झापड हान्ने मनाङ्गे छुटे, कुटाइ खाने मिलन थुनामा

पोखरा ।  जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेर पक्राउ परेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) धरौटीमा रिहा भएका छन् । मनाङेको झापड खाएका मिलन भने प्रहरी हिरासतमा छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङका खेलाडीका लागि आवास तथा खेल मैदान व्यवस्थापन नगरेको भन्दै मनाङ्गेले ७ माघमा मिलनलाई झापड हानेका थिए । त्यसको भोलिपल्ट मिलनले आफूमाथि अभद्र व्यवहार भएको भन्दै उजुरी दिए ।

मिलनको उजुरीका आधारमा बिहीबार मनाङ्गे पक्राउ परे । आइतबार जिल्ला प्रशासन कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभद्र व्यवहारको मुद्धा पेश गरेको थियो । सांसद राजीवविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीत कसुर गरेको आरोप थियो । यो कसुरमा १ वर्षसम्म कैद सजाय र १० हजार रुपैयाँ जरिवाना वा दुवै हुने व्यवस्था छ । तर प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटीमा छाड्न आदेश दिएका छन् ।

हिरासत बसेर मजै आयो :

धरौटी बुझाएर छुटेका दुई दिन हिरासतमा बसेर मजा लागेको प्रतिक्रिया दिएका छन् ।

सात दिनसम्म खेलाडीसँगै बसेर ट्रेनिङ गरेको आफूलाई हिरासतमा आराम मिलेको उनले बताए । उनले भने, ‘दुई दिन मज्जाले सुतेँ, अब रक्सीसक्सी खानुपर्ला !’

मनाङ्गे मनाङ प्रदेश सभा ख निर्वाचित सांसद हुन् । तत्कालीन एमालेको समर्थनमा स्वतन्त्र सांसदको रुपमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी नेकपामा प्रवेश गरेका छन् । गुण्डा नाइकेको परिचय बनाएका उनी पटक पटक जेल परेका थिए ।

झापड खाने मिलन भने थुनामा :

मनाङ्गविरुद्ध उजुरी दिएको भोलिपल्ट जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलनविरुद्ध पनि उजुरी पर्‍यो । विवादास्पद छविका उनीविरुद्ध ठगीको उजुरी परेको थियो ।

हरिभक्त आचार्यले मिलनविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार बेलुका जाहेरी दिए । आचार्यले ओम गौरा जोस्टेल होटेलमा गएको भदौमा ३४ जनालाई मिलनको जिम्मामा खाने र बस्ने व्यवस्था मिलाएका थिए । साफ यु १८ च्याम्पियनसिपका बेला तयारी टोली आचार्यको होटलमा बसेको थियो । मिलनले २ लाखको चेक दिए पनि नसाटिएको जाहेरीमा उल्लेख छ ।

बैंकिङ कसुरमा पक्राउ परेका मिलनलाई अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिइएको छ । उच्च अदालतका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुवास पौडेलको संयुक्त इजलासले ७ दिन म्याद थपेको हो ।

बैंकिङ कसुर मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ भने पीडितलाई रकम दिलाउने र ३ महिना जेल सजाय हुनसक्छ ।

आयोजनाको प्रभावमा जनताको उठिबास

रसुवा । ठूला कम्पनी र व्यवसायिक घरानालाई राष्ट्रि«य सम्पत्ति कौडीको भाउमा दिएसँगै नेकपा समर्थक रसुवा जिल्लाका दर्जनौं घरपरिवार सुकुम्बासी बन्न पुगेका छन् ।

साविक हाकु गाविस–३ हाल आमाछोदिङमो गाउँपालिका–१ का नोर्जे तामाङ, इचुङ तामाङ, काजी तामाङ, ताक्र्याल तामाङ, कामी तामाङलगायतलाई मन्त्रिपरिषद् बैठकले पुस १४ गते सुकुम्बासी बनाएपछि नेकपाका जिल्लास्तरीय नेताहरु आक्रोशमा छन् । उनीहरू मात्र होइन साविकको हाकु गाविस– ३ देखि ७ सम्मका ५०० घरधुरी भन्दा धेरै जनसमुदाय गुठीको समस्याबाट प्रताडित थिए ।

त्रिशूली–१ आयोजनाका नाममा नदिई देउवा सरकारले ०७४ सालमा स्वयम्भू गुठीका मोहीलाई दिएको जग्गा २०७६ पुसमा ओली सरकारले फिर्ता लिएर आयोजनालाई सुम्पिएसँगै ४२ वर्षदेखि जोतभोग गर्दै आएका किसान भूमिहीन बन्न पुगेका छन् ।

आयोजना र बिचौलियाको चलखेल चलिरहेको बेला जनताले ०७५ साउनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । दर्ता नं। २०६३ अन्तर्गत २०७५ साउन ३० गते बुझाएको पत्रमा स्थानीयले २०७४ मा प्राप्त गरेको बाहेक नेपालभर कहीँकतै आफ्नो नाममा जग्गा भएको देखाउनसमेत चुनौती दिएका थिए ।

लामो समयदेखि गुठी आन्दोलन र किसान अधिकारबारे आन्दोलनको अग्रमोर्चामा रहेका तेम्रेल तामाङ भन्छन्, ‘०३५ सालमा लामा र गाउँका मुखियाले झुक्याएर भूमिहीन बनाए, अहिले पाँच पुस्तादेखि हामीले कमाइ गर्दै आएको जग्गा हाम्रै पार्टी सरकारमा भएको बेला खोसेर जनतालाई सुकुम्बासी बनाइएको छ ।

स्थानीय जनता र आयोजना पक्षबीच ११० रोपनी जग्गाबारे निकै चर्को मोलमोलाइसमेत भएको स्थानीयको दाबी छ । स्थानीय जनताको गुनासो सुन्दै सो क्षेत्रको स्थलगत अवलोकन गरेर फर्केका क्याबिनेट मन्त्री एवं पूर्व जनसेनाका कमाण्डर र कमिसारहरू शक्ति बस्नेत र वर्षमान पुनले प्रधानमन्त्री ओलीलाई के रिपोर्ट गरे र यो निर्णय भयो रु जनता जान्न चाहन्छन् ।

०७६ पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गरेमध्ये बुँदा न ७। मा यो कुरा परेको छ– मन्त्रिपरिषद्को ०७० साउन २४ गतेको बैठकबाट नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि नारायणचौर नक्साल काठमाडौंलाई माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना सञ्चालन गर्न रसुवा जिल्लाको ७९।२७ हेक्टर वन क्षेत्र ३५ वर्षसम्मका लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय भएकोमा मन्त्रिपरिषद्को मिति २०७४ पुस २८ गतेको निर्णयअनुसार मालपोत कार्यालय रसुवाबाट उक्त वन क्षेत्रमध्ये ११० रोपनी जग्गा मिति २०७४ चैत ३० गते स्वयम्भू पुरानो घ्याङ गुठीको नाममा दर्ता कायम भएकोमा वन ऐन २०७६ को दफा ७ को उपदफा २ बमोजिम सो जग्गा दर्ता बदर गरी राष्ट्रिय वन क्षेत्र कायम गर्ने र मन्त्रिपरिषदको मिति २०७० साउन २४ गतेको निर्णयअनुसार नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि नारायणचौर नक्साल काठमाडौंलाई प्रयोग गर्न दिएको ७९।२७ हेक्टर जग्गा सो कम्पनीलाई पूर्ववत रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।

लाइसेन्स लिँदै विदेशीलाई बेच्ने बृन्दाबनमानसिंह प्रधान सम्बद्ध यही कम्पनीले केही समय अगाडि कर छुटसमेत लिन भ्याएको थियो । यो त्यही आयोजना हो जसलाई दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटी ऊर्जामन्त्री हुँदा डलरमा पिपिए गर्न अस्विकार गरेका थिए । सुरुवाती चरणमा प्रति मेगावाट २१ करोडसम्म उत्पादन लागत हुनसक्ने अनुमान रहेको यो आयोजनाको खर्च यतिबेला प्रतिमेगाबाट ३२ करोड पुगेको छ । देशकै महँगो आयोजना हुनुको रहस्य भनेको अधिक आर्थिक अपचलन नै हो ।

जनआस्था साप्ताहीकबाट  ।

स्वतन्त्र नागरिक हुन पाटीबाट अलग भएको घोषणा

विदुर । शिवपुरी गाउँपालिका वडा नं. ४ सिक्रेका विष्णु खड्काले राजनीतिक यात्राबाट विश्राम लिदै स्वतन्त्र नागरिकको रुपमा समाजमा सेवा पुराउने घोषणा गर्नुभएको छ । लामो समयदेखि बामपन्थी राजनीतकि अभियानमा लाग्नुभएका खड्काले यसअघि आफू आबद्ध रहेका पाटी नेकपा विप्लव समूहबाट अलग भएर स्वतन्त्र नागरिक भएर सामाजिक अभियन्ताको रुपमा सेवा पुराउने बताउनुभएको छ ।

यसअघि नेकपा विप्लव समूहको जिल्ला कमिटी सदस्य एंव शिवपुरी गाउँपालिका इञ्चार्ज लगायतको पदीय जिम्मेवारीमा रहेर राजनीतिक अभियान चलाउदै आउनुभएका उहाँले स्वास्थ्यको कारण सक्रिय राजनीतिक यात्रामा निरन्तरता दिन नसकेको र पाटी विशेषको रुपमा पदीय जिम्मेवारीमा भन्दा स्वतन्त्र भएर समाज परिवर्तन तथा विकास निर्माणमा लगायतका गतिविधिमा आफ्नो योगदानलाई कायमै राख्ने बताउनुभएको छ ।

शिक्षक पेशाबाट अवकाश प्राप्त रहनुभएका उहाँ अहिले पनि स्याउरेभूमिा माविको व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेको र समिति पुर्नःगठनको समय समेत भएकाले त्यसतर्फ क्रियाशिल हुने लगायतका योजनाको साथ गएको पुस १६ गते नै नेकपा विप्लव समूहमा रहेको जिम्मेवारीबाट अलग भएर नागरिक समाजको रुपमा आगामी यात्रा अघि बढाउने बताउनुभएको छ ।

माननीय डन हिरासतमा, कसरी बिताउदैछन समय, के लाग्छ मुद्धा विस्तृतमा

पोखरा । अदालतबाछ पक्राउ पुर्जी जारी भएपछि गण्डकी प्रदेशका सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई प्रहरीले हिरासतमा लिएको छ । उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

२०७४ को प्रदेशसभा निर्वाचनबाट निर्वाचित भएको एक वर्षपछि बल्ल माननीयको हैसियत पाएका प्रदेशसभा सदस्य मनाङे अहिले कास्की प्रहरीको हिरासतमा छन् । मनाङे प्रदेशको अर्थ तथा विकास समितिका सदस्यसमेत हुन् ।

संविधानको धारा १८७ को उपधारा ६ तथा प्रदेशसभा नियमावलीको नियम २०५ ले सदस्यको पक्राउसम्बन्धी सभामुखले सदनलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । सोही नियमको उपनियम २ ले बैठक नचलेको अवस्थामा सचिवालयको सूचनापाटीमा सूचना टाँस गर्ने र सञ्चारमाध्यममा प्रचारप्रसार गर्न लगाउने व्यवस्था छ ।

गण्डकी प्रदेशसभा बैठक १२ गतेलाई डाकिएको छ र अहिले हिउँदे अधिवेशन चलिरहेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले प्रदेश सभामुख नेत्रनाथ अधिकारीलाई मनाङे पक्राउ परेको सूचना पनि दिएको छ । सभामुख अधिकारीले १२ गतेको सदनमा जानकारी गराइने बताए । “सदन चलिरहेकै छ, बैठक १२ गते छ, सोही दिन सदनमा जानकारी गराइनेछ, ” उनले भने ।

हिरासतमा मनाङे :

०७४ को मंसिर १० गतेको पहिलो चरणको निर्वाचनमा स्वतन्त्रबाट विजयी बनेका मनाङे २०७५ माघ १४ गते बल्ल प्रदेशसभा सदस्यको शपथग्रहण गरेका थिए । माननीय बनेको झण्डै एक वर्षपछि फेरि उनी प्रहरी नियन्त्रणमा छन् । अहिलेको उनको मुद्दा भने फरक छ ।

मुख्यमन्त्री कप उद्घाटनको क्रममा गएको मंगलबार उनले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापट प्रहार गरेका थिए । त्यसपछि गुरुङले बुधबार दिएको किटानी जाहेरीको आधारमा उनी बिहीबार पक्राउ परेका हुन् । बिहीबार नै राष्ट्रियसभाको निर्वाचन समेत थियो । उनले मतदान गरेको केही समयपछि नै लेकसाइडस्थित होटल प्याराडाइजबाट प्रहरीले उनलाई हिरासतमा लिएकाे हो ।

कास्की हिरासतमा रहेका मनाङेलाई सार्वजनिक अपराधको मुद्दा चलाइने कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । प्रक्रिया पूरा गरेर मात्रै मनाङेलाई छाडिने उनले जानकारी दिए ।

मनाङे पक्राउ परेलगत्तै जिल्ला प्रहरी कार्यालयमा उनका आफन्तहरु सुत्ने कपडासहित पुगेका थिए । “यहाँ आएपछि सबै कानुनी प्रक्रिया हुन्छ,” डीएसपी राजकुमार केसीले भने, “उहाँ सभासद भए पनि कानुनको नजरमा सबै बराबर हुन् ।” उनले सभासद गुरुङसँग सामान्य सोधपुछ गरिएको र शुक्रबार म्याद थप हुनसक्ने बताए ।

मुलुकी  फौजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा मनाङेलाई कारबाही माग गरिएको छ । उक्त व्यवास्था अनुसार दोषी ठहरिएमा १ वर्ष सम्म कैद सजाय वा १० हजार रुपैयाँ जरीवाना वा दुवै सजाय हुनेछ ।

“यो मुद्दा हेर्ने नै जिल्ला प्रशासनले हो” एसपी कार्कीले भने, “जिल्ला प्रशासनबाट पक्राउ आदेश लिएर अगाडि बढेकाले यो विषयवस्तु त्यही प्रक्रियामा अगाडि बढ्छ ।”

जिल्ला प्रशासन कार्यालय कास्कीले दिउँसो साढे ३ बजे मात्र पक्राउ गर्ने अनुमति दिएको थियो । पक्राउ गर्ने अनुमति दिएको आधा घण्टाभित्र कास्की प्रहरीले दीपक मनाङेलाई  पक्राउ गरेको हो ।

के भन्छन् मनाङे ?

जिल्ला प्रहरी कार्यालयले पक्राउ गरिसकेपछि बाह्रखरीले मनाङेसँग कुराकानी गरेको थियो । उक्त क्रममा मनाङेले पक्राउ परे पनि केही फरक नपर्ने अभिव्यक्ति दिएका थिए ।

पक्राउपछि उनले भने, “यस्तो विषयमा पहिले दुई पक्ष त बस्‍नुपर्‍यो नि । ठग्‍ने मान्छेले ठग्‍ने अनि उल्टै मुद्दा हाल्ने ? यो त बर्बाद भइहाल्यो नि । के फरक पर्छ र ? हामीले पनि मुद्दा हाल्छाैं ।“

उनले पक्राउ पूर्व दुई पक्ष बसेर छलफल गर्नुपर्ने धारणा राखेका थिए । उनले भने, “अब ‘ल अर्डर’ अलि राम्रो छैन नेपालमा । जसले जसलाई पनि मुद्दा हाल्न मिल्छ ? यस्तो खालको भएर मात्र हो नत्र, निवेदन नै हाल्न पाउँदैन के खासमा ।”

उनले एन्फा अध्यक्ष मिलन गुरुङलाई पनि ठगीको जाहेरी हालेर मुद्दा अघि बढाउने योजना रहेको उनले बताए । “चिनेजानेको केटा भनेर म मुद्दामा गइन” उनले भने, “हातले १/२ पटक झापड हान्नु सामान्य कुरा हो ।”

बुधबार आफैले पत्रकार सम्मेलन गरेर दीपक मनाङेले मिलनलाई झापड हान्नु नै उपयुक्त हुने बताएका थिए ।

मिलनलाई पनि नछोड्‍ने : प्रहरी

जिल्ला प्रहरी कार्यालय कास्कीमा कुटपिट तथा पैसा नदिएकोभन्दै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङविरुद्ध पनि उजुरी परेको छ । उनीमाथि बुधबार पोखरा क्रियटिभ हाउसका सञ्चालक रामकृष्ण पौडेल र बिहीबार अन्य दुईजनाले उजुरी दिएका छन् । कास्कीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले उनीविरुद्ध उजुरी परेको पुष्टि गरे ।

“हामीले उनीमाथि परेको उजुरीको पनि प्रक्रिया अघि बढाएका छौँ” उनले भने, “उनी पनि कानुनको दायरामा आउँछन् ।” विवादित छविका गुरुङविरुद्ध बाउन्स चेक दिएको, सांसदसँगै विवाद गरेका लगायतका घटना पनि यसअघि सार्वजनिक भइसकेका छन् ।

नुवाकोटमा आर्थिक वर्षको आधा समय हुदाँ बजेट खर्च पाँच प्रतिशत मात्रै

रामहरि न्यौपाने,

नुवाकोट । चालु आर्थिक वर्ष २०७६÷०७७ को लागी नुवाकोटको विकासमा छुट्टाएको बजेट कार्यान्वयनको अबस्था निराशाजनक देखिएको छ ।

आवको आधा समय छ महिना पूरा हुदाँ नुवाकोटमा केन्द्रीय सरकार मातहतका कार्यालयले २७.५ प्रतिशत र प्रदेस सरकार मातहतका कार्यालयको बजेट पाँच प्रतिशत मात्र खर्च भएको छ ।

सरकारी कार्यालयको खर्च हिसाबको लेखा प्रणाली व्यवस्थापन गर्दै आएको कोष तथा लेखा नियन्त्रण कार्यालयको अनुसार केन्द्रीय सरकार मातहतका जिल्लाका ४६ कार्यालयमा चालु आवमा प्राप्त बजेट रु तीन अर्ब ३१ करोडमा छ महिनामा रु. ८८ करोड सात लाख (२७.५ प्रतिशत) खर्च भएको प्रमुख कोष नियन्त्रक दिवाकरण घिमिरेले जानकारी दिनुभयो ।

उहाँको अनुसार जिल्लामा प्रदेस सरकार मातहतका सरकारी कार्यालय र प्रदेस सरकारबाट अनुदान प्राप्त गरेका स्थानीय सरकार समेतका २० कार्यालयमा रु एक अर्ब ९९ करोड प्राप्त बजेटमा रु १० करोड ३९ लाख (५.२३ प्रतिशत) मात्रै खर्च भएको छ ।

“गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक मार्फत मुआब्जा वितरण समेत गरेर विकास बजेटको खर्च केही उकासिएको देखिएपनि समग्रमा केन्द्र सरकारबाट प्राप्त बजेट कार्यान्वय गर्ने कार्यालयको खर्च २७.५ प्रतिशत मात्र हुनु र प्रदेसको त झन दोहोरो अंक नै नहुनुले बजेटको सही कार्यान्वयन नभएको देखिन्छ ।” घिमिरेले भन्नुभयो “समयमै बजेट प्राप्त भएर कार्यान्वयनको लागी अनुकुल वातावरण भएपनि विकासका लागी प्राप्त बजेटको खर्च कमजोर हुनुले सुशासन र इमान्दारितामा प्रश्न उब्जिएको छ ।”

विकास (पुँजीगत) खर्च जस्तै यहाँ केन्द्रीय सरकारबाट प्राप्त बजेटको चालु (कार्यालय प्रयोजन) खर्च सन्तोषजनक भएपनि प्रदेस सरकार मातहतका कार्यालयको झनै कमजोर देखिएको छ ।

चालु आवको साउनदेखि पुससम्म छ महिनामा विकास निर्माणको लागी उपभोक्ता समिति तथा निर्माण व्यवसायी छनोट गरेर विकासको लागी छुट्टाएको बजेटको कार्यान्वयन गर्न मौसम, राजनीतिक गतिविधि, चाडपर्व, निर्माण सामाग्रिको सहजता लगायतका करण अनुकुल वातावरण भएपनि केन्द्रीय सरकारबाट प्राप्त बजेटको एक चौथाई र प्रदेस सरकारबाट प्राप्त बजेट पाँच प्रतिशत मात्र खर्च हुनु मुलुकमा विकासको सूचाङ्क सुधारोन्मुख नभएको प्रमुख कोष नियन्त्रक घिमिरेको भनाई छ ।

जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तरगत प्राप्त रु २४ करोड बजेट पनि अझै कार्यान्वयनमा आउन बाँकी रहेको छ ।

बलात्कारको मुद्दा खेपिरहेका ‘सिद्ध बाबा कृष्णदास’ सुटुक्क गए भारत

काठमाडौ । आफ्नै अनुयायीमाथि बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका ‘सिद्ध बाबा कृष्णदास’ भनिने कृष्णबहादुर गिरी भारत गएका छन्।  उच्च अदालत विराटनगरमा जबर्जस्ती करणीअन्तर्गत थुनछेकको सुनवाइ चलिरहेका बेला उनी प्रहरी हवल्दार तहका आफ्ना सुरक्षागार्ड मुकेश शाहलाई नेपालमै छाडेर भारत गएका हुन्। प्रहरी स्रोतका अनुसार अभियुक्त गिरी मध्याह्न १२:३० बजे विराटनगरबाट जोगबनी गएका थिए। उनी विराटनगरबाट जोगबनीसम्म आफैँले चढ्दै आएको ग १ च ८१५७ नम्बरको गाडी चढेर गएका हुन्। जोगबनीको मध्य बजार पुगेपछि नेपाली नम्बरको आफ्नो गाडी छाडेर भारतीय नम्बर प्लेट भएको गाडी चढेर हुइँकिएको प्रहरी स्रोतको दावी छ।

सुनसरीका एसपी यज्ञविनोद पोखरेलले कृष्णदासको सुरक्षामा रहेका प्रहरी हवल्दारले उनलाई जोगबनी जान लागेका बेला पक्रन नसक्ने बताए।  ‘उहाँलाई थुन्न होइन, उहाँको सुरक्षाका लागि प्रहरी सुरक्षाकर्मी दिइएको हो’, एसपी पोखरेलले भने, ‘प्रहरीले उहाँलाई रोक्न मिल्दैन।’ उनले थपे, ‘उहाँ यसअघि पनि एक पटक भारत गएर आइसक्नु भएको छ। उपचारका लागि गएको समाचार हामीले पाएका छौँ।’

कृष्णदास बिहीवार बिहान उच्च अदालत जाने भन्दै सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट निस्किएका थिए।

कृष्णदासका भक्त र अनुयायी पनि उनी थप उपचारका लागि भारत गएको स्पष्टीकरण दिन थालेका छन्।

जबर्जस्ती करणीको जाहेरी परेपछि उनी मंसिर १२ गते विराट नर्सिङ होममा भर्ना भएका थिए। त्यहाँ उनी ३८ दिन बसे। सुनसरी जिल्ला अदालतले उनलाई ३ लाख धरौटीमा रिहा गरेको थियो।

नेकपाका श्रेष्ठ, न्यौपाने र दाहाल राष्ट्रियसभामा विजयी

काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको छ ।  बिहीबार भएको निर्वाचनमा श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत आएको छ भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याउनुभएको हो । उहाँलाई नेकपाले अन्य समूहमा उम्मेदवार बनाएको थियो । महिलातर्फका उम्मेदवार भगवती न्यौपानेले तीनहजार तीनसय ६६ मत ल्याएर जित्नुभयो भने नेपाली काँग्रेसका उम्मेदवार विमला गौतमको दुईहजार तीसय ४० मत प्राप्त गर्नुभएको थियो । वि.सं. २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा –२ मा श्रेष्ठ सात हजार मतान्तरले डा। बाबुराम भट्टराईसँग पराजित हुुनुभएको थियो ।

यसैबीच, प्रदेश नम्बर( २ मा नेकपाकी तुलसा दाहाल राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको छ । महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । नगिनाले ४७ सय ४० मतभार ल्याउनुभयो भने तुलसाले ५२ सय ८ मत ल्याउनुभयो । निर्वाचनमा दुई मत बदर भएको थियो ।

सांसद दीपक मनाङ्गे पक्राउ

काठमाठौ ।  गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङ पोखराको लेकसाइडबाट पक्राउ पर्नुभएको छ । जिल्ला अदालत पोखराले पक्राउ पुर्जी जारी गरेपछि प्रहरी टोलीले सांसद मनाङ्गेलाई पक्राउ गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि उहाँ पक्राउ पर्नुभएकाे हाे ।  उहाँलाई पक्राउ गरेर म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ‘ उहाँलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । अब उहाँलाई यही राखेर अनुसन्धान अगाडि बढाउछौँ, अहिले हामी छलफलमा क्रममा छौँ ’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले  भन्नुभयो ।  गुरुङले  जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएको थियो । पोखराको लेखनाथ नगरपालिकामा रहेको भण्डारढिक खेल मैदानमा मंगलबार आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटस्थलमा सांसद गुरुङले एन्फा अध्यक्ष गुरुङलाई झापड हान्नु भएको थियो । खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै उहाँले जाहेरी दिनुभएको  थियाे।  जाहेरीमा मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही को माग गरिएको थियाे।

दर्शनार्थी चढेको मिनीट्रक दुर्घटना हुदाँ सातको मृत्यु

धादिङवेसी । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं .४ ढोलामन्डली मन्दिर दर्शन गरेर फर्केएिका दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएको धादिङ प्रहरीले बताएको छ । मृत्यु हुनेमा तीन जनाको घटनास्थल र चार जनाको उपचारको क्रममा धादिङ अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नं. २ भुलभुलेका बिदुर गुरुङ, ध्वजबहादुर गुरुङ, सुनिल भनिने तिलक बहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेम बहादुर गुरुङ, बलबहादुर गुरुङ र सेते गुरुङ रहेको अस्पताल प्रमुख डाक्टर नीति प्रसाईले विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

दुर्घटनामा परेर घाइते भएका मध्ये ११ जनालाई नेपाली सेनाको हेलिकप्टेर मार्फत र चार जनालाई एम्बुलेन्स मार्फत काठमाडौ लगिएको धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले जानकारी दिनुभयो । घाइते मध्ये ८ जना सामान्य उपचार पश्चात घर फर्किएका छन् भने बाँकी १५ जनाको जिल्ला अस्पताल धादिङमा नै उपचार भइरहेको छ । धादिङको निलकण्ठ नगरपालिका वडा नं .८ मैदीभञ्जाङमा ग.१ ख ८०१२ नम्बरको मिनीट्रक सडकमै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

घटनास्थलमा नेपाल प्रहरी र स्थानीयबासीले घाइतेको उद्धार गरेर अस्पताल पठाएका थिए । घाइते मध्ये १५ जनाको अबस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारको लागी नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । मन्दिरमा पूजा पश्चात चालक सहित सबैले मादक पदार्थ सहित प्रसाद एंव खाएर फर्कदै गर्दा दुर्घटनामा परेको थियो । दुर्घटनाको समयमा मिनीट्रकमा ४५ जना यात्रु रहेको पाइएको छ ।

यसैबीच, धादिङको गजुरी गाउँपालिका वडा नं. ६ बान्छेटारमा ना. ६ ख ७००३ नम्बरको ट्रकका चालक ट्रक भित्रै मृत भेटिएका छन् । रुपन्देही घर भएका ३० वर्षीय सूर्यप्रसाद थारु ट्रकभित्रै मृत भेटिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । ट्रकका सह–चालक कपिलवस्तुका सिमोन थारु आवश्यक अनुसन्धानको लागी प्रहरीले नियन्त्रणमा लिएको छ ।

रसुवागढी नाका बन्द

टिमुरे । अन्तराष्ट्रिय नाकाको रुपमा परिचित रसुवागढी नाकाबाट १५ दिनका लागि आयात–निर्यात बन्द गर्न लागिएको छ । ल्होसार पर्वको कारण चीनमा सार्वजनिक बिदा हुने भएकाले आयात र निर्यात प्रभावित हुने चिनियाँ पक्षले जनाएको छ ।
चिनियाँ भन्सारका अनुसार हिजैदेखि त्यहाँ सार्वजनिक बिदा दिइएको छ । यसअघि नै ६० वटा गाडीमा सिल गरिएकाले ती गाडी नेपाल आउन दिएर नाका बन्द गर्न लागिएको छ । सार्वजनिक बिदा सकिएपछि मात्रै त्यहाँ सिल लगाउने काम सुरु हुने नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । चीनको केरुङमा रहेका व्यापारी तथा व्यवसायी सोमबारदेखि नै फर्कन थालेका छन् ।
यसैगरी चीनको केरुङभन्दा १७ किलोमिटर दक्षिणमा पर्ने स्थानमा पहिरो गएपछि चिनियाँ पक्षले मुलाडाँडामा यातायात सेवा बन्द गरेको जनाएको छ । सिल लागेका गाडीहरू तल आउन नसकेर केरुङ तथा पाङसिङमा नै रोकिएका छन् । सडक नखुल्दा सिल लगाइएका गाडीसमेत नेपाल आउनबाट रोकिएका छन् । जारी रहेको सडक खुलाउने काम अझै केही दिन लाग्ने चिनियाँ पक्षले जनाएको छ ।

खेलकुद विकास समितिको अध्यक्षमा बुद्धिमान तामाङ

विदुर । बागमति प्रदेस खेलकुद विकास समिति अन्तरगत रहेको जिल्ला खेलकुद विकास सिमिति नुवाकोटको अध्यक्षमा बुद्धिमान तामाङ चयन हुनुभएको छ । बागमति प्रदेस खेलकुद विकास समितिको मंगलबार बसेको बैठकले नुवाकोटको खेलकुद विकास समितिको रिक्त रहेको नेतृत्वमा बेलकोटगढी नगरपालिका वडा नं. ६ का बुद्धिमान तामाङलाई चयन गरेको हो ।
अध्यक्षमा तामाङ चयन हुनुभएको छ भने सदस्य सचिवमा सोही कार्यालय प्रमुख सन्तोषी बैद्य नै रहने व्यवस्था रहेको छ । सदस्यहरुमा अध्यक्षले नै मनोनित गर्न सक्ने अधिकार दिइएको छ ।
नुवाकोटमा रहेका खेलसंग सम्बन्धित विभिन्न समिति तथा संघको नेतृत्व गर्नेअवसर पाउनुभएका तामाङले जिल्लामा सम्भावना रहेको खेल र खेलाडीको प्रोत्साहनको लागी प्रभावकारी रुपमा कार्यक्रम चलाउने प्रतिबद्धता जनाउनुभयो ।

बुद्धिबहादुर तामाङलाई एकलाख सहित सम्मान

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिकाले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा साइक्लिङतर्फ नेपाललाई स्वर्ण पदक दिलाएका बुद्धिबहादुर तामाङलाई एकलाख रुपैयाँसहित सम्मान गरेको छ ।

‘तेश्रो दुप्चेश्वर गाउँपािलका भलिबल प्रतियोगिता’को कार्यक्रमको अवसर बनाएर स्वर्ण पदक बिजेता तामाङलाई एक लाख रुपैयासहित सम्मान गरिएको गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरवेशीका तामाङले  साईकलिङ तर्फको प्रतिस्पर्धामा क्रस कन्ट्रीको चार किलोमिटरको चार ल्यापमा १ घण्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पारगर्दे नेपाललाई स्वर्ण पदक जिताउनुभएको थियो ।

गाउँपालिकाले गरेको सम्मानको कारण आफूलाई आफ्नो जन्मभूमि प्रति थप जिम्मेवारीमा बढेको महशुस भएको तथा आत्मबनोबल उच्च भएकाले आगामी प्रतिस्पर्धामा खेलमा सुधार गर्दै लैजाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web