्रमुख सल्लाहकार प्रकाश तामाङले जानकारी दिनुभयो ।

प्रतियोगिताको दुवै सेमिफाइनल खेल शुक्रबार हुने र शनिबार फाइनल खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

शव परीक्षणको लागी काठमाडौ पठाइयो

समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङफेदीमा हिउँ खेल्ने क्रममा ज्यान गुमाएका दुई युवाको शव परीक्षणको लागी बिहीबार काठमाडौ लगिएको छ । उनीहरु हराएको दश दिनपछि शव भेट्टिएको थियो भने शव भेट्टिएको तीन दिनपछि बल्ल बिहीबार परीक्षणको लागी काठमाडौ पठाइएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गएको माघ ३ गते शुक्रबारदेखि हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल शेर्पा र काठमाडौ जोरपाटीका २० वर्षका जापान तामाङको यही १३ गते गाउँपालिकाले एक लाख रुपैयाँ उपलब्ध गराउने जनाएपछि परिचालन भएका उद्धारकर्मीको टोलीले हिउँमा पुरिएको अबस्थामा फेदीमा शव भेट्टाएको थियो । उनीहरुको शव परीक्षणको लागी फेदीबाट उद्धार गरेर घ्याङफेदीसम्म ल्याउन तीन दिनको कठिनाई पछि बिहीबार गाँउपालिकाको पहलमा हेलिकोप्टर मार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौ पठाइएको हो ।

लाइसेन्स परीक्षाको विरुद्धमा उत्रियो महासंघ

विदुर । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकबाट पत्रकारको लाइसेन्सको जाँच लिने व्यवस्था हटाउन माग गरेको छ ।  महासंघले बिहीबार विज्ञप्ति जारी गरी महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी पनि भएको बताएको छ ।

महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्याएर मात्र विधेयक प्रतिनिधिसभामा पठाउन राष्ट्रियसभासँग माग गरेको गरिएको छ । अन्यथा संविधानको मूल मर्म, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र अन्तर्रा्ष्ट्रिय मान्यता विपरीत गठन हुने मिडिया काउन्सिललाई स्वीकार गर्न महासंघ र सञ्चार क्षेत्र बाध्य हुने विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएपछि त्यसको सञ्चार क्षेत्रबाट विरोध भएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web