९ बैशाख, काठमाडौ । ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा शंकास्पद वस्तु विस्फोटन भएको छ ।

अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ ।

विष्फोटबाट पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन् । घटनास्थलमा थप दुई शंकास्पद वस्तु भेटिएकाले नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको महानगरीय प्रहरी कार्यालय, ललितपुरले जनाएको छ ।

९ बैशाख, काठमाडौ । लायन्स क्लब अन्तराष्ट्रिय, लायन्स जिल्ला ३२५ बि १, नेपाल अन्तरगतको लियो परिषद् ३२५ बि १ को अध्यक्षमा विशाल रिजाल चयन भएका छन् । क्लवको बिधान अनुरुप उनि लियो बर्ष २०१८-२०१९ का लागि नेतृत्वमा चुनिएका हुन् । उनि आबद्द लियो क्लब अफ काठमाडौ वालाजू हाईटको प्रस्ताव र अन्य बिभिन्न लियो क्लबहरुको समर्थनमा अध्यक्ष पदका लागि प्रस्तावित रिजालले वैशाख ८ गते पोखरामा सम्पन्न लायन्स तथा लियो परिषदको छैठौं महाधिवेशनमा बिधानत विश्वासको मत हासिल गरेपश्चात अध्यक्ष पद कब्जा गरेका हुन् ।

यसअघि लायन्स वर्ष २०१७-१८ मा उपाध्यक्ष पदमा पनि निर्वाचित भएका रिजाल लियो क्लब अफ काठमाडौ वालाजू हाईटमा २००९ देखि सक्रिय सदस्यका रुपमा कार्यरत छन् । उनि उक्त क्लवका पुर्व अध्यक्ष पनि हुन् ।

अध्यक्षमा चुनिएपश्चात टपनेपाल न्यूजसंग कुरा गर्दै उनले आफुले पाएको समर्थनले लियो परिषद भित्र सकारात्मक परिवर्तनमा लाग्न थप उर्जा मिलेको बताए । साथै परिषद्का ६६ ओटा क्लबमा रहेका करिब १८०० युवाहरुको जोश र जाँगरलाई कुशल नेतृत्व प्रदान गर्दै थप उर्जा सहित सामाजिक कार्यमा लाग्न आफुलाई प्रोत्साहन मिलेको उनको तर्क छ ।

काठमाडौं, काभ्रे, धादिङ्ग, मकवानपुर, तनहुँ, गोरखा, कास्की, पर्वत, म्य्याग्दी र बाग्लुङ गरि १० जिल्लामा रहेका लियो क्लवहरुको केन्द्रको रुपमा रहेको लियो डिस्ट्रिक ३२५ बि १ लाई एक बर्ष नेतृत्व गर्न गईरहेका रिजाल विदुर -०८, भैरमकोट, नुवाकोटका स्थायी बासिन्दा हुन् । डिस्ट्रिकको उपाध्यक्षमा लियो क्लब पोखरा लेकसिटीका विनायक पौडेल रहेका छन् ।

-"लियो जिल्ला परिषद मा विशाल रिजालको नेतृत्व किन ??
१.विशाल जि! सर्बप्रथम लायन्स र लियो को बारे मा बताइदिहोस न??
सन १९१७ मा बिश्वयुद्दको बेला सबै देशहरू युद्धमा होमिएको बेलामा केहि ब्यापारीहरु मिलेर युद्धमा घाइते भएका र अशक्त मानिसहरूलाई सहयोग गर्ने उदेश्यले अमेरिकाको सिकागो मा लायन्स क्लबको स्थापना भएको हो । मेल्भिन जोन्सको नेतृत्वमा अमेरिका बाट उदाएको लायन्स क्लब क्यानडा लगायतका देश हुदै सन १९७१ मा पूर्वप्रधानमन्त्री स्व. मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपालको पहिलो लायन्स क्लब को रूपमा लायन्स क्लब अफ बिराटनगर स्थापना भएको थियो ।
मानवीय सेवा गर्ने उदेश्यले स्थापना भएको लायन्स क्लबमा आबद्ध हुनुभएका ३० बर्ष भन्दा कम उमेर समुहका युवाहरूलाई सामाजिक सेवामा अग्रसर गराउने उदेश्यले सन १९५७ डिसेम्बर ५ तारीखका दिन ३५ सदस्य रहने गरि "द अबिङ्टन हाइ स्कुल लियो क्लब" नाम रहने गरि बिश्वमा पहिलो लियो क्लब को स्थापना भएको थियो ।
लायन्स क्लब अन्तर्राष्ट्रिय ले नेपाललाई भौगोलिक आधारमा ३२५ बी १ अन्तर्गत ए १,ए२,बि१ र बि२ गारी ४ जिल्लामा बिभाजन गरेको छ।र चार जिल्लामा २४३ वटा लियो क्लबहरु रहेकोे छन ।
लायन्स क्लब अन्तर्राष्ट्रिय ले नेपाललाई भौगोलिक आधारमा ३२५ब अन्तर्गत ए१,ए२,बि१ र बि२ गारी ४ जिल्लामा बिभाजन गरेको छ।र चार जिल्लामा २४३ वटा लियो क्लबहरु रहेकोे छन ।

-२.तपाईंले भन्नुभएको यी चार जिल्ला मध्ये तपाईंले नेतृत्व गर्ने जिल्ला कुन हो?
नेपाल को बागलुङ,म्याग्दी,कास्की,तनहुँ,पर्बत,गोर्खा,धादिङ,नुवाकोट,मकवानपुर,काठमाडौं लगायतका जिल्लाहरु समेटेर लियो जिल्ला परिषद ३२५बी१ नेपाल बनेको छ।यस जिल्लामा क्रियाशील ६२ क्लबहरु र १७०० भन्दा युवाहरूको नेतृत्व गर्दै लायन्स बर्ष २०१८/१९ को लागि अध्यक्ष पदमा मैले उम्मेद्बारी दिएको छु।

-३.लायन्स /लियो मा नेतृत्वचयन तथा परिवर्तनको बारेमा केही बताइदिनुहोस न?
लायान्स/तथा लियो मा प्रत्येक बर्ष नेतृत्व परिबर्तन हुने गरेको छ।लियो को सन्दर्भमा कुरा गर्दा अघिल्लो लायन्स बर्ष मा उपाध्यक्ष पदमा निर्बाचित ब्यक्ति स्वत: अध्यक्ष को एक्लो उमेदवार रहने छ।तर अध्यक्ष पदमा निर्वाचित हुनको लागि बिश्वास को मत प्राप्त गर्नुपर्ने छ।मेरो सन्दर्भमा म लायन्स बर्ष २०१७/१८ को लागि लियो जिल्ला परिषद ३२५बी१ नेपाल को उपाध्यक्ष पदमा निर्वाचित भएको थिए र लायन्स बर्सं २०१८/ १९ को लागि अध्यक्ष पद्को एक्लो उमेदवार हु। आगामी बैशाख ८ गते पोखरामा सप्पन्न हुने लायन्स /लियो को छैठौं महाधिवेशन मा मलाइ बिश्वास को मत दिएर अध्यक्ष पदमा निर्वाचित गराउनुहुन सम्पुर्ण लियो मित्रहरुमा अनुरोध गर्दछु ।

-४.तपाइले यसरी मत माग्दै गर्दा मतदाता ले तपाईंलाई नै मत दिनुपर्ने कारणहरु बताइदिनुहोस न??
विश्वको सबै भन्दा ठुलो सामाजिक सस्थाको रूपमा रहेको लायन्स /लियो अन्तर्गत लियो जिल्ला परिषद ३२५बी१ नेपाल को विभिन्न पदमा रहेर ७ बर्ष नेतृत्व गरेको मलाइ नै मत दिनु को पछाडी निम्न कारणहरु छन:
क)सुदृढ र पारदर्शी लियो जिल्ला परिषद बनाउन ।
ख)संगठित रूपमा युवाहरूलाई प्रत्यक्ष समाजमा प्रभाव पर्ने सामाजिक कार्यमा प्रोत्साहन गर्न ।
ग)नेपाल को सास्कृतिक,धार्मिक,एतिहासिक,महत्त्व झल्कने गरि अन्तरास्ट्रिय युवाहरु को उपस्थितिमा नेतृत्वबिकासमुखी अन्तरास्ट्रिय युवा सम्मेलन गर्न।
घ)प्राथमिकता को आधारमा क्षेत्र निर्धारण गरि सामाजिक कार्य गर्न।

-५.तपाईंको लायन्स /लियो को यात्राको बारेमा बताइदिनुहोस न?
म लियो क्लब को सदस्य भएको ९ बर्ष भयो।लायन्स बर्ष २००९/१० मा लियो क्लब अफ काठमाडौं बालाजु हाईट को प्रस्तावित सदस्य भएर मैले लियो को यात्रा सुरुवात गरेको हु। पछि क्लब को सचिव,द्वितीय उपाध्यक्ष,प्रथम उपाध्यक्ष, क्लब अध्यक्ष,पुर्ब अध्यक्ष अनि सल्लाहकार को भुमिका निभाउदै आएको छु।
तेसै गरि लियो जिल्ला परिषद ३२५बी१ नेपाल को लायन्स बर्ष २०११/१२ मा प्रशिक्षण कमिटी को सदस्य हुँदै सदस्य सचिब,क्षेत्रीय संयाेजक(R.C),प्रमुख क्षेत्रीय संयाेजक(chief R.C),जनसम्पर्क
अधिकारि(PRO),लायन्स बर्ष २०१७/१८ को उपाध्यक्ष पदमा निर्वाचित हुँदै ७ बर्ष लियो क्षेत्रमा बिताए र अहिले लायन्स बर्ष २०१८/१९ को लागि अध्यक्ष पदमा उम्मेद्बारी दिएको छु।

-६.तपाइले लियो क्षेत्रमा ७-८ बर्ष बिताउदै गर्दा गर्नु भएको कामहरु छोटकरी मा बताइदिनुहोस न?
लियो क्लब मा रहेर ९ बर्ष र लियो जिल्ला परिषद मा ७ बर्ष बिताउदा धेरै सकारात्मक काममा मेरो नेतृत्वदायी भुमिका रहेको छ।उदाहरणका लागि क्षेत्रीय संयाेजक भेला,Leo Roar-2016/17,लियो जिल्ला परिषद को विभिन्न कार्यक्रमहरु मा नेतृत्वदायी भुमिका,लियो प्रशिक्षण,अभिमुखिकरन कार्यक्रम,उपाध्यक्ष हुँदै गर्दा मोबाइल अनुप्रयोग( leo app) संचालन मा नेतृत्वदायी भुमिका निभाउदै युवाहरूलाई नेतृत्व बिकास को लागि बिबिध कार्यक्रम संचालन गर्दै आइरहेको छु।

-७) लियो क्ल्क्ब को माध्यम बाट तपाइले सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदान को बारेमा बताइदिनुहोस न??
बिगत ९ बर्ष देखि लियो क्लब को माध्यमबाट सामाजिक कार्यक्रम हरु गर्दै आउदा धेरै सामाजिक कार्यक्रमहरुमा नेतृत्वदायी भुमिका निर्बाह गरेको छु।उदाहरण को लागि श्री शारदा मा.बि कंचनपुर मा पुस्तकालय स्थापना,श्री पक्वाची मा.बि स्याङ्जा मा पुस्तकालय स्थापना,भैरम मा.बि नुवाकोट मा पुस्तकालय स्थापना ,कालिकास्थान रसुवा मा आखा शिबिर,बिश्वज्योती मा.बि. पर्बत मा कम्प्युटर प्रयोगशाला स्थापना,विभिन्न जनचेतना मुलक कार्यक्रम,दन्त शिबिर लगायत विभिन्न स्वास्थ सम्बन्धी कार्यक्रम,'प्लास्टिक मुक्त अभियान' लगायत विभिन्न सामाजिक कार्यक्रम संचालनमा नेतृत्व प्रदान गर्दै आएको छु।

-८) यति धेरै सामाजिक कार्य गर्दै नेपाल मा लायन्स /लियो क्षेत्रमा हुनुहुन्छ र अब आउदो अध्यक्ष पद को लागी उमेदवार पनि हुनुहुन्छ तपाईंलाई हाम्रो शुभकामना । अन्त्यमा मतदाता लाई के भन्न चाहनुहुन्छ ??
तपाईंको शुभकामना को लागि धन्यवाद ।सम्पुर्ण लियो मित्रहरूलाई आगामी बैशाख ८ गते पोखरा मा सम्पन्न हुने लायन्स/ लियो को महाधिवेशन मा मलाई बिश्वास को मत दिएर अध्यक्ष पदमा निर्वाचित गराउनुहुन सम्पुर्ण लियो मित्रहरुमा अनुरोध गर्दछु।तपाइँहरु को अमुल्य मतको सम्मान गर्दै सदैब लियो को बिकास र सामाजिक क्षेत्रमा लाग्ने प्रण गर्दछु।
धन्यवाद
जय लायन्सबाद
जय लियो
जय देश

काठमाडौं । अभिभावकविहीन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर) ले यस्ता बच्चाहरूको छात्रवृत्ति कोटाको चरम दुरुपयोग गरेको पाइएको छ । पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं निर्वाचन क्षेत्र १० बाट प्रदेशसभामा निर्वाचित सांसद पुकार महर्जनले आफ्नी छोरीलाई नि:शुल्क पढाइरहेका छन् । बाल संगठनको मुख्य कार्यालय रहेको नक्सालको १४ रोपनीभन्दा धेरै जग्गा भाडामा लिएबापत बृहस्पति शिक्षा सदनले संगठनका २० विद्यार्थी नि:शुल्क पढाइदिने सम्झौतामा हस्ताक्षर गरेको छ । संगठनले २०५८ जेठ ८ मा ३० वर्षका लागि वार्षिक ३० लाख रुपैयाँमा विद्यालयलाई जग्गा भाडामा दिएको थियो ।
बाल संगठनले असहाय, टुहुरा र अभिभावकविहीन बालबालिकाका नाममा छुट्याइएको नि:शुल्क छात्रवृत्ति कोटामा नेताका छोराछोरी पढाइरहेको छ संगठन र विद्यालयबीच भएको सम्झौताको १२.५ नम्बर बुँदामा जग्गा भाडामा दिएबापत संगठनको सिफारिसका आधारमा आर्थिक अवस्था कमजोर भएका, अनाथ, असहाय वा सुविधाबाट वञ्चित बालबालिकालाई डे बोर्डर्स छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ । यस्तो छात्रवृत्तिमा विद्यार्थीको बिहानको खाना, दिउँसोको खाजा, कापी, किताब, कलम, विद्यालय पोसाक र अन्य शैक्षिक सामग्री नि:शुल्क पाउँछन् । विद्यालयका अनुसार १ देखि १० कक्षासम्मको छात्रवृत्तिबापत विद्यालयको औसतमा ११ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ ।

सांसद महर्जनकी श्रीमती रमा व्यञ्जनकार संगठनको प्रशासन शाखामा निमित्त प्रमुखका रूपमा कार्यरत छिन् । स्रोतका अनुसार काठमाडौं १० को कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेको महर्जनकी कान्छी छोरीले कक्षा १ देखि नै बृहस्पतिमा छात्रवृत्ति कोटामा पढदै आएकी छन् । उनकी जेठी छोरीले समेत यही कोटामा बृहस्पतिबाटै एसईई दिइसकेकी छन् ।

कान्तिपुरसँगको कुराकानीमा सांसद महर्जनले राजनीतिमा लाग्दा आफ्नो आम्दानीको स्रोत कमजोर भएको, घर चलाउनै गाह्रो भएकाले संगठन प्रमुख रीतासिंह वैद्यसँग अनुनय गरेर छोरीलाई छात्रवृत्ति मिलाएको बताए । असहाय बच्चाको कोटा खोस्न मिल्छ भन्ने प्रश्नमा उनले त्यो विषयमा आफूलाई थाहा नभएको बताए । उनले भने, ‘दिदी (अध्यक्ष रीता सिंह) लाई भनेपछि उहाँले फ्री गराइदिनुभएको हो ।’

संगठनका निर्देशक बालकृष्ण डंगोलले भने आफूहरूकहाँ आर्थिक अवस्था कमजोर भएका र बच्चा पढाउन नसक्ने थुप्रैको निवेदन आउने गरेको र त्यसलाई हेरेर छात्रवृत्ति दिइएको दाबी गरे । अभिभावकविहीन बच्चाको कोटामा नेताका छोराछोरीलाई किन छात्रवृत्ति दिएको भन्ने प्रश्नमा उनले आयस्रोत नभएका केही नेताका छोराछोरी पढाएको स्वीकार गरे । कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै पार्टीका नेताका छोराछोरी पढाएको दाबीसमेत उनले गरे ।

उनले कुन–कुन नेताका छोराछोरीलाई यो कोटामा छात्रवृत्ति दिइएको भन्ने खुलाउन चाहेनन् । उनले यति मात्रै भने, ‘नेता हुँदैमा हुन्छ ? राजनीतिमा लाग्दालाग्दै छोराछोरी पढाउन नसक्ने भएकालाई हेरेका हौं ।’ उनले दुई/तीन जना नेताका छोराछोरी छात्रवृत्तिमा पढिरहेको बताए । उनले भने, ‘हामीले बोर्डबाटै सल्लाह गरेर संगठनमा कार्यरत केही कर्मचारीका छोराछोरीलाई पनि छात्रवृत्ति दिएका छौं ।’

सन् १९६४ मा तत्कालीन राजपरिवारले सञ्चालनमा ल्याएको बाल मन्दिरले आफ्नो अफिसियल वेबसाइटमा अनाथ, परित्यक्त, द्वन्द्वपीडित बालबालिका, कैदीबन्दीका छोराछोरीको बालअधिकारको रक्षा गर्ने, पालनपोषण गर्ने, शिक्षामा सहयोग गर्ने र कमजोर आर्थिक अवस्था भएका परिवारका बच्चालाई शिक्षामा सहयोग गर्ने संस्थाको मुख्य उद्देश्य रहेको उल्लेख छ । कान्तिपुर दैनिकबाट ।

काठमाडौं । पार्टी स्थापना दिवसकै दिन दुई ठूला कम्युनिस्ट पार्टी एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी गरेको उद्घोष सम्भव नभए पनि दुवै पार्टीले संयुक्त कार्यक्रममार्फत पार्टी एकताको साझा प्रतिबद्धता जनाउने भएका छन्।

६९औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको सन्दर्भ पारेर आज दुवै पार्टीले पार्टी एकता संयोजन समितिको आयोजनामा संयुक्त कार्यक्रम गर्दै छन्। कार्यक्रममा दुवै पार्टीका अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले सम्बोधन गर्दै आफ्ना कार्यकर्तालाई पार्टी एकताप्रति आशंका नगर्न सन्देश प्रवाह गर्ने तयारी भएको माओवादी केन्द्रका वरिष्ठ नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले बताए। ‘दुवै पार्टीका अध्यक्षले पार्टी एकतामा आशंका नगर्न, अन्योलमा नपर्न अपिल गर्दै छिट्टै पार्टी एकता हुने साझा घोषणा गर्नुहुन्छ,’ श्रेष्ठले अन्नपूर्णसँग भने। यो खबर आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

यस अगाडी यी दुई पार्टीवीच कम्युनिस्ट पार्टी स्थापना दिवस (अप्रिल २२ तारिख) का दिन पारेर काठमाडौंमा भव्य सभा आयोजना गरी पार्टी एकता घोषणा गर्ने समझदारी थियो। २००६ साल वैशाख १० गते (अप्रिल २२)मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भारतको कोलकातास्थित श्यामाबजारमा भएको थियो।

२०१९ को तेस्रो महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीमा शृंखलाबद्ध टुटफुट र विभाजन आएको थियो। तर, असोजमा भने नेपालका अलग धारका दुई ठूला कम्युनिस्ट पार्टी एमाले-माओवादीले ५५ वर्षपछि एउटै कम्युनिस्ट पार्टी बनाउने साझा संकल्पसहित पार्टी एकताको प्रतिबद्धता जनाउँदै अहिले एकता प्रक्रियालाई करिब अन्तिम तयारीतिर पु¥याएको दाबी गर्दै आइरहेका छन्। सोहीअनुसार उनीहरूले पार्टी स्थापना दिवसलाई नै पार्टी एकता दिवसका रूपमा मनाउन खोजेका थिए। तर, एकीकृत पार्टीको संगठन निर्माण गर्दा संगठन अनुपात महाधिवेशनसम्म रहने भनिएका दुई अध्यक्षको कार्यक्षेत्र र अधिकार बाँडफाँटलगायत विषयमा कुरा नमिल्दा ९ वैशाखमा घोषणा गर्ने तयारी गरिएको एकता धकेलियो।

अब भने मजदुर दिवस (मे १ तारिख) वैशाख १८ र कार्ल माक्र्स जन्मजयन्ती (मे ५ तारिख) वैशाख २२ का दिनमध्ये एक दिन पारेर एकताको औपचारिक घोषणा गर्ने तयारीमा दुई पार्टी शीर्ष नेता छलफलमा जुटेका छन्। ‘अहिले हाम्रा अगाडि दुई वटा मिति प्रस्तावित छन्, छलफल जारी नै छ,’ माओवादी नेता श्रेष्ठले भने,‘सम्भवतः ती दुई वटा मितिमध्ये एउटा मितिमा पार्टी एकताको औपचारिक घोषणा हुनेछ। आइतबार भने दुवै अध्यक्षले एकतामा साझा प्रतिबद्धता जनाउँदै आशंका नपाल्न अपिल गर्नुहुनेछ।’

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलगत्तै पार्टी एकता घोषणा गर्ने बताएका एमाले-माओवादी पार्टी एकता लम्बिँदै आइरहेको छ। चुनावलगत्तै हुने भनिएको एकता सरकार गठनपछि हुने भन्दै त्यसबाट पनि पछि सारेर पार्टी स्थापना दिवसमा गर्ने गरी समझदारी एकता संयोजन समिति बैठकले समेत गरिसकेको थियो। तर, स्थापना दिवसमा पनि नभएपछि अब अर्काे मिति छलफलका क्रममा प्रस्तावित छ।

दुई पार्टीका शीर्ष नेतृत्वबीच आपसी मन माझिन नसक्दा एकता प्रक्रियामा विलम्ब भएको बुझाइ नेताहरूको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच तीन दिनयता लगातार भइरहेका ‘वन टु वन’ छलफल आपसी मन माझामाझ गर्नकै लागि भएको र ती छलफल सकारात्मक दिशातिर केन्द्रित रहेको माओवादी नेता श्रेष्ठले बताए।

एमाले महासचिव तथा रक्षामन्त्रीसमेत रहेका नेता ईश्वर पोखरेलले पनि एकता प्रक्रियामा विलम्ब नहुने संकेत गरे। ‘अब धेरै ढिला हँुदैन, नेताहरूको छलफल सकारात्मक रूपमै अगाडि बढेकाले छिट्टै एकता हुन्छ,’ पोखरेलले भने, ‘एकीकृत पार्टीमा व्यक्तिको योग्यता, क्षमता, पृष्ठभूमि र आवश्यकतालाई आधार बनाएर नेता-कार्यकर्ताको जिम्मेवारी तय गर्दै पार्टी एकता हुन्छ।’

न्युयोर्क । नोबेल पुरस्कारपछि दोस्रो ठूलो मानिने क्लार्क अवार्ड २०१८ नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ । अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पु-याए बापत उनलाई उक्त सम्मान प्रदान गरिएको अमेरिकन इकोनोमिक एशोसिएसनले उल्लेख गरेको छ । ४० वर्ष भन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने सो अवार्ड प्राप्त गर्ने पाठक पहिलो नेपाली मूलका अर्थशास्त्री हुन् ।

अर्थशास्त्र तथा प्रविधि क्षेत्रमा विश्वभर लोकप्रिय रहेको म्यासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)मा प्राध्यापक रहेका ३७ वर्षे पाठकले शिक्षा क्षेत्रका नीति तथा बजार डिजाइनबारे गरेको अध्ययनका लागि अवार्ड प्रदान गरिएको हो ।

उनले गरेका अध्ययनले सार्वजनिक विद्यालयका शिक्षा प्रणाली सुधार गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरिउको छ । विद्यालयको शिक्षासम्बन्धी गहन तथा धेरैवटा अध्ययन गरेका उनले शिक्षा क्षेत्रको गुणस्तरीय विकासका लागि नयाँ प्रणाली विकास गनुपर्ने पक्षमा वकालत गरे ।

सार्वजनिक नीतिको संज्ञानात्मक तथा प्रायोगिक प्रणाली सम्बन्धी नवीन अवधारणा प्रस्तुत गरेका उनले नीतिगत सुझावको प्रभाव धेरै सकारात्मक मानिन्छ । ‘पाठकको अध्ययनले सार्वजनिक विद्यालयका लाखौँ विद्यार्थीको अवस्था परिवर्तन गर्न महत्वपूर्ण योगदान गरेको छ । क्लार्क मेडलका लागि उनी उपयुक्त उम्मेद्वार हुन्’ अमेरिकन इकोनोमिक एशोसिएसनले उल्लेख गरेको छ ।

सन् १९८० मा जन्मिएका ३७ वर्षीय पराग पाठक बुबाआमा काठमाडौंबाट अमेरिकाको न्युयोर्क शहर सरेपछि त्यही बाल्यकाल बिताए थिए । उनले हावर्ड विश्वविद्यालयबाट एप्लाईड म्याथम्याटिक्स विषयमा स्नातक र स्नातकोत्तर समेत गरेका छन् ।

‘द पाउल एन्ड डेजी सोरोस फेलोसिप फर न्यू अमेरिकन’ नामक छात्रवृत्ति पाएर सन् २००७ मा उनले व्यवसायिक अर्थशास्त्र (बिजनेश इकोनोमिक्स) विषय विद्यावारिधी गरेका पाठकले सन् २००२ देखि सन् २००३ सम्म उनले अमेरिकाकै युनिभर्सिटी अफ टलजमा भिजिटिङ फेलाको रुपमा सेवा गरेका थिए । त्यहाँ नोबेल पुरस्कार विजेता जिन टिरोलसँग पनि उनले अर्थशास्त्र विषयको अध्ययन गरेका थिए ।

नयाँदिल्ली । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणबाट फर्किएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ । नेपाली प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप मोदीको नेपाल भ्रमणबारे सार्वजनिक हुनु स्वाभाविक थियो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा स्थगित मोदीको भ्रमण दुई देशबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण लम्बिएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

भारतको कर्नाटक राज्यको विधानसभा चुनावअघि वा पछि मोदीको नेपाल भ्रमण हुने चर्चा चलिरहेको थियो। कर्नाटक चुनाव मे १२ (वैशाख २९) मा हुँदै छ भने मतपरिणाम मे १५ (जेठ १) मा घोषणा हुनेछ। ‘ वैशाख अन्तिम साता वा जेठ पहिलो साताको सम्भावित मितिमा भ्रमणको तयारी भइरहेको छ। मोदीको आसन्न भ्रमणको तयारी गर्न सबै सरकारी संयन्त्रलाई अलर्ट गराइएको छ’, स्रोतले जानकारी दियो। उता, काठमाडौंस्थित परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले पनि मोदी भ्रमणको तयारी भइरहेको स्विकारेका छन्। उनले भनेका छन्, ‘भ्रमणको मिति तय नभए पनि तयारी भने चलिरहेको छ ।’

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा प्रधानमन्त्री ओलीको स्वागत गर्न चीन आतुर रहेको जनाएको थियो। मोदीलाई नेपालमा स्वागत गर्ने कि आफू चीन जाने द्विविधामा रहेका ओलीले मोदीको स्वागत गर्नु उपयुक्त ठानेकाले उनको चीन भ्रमणअघि नेपालमा मोदीको स्वागतको तयारी भइरहेको बुझिएको छ। भारतीय संस्थापन पक्ष र ओलीबीच रहेका शंका/उपशंका मेटाउन पनि दुई देशबीच प्रधानमन्त्रीस्तरीय भ्रमण विगतकै योजनाको कार्यान्वयन रहेको बुझाइ केही विश्लेषकको छ ।

‘मुख्यतः नाकाबन्दीको विरोध गरेका ओलीलाई भारतसँग सम्बन्ध सुधार गर्नु थियो भने भारतका लागि पनि त्यो उत्तिकै आवश्यक छ। ओलीको विगत प्रधानमन्त्रीकालमा नेपालसँग बिग्रिएको सम्बन्ध, नेपालमा चीनको बढ्दो प्रभावलगायत तथ्य स्मरण गरेरै फेरि ओली सत्तारूढ भएको समयमा सम्बन्ध राम्रो रहेको सिग्नल भारतले दिन खोजेको हुनुपर्छ’, प्रेस ट्रस्ट अफ इन्डियाकी वरिष्ठ पत्रकार प्रियंका टिक्कुले भनिन् ।

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दिल्लीमा शुक्रबार भएको भेटमा दीर्घकालीन रूपमा समस्याग्रस्त नेपाल–भारत सम्बन्ध पुनरवलोकन गरी नयाँ आधारमा सम्बन्ध स्थापना गर्न आवश्यक रहेको दोहो¥याएका थिए। ‘एउटा व्यक्ति विशेषको भ्रमण क्रममा भएका वार्ताले मात्र नेपाल–भारत सम्बन्धमा रहेका संरचनात्मक समस्या समाधान हुँदैनन्’, उनले भने ।

यद्यपि, ओलीको भारत भ्रमणपछि परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमण नजिकबाट नियालिरहेको दिल्लीको मुड त्यसपछि बाहिरिने विश्लेषकले बताउँदै आएका थिए। ओली सरकारले चीनसँग कस्तो प्रतिबद्धता गर्छ र त्यसपछि चीनको कस्तो आधिकारिक प्रतिक्रिया आउँछ भनी दिल्लीले पर्खेको उनीहरूले बताउँदै आएका थिए। भारत भ्रमणमा एक किसिमका प्रतिबद्धता गर्ने र चीनसँग ठीकविपरीत जोडदार प्रतिबद्धता गर्ने भन्दै ओलीको विगतको छविप्रति दिल्ली अझै विश्वस्त हुन सकेको छैन ।

आन्तरिक राजनीतिमा मोदीलाई छिमेकी देशसँग सम्बन्ध सुधार गर्नुपर्ने बाध्यता छ भने ओलीले पनि घरेलु राजनीतिमा माओवादी केन्द्रसँग पार्टी एकतामा बढ्दै गएका चुनौती झेल्नु छ। फलस्वरूप ओलीको भारत भ्रमण सत्ता सुरक्षित गर्ने आधार र मोदीको आसन्न नेपाल भ्रमण आन्तरिक राजनीतिक सन्तुलनको प्रयास रहेको बुझाइ विश्लेषकको छ ।

कर्नाटक राज्यको चुनावअघि नै नेपाल भ्रमण गराउने भारतको कूटनीतिक प्रयास भइरहे पनि प्रधानमन्त्री मोदीको चाहना कर्नाटकको चुनावपछि भ्रमण गर्ने बुझिएको छ। नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीको आक्रामक कूटनीति र भारतीय सत्तापक्षबीचको समन्वयले नेपाल–भारत सम्बन्धमा पछिल्ला घटनाक्रम विकसित भइरहेको बुझाइ दिल्लीको छ ।

दुई देशबीचको सम्बन्ध एकअर्काका लागि उत्तिकै महत्वपूर्ण भए पनि दिल्लीको अनुकूलताबमोजिम नै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको थियो भने अहिले पनि मोदीको अनुकूलताअनुसार भ्रमण योजना बन्दै छ। कार्यकालको अन्तिम वर्षमा रहेका मोदीले भर्खरै स्विडेन, बेलायत र जर्मनी भ्रमण गरेका थिए। नेपालसँग सम्बन्ध सुधार अहिले मोदीको बाध्यात्मक प्राथमिकता बनेको छ ।

काठमाडौं । राष्ट्रिय जनता नेपाल फुटेको छ । राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्यहरु राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा गरेका हुन् । उक्त पार्टीको महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन भएको उनीहरुले जानकारी गराएका छन् ।

तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रिय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।

संयोजक यादवले ०६२÷६३ को मधेश आन्दोलनमा ६३ जनाले सहादत प्राप्त भएको बताउँदै भने,‘मधेश आन्दोलनमा निर्दोष मधेशी जनताले ज्यान गुमाए, तर यसको फाईदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्ष मण्डलका ६ जना र उनीहरुका परिवारलेमात्रै सुविधा लिन तल्लनी भए, संविधान संशोधनको विषयमा उनीहरुले कुनै भूमिका खेलेनन्।’

मधेशी जनताको मुल एजेण्डा संविधान संशोधनमा कुनै भूमिका नखेलेको बरु सत्तामा जानमात्रै हतार गरेकोले आफूहरुले बाध्य भएर पार्टी फुटाएको संयोजक यादवको स्पष्टोक्ति थियो । उनले भने,‘अध्यक्ष मण्डलका ६ जना सदस्यहरुले मुद्दा नै बिर्सजन गर्नुभयो, उहाँहरुले मधेशको मुख्य मुद्दालाई नै तिलाञ्जली दिनुभयो, यो जनताप्रतिको धोका र गद्दारी हो।’ राजपाका नेतृत्वकर्ताहरुले आन्दोलनलाई सत्तामा पुग्ने भ¥याङ् बनाएको उनको आरोप थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै सह–संयोजक रीतेश कुमार सिंहले आफूहरुले पद नपाएर पार्टी नफुटाएको स्पष्ट पारे । उनले भने,‘विगतमा के भयो ? हामीलाई थाहा भएन, तर अहिलेपनि हामी राम्रै पदमा थियौं, उहाँहरुको चल्ने शैली गलत थियो, जुन एजेण्डाका लागि आन्दोलन भएको थियो, त्यसमा उहाँहरुले कुनै काम गर्नुभएन्।’

काठमाडौं । डा.गोविन्द केसीले सरकारले हालै माइतिघर मण्डलामा प्रदर्शन गर्न नपाउने निर्णयलाई लिएर गम्भिर ध्यानकर्षण भएको बताएका छन् । उनले सरकारसँग उक्त निर्णय खारेज गर्न आग्रह समेत गरेका छन् ।
उनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आफनो निर्णय फिर्ता नगरे अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको हस्तक्षेपविरुद्ध संविधान प्रदत्त अधिकार रक्षाका लागि निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पनि जानकारी गराएका छन् । सरकारको यस्तो निर्णयविरुद्ध हातेमालो गर्ने नागरिक समाज लगायत सबैसँग आग्रह पनि गरेका छन् ।

यस्तो छ उनले जारी गरेको विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु

सरकारले हालै माइतीघर मण्डलामा प्रदर्शन निषेध गर्ने गरी लिएको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

स्मरण रहोस्, हाम्रो संविधानले आम नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ, कुनै अमुक नेता, पदाधिकारी वा कारिन्दालाई मात्रै हैन । निरंकुश र अभिव्यक्ति स्वतन्त्रताका विरोधी व्यवस्थाहरुलाई बारम्बार पराजित गरेर ठूलो मुल्य चुकाउँदै लोकतन्त्रसम्म आउन आम नागरिकले कति रगत र पसिना बगाउनुपरेको थियो भन्ने इतिहास सत्तामा पुग्नेहरुले बिर्से पनि हामीले बिर्सन सक्दैनौं ।

मानिसहरुले निरंकुश सत्ताका अगाडि ज्यान दिएर व्यवस्था परिवर्तन गरेको नयाँ तानाशाहहरु जन्मेर अभिव्यक्ति स्वतन्त्रता कुल्चिन पाऊन् भनेर थिएन । नयाँ तानाशाह नजन्मिउन् भन्नका लागि जुन सुकै शक्ति सत्तामा भए पनि सशक्त र रचनात्मक प्रतिपक्ष रहनुपर्छ । त्यो कर्तव्यबाट संसदको प्रतिपक्षमा रहने दलहरु विमुख भएको अवस्थामा समेत नागरिक समाज र मिडियाले त्यस्तो प्रतिपक्षको भुमिका अडिग भएर निभाउनुपर्छ । सत्तामा पुगेपछि असीमित शक्ति र शुन्य विरोधको अपेक्षा नौलो कुरा हैन तर त्यो बाटोले समाजलाई कुन दिशामा पुर्याउँछ भन्ने उदाहरण अहिले संसारभर उदाइरहेका तानाशाही व्यवस्थामा निसास्सिइरहेका समाज छन् ।

त्यसैले यस्तो कुटिल र प्रतिगामी निर्णयको औचित्य सडक सफा राख्ने वा ट्राफिक व्यवस्थापन सहज बनाउनेजस्ता काइते तर्क दिएर देखाइनु लाजमर्दो कुरा हो । माइतिघर मण्डला लगायतका ठाउँमा हुने प्रदर्शनहरुले त्यस खाले समस्या उब्जाएका हुन् भने तिनलाई समाधान गर्न हरतरहले सघाउन हामी तत्पर छौं । माइतिघर मण्डलाबाट सडक छेउको पेटी हुँदै वा छेउको लेन हुँदै बानेश्वरसम्म गरिने शान्तिपुर्ण प्रदर्शनले त्यस ठाउँको ट्राफिक व्यवस्थामा कुनै समस्या नल्याउने जगजाहेरै छ । कसैले प्रदर्शनमा आएर फोहर गर्छ भने उसलाई दण्डित गर्नु त्यो समस्याको समाधान हो, त्यो ठाउँमै निषेधाज्ञा जारी गर्नु नयाँ समस्या थप्नु हो ।

त्यसैले यदि राज्यको शीर्ष तहबाट निर्णय नभई तल्लो निकायले खेलाँचीपूर्वक त्यस्तो संवेदनशील निर्णय लिएको भए तत्काल त्यसलाई सच्याउने निर्देशन दिन नेपाल सरकारलाई आग्रह गर्दर्छौं । हैन र नयाँ सरकारले सोचविचार गरेरै आम नागरिकको आवाज बलजफ्ती थुन्न त्यस्तो निर्णय गराएको हो भने पनि विगतका सबै सानाठूला राजनीतिक परिवर्तनहरु ९जसका बलमा आजको व्यवस्था र सत्ता सम्भव भएको हो०मा आम नागरिकले खेलेको भुमिका स्मरण गर्न आग्रह गर्दर्छौं । यदि सीमित नेता र तिनका वरिपरिका मानिसहरुका कारण मात्रै समाज र देश धानिएको तथा समाजलाई अघि बढाउनमा आम नागरिकको कुनै भुमिका नभएको, उनीहरुको आवाज सुनुवाइ हुनु नपर्ने र प्रदर्शन गरेको खण्डमा दमन गर्ने गुरुयोजनासहित निषेधित क्षेत्रको निर्णय लिइएको हो भने सार्वभौम नागरिकका रुपमा त्यस्ता निषेधाज्ञा तोड्नुलाई हामी आफ्नो कर्तव्य सम्झन्छौं ।

त्यसैले तत्काल माइतिघर मण्डलामा प्रदर्शन निषेध गर्ने निर्णय खारेज गर्न सम्बन्धित निकायहरुलाई पुनः आग्रह गर्दर्छौं । त्यसो नगरिएमा अभिव्यक्ति स्वतन्त्रतमाथि सरकारको हस्तक्षेपविरुद्ध तथा संविधान प्रदत्त अधिकार रक्षाका लागि निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पनि जानकारी गराउँछौं । साथै सरकारको त्यस्तो निर्णयविरुद्ध हातेमालो गर्न नागरिक समाज लगायत समाजको लोकतान्त्रिक चरित्र बचाउन चाहने सबै नागरिकहरुलाई हातेमालो गर्न आग्रह गर्दर्छौं ।

डा गोविन्द केसी

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज

डा जीवन क्षेत्री

सोलिडारिटी फर डा केसी अलायन्स

२०७५ वैशाख ७

काठमाडौं । ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय पाएर फरार रहेका अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मनाङेलाई काठमाडौं स्वयम्भूको तीनधाराबाट पक्राउ गरेको हो । हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनाङलाई सर्वोच्च अदालतले गत माघमा ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए ।

तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो । गत मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङ (ख) बाट प्रदेशसभा सदस्यमा विजयी भएका मनाङे सांसदको सपथ नलिएरै गत माघदेखि फरार थिए । सर्वाेच्च अदालतले गत माघमा ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार भएका हुन् ।

तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषि ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो । ३१ वैशाख २०६१ मा काठमाडौंको महाराजगन्जस्थित नफाङ रेस्टुरेन्टमा भएको लफडाका कारण मनाङेले अब ५ वर्ष जेलमा बस्नुपर्ने छ । नफाङ रेस्टुरेन्ट गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङ र दीपक मनाङेबीच झगडा भएको थियो । झगडाका क्रममा मनाङेले धारिलो हतियार प्रहार गरि चक्रे मिलनको बायाँ हात छिनालेका थिए । सोही घटनामा पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध ५ वर्षको जेल सजाय सुनाएको थियो ।

६ बैशाख, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. २ मा रहेको श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र निर्माण को अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सकेर उद्घाटनको लागी तयार गरिदै गरीएको पुस्तकालय भवन हाल बेहुलिझैँ सिगारीदै छ ।

रिड नेपाल र ए.एस.बी को आर्थिक तथा प्रविधिक सहयोगमा जनजागरण सामुदायिक पुस्तकालयको पुननिर्माण तथा समुदायमा आधारीत समाबेशी विपद् जोखिम न्युनिकरण परियोजना अन्तर्गत निर्माण भएको उक्त पुस्तकालय नुवाकोट जिल्लाको मात्र नभई नेपालकै पहिलो अपांग मैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय भवन भएको पुस्तकालय व्यवस्थापन समितिको विश्वास रहेको छ । नवनिर्मित भवनमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, युवा कक्ष, सभा हल, सुचना संचार प्रवधि कक्ष, विपद् जोखिम न्युनिकरण कक्ष, श्रव्य दृश्य कक्ष, कार्यलय कक्ष र अन्य गरी जम्मा नौ वटा कक्ष र चार वटा पहुँचयोग्य शौचालय रहेको छ । दुइ तल्ले पुस्तकालय भवनको हरेक कक्षमा सबै किसिमका अपांगता भएका व्यक्तिहरुको पहुँच रहने तथा प्रयोग गर्न सक्ने पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र तिमल्सिनाको भनाइ रहेको छ ।

२ करोड ७५ लाख २७ हजार ५० रुपायाँ बजेट रहेको उक्त परियोजनामा १ करोड ७५ लाख सुविधा सम्पन्न पुस्तकालय भवन बनाउनको लागी रहेको छ भने बाँकी रकम कृषि, पशु स्वास्थ्य, महिला सशक्ति करण, अपांगता समाबेशी कार्यक्रम, विपद् जोखिम न्युनिकरण कार्यक्रम, पढ्ने बानिको विकाश तथा शैक्षिक क्षेत्रको विकाश गर्ने र्काक्रम साथै पुस्तकालयमा पुस्तक, फर्निचर, आई सि टि सहित विभिन्न कक्ष जडानका सामाग्री खरिदको लागी रहेको कार्यक्रम संयोजक श्यामराजा तिमल्सिनाले जानकारी दिनुभयो ।
२०७५ बैषाख २० गते समुद्घाटनको तयारीमा रहेको पुस्तकालय भवन निर्माण कार्य हाल पुर्ण रुपमा समाप्त भई हाल पुस्तकालय व्यवस्थापन कार्य सुरु भइरहेको छ । यस व्यवस्थापन कार्य अन्तर्गत पुस्तक व्यवस्थापन लगायत सम्पुर्ण कक्षहरुमा कक्ष अुसारको सामाग्री राखी तथा सजाई उद्घाटनको तयारीमा लागीरहेको छ ।

बिगत २०५९ साल देखी संचालमा आइरहेको पुस्तकालय भवन २०७२ सालको भुकम्पले पुर्ण रुपमा क्षती भएपछी फेरी पुननिर्माण गरीएको हो । भुकम्पको कारण पुस्तकालय भवन क्षती भएपछी निरास भएका स्थानियहरु पुन निर्माण भएपछी खुसि देखिन्छन ।

६ बैशाख, काठमाडौं । नेपाल हिमालयन वोन रिसर्च सेन्टरको आयोजनामा यही बैशाख १७ गते दोलखाको कालिञ्चोक गाउँपालिका १ कुरी बजारमा बुद्ध जयन्ती नव–वर्ष संगीत उत्सव २०७५ सम्पन्न हुने भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा नेपाल हिमालयन वन रिसर्चले बिहीबार पत्रकार सम्मेलन गरेर बुद्ध नेपालमै जन्मिएका हुने भन्ने अभियानलाई जिल्लामा लैजानको लागि उक्त संगीत उत्सवको आयोजना गरिएको जानकारी दिएको हो ।
संगीत उत्सव–२०७५ का संयोजक श्रवण बस्नेतले बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देशलाई स्थानीयकरण गर्नको लागि कार्यक्रमको आयोजना गरिएको विश्वास दिलाए ।
उनले भने,‘बुद्ध नेपालमै जन्मेका हुन भनिरहनुपर्दैन भन्ने कतिपय आवाजहरु उठ्छन् तर हाम्रो राष्ट्रियता र विराटतासंग जोडिएका भगवान गौतम बुद्धलाई भ्रममा पार्ने र विभाजित बनाउने काम भईरहेको छ, यस्ता खाले भ्रमबाट मुक्त राख्नको लागि हामीले यो अभियानलाई स्थानीयकरण गर्न लागेका हौं ।’
संयोजक बस्नेतले अघि थपे,‘यस संगीत उत्सवमा राष्ट्रियदेखि स्थानीय कलाकारहरु, वरिष्ठ किर्बोडिस्ट, अतृप्त ब्यान्डको लाईभ प्रस्तुति रहनेछ, बुद्धको २५६२ औं जन्मजयन्तीको अवसर पारेर हामीले यो कार्यक्रम गर्दैछाँै, उक्त कार्यक्रमको लागि राजधानीबाट तीन फिट अग्लो बुद्धको मुर्ति गाडिको छतमा सजार कार्यक्रम स्थल कालिञ्चोकसम्म लैजाने र मञ्ममा राखिने छ।’
उनले भने,‘उक्त मुर्ति धर्म गूरुहरुले पूजा गर्नुहुनेछ, राजधानि देखि कालिञ्चोकसम्म जाने व्यवस्था गर्रिएको छ, उक्त सेवाको लागि ३५ सय मात्रै लागत स्वर टिकटको व्यवस्था गरेका छौँ, त्यस्तै जिल्लाका आन्तरिक पर्यटकको लागि १५ सय र प्रवेश शुल्क स्वरुप एकसय रुपैयाँ तोकेका छाँै, ५ हजार भन्दा बढि मानिसले अवलोकन गर्ने हाम्रो अनुमान रहेको छ ।’
संयोजक बस्नेतले भने,‘चक्रपथ सरसफाई महाअभियानले हामीलाई सहयोग गर्दैछ, कालिञ्चोकजस्तो पवित्र धार्मिक स्थल फोहोर बन्दैछ, नजिकै बसपार्क छ, होटेल व्यवसायी नजिक हुनुहुन्छ, हामीले त्यो पवित्र धार्मिक स्थल् र पर्यटकीय स्थललाई सफा राख्नु हाम्रो कतव्र्य हो ।’
राष्ट्रिय बेरोजगार यूवा संघका अध्यक्ष बिदुर बस्नेतले बेरोजगारी न्यूनीकरण र रोजगारी सिर्जनाको लागि यस्ता कार्यक्रमहरुले महत्वपूर्ण अर्थ राख्ने बताएका छन् ।
उनले भने,‘स्थानीय उत्पादनको बजार व्यवस्थापन र उचित मूल्य प्राप्त गनुर््को साथै समयको लगानी पनि कम हुन्छ, त्यसैले यस्ता कार्यक्रममा सबैको उपस्थिति आवश्यक छ।’
त्यस्तै चक्रपथ सरसफाई महाअभियानका सदस्य विकास अधिकारीले संगीत उत्सवको दिनमा ‘ग्रिनसिटी’ हस्पिटलले एक दिन स्वास्थ्य शिविर सञ्चालन गर्ने बताएका छन् ।
उनले भने,‘बुद्ध जयन्तीको अवसरमा आयोजति संगीत उत्सवमा चक्रपथ सरसफाई महाअभियानका अभियन्ता लोकबहादुर टन्डन अध्यक्ष रहेको ग्रिन सिटी हस्पिटलले एक दिने स्वास्थ्य शिविरको आयोजना गर्दैछ, यो निजि क्षेत्रका हस्पिटलले दिन लागेको पहिलो निःशुल्क स्वास्थ्य शिविर हो ।’