कुखुराको मासु एक किलोमै १६० बढ्यो

माघ १८, २०७६ मा प्रकाशित | 6370 views

विदुर । बजारमा कुखुराको मासूको मूल्य आकाशिएको छ । गएको मंसिर २९ देखि पुस ६ गतेसम्म चितवनमा चलाइएको अण्डा नष्ट गर्ने अभियानले बजारमा कुखुराको मासुको मूल्य अकासिएको हो ।

चल्ला उत्पादकको आन्दोलनअघि काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य २१० रुपैयाँ रहेकोमा अहिले मूल्य बढेर एक किलोको नै ३ सय ७० रुपैयाँ पुगेको व्यवसायीहरुले बताएका छन् । ढेड महिना अघि चल्ला नष्ट र नयाँ चल्लाको उत्पादन बन्द गरेको प्रभावको कारण अहिले एकैसाथ मासुको मूल्य अकासिएको पाइएको छ । दश दिनसम्म चल्ला उत्पादन गर्ने अण्डा नष्ट गर्ने अभियान सञ्चालन गरेपछि मासु व्यवसायीले त्यतिबेलै दुई पटक मूल्य बढाएका थिए ।

कुखुराको मासुको मूल्य बढाएर उपभोक्तामा आर्थिक भार थोपर्न चिकेन होलिडे मनाइएको भन्दै सरकारी हस्तक्षेप हुनुपर्ने उपभोक्ता अधिकारकर्मीको माग थियो तर सरकारले वेवास्था गर्दा मूल्य बृद्धि भएको भन्दै आपत्ति समेत जनाएका छन् ।

एक महिना अवधिमा कुखुराको मासुको मूल्य एक किलोको १६० रुपैयाँले बढेर ३७० रुपैयाँ कायम भएको छ । काठमाडौंको खुद्रा बजारमा मासुको मूल्य त्यो भन्दा पनि धेरै हुनसक्ने उपभोक्ता अधिकारीकर्मीले बताएका छन् ।

राष्ट्रिय कुखुरा व्यवसायी संघले गएको साता तोकेको नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा तयारी मासुको प्रतिकिलो मूल्य ३५० रुपैयाँ रहेको थियो । त्यसमा खुद्रा व्यापारीले उपभोक्तालाई बिक्री गर्दा १५ रुपैयाँ नाफा राख्ने सरकासंग सहमति भएपनि अहिले २० रुपैयाँ नाफा लिएर ३७० मा बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web