विदुर । राष्ट्रिय गौरबको आयोजना गल्छी–रसुवागढी सडकखण्ड निर्माणको प्रगतिबारे उच्चस्तरिय टोलीले स्थलगत निरीक्षण गरेको छ । सडक विभागका महानिर्देशक केशबकुमार शर्माको नेतृत्वको तीन सदस्यीय उच्च स्तरिय टोलीले सडकखण्डको निरीक्षण गरेको हो ।

निरीक्षण टोलीमा विभागका महानिर्देशक शर्मासहित उपमहानिर्देशक भिमार्जुन अधिकारी र संघिय सडक सुपरिबेक्षण काठमाडौंका सुपरिटेन्डेन्ट इन्जिनियर राजेन्द्र शर्मा रहेका छन् । टोलीले गल्छिदेखि रसुवागढीसम्मको ८२ किलोमिटर सडकको स्थलगत निरीक्षण तथा अवलोकन गरेको गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेशी रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । टोलीले गल्छिदेखि मैलुङसम्मको निर्माणाधिन ४६ किलो मिटरसडक र पुलकोसमेत निरीक्षण गरेको छ ।

अनुगमनको क्रममा कोल्पु खोला, देविघाट र तिरतिरेको पहिरो रोकथाम सम्बन्धि कामलाई अगाडि बढाउन टोलीले सडक योजनालाई निर्देशन दिएको छ । यस्तै, मैलुङदेखि स्याफ्रुबेशीसम्मको १९ किलोमिटर सडकखण्डको बोलपत्र आह्वानको प्रक्रियामा रहेकोले त्यसलाई छिट्टै टुङ्गाउन पनि टोलीले निर्देशन दिएको छ ।

चीन सरकारको सहयोगमा निर्माण हुने स्याफ्रुबेशीदेखि रसुवागढीसम्मको १७ किलोमिटर सडक निमार्ण कार्यमा सहजिकरण गरिदिन टोलीले आग्रह गरेको छ । जग्गा प्राप्ति गर्ने, बिद्युतका पोलहरु सार्ने र सडक सिमा भित्रका घर–टहरा हटाउने जिम्मा नेपाली पक्षको रहेकाले नेपाल तर्फबाट गर्नुपर्ने काम छिटै टुङ्ग्याउन आग्रह गरिएको योजनाका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

27.4¡ÆC