बिपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न स्थानीयतहको ऐक्यबद्धता

बैशाख २, २०७५ मा प्रकाशित | 3615 views

जगदिश खनाल,

२ बैशाख, नुवाकोट । ‘विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४’ कार्यान्वयनको लागी नुवाकोटका सबै स्थानीयतहले ऐक्यबद्धता जनाएका छन् ।

यहाँको स्थानीयतहका प्रतिनिधिहरु सम्मिलित विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी विदुरमा सम्पन्न दुईदिने कार्यशाला गोष्ठि मार्फत एघार बुँदे नुवाकोट घोषणा पत्र जारीगर्दै ऐनले निर्देश गरेका कार्यक्रम सञ्चालन गर्न प्रतिबद्धता जनाएका हुन् ।

स्थानीयतहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, विपद्को क्षेत्रमा काम गर्दै आएका सरोकार राख्ने कार्यालयका प्रतिनिधि सम्मिलित गोष्ठिले नयाँ ऐन अनुसार स्थानीयतहमा समिति गठन, स्थानीयस्तरमा सुहाउदो अनुसारको नयाँ ऐनको निर्माण, विपद्बाट बच्न पूर्वतयारी, विपद्को सामना र विपद्मा उद्धार, उपचार तथा त्यसको पछिको अबस्थाको कार्ययोजना बनाउने घोषणा पत्रमा उल्लेख गरेका छन् ।

“जोखिम क्षेत्रको नक्सांकन, खुलाक्षेत्रको पहिचान, जोखिम न्यूनीकरण तथा अल्पिकरण र पुर्व तयारी योजना समावेश भएको स्थानीय विपद् ब्यवस्थापन योजन निर्माण गर्नेछौँ ।” घोषणा पत्रमा भनिएको छ “आपतकालीन खोज उद्वार र राहत सामग्रीहरुको उचित व्यवस्थापन र भण्डारण गरि विपद् समयमा समुचित सदुपयोग गर्न प्रतिबद्ध रहेका छौ ।”

जर्मन सहयोग नियोग (जिआईजेड)को ‘रिकभरी कार्यक्रम नुवाकोट’को सहयोगमा बिहीबार र शुक्रबार गरी दुई दिन सञ्चालित गोष्ठिमा सहभागीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, मन्त्रालयका विपद् विशेषज्ञ अमरदिप सुनुवार, पहिरो विशेषज्ञ डा.कृष्ण देवकोटा, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख विदुर खड्का, जिल्ला प्राविधिक कार्यालयका ईञ्जिनियर उषेश श्रेष्ठ, श्रीनाथ गण देवीघाटका सहसेनानी विद्युत बस्नेत, प्रहरी नायव उपरीक्षक नराहरी रेग्मी लगायतले ऐनको कार्यान्वय तथा विपद्को समयमा अपनाउनुपर्ने भूमिका सम्बन्धि सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web