<p style="text-align: justify; ">काठमाठौ । गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङ पोखराको लेकसाइडबाट पक्राउ पर्नुभएको छ । जिल्ला अदालत पोखराले पक्राउ पुर्जी जारी गरेपछि प्रहरी टोलीले सांसद मनाङ्गेलाई पक्राउ गरेको हो । <br></p><p style="text-align: justify; ">अखिल नेपाल फुटबल संघ (एन्फा)कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि उहाँ पक्राउ पर्नुभएकाे हाे । उहाँलाई पक्राउ गरेर म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ‘ उहाँलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । अब उहाँलाई यही राखेर अनुसन्धान अगाडि बढाउछौँ, अहिले हामी छलफलमा क्रममा छौँ ’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले भन्नुभयो । गुरुङले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएको थियो । पोखराको लेखनाथ नगरपालिकामा रहेको भण्डारढिक खेल मैदानमा मंगलबार आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटस्थलमा सांसद गुरुङले एन्फा अध्यक्ष गुरुङलाई झापड हान्नु भएको थियो । खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै उहाँले जाहेरी दिनुभएको थियाे। जाहेरीमा मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही को माग गरिएको थियाे।</p>
26.7¡ÆC