६ बैशाख, काठमाडौं । मागी गुम्बा समिति बाराले यही बैशाख १० देखि १२ गतेसम्म राजधानीको बौद्धमा विश्व शान्ति पूजाको आयोजना गर्ने भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा मागी गुम्बा समितिले बिहीबार पत्रकार सम्मेलन गरेर रौतहटको चन्द्रनिगाहपुरमा नेपालकै अग्लो १३२ फिट अग्लो बौद्ध स्तुपा निमाणार्थ विश्व शान्ति पूजाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
आदिबासी जनजाति अभियन्ता एवम् पत्रकार सम्मेलनका प्रमुख अथिति कृष्ण कुमार ग्लानले व्यक्तिवादी सोचको अन्त्य गर्नुनै बुद्ध धर्मको मूल मर्म रहेको दाबी गरेका छन् ।
उनले जातीय विभेदलाई समानतामा बदल्नु आजको आवश्यकता रहेको बताउँदै भने,‘बुद्धको ज्ञान र शिक्षाले पनि यही भन्छ, व्यक्तिवादी स्वार्थ र आफूमात्रै बन्नु भन्ने भावनाको अन्त्य गर्नु बुद्धको मूख्य ध्येय थियो, हाम्रो देशमा पीडितहरुको नाममा अरुले सुविधा लिईरहेका हुन्छन् यो गलत हो ।’
उनले अघि थपे,‘आयोजक संस्था जुन काम गर्दैछ, यो सत्कर्मको लागि होस्, आर्थिक पारदर्शीता होस्, बुद्धको नाममा कसैलेपनि बेईमानी नगरोस्, हाम्रो मुलुक समाजवादको अभ्यासमा पसिसकेको हुनाले सबै मानिसहरुले समान सोच र सामान व्यवहार गर्नुपर्छ भन्नेमा आफूलाई उभ्याउनुपर्छ।’
त्यस्तै धर्मगूरु कर्मा गुम्चेन लामाले बुद्ध जन्मेको देश नेपालमा हिँसाका घट्नाहरु घट्नु दुःखद् भएको टिप्पणी गरेका छन् ।
उनले भने,‘आजका दिनमा हाम्रो मुलुकमा धेरै प्रकारका हिँसाका घट्नाहरु घटिरहेका छन्, बरु बाहिरी मुलुकमा त्यस्तो छैन्, केही देशहरुमा नरसंहार मच्चिएको छ, ती देशहरुमा शान्तिको लागि हामीले २५६२ औं बुद्ध जयन्तीका अवसरमा यही बैशाख १० देखि १२ गतेसम्म विश्व शान्तिको कामना गर्दैछाँै ।’
पत्रकार सम्मेलनमा गजलाल बाँस्कोटाले रौतहटको चन्द्रनिगाहपुरमा निमार्ण गर्न लागिएको विशाल स्तुपाको सहयोगार्थ आयोजनामा गरिएको विश्व शान्ति पूजामा उपस्थित हुन आग्रह गरेका छन् ।
उनले मानव जीवनलाई सफल र सहज बनाउन शान्ति अहिँसा, करुणा, प्रेमको माध्यामबाट सम्पूर्ण प्राणी र चराचर जगतको रक्षा गर्न सकिन्छ भन्ने बुद्धको पवित्र ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

६ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले अब बस्ने केन्द्रिय कार्यसमितिको बैठकले रित्त रहेका पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले पार्टीको केन्द्रिय कार्यसमिति बैठक भोलिबाट सुरु हुने र सोही बैठकले पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका हुन् । उनले भने,‘पार्टी सभापतिजीले चाँडै नै पदाधिकारी मनोनित गर्नुहुन्छ, हुन त यो ढिलो भयो, संगठन क्रियाशिल बनाउनको लागि पनि यो चाँडै गर्नुपर्नेथियो, केही विलम्ब भयो तर अब हुन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले निर्वाचनमा पार्टीले गम्भिर पराजय भोगेकोबारेमा केन्द्रिय कार्यसमिति बैठकमा बृहत्त समिक्षा भैरहेको जनाए । उनले भने,‘छलफल समाप्त भएको छैन, हामी एउटा गम्भिर समिक्षा गर्छौं, समिक्षाबाट आएको निश्कर्षका आधारमा भोलिका दिनमा पार्टीलाई मार्गनिर्देशन बनाउँदै अघि बढाउँछौं।’ उनले पार्टी अब पूर्ण एकताका साथ अघि बढाउने संकल्प सुनाए ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता महतले पार्टीका आन्तरिक विषयहरु भित्रैबाट हल गर्नेपनि सुनाए । उनले भने,‘नेताहरु त अहिले संयमित हुनुभएको छ, पहिलो एजेण्डा भनेको अब पार्टी एक ढिक्का हुन्छ, यसमा कुनै दुईमत छैन्, दोस्रो कुरा भनेको कम्युनिष्ट सरकारका बदमासीहरुलाई औंल्याउने र खबरदारी गर्ने हो, अहिलेको सरकारले अधिकार केन्द्रित गरिरहेको छ, सरकारलाई पार्टीकरणजस्तो, र पार्टीलाई सरकारजस्तो बनाउने काम भयो भने हामी खबरदारी गर्छौं, त्यस्तै सरकारले राम्रो काम गर्यो भने हामी समर्थन गर्छौं।’ डा. महतले सरकारले नियम मिचेर काम गरे पार्टीले एक स्वरमा विरोध गर्नेपनि जनाए ।

उनले पार्टीको महासमिति चाँडै बस्ने विश्वास दिलाए । उनले भने,‘संघीय संरचना अनुसार विधान परिर्वतन गर्नुपर्छ, हामी अब संगठनहरुलाई क्रियाशील बनाउँछौं, देशभरि नै संगठन निर्माणमा हामी जोड दिन्छौं, भातृसंगठनहरुलाई नै पनि सशक्त बनाएर अघि बढाउँछौं।’ आगामी एक वर्षभित्र पार्टीलाई उर्जाशील र क्रियाशील बनाउने पनि उनको विश्वास थियो ।

त्यस्तै आगामी ५ वर्षभित्रमा पार्टीलाई ४५ प्रतिशत मत हाँसिल गर्ने स्थानमा पुर्याउने उनले जनाए । उनले भने,‘आगामी ५ वर्षभित्र कांग्रेस एक्लैले ४५ प्रतिशत ल्याउँछ, कम्तिमा हामी अहिलेको भन्दा १० प्रतिशत भोट बढाउँछौं।’ अब व्यक्तिभन्दापनि पार्टी केन्द्रविन्दुमा राखेर अघि बढ्ने उनको विश्वास थियो ।
नेता महतले यसअघि कांग्रेस नेतृत्वको सरकारले ६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिनेबारे गरेको निर्णय वर्तमान सरकारले खारेज गरे आफूहरुले कडा विरोध गर्ने चेतावनी दिए । उनले भने,‘एमाले र माओवादीले चुनावमा ५ हजार दिन्छु भनेर सस्ता नारा दिनुभयो, हामीले गाउँ, दुरदराजमा रहेका बृद्धाहरुलाई हितमा राखेर निर्णय गर्दा किन विरोध गरेको ? उहाँहरुको मोडेलमा जाँदा ६० अर्ब खर्च हुन्छ, तर हाम्रो मोडेलमा जाँदा ४० अर्बमात्रै हुन्छ।’

पत्रकार ऋषि धमलाले आज विहान आफूसँगको कुराकानीमा नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवा भूमिगत गिरोहबाट सञ्चालित हुनुभएको छ भनेर आरोप लगाउनुभएको छ नि भनेर सोधेको प्रश्नमा नेता महतले भने,‘सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र अब खैरियत छैन।’
उनले केसीलाई केन्दिय सदस्य सभापति देउवाले नै मनोनित गराएको स्मरण गराए । उनले भने,‘केसीलाई पनि सभापतिले टिकट दिएर नुवाकोटबाट चुनाव लड्नुभएको हो नि, अहिले कसले के भन्यो भन्ने कुरातिर म जान चाहन्न, मुल कुरा पार्टी एक भएर जान्छ।’

दुई दशकअघि पपगायन र संगीत मार्फत उदाएका एक प्रतिभाशाली गायक दिपक बज्राचार्यले अनवरत आफ्ना गीतसंगीतले हरेक वर्ग र उमेरका दर्शक तथा श्रोताहरुलाई झुमाइरहेका छन् ।

यो दुई दशकमा समयले धेरै कोल्टे फेरी सकेको छ । यो अवधिमा प्रविधिले पनि समाजका हरेक वर्गमा आफ्नो जरो गाडिसकेको छ । प्राविधिक रुपमा अत्याधुनिक बन्दै गएको संसारको परिवर्तनसंगै पपगायनमा पनि आधुनिकताले राम्रै प्रभाव पारेको छ ।

गायक दिपक बज्राचार्य भने समयको बहावमा नबगेर पछिल्लो पटक ओझेलमा पर्न थालेको हाम्रो आफ्नै मौलिक पहिचान र मौलिक संगीततर्फ मोडिएका छन् । आफ्ना गीतहरुमा उनले परम्परागत बाजाहरुको उपयोग गरेर मौलिकपना पस्किन थालेको धेरै भैसकेको छ ।

गतबर्षको ‘सानी’ र ‘अल्लारे’ त्यसकै पछिल्लो श्रृंखला हो भने मनमगन त्यसकै सबैभन्दा ताजा उदाहरण हो । यसका सर्जक गायक दिपक बज्राचार्यको शब्दमा मनमगन मात्र एउटा गीत होइन, यो एउटा संस्कृति हो ।

अहिले गीतलाई सुनेर मात्र होइन, हेरेर पनि मनोरन्जन लिने बेला हो । वास्तवमा गीतसंगीतले नाचगानलाई पनि परिभाषित गर्छ । गीतसंगीतको धुनमा आनन्द लिन त सकिन्छ नै, तर गीतसंगीत बजाएर नाच्नु पनि हाम्रो संस्कृतिको एउटा भाग हो ।

देशभरी हुने विभिन्न जात्रा तथा पर्वहरुमा बजाइने बाजा र नाच परम्परागत हुन्, जसले हाम्रो सांस्कृतिक पहिचान बोकेको छ । दिपकले त्यसैलाई मनन गरेर एउटा कमर्सियल धुन बनाउने जमर्को गरे, जसमा नेपालको परम्परागत बाजाको ताल र धुन समेटियोस् ।

गीतको सिर्जनामा उनले नेपाली बाजाको प्रयोगलाई प्राथमिकता दिए, जसमा दिपकको आफ्नो पहिचान हुनैपथ्र्यो, झुमाउने र नचाउने ।

अन्ततः रिकी शाक्यसंग मिलेर दिपकले एउटा धुन तयार पारे, जसमा उल्लासपूर्ण शब्द भर्ने काम रिकीले नै गरे । धिमे बाजाको ताललाई पृष्ठभूमीमा राखेर अरु परम्परागत बाजाहरु जस्तै मादल, सारंगी आदिलाई समेटेर संगीत संयोजन गर्यो, दिपककै संगीत समूह रिदम ब्याण्डले । यसरी गीतका रुपमा तयार भयो, मनमगन ।मनमगनको म्युजिक भिडियोको अवधारणा गीत संगसंगै तयार भैसकेको थियो । चेरिसा बज्राचार्यले बनाएको अवधारणालाई मुर्त रुप दिनु थियो । निर्देशक सुव्रतराज आचार्यको टिमले त्यसलाई साकार गर्ने अभिभारा लियो ।

झण्डै १५० जना कलाकार तथा नृत्य समूहले परम्परागत तथा आधुनिक शैलीको नृत्यको फ्युजन म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् । ज्येष्ठ नागरिकहरुको आजुगणदेखि अत्याधुनिक हिपहपका साथै सुदुरपश्चिमको तराईमा नाचिने छलिया नाच, पहाडको झ्याउरे, ताम्सलिङ लिम्बुवानको झाँक्री नाच, उपत्यकाको लाखे, भक्तपुरको घिन्ताङ किसी, इन्द्रजात्रामा देखाइने पुलुकिसी र धुनिया घुमाउने अनि उपत्यकाको परम्परागत नाच धिमेनाच लगायतलाई मनमगनको म्युजिक भिडियोमा समेटिएको छ । सांस्कृतिक आदानप्रदान अहिले अवस्थामा सबैभन्दा आवश्यक रहेको छ । त्यही कुराहरु मनमगनको गीत,संगीत तथा म्युजिक भिडियोमा हेर्न र सुन्न पाइनेछ ।

मनमगनलाई विक्रम सम्बत २०७५ को शुभकामनासहित बैशाख १ गते सार्वजनिक गरिएको छ ।

मनमगनमा,

स्वर : दिपक बज्राचार्य

शब्द : रिकी शाक्य

संगीत : दिपक बज्राचार्य/रिकी शाक्य

संगीत संयोजन : रिदम ब्याण्ड

म्युजिक भिडियो

अवधारणा : चेरिसा बज्राचार्य

छायाँकार : अनिल मानन्धर

सम्पादन : सुप्रिम पराजुली

निर्देशन : सुव्रतराज आचार्य

दिल्ली । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । नियमित जाँजका लागि चैत २७ गते दिल्ली पुगेका संयोजक ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि उनलाई दिल्लीको मेदान्त अस्पतालको आईसीयूमा भर्ना आइसीयुमा भर्ना गरिएको छ ।

राजपा स्रोतका अनुसार स्वास्थ्यसम्बन्धी(संदेश रगत प्रवाहमा समस्या देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको छ । चैत ३० गते नै भर्ना भएका ठाकुरलाई हाल विशेष निगरानी गरी आइसीयुमा राखिएको बताइएको छ । केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि गरेको छ। सोमबार बसेको निगमको सञ्चालन समितिको बैठकले मूल्यबृद्धी गरेको हो। निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २-२ रुपैयाँ मूल्य बढाएको हो।

मूल्यबृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ तथा डिजेल र मट्टितेलको ८७ पुगेको छ। राती १२ बजेपछिबाट लागू हुने गरी मुल्यबृद्धि भएको हो।

काठमाडौं । यातायात व्यवसायीले वैशाख २० गते सबै भाडाका यातायात ठप्प पार्ने निर्णय गरेका छन्। सरकारले सिन्डिकेट खारेज गरेपछि, त्यसको विरोधस्वरुप नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा वैशाख २० गते देशव्यापी चक्काजाम गर्ने निर्णय गरेका हुन्।

आइतबार बसेको विभिन्न यातायात सम्वद्ध संस्थाको बैठकले सरकारले सुनुवाइ नगरे वैशाख २६ गतेदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्। सरकारले ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको खारेजीको माग गर्दै वैशाख २० गते सबै भाडाका गाडी नचलाउने निर्णय गरेको महासंघले जनाएको छ ।

महासंघको निर्णय अनुसार पेट्रोल ढुवानी समेत ठप्प हुनेछ। यसैबीच यातायात विभागले भने सार्वजनिक यातायात बन्द गर्नै नपाउने भन्दै बन्द गरेमा कारवाही गर्ने जनाएको छ । सरकारले निर्देशिका जारी गर्दै कम्पनीमार्फत् सार्वजनिक यातायात चलाउनुपर्ने, यातायात समिति असारदेखि नविकरण नगर्ने लगायतका सुधारका मुद्दा अघि बढाएको थियो। यातायात व्यवस्था विभागले कम्पनीमार्फत् सार्वजनिक यातायात चलाउन अनुमति दिन थालेको थियो।विभागको अनुमतिपछि काठमाडौंदेखि बनेपासम्म मयुर यातायातले सेवा थालेको थियो।

मयुर यातायातको सेवाका विरुद्धमा कोटेश्वर पूर्वका व्यवसायीले एक दिन यातायात बन्द गरेका थिए। कोटेश्वर पूर्वका यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि विभागले एकै दिन पाँच वटा कम्पनीलार्इ अस्थायी रुट इजाजत दिएको थियो।

जगदिश खनाल,

२ बैशाख, नुवाकोट । ‘विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४’ कार्यान्वयनको लागी नुवाकोटका सबै स्थानीयतहले ऐक्यबद्धता जनाएका छन् ।

यहाँको स्थानीयतहका प्रतिनिधिहरु सम्मिलित विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी विदुरमा सम्पन्न दुईदिने कार्यशाला गोष्ठि मार्फत एघार बुँदे नुवाकोट घोषणा पत्र जारीगर्दै ऐनले निर्देश गरेका कार्यक्रम सञ्चालन गर्न प्रतिबद्धता जनाएका हुन् ।

स्थानीयतहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, विपद्को क्षेत्रमा काम गर्दै आएका सरोकार राख्ने कार्यालयका प्रतिनिधि सम्मिलित गोष्ठिले नयाँ ऐन अनुसार स्थानीयतहमा समिति गठन, स्थानीयस्तरमा सुहाउदो अनुसारको नयाँ ऐनको निर्माण, विपद्बाट बच्न पूर्वतयारी, विपद्को सामना र विपद्मा उद्धार, उपचार तथा त्यसको पछिको अबस्थाको कार्ययोजना बनाउने घोषणा पत्रमा उल्लेख गरेका छन् ।

“जोखिम क्षेत्रको नक्सांकन, खुलाक्षेत्रको पहिचान, जोखिम न्यूनीकरण तथा अल्पिकरण र पुर्व तयारी योजना समावेश भएको स्थानीय विपद् ब्यवस्थापन योजन निर्माण गर्नेछौँ ।” घोषणा पत्रमा भनिएको छ “आपतकालीन खोज उद्वार र राहत सामग्रीहरुको उचित व्यवस्थापन र भण्डारण गरि विपद् समयमा समुचित सदुपयोग गर्न प्रतिबद्ध रहेका छौ ।”

जर्मन सहयोग नियोग (जिआईजेड)को ‘रिकभरी कार्यक्रम नुवाकोट’को सहयोगमा बिहीबार र शुक्रबार गरी दुई दिन सञ्चालित गोष्ठिमा सहभागीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, मन्त्रालयका विपद् विशेषज्ञ अमरदिप सुनुवार, पहिरो विशेषज्ञ डा.कृष्ण देवकोटा, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख विदुर खड्का, जिल्ला प्राविधिक कार्यालयका ईञ्जिनियर उषेश श्रेष्ठ, श्रीनाथ गण देवीघाटका सहसेनानी विद्युत बस्नेत, प्रहरी नायव उपरीक्षक नराहरी रेग्मी लगायतले ऐनको कार्यान्वय तथा विपद्को समयमा अपनाउनुपर्ने भूमिका सम्बन्धि सहजिकरण गर्नुभएको थियो ।

सामान्यताय अपांगता भएकाहरुलाई आफूले चाहेको सामान्य कार्य गर्न नसक्नेहरुलाई बुझिने गरिएको छ । एक अपांगता भएकालाई त घर परिवार समाजले जीवन यापनकोलागि अरुले योगदान आवश्यक रहन्छ भने अपांगता भएकाहरु सामूहिक रुपमा बसेको ठाउँमा कसले योगदान दिएर सकिएला । यो सामान्य परिकल्पनाभन्दा बाहिरको कुरा हो ।

तर काठमाण्डौं तारकेश्वर पयुँटारमा आपसमा संगठीत भएर बसेका अपांगता भएकाहरुले आफैमा आत्मनिर्भरतको अभियान सुरु गरेका छन् । आफ्नो फरक क्षमता र सक्षमताको आधारमा आत्मनिर्भरताको लागि काम सुरु गरेको उनीहरुले बताएका छन् ।

आफंै काम गरेर आफंै जीवन निर्वाह सञ्चालनको लागि आफ्नो सक्षमताको अनुसार हस्तकलाका समानहरुको निर्माण गर्न सुरु गरेका छन् । आफैं शारीरिक आफै अशक्त रहेका चन्द्रबहादुर खत्रीले सञ्चालन गर्दै आएको उक्त अपांग सेवा केन्द्रका फरक क्षमता भएकाहरुले सीप अनुकुलको हस्तकललाका सामाग्रीहरु निर्भाण तथा प्रदर्शन सुरु गरेका छन् ।

उपत्यकामा बेसहारा बालबालीकाको लागि काम गर्दै आएको संस्था संभव नेपाल र अपांग केन्द्रको अगुवाईमा आत्म निर्भरको अभियान सुरु गरेको बताएका छन् । अपांगताभएकाहरुको आफ्नो फूर्सदको समयको सदुपयोग गरी बिभिन्न हस्तकलाका सामाग्रीहरु निर्माण गर्न लागिएको संभव नेपालका सञ्चालक कपिल देवकोटाले बताएका छन् । विगत केही बर्षअघिबाट अपांग सेवा केन्द्रका अपांगता भएकाहरुले यस्तो सामाग्रीहरु बनाउन सुरु गरेका हुन् ।

हाल यस केन्द्रमा करिव चार दर्जन प्रकृतिका सामानहरु निर्माण गरिरहेका छन् । दैनिक घरायसी सामानहरु जस्तो जुत्ता, चप्पल, म्याट, पिरा, मुडा बिभिन्न धरपालुवा र बन्यजन्तुका शरीरहरु, चराचुरुङ्गीका आकृतिहरुलाई अपांगहरुले निर्माण गरिरहेका छन् ।

अपांगहरुले निर्माण गरेका हस्तकलाका सामानहरुलाई चैत्रको पहिलो हप्ता भएको साना तथा घरेलु उद्योग प्रदर्शनीमा समेत प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनीले देस तथा विदेसमा सामानरुको प्रचारमा सहयोगि बनेको अपांगा आत्मनिर्भर अभियानका कपिल देवकोटाले जनाएका छन् ।

अपांगहरुलाई आफ्ना लागि आफै काम गर्न सक्ने बनाउनको लागि अभियानकै रुपमा हस्तकलाका सामानहरु बनाएर विक्रि वितरण गर्न थाालीएको उक्त अभियानको लक्ष रहेको छ । विगत पाँच बर्षबाट पुनस्र्थापना गरी अपांग सेवा केन्द्रका अपांगहरुले निर्माण गरेका सामानहरुले उनीहरुको परनिर्भरतालाइै केही हदसम्म कमगर्न सहयोगी देखिएको छ ।

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदार प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले दिएको राजीनामा स्वीकृत भएको छ । सरकारले डिआईजी सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै खरेलले बुधबार राजीनामा बुझाएका थिए । उनको राजीनामा गृह मन्त्रालयले बुधबारै स्वीकृत गरेको हो ।

खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै राजीनामा दिएका थिए । उनी ०४५ सालबाट भलिबल खेलाडीका रुपमा सिपाहीबाट प्रहरी सेवा प्रवेश गरेका थिए । सरकारले मंगलबार वरियता क्रममा पहिलो नम्बरमा रहेका खनाललाई आइजिपी बनाएको थियो । बरियतामा खरेल दोस्रो नम्बरमा थिए ।

को-को हुन् खरेललाई प्रहरी प्रमुख बन्न नदिने ?

गठबन्धनका प्रमुख राजनीतिक दल एमाले र नेकपा माओवादी केन्द्रका शिर्ष नेताको आँखामा खरेल नपरेका कारण उनी आइजीमा बढुवा हुन पाएनन् । एसपी हुँदादेखि नै प्रभावकारी काम गरेका खरेलले एसएसपी हुँदा काठमाडौंमा गुन्डागर्दी तहसनहस पारेका थिए ।

उनी संगठनका लागि ‘क्रिम’ अफिसरका रूपमा कार्यरत थिए । उनले भनेका छन्, ‘संगठनको नेतृत्व गर्ने सपना बोकेर हिँडेको थिएँ अब काम गर्ने उर्जा नै नरहने भएकाले राजीनामाको मनस्थितिमा पुगेको हुँ।’

सर्वेन्द्र खनालमा आफैमा सक्षम प्रहरी अधिकारी हुन् । उनको नियुक्तिको विषयमा कहीँ कतै विरोध सुनिएको छैन् । तर, खरेललाई आइजीमा बढुवा गरे पनि खनालले आइजी हुने अवसर पाउने थिए । १३ महिनाको कार्यकाल सँगै खरेल घर जाने समयावधि हुँदा त्यसपछिको प्रहरी कमान्ड खनालले पाउने स्पष्ट बाटो थियो ।

यसो त उनी यसअघि नै शेरबहादुर देउवा नेतृत्वको सरकारबाट अन्यायमा परेका थिए । देउवा सरकारले डीआइजी बढुवा गर्दा खरेललाई सर्वेन्द्र खनालले उछिनेका थिए । जतिबेला खरेल शान्ति मिसनमा डार्फरमा थिए । डीएसपीदेखि एसएसपीसम्म १ नम्बरमा रहेका खरेल डीआइजीमा भने दोस्रो भएका थिए । त्यतिबेला लागेको ठेसको चोट यसपटक खरेलले सहनु परेको हो । देउवा सरकारले आफूलाई अन्यायमा परेको भन्दै खरेलले प्रहरी महानिरीक्षक नियुक्तिमा आफूलाई न्याय मिल्ने आशा गरेका थिए । तर, प्रधानमन्त्री ओलीले वरियतालाई मिच्न चाहेनन् ।

यसअघि तीन नम्बरमा रहेका डिआइजी जयबहादुर चन्दलाई आइजीमा बढुवा गर्दा तत्कालिन देउवा सरकार विवादमा तानिएको थियो । त्यसबेला प्रचण्ड प्रधानमन्त्री थिए । सोही विवादका कारणले सर्वोच्च अदालतकी तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीसम्मले महाअभियोगको सामना गर्दा राजनीतिक दलका नेताहरूको प्रत्यक्ष ‘इन्ट्रेस्ट’ सतहसम्म आएको थियो ।

टोकियो ।

जापानका प्रधानमन्त्री र अन्तराष्ष्ट्रिय परमाणु ऊर्जा एजेन्सी आईएईएका प्रमूख उत्तर कोरियाको परमाणु केन्द्रको चेकजाँच गर्नुपर्ने विषयमा सहमत भएका छन् ।

जापान भ्रमणमा रहेका आईएईएका प्रमुख युकिया आमानोबिच मंगलबार टोकियोमा भएको भेटवार्तामा दुई कोरिया र अमेरिका तथा उत्तर कोरियाबिच हुन लागेको शिखर वार्तामा यो विषयले प्रमुखता पाउनुपर्नेमा पनी दुवै पक्ष सहमत भएको जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेको छ ।

भेटमा आईएईएसँग जापान निरन्तरमा सम्पर्क रहने विषयमा छलफल हुनुका साथै अब दोहोर्याएर कहिल्यै गल्ती नगर्नेगरि उत्तर कोरियालाई पूर्ण रुपमा परमाणु निशस्त्रीकरण गरिनुपर्ने जापानी प्रधानमन्त्री आबेले भेटपछी बताएका छन् ।

आईएईएका प्रमुख आमानोले अन्तराष्ष्ट्रिय निरीक्षण बिना परमाणु निशस्त्रीकरण संभव नभएको भन्दै यसमा सरोकारवाला पक्षको सहभागीता र निरिक्षण आवश्यक भएको बताएका छन् ।

यसैबिच जापानका विदेश मन्त्री तारो कोनो उत्तर कोरियाको विषयमा छलफल गर्न भन्दै दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

दक्षिण कोरियाली विदेश मन्त्री कान ग्योंग ह्वासँग बुधवार भेटवार्ता गर्न लागेका कोनोले भेटमा आसन्न उत्तर दक्षिण शिखर बार्वाको विषयमा छलफल गर्ने ठानिएको छ ।

दक्षिण कोरिया प्रस्थान गर्नुअघि कोनोले उत्तर कोरियामाथि अधिकतम दबाव राखिराख्नुपर्ने भन्दै उत्तर कोरियालाई परमाणु मुक्त बनाउनु अति आवश्यक र यो नै मुख्य आवश्यकता रहेको बताए ।

कोनो ले उत्तर र दक्षिण कोरियाबिच हुने शिखर वार्तामा जापानका अपहरित नागरिकको बारेमा पनि दक्षिण कोरियाले उत्तरसँग कुरा उठाओस् भन्ने जापानको आग्रह हुनेछ ।

उत्तर कोरियामा अबैध रुपमा सिमा प्रवेश गरेका तथा सुराकी ठानेर उत्तर कोरियाले जापानी सहित केही दक्षिण कोरियाली सहित अमेरिकी नागरिकलाई समेत नियन्त्रणमा लिएर राखेको छ ।

टोकियो ।

जापानका मासाजो नोनाका विश्वकै सबैभन्दा बढी उमेरका बृद्ध व्यक्ति घोषित भएका छन् ।

गिनिज वर्ड रेकर्डले आधिकारीक रुपमा मासाजोलाई विश्वकै बृद्ध पुरुष व्यक्तिको रुपमा हिजो प्रमाणपत्र समेत प्रदान गरेको छ ।

१ सय १२ बर्षीय मासाजो जापानको उत्तरमा रहेको होक्काइदोमा बसोबास गर्दै आएका छन् ।

सन् १९०५ मा जन्मिएका मासाजो हाल १ सय १२ बर्ष २ सय ५९ दिनको भएका छन् ।

परिवारका सदस्यहरुलाई उदृत गर्दै गिनिज बुक अफ वर्ड रेकर्डले अनलाईनमा उनले दिनको तीनपटक खाना खाने गरेको तथा उनलाई टिभिमा सुमो हेर्न मन पर्ने उल्लेख गरेको छ । यसैगरि गित सुन्न समेत मन पराउने मासाजो परिवारका सदस्यहरुसँग राम्रोसँग कुरा गर्न सक्ने अवस्थामा रहेका छन् ।

यसअघि स्पेनमा फ्रान्चिस्को नुन्जे ओलिभर विश्वकै सबैभन्दा बृद्ध व्यक्ति थिए । उनको १ सय १३ बर्षको उमेरमा गत जनवरीमा निधन भएको थियो ।

सन् १९०५ जुलाई २५ तारिखमा जन्मिएका नोनाका अघि जापानबाट सबैभन्दा बढी उमेरको बृद्ध पुरुषको रुपमा जिरोइमोन किमुराले रेकर्ड राखेका छन् । सन् १९९७ मा जन्मीएका उनको १ सय १६ बर्ष ५४ दिनको उमेरमा सन् २०१३ जुन १२ तारिखमा निधन भएको थियो ।

विश्वकै सबैभन्दा बढी उमेर बाँचेका बृद्ध पुरुषको नाम भने १ सय २२ बर्ष १ सय ६४ दिन रहेको छ । यो रेकर्ड फ्रानसका जोइनी लुइस कलमेन्टले लेखाएका छन् । उनको सन् १८७५ मा जन्म भएको थियो भने सन् १९९७ मा निधन भएको थियो ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन २८ मा भएको यूएस-बंगाल एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ।
दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ। आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो। उक्त प्रतिवेदन मन्त्री अधिकारीले मन्त्रीपरिषद्मा पेश गर्नेछन्।

विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोलरले पनि सही निर्णय लिन नसकेको छानविनले देखाएको प्रतिवेदनमा उल्लेख छ। जहाज अवतरण गर्ने क्रममा पाइलटले मिसअप्रोच लिएपछि जहाज दुर्घटना भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। दुर्घटनामा ५२ जनाले ज्यान गुमाएका थिए। कारोबार दैनिकबाट ।