काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा हुँदा कार्य सम्पादन मूल्याङ्कनमा शीर्ष स्थानमा रहेका सर्बेन्द्र खनाल २९ माघ ०४६ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

हाल महानगरीय ट्राफिक प्रहरीका प्रमुख रहेका उनले प्रहरी संगठनभित्र जिम्मेवार र काबिल अफिसरको रुपमा परिचय स्थापित गराएका छन् । उनी सबै राजनीतिक नेतृत्वसँग पनि सन्तुलित सम्बन्ध राख्ने अफिसरको रुपमा पनि चिनिने गरेका थिए ।पछिल्लो समय महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख रहेका उनले काठमाडौंमा १० वर्षदेखि बिग्रिएको ट्राफिक बत्तीलाई ‘स्मार्ट लाइट’ जडान गरेर रिप्लेस गरेका थिए ।

यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखासहितका महत्वपूर्ण प्रहरी इकाइको नेतृत्व गरिसकेका खनालले सीमावर्ती क्षेत्र बारा, पर्सा, वीरगञ्ज लगायतमा समेत कुशलतापूर्वक नेतृत्व सम्हालिसकेका थिए ।

इन्स्पेक्टर हुँदा उनले वडा प्रहरी कार्यालय, दरबारमार्ग र कालिमाटीको प्रमुखका रुपमा काम गरेका थिए ।प्रहरी नायब निरीक्षक (डीएसपी) मा बढुवा भएपछि उनले नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र रामेछापमा काम गरेको थिए ।

एसपीका रुपमा बारा, धनुषा र काठमाडौंको नेतृत्व उनले गरेको थिए । उनी एसएसपी भएपछि अञ्चल प्रहरी कार्यालय नारायणीमा पनि नेतृत्वमा गरेको थिए ।उनी एसएसपी भएकै बेला केन्द्रीय प्रहरी प्रवक्तासमेत बने ।

तनहुँमा ०२३ वैशाख १३ गते जन्मिएका खनालले लैनचौरस्थित शान्ति विद्यागृहबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि अमृत साइन्स क्याम्पस (अस्कल) मा भर्ना भएका थिए ।

त्यहाँबाट आइएस्सी गरेर उनले शंकरदेव क्याम्पसबाट बीकम गरेका थिए । त्यसपछि उनले छात्रवृत्तिमा बीकम अध्यययन गरे । त्यही बीच उनी प्रहरी सेवामा प्रवेश गरे ।जागिरे जीवनका क्रममा खनालले २२ वटा विभुषण र १२ तालिम हासिल गरेका छन् ।

म्याच फिक्सिङको पर्दाफासदेखि घैंटे इन्काउन्टरसम्म

खनालले महानगरीय अपराध अनुसन्धान महाशाखाको नेतृत्व सम्हालेका बेला नेपाली फुटबलभित्रको म्याच फिक्सिङ प्रकरणको पर्दाफास गरेका थिए । उनको नेतृत्वमा भएको अनुसन्धानले सन् २००८ देखि नेपालले खेलेको अन्तर्राष्ट्रिय खेलहरुमा पैसा लिएर हारेको पुष्टि भएको थियो ।

सो प्रकरणमा नेपाली फुटबलका तत्कालीन कप्तान सागर थापासहित चार खेलाडी, एक पूर्वप्रशिक्षक लगायतविरुद्ध मुद्दा चलाइएको थियो ।म्याच फिक्सिङ प्रकरण सार्वजनिक भएपछि नेपाली टोलीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता बंगबन्धु गोल्डकपको उपाधि जित्दा खनाललाई बधाईको ओहिरो लागेको थियो ।

नेपाली फुटबललाई प्रहरीको सो अनुसन्धानमा ट्याकमा ल्याएको फुटबलप्रेमीहरुले ठहर गरेका थिए ।महाशाखामै रहँदा उनले गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टर गरेका थिए । घैंटे सामाखुसी लगायतका क्षेत्रमा चन्दा असुल्ने, भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत उठाएर आफूले खर्च गर्ने लगायतका कार्यमा संलग्न थिए ।

सामाखुसीको कपुरधारा व्रिटिश क्याप पछाडि सादा पोशाकमा रहेका प्रहरी र घैंटेको समूहबीच भएको मुठभेडका क्रममा उनी मारिएका थिए ।

भारतले नाकाबन्दी लगाएका बेला उनले पेट्रोल पम्पहरुको ठगी धन्दाविरुद्ध पनि अप्रेशन चलाएका थिए । उनले पेट्रोल पम्पहरुले चिप्स जोडेर रिमोटबाट १ सय लिटरमा ३ देखि ४ लिटर पेट्रोल ठगी हुने गरेको रहस्य सार्वजनिक गरेका थिए ।त्यस्तै, उनले काठमाडौंका अवैधानिक शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) हरुकमा छापा मारेर ठगी धन्दामा संलग्नहरुको पर्दाफास गरेका थिए । त्यसबेला उनले गरेको अप्रेशनका कारण थुप्रै कन्सल्टेन्सी व्यवसायीहरु वैधानिक बाटोमा आएका थिए ।

प्रहरीले अप्रेशन चलाउनुअघि काठमाडौंमा १ सय ३० वटा कन्सल्टेन्सी मात्र वैधानिक रुपमा दर्ता भएकोमा अप्रेशनपछि ११ सय कन्सल्टेन्सी दर्ता भएका थिए । महाशाखामै रहँदा उनले हुण्डी कारोबारीविरुद्ध समेत कदम चलाएका थिए ।

जनआन्दोलनमा काठमाडौंको नेतृत्व

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) खनालले ०६२/६३ को जनआन्दोलनको बेला काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हालेका थिए । त्यसबेला परिसरले निषेधित क्षेत्र तोडेको भन्दै गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत थुप्रैलाई नियन्त्रणमा लिएको थियो ।

जनआन्दोलनपछि उनी बारामा गएका थिए । उनी प्रहरी सेवाकै क्रममा हाइटीमा समेत पुगेका थिए । उनीसँग यूएन मुख्यालयमा रहेर काम गरेको समेत अनुभव छ ।

तराईमा सशस्त्र समूहको बिगबिगी रहेका बेला उनले ती समूहका गतिविधिलाई निस्तेज पार्न पनि भूमिका खेलका थिए । त्यसबेला १ सय ९ समूहमा विभाजित सशस्त्र समूहहरुलाई उनले औंलामा गन्न सकिनेमा झारेका थिए ।

दोस्रो संविधानसभाका बेला आपराधिक गतिविधि गरिरहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष तथा सैनय कमाण्डर राजनमुक्ति भनिने रञ्जित झालाई उनले भारतको पटनाबाट नियन्त्रणमा लिएका थिए । गोइत समूहका अभिताभ पनि त्यसबेलै पक्राउ परे ।

खनालले दिलाएका सफलताहरू यस प्रकार रहेका छन :

१. कुमार श्रेष्ठ “घैटे” को इन्काउन्टर – राजधानीमा गुण्डा नाइकेहरुको राज उत्कर्षमा पुगेको वेला ३ भदौ २०७२ मा गुण्डा नाइके कुमार घैंटेको इन्काउन्टरमा मृत्यु भयो । सामाखुसी कपुरधारामा भएको त्यस घटनालाई उछाल्न केही नेताहरु लागेपनि सामाजिक सञ्जाल र मिडिया मार्फत इन्काउन्टर अनुमोदन भएपछि काठमाण्डौं महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख सर्वेन्द्र खनाल अझ लोकप्रिय भए ।

२. टबलमा भइरहेको म्याच फिक्सिङको पर्दाफास – अन्तर्राष्ट्रमा खेल खेलिरहने तर सधैं हारि रहने नेपाली फूटबल रोगको सल्यक्रियापनि सर्वेन्द्रले गरे । सन् २००८ देखि सधैं हारिमात्र रहने रोग म्याच फिक्सिङ हो भन्ने प्रमाण पेश गर्दै उनले फुटबलका तत्कालीन कप्तान सागर थापा सहित ५ जना खेलाडी तथा खेलब्यवस्थापकलाई २०७२ असोज २७ मा पक्राउ गरे । प्रहरीले लिएको भिडियो बयानमा उनीहरुले म्याच फिक्सिङ गरेको कबुल समेत गरे ।

३. रावणजीत माथि गोली प्रहार काठमाडौं महानगरिय अपराध अनुसंधान महाशाखाका प्रमुख भएकावेला उनले २०७२ असार १८ मा रावणजीत तामाङलाई सुन्धारामा गोली हाने । लागुऔषध ओसार–पसार र अपहरण काण्डमा सिन्धुपलानचौक जिल्ला अदालतले १० बर्ष कैद तोकेका रावणजीत फरार अभियुक्त थिए । सुन्धारामा रहेको तत्कालीन बेबिलोन डिस्कोमा १०–११ जना हुल्याहा साथीहरुसँग बसेर रमाइलो गरिरहेकावेला रावणजीतलाई प्रहरीले घेरा हालेको थियो । प्रहरीको घेरा तोड्न रणजीत तर्फवाट हतियार चलाएपछि प्रहरीले गोली हानेर उनलाई पक्राउ गरेको थियो ।

४. पेट्रोलपम्पहरुमा छापा र ठगी गर्ने मेसिनको पर्दाफास – काठमाडौं महानगरिय अपराध अनुसंधान महाशाखाका प्रमुख भएकावेला नै हो उनले १६ पेट्रोलपम्पमा एकै पटक छापा मारेको । देशले भारतीय नाकाबन्दीको मार खेपिरहेकावेला पेट्रोलपम्पहरुले चिप्स् जोडेर रिमोट मार्फत १०० मा ३ देखि ४ लिटर ठग्ने गरेको अनुसन्धानवाट खुलेपछि सर्वेन्द्रकै नेतृत्वमा छापा हानिएको थियो । यो छापा काण्ड त्यसवेला चर्चाको शिखरमा पुगेको थियो ।

५. कन्सलटेन्सीमा छापा – शैक्षिक परामर्श दिने नाममा साइनबोर्ड राखेर मानव तस्करी गर्ने आरोप लागेका ४ दर्जन कन्सलटेन्सीमा एकै पटक छापा मारियो, सर्वेन्द्रकै नेतृत्वमा । ती मध्ये धेरैजसो अबैध निश्किए । १ सय ३० कन्सलटेन्सी मात्र दर्ता थिए । तर छापा मार्न थालेपछि हतार–हतार १ हजारभन्दा बढी कन्सलटेन्सीले बैधानिक बाटो समाते र कम्पनी दर्ता गराए । २ सयभन्दा बढी कन्सलटेन्सी सधैंकालागी बन्द भए ।

६. हुण्डिमा छापा यसवेला पनि उनी काठमाडौं महानगरिय अपराध अनुसंधान महाशाखाका प्रमुख नै थिए । २०७२ असोजको यो घटनाले पनि चर्चाको शिखर छायो । राज्यलाई कर तिर्ने डरले अबैध पैसाको चलखेल गर्नेहरुको जालो बनेको हुण्डीमा उनकै नेतृत्वमा रेड हानियो । ट्याक्स एभोएय गर्ने, राज्यलाई ठग्नेहरुका विरुद्धमा गरेको यो कदम प्रसंसनीय मानियो ।

७. तराईका सशस्त्र भूमिगत समूहको सफाया – उनले जनकपुर र नारायणीमा रहँदा गरेको मूख्य काम नै भूमिगत समूहको सफाया अभियान थियो । १ सय ९ वटा शसस्त्र भूमिगत समूहले तराईलाई नराम्रोसँग दुख दिइरहेका थिए । उनको सक्रियता र अभियानले त्यसलाई ४ वटामा झारिदिएको थियो । यसकालागी उनी आफैं फिल्डमा खटिएका थिए ।

८. तराईका सशस्त्र गिरोहका तीन नाइकेलाई जेल – दोस्रो संविधानसभा हुन नदिने भन्दै पर्चा–पम्प्लेट टासेर सक्रिय रहेकावेला गोहित समूहका अमिताभ गोहित र राजनमुक्तिका प्रमुखलाई पक्राउगरी जेलको हावा खुवाउन उनी सफल रहे ।

९. सीमाको डन जैसवाललाई खत्तम गरे – नारायणी अञ्चलमा रहँदा उनले बीरगञ्जमा अपराध मच्चाइरहेको सुनिल जैसवाल “अग्नी” भन्ने गुण्डानाइकेलाई खत्तम गरे । जैसवातल खाने बस्ने उता ९भारत० र अपराध गर्न यता ९नेपाल० आउथ्यो । त्यसलाई उसलाई गोली हान्न सक्नुलाई समेत ठूलो आँट मानियो ।

१०. धनुषाको उत्तेजना वातावरण सामसुम पारे – एकजना असईले एकजोडी केटा–केटीलाई छुट्याएर केटीलाई बलात्कार गरेको आरोपमा जनकपुरको माहोल नियन्त्रण वाहिर गएको थियो । सिडिओ र डिएसपी जिल्ला छोडेर भागिसकेका थिए । पत्रकार माथि आक्रमण भएको थियो । स्थानीय राजनीतिक पार्टीहरु भीडलाई उत्तेजित पार्नमा मस्त थिए । यस्तो अवस्थालाई काबुमा ल्याउन सर्वेन्द्रले गर्न सक्ने कुरा उठ्यो र तत्कालीन गृहमन्त्रीले काठमाडौंमा रहेका उनलाई तत्काल धनुषा पठाए । उनी धनुषा ओर्लिदा पेट्रोल बमले स्वागत गरियो । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको मृत्यु भएका दिन धनुषा पुगेका उनी २४ घण्टाभित्र घटना सामसुम पारेर काठमाडौं फर्के । यस घटनाले उनको उचाईलाई राजनीतिकबृत्तमा समेत स्थापित गर्यो ।

ट्राफिक प्रहरी प्रमुखका रूपमा गरेका सफल काम

१. उपत्यका भीत्र संचालनहुने भाडाकारहरुले कम्प्युटर बिलिंग प्रणाली ९प्रिन्टर० मिटर जडान नगरी सर्वसाधारण यात्रुहरुलाई अनिमियतित तवरले भाडा लिने गेरको सम्बन्धमा मिति २०७४ श्रावण २८ गते ११५ वटा भाडाका कार नियन्त्रणमा लिई नाप तौल बिभागको समन्वयमा मिटर जडान गर्ने कार्य कार्यन्वयन गराए ।

२. हरके शनिवार र सार्वजनिक बिदाको दिन बिहान ०७ ०० बजे सम्बद्ध सडक सरोकार निकायहरुको संयुक्त आयोजनामा महानगरीय ट्राफिक महाशाखा प्रमुख लागायतको टोलीले उपत्यकाको बिभिन्न स्थानहरुमा चक्रपथ सुधार तथा ट्राफिक व्यवस्थापन कार्य अन्तर्गत कार्यतालिका तयार गरी सडक अनुगमन तथा सुधार कार्य अघि बढाए ।

३. मिति २०७४।०९।०२ गते ०८ः०० बजे देखी काठमाण्डौ उपत्यकाभर उपत्यकाका बिभिन्न १० स्थानहरुमा महानगरीय ट्राफीक महाशाखा प्रमुखज्यूको अध्यक्षतामा प्यापसन, एनप्यापसन, अभिबावक संघका पदाधिकारीज्युहरु लगायत सम्बन्द्ध सरोकारवाला निकाय तथा बिभिन्न स्कुलका बिद्यार्थिहरु र ट्राफिक प्रहरीको संयुक्त उपस्थितिमा लाम बसेर सवारी चड्ने अभियान सुभारम्भ गरियो ।

४. मिति २०७४।०९।११ गते विश्व सम्पदा सुचीमा रहेको पशुपति मन्दिर परिसरको निश्चित एरियालाई सवारी साधन निषेध एरिया तथा एकतर्फी रुपमा लागु गर्ने कार्य सम्पन्न गराए जस्ले दर्शनार्थीलाई सहज र सम्पदाको संरक्षणमा टेवा पुग्यो ।

५. मिति २०७४र१०र०२ गते देखि काठमाण्डौ उपत्यकाका वडा नम्बर १७, १८, १९, २४, २५ र २७ मा पर्ने असन, इन्द्रचोक, मख्खन, त्यौड, ठैंटी, भेडासिंह, नरदेवी, किलागल लगायतका सडकहरु उक्त क्षेत्रका पैदलयात्रीलाई सशज गराउन स्थानिय हरुको समन्वयमा चारपाङ्ग्रे सवारी सधन चल्न निषेध गराए ।

६. मिति २०७४र१२र०२ गते शुक्रवार बाट भाडाका माईक्रो बसका सवारी चालक तथा सह९चालक लाई पोसाक म्चभकक९ऋयमभ ९ऋयमभ या अयलमगअत०बितरण कार्य सम्पन्न गरियो जसमा सुन्तला रंगको ज्याकेट ९चालक० तथा हरियो रंगको ज्याकेट ९सह९ चालक र परिचालक० हरुलाई हस्तान्तरण गरियो ।

७. त्यस्तै क्विक एक्शन टिमको परिचालन लगायत विभिन्न अभियानको सुरुवात गराए ।
-जनताटाईम्स

काठमाडौं । सरकारले एसएसपी छँदाकै कार्य सम्पादन मूल्यांकन (काममू)का आधारमा सर्वेन्द्र खनाललाई आइजिपीमा नियुक्त गरेको आजको नयाँ पत्रिकामा खबर छ ।

नियमअनुसार नेपाल प्रहरी कासमू प्रत्येक आर्थिक वर्षको अन्त्यमा मात्रै तयार गरिन्छ । सर्वेन्द्रसँगै बढुवा भएका रमेश खरेल, पुष्कर कार्की र धिरु बस्नेत आठ महिनाअघि मात्रै एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए।

त्यसैले आइजीका दौडमा रहेका कुनै पनि उम्मेदवारको कासमू तयार पारिएको थिएन । यसकारण सरकारले आइजिपी नियुक्तमा डिआइजीको कासमू हेर्न सकेन । एसएसपीबाट डिआइजीमा बढुवा हुँदाको वरिष्ठतालाई आधार मानेर आइजिपी नियुक्त गर्यो ।

को हुन् सर्वेन्द्र ?
२९ माघ ०४६ मा सर्वेन्द्र प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनीसँगै सेवा प्रवेश गरेका राजेन्द्रमान श्रेष्ठ प्रहरी निरीक्षकको तालिमपछि एक नम्बरमा आए । डिएसपीमा बढुवा हुँदा भने रमेश खरेल एक नम्बर भए । त्यसपछि वरिष्ठतामा श्रेष्ठ थिए । खनालको रोलक्रम तेस्रोमा थियो । डिएसपीबाट एसपीमा बढुवा हुँदा पनि खरेल नै अघि भए । जब महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा खनाल आए, त्यसपछि उनको कामको चर्चा हुन थाल्यो । त्यसवेला काठमाडौंमा गुन्डा नाइकेको जगजगी थियो । गुण्डाविरुद्ध अप्रेसन चलाएर खनाल चर्चामा आए ।

एसपीबाट एसएसपीमा बढुवा हुँदा पनि खरेल नै अघि थिए । त्यसपछि भने उनी विभिन्न विवादमा मुछिए । त्यसमध्ये श्रीमतीका नाममा सुराकी रकम लिने घटना चर्चामा रह्यो । उनले माथिल्ला प्रहरी अधिकृत ब्रिफकेस बोकेर बढुवाका लागि नेताकहाँ धाउने गरेको भन्दै सार्वजनिक रूपमै भने । त्यसपछि उनको करिअरमा बादल लाग्न थाल्यो । उनी संयुक्त राष्ट्रसंघको सुडान मिसनमा गए । त्यही वेला खनालले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको नेतृत्व सम्हाले । यो जिम्मेवारीमा छँदा उनले फुटबलमा म्याच फिक्सिङको अप्रेसन गरे । फुटबलका राष्ट्रिय खेलाडी म्याच फिक्सिङमा संलग्न रहेको भन्दै जेल हाले । त्यसलगत्तै चर्चित डन कुमार घैँटेको इन्काउन्टर गरे । उनको करिअरले उचाइ लियो । एसएसपीबाट डिआइजीमा बढुवा हुँदा खरेललाई पछि पार्दै एक नम्बरमा बढुवा भए । अन्ततः यही आधारमा उनलाई सरकारले नेपाल प्रहरीको २५औँ आइजिपीका रूपमा छान्यो ।

काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार खरेलले दिएको संक्षिप्त प्रतिक्रिया–

नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ? आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ । भोलि (बुधबार)देखि बिदा हुँदै छु ।

आफूले अवसर नपाउनासाथ सार्वजनिक रूपमा असन्तुष्ट व्यक्त गर्ने, अदालत जाने र राजीनामा पनि दिने प्रचलन आएको छ, यसले फौजमा कस्तो संस्कार बसाउला ?

पद्धति बसाएर निर्णय गर्नुपर्छ । भागबन्डा नहुने भए मात्र प्रहरीभित्र पनि असल संस्कार बस्न सक्छ । म भलिबल खेलाडीका रूपमा प्रहरी जवान भई यो संगठनमा छिरेको हुँ । प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्न मैले जानजान गल्ती कहिल्यै गरिनँ । तर, त्यो अवसर पाइनँ । हीन भावना बोकेर बसेँ भने पनि संगठनलाई शतप्रतिशत नतिजा दिन सक्दिनँ । त्यसैले बिदा हुने निर्णय गरेको छु ।

सरकारले कसै न कसैलाई जिम्मेवारी दिनुपथ्र्यो, एकजनालाई दियो । तपाईंप्रति अन्याय के भयो ?
म संगठनप्रति आभारी छु । आज जे छु त्यो नेपाल प्रहरीको कारण छु । निर्णय गर्ने जिम्मा सरकारको हो । सरकारप्रति गुनासो छैन । उसलाई ठीक लागेको निर्णय गर्यो होला, बाँकी काम मेरो विवेकको हो । म राजीनामा दिन्छु ।

तपाईं योग्य अफिसर हो तर सबैभन्दा अब्बल तपाईं नै हो भन्ने आधार के हो ?
दाबेदार सबैले आफूलाई अब्बल ठान्छन् । मैले पनि ठानेँ, के बिराएँ । प्रमाण पेस गर्न सक्दिनँ । मूल्यांकन अरुले गर्ने हो ।

सरकारले भर्खर निर्णय गरेको छ, त्यसैले तपाईंको तातो प्रतिक्रिया होला । भोलि (बुधबार) बिहानसम्म पुनर्विचार गर्नुहुन्छ होला नि ?
यो रमेश खरेलको बोली हो । बुझ्नुस् फाइनल डिसिजन हो ।

अबका दिन कसरी बिताउनुहुन्छ ?
सोचेको छैन । परिवार र राष्ट्रका लागि गर्ने हो ।

राजनीतिमा‘ ?
मेरो स्वभाव राजनीति सुहाउँदो छैन । तर, गर्दैगर्दिनँ भनेर कसम किन खानू ? (नयाँ पत्रिका दैनिक)

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । बार्सिलोनालाई स्तब्ध बनाउँदै इटालियन क्लब रोमा युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा भएको पहिलो लेगमा ४ – १ को अग्रता लिएको बार्सिलोना मंगलबार राति भएको दोस्रो लेगमा रोमासँग ३ – ० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । दोस्रो लेग खेलसँगै क्वाटरफाइनलको समग्र नतिजा ४ – ४ गोलको बराबरी हुँदा रोमाले अवे गोलका आधारमा सेमिफाइनलमा स्थान बनायो । दोस्रो लेगमा गोल गर्न नसक्दा बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिन पुगेको हो ।

बार्सिलोनाविरुद्ध दोस्रो लेगमा शानदार जित निकाल्न रोमाका लागि इडेन डेज्को,ड्यानियल डी रोसी र कोन्सटानटिनोस मानोलासले समान एक एक गोल गरे । ओलम्पिक स्टेडियममा खेलको छैटौं मिनेटमा डेज्कोले गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ – ० ले अघि रहेको रोमाले दोस्रो हाफमा २ गोल गर्यो । खेलको ५८ औं मिनेटमा रोसीले पेनाल्टीमा गोल गर्दै रोमाको अग्रता दोब्बर बनायो । त्यसपछि खेलको ८२ औं मिनेटमा मानोलासले गोल गर्दै रोमालाई ३ – ० को सनसनीपूर्ण जित दिलाए । रोमाबिरुद्ध बल पोजिसनमा पकड जमाएपनि बार्सिलोनाले गोल फर्काउन सकेन र क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

काठमाडौं । संविधानतः २५ जना मात्रै मन्त्री हुन्छन् । ओली मन्त्रिरिषद्मा अहिले २२ जना सदस्य छन्। अब तीनजनालाई मात्रै मन्त्री बनाउन सकिन्छ। त्यस्तै, सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी दुईवटा मन्त्रालय मात्र बाँकी छन्। दुई मन्त्रालय र तीन सिटमा फोरम र राजपालाई अटाउन असम्भवप्रायः छ।

यस्तो अवस्थामा प्रधानमन्त्रीले एउटा दललाई मात्र लिन सक्छन् र त्यसका लागि फोरम उनको प्रधामिकतामा छ। दुवै दललाई मिसाउन मन्त्रिपरिषद्सम्बन्धि संवैधानिक व्यवस्था नै परिमार्जन गर्नुपर्छ। फाेरमले अधिकतम दुई मन्त्री र एक राज्यमन्त्री पाँउछ। एउटा मन्त्रीमा उपेन्द्र यादवको नाम निश्चित छ। ६ सदस्यीय अध्यक्ष मण्डलका दुई सदस्य राजेन्द्र महतो र शरत्सिंह भण्डारी सरकारमा जाने पक्षमा छन्।
नयाँपत्रिका दैनिकमा समाचार छ ।

काठमाडौं । मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको छैन। भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि काठमाडौंम रेल, नेपाल र भारतबीच पानीजहाज चलाउने विषयमा सहमति भएको थियो।

यस वियमा सम्बन्धित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने छलफलै भएको थिएन। मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार भारतसँग सहमति भएको पानीजहाज सञ्चालन जस्तो ठूलो लगानीको विषयमा मन्त्रालयमा कुनै पनि छलफल भएको छैन। ‘पानीजहाजको विषयमा छलफल थिएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘प्रधानमन्त्री कार्यालयमा छलफल भएको हुनसक्छ।’

टोकियो ।

जापान अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुको गन्तव्य सुचिमा शिर्ष स्थानमा पर्छ । यसलाई काठमाडौं उपत्यका सहित देशभरका मुख्य शहरमा जापान अध्ययनमा पठाउन सघाउने भन्दै खोलिएका कन्सल्टेन्सीहरुले समेत पुष्टि गर्छ ।

पछिल्लो एकदशकमा दशौं हजार विद्यार्थी अध्ययनका लागि आएको जापानमा केही महिना यता भने केही कडाइ गरिएको यससँग सम्वन्धित सरोकारवालाहरुले बताउने गरेका छन् । कडाई अनावश्यक कुरामा भन्दा पनि पेश गरिएका कागजात, तयारी र अध्ययनमै जाने सोच वा तयारी हो होइन भन्ने जापानी नियमानुसारको प्रक्रियाको शुक्ष्म जानकारी लिने काम भने पक्कै भएको जापान अध्ययनका लागि विद्यार्थीमा भिषा आवेदन दिएर उत्तिर्ण भएका तथा अस्विकृत भएकाहरुको जानकारीले पनि देखाउँछ ।

त्यसो हो भने अध्ययनकै लागि जापान आउन चाहनेहरु किन यो कडाई गरिएको भन्ने प्रक्रियाबाट तर्सने त ? आउनुहोस् हामीले यहाँ जापान विद्यार्थीमा आवेदन दिंदा तपाईलाई नेपालस्थित जापानी राजदूतावासले सोध्नसक्ने केही विषयहरुको बारेमा लेखेका छौं । जसले तपाईलाई अवश्यपनि जापान अध्ययनको सपना साकार पार्न सघाउनेछ

तपाई अन्तर्वार्ताको लागि बस्नुभएपछि सोधिने पहिलो प्रश्न हुनसक्छ जापानी भाषा तपाई कत्तिको बुझ्नुहुन्छ ? अर्थात् にほんご が わかりますか?

यसको सजिलो र नेपालबाट भाषा अध्ययनमा आउने विद्यार्थीले सामान्यत हाइ सुकोसी वाकारिमास भन्दा हुन्छ ।

यही प्रश्नलाई सोध्ने व्यक्तिले にほんご が できますか? भनेर सोध्नपनि सक्छ जसको अर्थ वा आशय भनेको एउटै हो अर्थात् तपाई जापानीभाषा कत्तिको आउँछ भन्ने नै हो ।

त्यसैले यस्ता प्रश्न सोध्दा नझुक्किकन तपाईले उत्तर दिंदा हुन्छ ।

जापानी भाषामा कुनैपनि शब्दलाई आदरसाथ सम्वोधन वा उच्चारण गर्नुपर्दा ओ लाई शब्दको अगाडी जोडेर उच्चार गरिन्छ । जस्तो कि ओ नामाएवा नान् देश्का ? तपाईको नाम के हो ? त्यसैले यसमा तपाईले जसरी सोधेपनि सोधिएको प्रश्न एउटै हो भनेर तयारी गरि ढुक्क भएर जानुपर्दछ ।

तपाईलाई जापानी भाषा कत्तिको आउँछ वा बुझ्नुहन्छ ? भनेर सोधेपछि सोधिने प्रश्न भनेको तपाईको नाम हो । अर्थात् जुन तपाईले आवेदन गर्दा पासपोर्टमा जे नाम लेख्नुभएको छ त्यही उत्तर दिनुपर्दछ ।

जसलाई अन्तवार्तामा बस्ने व्यक्तिले あなたの おなまえは なん ですか。भनेर सोध्ने गर्छन् ।

यसलाई फरक शैलिमा तपाईको जानकारी दिनुस् न भनेर केही माथिल्लो स्तरमा じこしょうかいおねがいします。पनी भन्न सक्छन् । अथवा おなまえは?मात्र भने भनेत तपाईले अवश्य नै बुझ्नु हुन्छ नै होला । त्यसैले तपाइँको नाम के हो ? तपाईको परिचय दिनुहोस्, तपाइँको नाम ? मात्र भनेर सोधेभने तपाईले आफ्नो पुरा नाम नअड्कि कन अर्थात् वातासिनो नामाएवा…… देश । भनेर उत्तर दिनुहोला । कतिपय अन्तवार्तामा कसैको नामलाई सम्वोधन गर्दा सान् अर्थात् जि सम्वोधन गरिने हुँदा आफ्नो नाम भन्दापनि वातासिनो नामाएवा ….सान् देस् भनेको रमाइलो घटना सुनिन्छ । त्यसैले आफुले आफ्नो नाम लिंदा कहिल्यैपनि सान् प्रयोग नहुने कुरालाई तपाईले हेक्का राख्नुपर्दछ ।

भाषा, परिचय पछि सोधिने नेपाली कुराकानी अनुसारनै त्यसपछि हाम्रो ठेगानाका बारेमा सोधिन सक्छ । अर्थात् おうちは どこ ですか ? तपाईको घर कहाँ हो ? यसलाई しゅっしんちはなんというところですか? एवं おすまいは? मात्र भनेर पनि सोध्न सक्छन् ।

प्रश्न गर्दा जसरी गरेपनि सोधिएको प्रश्न मेरो घर ठेगानाकै हो भन्ने शब्द सुनेर पनि तपाईले पत्ता लगाउन सक्नुहुन्छ । कतिपय अवस्थामा तपाईले झुक्किनुभयो र सोच्न केही सेकेण्ड ढिला होला जस्तो भयो भन्ने अवस्थामा सुमीमासेन मो इचिदो ओनेगाई सिमास । भनेर कृपयाँ अलि बुझिन फेरी एकपटक भनिदिनसक्नुहुन्छ भनेर विनम्र भाषामा अनुरोध पनि गर्न सक्नुहुन्छ । त्यो अवस्थामा उनिहरुले त्यही प्रश्नलाई विस्तारै तर केही ठुलो स्वरले सोध्नेछन् । जसले तपाईलाई उत्तर दिन सहज हुनेछ ।

ओउचिवा दोको देशका भनेर सोध्न सक्ने प्रबल सम्भावना रहेपनि माथि उल्लेख भएका अन्य शब्द जोडेर सोधिएपनि तपाइँको जन्मस्थल ठेगाना सोधिएको हो भन्ने कुरा बुझेर तपाईले जहाँ बसिराख्नुभएको छ त्यहाँ भन्दा पनि आफ्नो आवेदन दिंदा उल्लेखित सक्कल कागजातमा उल्लेख भएको जन्मस्थानको ठेगाना भन्नुभएमा राम्रो हुनेछ ।

यस बाहेक तपाईलाई जापान अध्ययन गर्न जान खोज्नुको कारण के हो ? जापान गएर के गर्ने योजना बनाउनु भएकोछ ? पढाइ सकेर के गर्नुहुन्छ ? जापानमा तपाईको को छ ? लगायत जापान सम्वन्धित प्रश्नहरु सोधिन सक्छ ।

यस्तै नेपालकै बारेमा सोध्दा तपाईको जन्ममिति कहिले हो ? तपाईको बुवाले के काम गर्नुहुन्छ ? परिवारमा कतिजना सदस्यह हुनुहुन्छ ? तपाईको स्कुल कुन हो ? अहिले कहाँ कतिमा बढ्नुहुन्छ ? यस्तै प्रश्नहरु सोध्नेछन् । जुन सामान्य आम भेटघाटमा हामी अपरिचित व्यक्तिसँग कुराकानीमा गर्नेगर्छौं । त्यसैले सोधिएका प्रश्नको तपाईले सबैको सहि उत्तर दिनु अत्यावश्यक त छँदैछ त्यो भन्दा बढी महत्वपूर्ण तपाईले दिनुभएको उत्तर आवेदनमा संलग्न कागजातसँग हुबहु मिलेको हुनुपर्नेछ । जसले गर्दा तपाईले बुझाउनुभएको कागजात सबै सत्यछन् भन्ने पुष्टि गर्दछ ।

त्यसैले हालैका दिनमा जापानमा विद्यार्थीका रुपमा भिषा आवेदन दिएर जापानको इमिग्रेसनबाट जापान आउने अनुमतिपत्र जसलाई अँग्रेजीमा सर्टिफिकेट अफ इलिजिबिलिटी भनिन्छ जापानीमा 在留資格認定証明書 लेखिएको हुन्छ । यस्तो पत्र पाएर पनि नेपालस्थित जापानी दुतावासले अस्विकृत गरेका घटनाहरु भएका छन् । यसको मुख्य कारण भनेको जापान आउने तयारी विद्यार्थीले ज्यादै न्युन गरेको तथा पेश गरिएका कागजात र अन्तर्वातामा बताएका तथ्यहरु फरक पर्न गएमा आवेदकले कागजातमा जालसाँजी गरेको छ वा तयारी पुगेको छैन भने अस्विकृत गरिदिने प्रवल सम्भावना रहन्छ ।

यसरी भिषा अस्विकृत भएको खण्डमा जापानस्थित कलेजमा बुझाइसकेको रकम फिर्ता नपाएको वा नेपालस्थित कन्सल्टेन्सीहरुले ढिलो गरी रकम उपलब्ध गराउने र सबै फिर्ता नगर्ने जस्ता समस्या बढ्नेगरेका छन् । त्यसैले अध्ययनको लागि आउने मानसिक तयारीसँग कागजात र अन्तवार्ताको लागि तयारी गर्दा तपाईले अन्र्तवार्तामा सोधिनसक्ने प्रश्नहरुको बारेमा पनि तयारी गर्नुभएमा तपाईको जापान यात्रा सुनिश्चित त हुनेनै छ यसले तपाईको जापानमा रहँदाको समयलाई पनि सजिलोसँग अघि बढ्न सघाउनेछ ।

काठमाडौं । केही दिनअघि काठमाडौंकी सरिता मानन्धर (थर परिवर्तन) स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको मोडल अस्पताल पुगेकी थिइन् । उनको पेटमा आठ महिनाको बच्चा थियो ।
मोेडल अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउँदा उनको शीररमा पानीको मात्रा ७.५ सिएम मात्रै देखियो । गर्भवती महिलामा पानीको मात्रा यति देखिनु भनेको गम्भीर समस्या हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

चिकित्सकले उनलाई बच्चामा समेत समस्या देखिने भन्दै तत्काल अप्रेसन गर्न सल्लाह दिए । चिकित्सकको सल्लाह विश्वास नलागेपछि उनी थापाथलीस्थित प्रसूतिगृह पुगिन् र स्वास्थ्य जाँच गराइन् । उनको शरीरमा १४.५ सिएम पानी देखियो भने बच्चाको अवस्था पनि राम्रो देखिएपछि उनी घर गइन् ।

निजी स्वास्थ्य संस्थाले पैसा कमाउने नाममा अनावश्यक सुझाब दिएर अप्रेसन गर्न लागाउने गरेको मानन्धरले बताइन् । ‘बच्चामा समस्या छ, उल्टो बसेको छ, आमालाई जे पनि हुन सक्छ, अप्रेसनको समय लिइहाल्नुस्’ निजी अस्पतालका चिकित्सकले हरेक गर्भवती महिलालाई भन्ने भनाइ हो यो । शल्यक्रिया अर्थात् ‘सिजेरियन’ गरी बच्चा जन्माउने प्रचलन बढ्दै गएपछि सामान्य अवस्थामा रहेका गर्भवती महिला पनि विभिन्न बहानामा शल्यक्रियामार्फत बच्चा जन्माउन बाध्य भएका छन् ।

‘सिजेरियन’ डेलिभरी दोब्बर वृद्धि

चालू आर्थिक वर्षमा उपत्यकामा जम्मा ३३ हजार ८०३ जनाको डेलिभरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । ‘त्यसमध्ये १२ हजार १५९ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको छ,’ जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेले भने, ‘उपत्यकामा ३६ प्रतिशत डेलिभरी शल्यक्रियाका माध्यमबाट भएको देखिएको छ, तर अस्पतालअनुसार फरक–फरक हेर्दा डेलिभरीको प्रतिशत अपत्यारिलो छ ।’

सरकारी स्वास्थ्य संस्थाको अवस्था सामान्य रहे पनि निजी अस्पतालको अवस्था भने दयनीय रहेको उनले बताए । निजी अस्पतालमा ‘सिजेरियन’ डेलिभरी पाँच गुणाले बढेको देखिएको बिजुक्छेले जानकारी दिए । उपत्यकाका एक हजार स्वास्थ्य संस्था जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा दर्ता भएका छन् ।

उनीहरूले उपलब्ध गराएको तथ्यांक हेर्दा आवश्यक मापदण्डभन्दा पाँच गुणा बढी डेलिभरी अप्रेसनका माध्यमबाट हुने गरेको छ । देशभरको समग्र तथ्यांक हेर्दा नेपालले आवश्यक टार्गेट पनि पूरा गरेको छैन । जम्मा सात प्रतिशत मात्रै डेलिभरी अप्रेसनका माध्यमबाट भएको देखिन्छ ।

ओम, ग्रान्डी र बयोधामा धेरै हुन्छ शल्यक्रिया

सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी शल्यक्रिया ओम अस्पताल, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र बयोधा अस्पतालमा हुने गरेको छ । उनीहरूले समयअगावै गर्भवती महिलालाई मानसिक रूपमा तयार रहन आग्रह गर्ने र नमाने समस्या आउने भन्दै सल्लाह दिने गरेको उनीहरूले गुनासो गरेका छन् । बिजुक्छेका अनुसार विश्व स्वास्थ्य संगठनको मान्यताअनुरूप बढीमा १५ प्रतिशत मात्रै अप्रेसन गर्न पाइन्छ । तर, नेपालमा त्यसको ठीक उल्टो छ ।

ग्रान्डी ८३ प्रतिशत, ओम ८७ प्रतिशत, बयोधा ९९ प्रतिशत र भ्याली मातृत्व अस्पताल तथा नर्सिङ होमले ८५ प्रतिशत अप्रेसन गरेका छन् । मन्त्रालयले ठूलो संख्यामा डेलिभरी गर्दा शल्यक्रिया गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतम निजी स्वास्थ्य संस्थाले नर्मल डेलिभरी गराएर जोखिम मोल्न नचाहेको बताउँछन् । ‘सरकारी अस्पतालमा कसैको मृत्यु भएमा क्षतिपूर्तिको कुरा आउँदैन,’ उनले भने, ‘तर निजी अस्पतालमा कसैको मृत्यु भए तोडफोड हुने भएकाले उनीहरूले शल्यक्रियाका माध्यमबाट बच्चा जन्माउने गरेका हुन् ।’ गौतमले सरकारीमा धेरै डेलिभरी भएकाले समय नपाएका कारण निजीमा जाने गरेको पनि सुनाए । ‘सबैले जबर्जस्ती शल्यक्रिया गर्छन् जस्तो मलाई लाग्दैन, तर केही डाक्टरले भने गर्न सक्छन्,’ उनले भने ।

ओम अस्पतालका कार्यकारी निर्देशक बाबुकाजी कार्कीले कुनै अस्पतालले गर्न नसकेको केस ओममा आउने भएकाले शल्यक्रियाको प्रतिशत धेरै देखिएको दाबी गरे ।

स्वास्थ्यमन्त्री अर्याल चिन्तित

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले निजी स्वास्थ्य संस्थाको डेलिभरीको तथ्यांक उदेकलाग्दो भएको बताइन् । ‘विश्व स्वास्थ्य संगठनले एउटा मापदण्ड तय गरेको छ,’ उनले भनिन्, ‘यसको खिल्ली उडाउँदै निजी अस्पतालले सिजेरियन गरी बच्चा जन्माउने गरेको पाइयो, यसले मलाई गम्भीर भएर सोच्न बाध्य पारेको छ ।’

अर्यालले आफूले केही समय बुझेर यस विषयमा निर्णय लिने पनि बताइन् । ‘सरकारीमा कम र निजीमा बढी हुनुपर्ने कुनै कारण छैन,’ मन्त्री अर्यालले भनिन्, ‘कतिपय गम्भीर अवस्थामा आएका हुन सक्छन्, जसले प्रतिशतमा बढी देखिएको हुन्छ । तर, सबै स्वास्थ्य संस्थामा नर्मलभन्दा ‘सिजेरियन’ गरी बच्चा जन्माउने प्रतिशत बढी हुनुले सरकारलाई सोच्न बाध्य पारेको छ ।’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ करिब ४५ मिनेट एकान्त वार्ता भएको छ । प्रधानमन्त्री ओली र मोदीबीच शनिबार पनि दुई चरण वार्ता हुने तय भएको छ । हैदराबाद हाउसमा बिहान ११ः३० बजे रेस्ट्रिक्टेड वार्ता र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दिवाभोजसहित जम्मा अढाइ घन्टा मोदी र ओली सँगै रहनेछन् ।

नयाँ पत्रिका छलफलका एजेन्डाबारे यस्तो लेख्छ-

-महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको विस्तृत प्रतिवेदन टुंग्याउन नेपालले आग्रह गर्नेछ । प्राविधिक तहमा नेपालको चासो सम्बोधन हुनुपर्नेमा नेपालको जोड हुनेछ ।

-प्रतिबन्धित हजार र पाँच सय दरका भारतीय नोट सटहीमा सहजीकरण गर्न पुनः आग्रह हुनेछ । यसबारे भारतको रिजर्भ बैंक अफ इन्डिया र नेपाल राष्ट्र बैंकको उच्च तहमा छलफल हुँदै आए पनि टुंगिएको छैन ।

-जनकपुर, नेपालगन्ज, महेन्द्रनगरबाट ‘एयर इन्ट्री’ अनुमतिका लागि नेपालले प्रयास गरिरहेकोमा थप विराटनगरबाट पनि जहाज आउन पाउनुपर्ने धारणा नेपालले राख्नेछ । यसबारे नेपाल र भारतबीच पटकपटक भएका वार्ता निष्कर्षविहीन हुँदै आएका छन् । भारतले गोरखपुरको हवाई सैनिक हेडक्वार्टरको सुरक्षा संवेदनशीलता देखाउँदै त्यस आसपासबाट नेपालतर्फ जहाज भित्रिने रुटको अनुमति दिएको छैन ।

-इनर्जी बैंकिङका लागि प्रस्ताव गर्ने सरकारी तयारी छ । यसका लागि उत्तरप्रदेश र बिहार सरकारसँग सहजीकरण गर्न नेपालको माग हुनेछ ।

-नेपाली उत्पादकहरूका लागि भारतीय बजारमा सहज पहुँचका लागि प्रस्ताव गरिने छ । नन ट्यारिफ ब्यारिअर हटाउन थप प्रस्ताव गर्ने तयारी छ ।

– भारतीय अनुदान तथा ऋणमा बन्न लागेका परियोजनाहरूमा सामग्री, ठेकेदारजस्ता बिषयमा भारतीय अडान नराख्न आग्रह हुनेछ ।

– युरिया मल, डीएपी, पोटासको नियमीत आपूर्तिका लागि आग्रह हुनेछ, गोरखपुरबाट ग्यास पाइपलाइन काठमाडौं लैजाने बिषयमा छलफल हुनेछ ।

– नेपाल र भारतबीच विगतमा भएको ऊर्जा व्यापार सम्झौता कार्यान्वयन सम्झौताको स्पिरिटका आधारमा गर्नुपर्ने प्रस्ताव नेपालले दोहोर्याउनेछ । भारतले ५१ प्रतिशत लगानीकर्ता उसका नागरिक रहेका परियोजनाबाट मात्रै विद्युत् खरिद गर्ने कार्यविधि निर्माण गरेकोमा यसलाई पुनर्विचारका लागि प्रस्ताव गरिनेछ । भारतको पावर एक्सचेन्ज मार्केटमा नेपालको विद्युत् सहज रूपमा बेचबिखन गर्न सकिने अवस्था सिर्जना गर्न सरकारले भारतलाई औपचारिक आग्रह गर्नेछ ।

– कोसी सम्झौताअनुसार कोसी ब्यारेजको दश किलोमिटर व्यासमा भारतले बिजुली उपलब्ध गराउनुपर्नेमा हालसम्म नगराएको विषयमा पनि सरकारले भारतको ध्यानाकर्षण गराउनेछ । गण्डकलगायत अन्य स्थानका डुबानका बिषयमा पनि ध्यानाकर्षण गराउने नेपालको तयारी छ ।

– अरुण तेस्रोको सिलान्यास हुने अवस्थामा माथिल्लो कर्णाली जलविद्यूत आयोजना शीघ्र कार्यान्वयनका लागि जीएमआरसँग सहजीकरण गर्न नेपालले आग्रह गर्नेछ ।

– दोधारा–चाँदनी सीमापार कनेक्टिभिटीमा जोड दिनेछ। त्यहाँ इन्ल्यान्ड कन्टेनर डिपोर्ट (आइसिडी) निर्माणमा जोड दिनेछ ।

– कोशी नदीमा सानो आकारको पानीजहाज सञ्चालनका लागि सहजीकरण गर्न नेपालले प्रस्ताव गर्नेछ ।

-बीरगञ्जसम्म आउने बल्क कार्गो सुनौली र जोगबनीसम्म पनि ल्याउने व्यवस्था गर्न आग्रह गर्नेछ ।

– सार्क प्रक्रिया अघि बढाउन भारतलाई आग्रह हुनेछ ।

– चीन र भारतीय लगानीका संयुक्त परियोजना निर्माणमा नेपालको जोड हुनेछ । भारतीय लगानीकर्तालाई लगानी र भौतिक सुरक्षाको प्रत्याभूति हुने विश्वास नेपालले गराउनेछ ।

काठमाडौं । सरकारले तोकेको भाडादरभन्दा बढी भाडा लिने सवारीलाई गरिएको कारबाहीबाट विभागले एक करोड रुपैयाँ राजस्व संकलन गरेको छ। पछिल्लो समय सार्वजनिक यातायातमा ठगी रहेको भन्दै विभागमा उजुरी आएपछि विभागले अनुगमन सुरु गरेको र अनुगमनका क्रममा गरिएको कारबाहीस्वरूप १ करोड रुपैयाँ राजस्व संकलन गरिएको विभागले जानकारी गराएको हो। उपत्यकाका सवारीसाधनहरूले १३ रुपैयाँ भाडादर कायम भएका ठाउँमा १५ रुपैयाँ लिने गरेका छन्।

त्यस्तै, १७ र १८ रुपैयाँ तोकिएको ठाउँमा २० रुपैयाँ भाडा लिने गरेको समेत विभागले जानकारी दिएको हो। ठगीबारे सर्वसाधारणको उजुरी बढ्न थालेपछि विभाग अनुगमनमा सक्रिय भएको बताउँदै विभागका निर्देशक तुलसीराम अर्यालले सवारीमा एक रुपैयाँ मात्रै बढी लिए पनि कारबाही हुने बताए। अहिले विभागले बढी भाडा असुल्ने सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना गरिरहेको छ। यातायात व्यवस्था विभागले यात्रु ठगिने क्रम रोक्नका लागि आफ्नो अनुगमनसमेत निरन्तर जारी रहने प्रतिबद्धता जनाएको छ। राजधानी दैनिकमा समाचार छ ।

काठमाडौं ।

प्रधानमन्त्री बनेलगत्तै भारत भ्रमणमा जाने हल्लाका बिच चिन भ्रमणमा जानसक्ने एमाले नेताहरुको अभिव्यक्ति विपरित भारतबाटै तीनदिने राजकीय भ्रमण थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिन समकक्षी नरेन्द्र मोदी सहित आधा दर्जन भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरबाट प्रधानमन्त्री ओलीसँगको भेटवार्ता सार्वजनिक गरेका हुन् । तीनदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान रक्षामन्त्री ईश्वर पोख्रेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेर नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओली र मोदीबीच एक्लाएक्लै करिव २ घण्टा वार्ता भएको बताइएको छ । ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भारत प्रस्थान गरेका थिए

को को संग भेटे प्रधानमन्त्री ओलीले

ओलीले दिल्लीमा सबैभन्दा पहिले भारतीय राजनीतिज्ञको रुपमा चिनिने शरद यादवसँग भेटवार्ता गरे । त्यस लगत्तै प्रतिपक्षी दल भारतीय काँग्रेस आईका अध्यक्ष राहुल गान्धी र भारतीय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह सहितको टोलीले प्रधानमन्त्री ओलीलाई राष्टपति भवनमा भेट गरेको थियो ।

लगत्तै भारतीय राष्टि«य सुरक्षा सल्लाहकार अजित दोभालले भेट गरेका थिए । मोदीका विश्वासपात्रको रुपमा हेरिएका चतुर व्यक्तिको रुपमा समेत निनिने दोभालसँगको भेटलाई प्रधानमन्त्री मोदीसँगको भेटको तयारीका रुपमा बुझिएको थियो ।

शिष्टाचार भेटमा नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाल भारत सम्बन्धका बारे छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताएका छन् ।

डिसेम्बरमा कांग्रेस आईको अध्यक्षको पदभार ग्रहण गरेका राहुल गान्धीले भने नेपालका उच्च राजनीतिकको रुपमा भेट गरेका ओली पहिलो राजनीतिज्ञ हुन् । त्यसैगरी साँझ प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग डेढ घण्टा वार्ता गरेका छन् ।

को सँग के बारे कतिसमय भेटवार्ता

तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् । शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६ बजेदेखि ८ बजेसम्म ‘एक्ला एक्लै’ वार्ता भएको हो ।

पूर्वनिर्धारित कार्यक्रमभन्दा अगाडि नै ओली र मोदीबीच दिल्लीको लोक कल्याणकारी मार्गस्थित सरकारी निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि पत्रकारसँग ओलीले भने, ‘नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृतमा छलफल भएको छ ।’भारतसँगको असमझदारी हटेको हो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले असमझदारी यसअघि नै हटिसकेको बताए ।

‘नेपाल भारतबीच त्यस्तो असमझदारी केही पनि थिएन’, प्रधानमन्त्री ओलीले भने, ‘भएका असमझदारी यसअघि नै घटिसकेका छन् ।’ओली र मोदीको भेटवार्तामा जलविद्युत्मा लगानी, रेलमार्ग निर्माणको विषयमा समेत कुराकानी भएको छ । दुई प्रधानमन्त्रीबीच भएको कुराकानीको विस्तृत विवरण भने आउन बाँकी छ ।

ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सल्लाहकार विष्णु रिमालसमेतलाई नलिई मोदीलाई भेट गर्न रेसकोर्स गएका थिए ।

भेट पूर्वनिर्धारित थिएन ।

प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘एक्लाएक्लै’ भेट तय भएको थियो । नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि मोदीले यसरी नै सरप्राइज भेट गरेका थिए ।

यसअघि नेपाल एयरलायन्सको विमानबाट बिहान १०ः४५ मा दिल्ली पुगेका ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।

सिंह भारतीय जनता पार्टीका तेस्रो वरीयताका नेता तथा पार्टीका पूर्वअध्यक्ष हुन् ।

ओलीको स्वागतका लागि सिंहसँगै भारतीय वित्तीय राज्यमन्त्री शिवप्रताप शुक्ल पनि विमानस्थल पुगेका थिए । नेपाली दूतावासका तर्फबाट ओलीको स्वागतका लागि कार्यवाहक राजदूत भरतकुमार रेग्मी विमानस्थल पुगेका थिए ।

भारत सरकारले प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा राख्ने व्यवस्था गरे अनुसार ओली त्यहीँ बसेका छन् । विमानस्थलबाट सीधै राष्ट्रपति भवन पुगेका ओली केही बेरको आरामपछि धौलाकुँवास्थित ताज प्यालेसमा भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्न पुगेका थिए ।

नेपाली दूतावासमा साँझ प्रधानमन्त्री ओलीले प्रवासी नेपालीलाई सम्बोधन गरेका छन् । प्रवासीसँगको छलफलपछि प्रधानमन्त्री ओली नेपाली दूतावासले उनको सम्मानमा दि इम्पेरियल होटलमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

भारतीय व्यापारीलाई लगानी गर्न ओलीको आह्वान

प्रधानमन्त्री ओलीले विश्वस्त भएर नेपालमा लगानी गर्न भारतीय व्यापारिलाई आह्वान गरेका छन् । भारतीय विदेश मन्त्रालयको आयोजना तथा भारतीय उद्योग परिसंघ, भारतीय उद्योग वाणिज्य महासंघ तथा एसोच्यामको सहआयोजनामा भएको कार्यक्रममा ओलीले भारतीय लगानीकर्ताको लगानी नेपालमा सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका थिए ।

‘हामी तपाईंहरूलाई सुन्न तयार छांै । आउनुस् नेपालमा लगानी गर्नुस्’ प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीलाई आह्वान गर्दै भनेका थिए । नेपालमा वाम गठबन्धनको सरकार आएपछि उदार अर्थव्यवस्थाबाट पछाडि फर्कने हो कि भन्ने भारतीय लगानीकर्ताको आशंकातर्फ संकेत गर्दै ओलीले भने, ‘तीन चौथाइभन्दा बढी संसद्को बहुमतबाट नेपालमा स्थिर सरकार बनेको छ ।

लगानीका लागि अनुकूल वातावरण छ । स्थिर सरकार भनेकै स्थिर नीति नियम हो । हामी आर्थिक उदारीकरणलाई आत्मसात् गर्छौं । हामीकहाँ राजनीतिक परिवर्तन मात्र पूरा भएको छैन । युग नै परिवर्तन भएको छ । हामी देखिने परिवर्तन गर्न चाहन्छौं । आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि परिवर्तन चाहन्छौं ।’

जलविद्युत् पर्यटन तथा कृषि क्षेत्रको लगानी प्राथमिकतामा रहेको ओलीले बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालका लागि भारत चीनभन्दा ठूलो व्यापारिक साझेदार रहेको भन्दै भारतीय लगानीकर्तालाई लगानीका लागि आग्रह गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले कार्यक्रममा नेपालको सन् २०३० सम्म १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्य प्रस्तुत गरेका थिए । त्यसैमा आधारित रहेर भारतीय पक्षका उद्योगी व्यवसायीले नेपालको जलविद्युत् क्षेत्रमा बढी चासो देखाएका थिए ।

यस्तै प्रधानमन्त्री ओलीले भारतमा रहेका प्रवासी नेपालीलाई स्वदेश फर्किने वातावरण बनाउने आश्वासन दिएका छन् ।

उनले भने, ‘मुलुकमा संक्रमणकाल अन्त्य भएर विकासका निम्ति अग्रसर भएको अवस्थामा तपाईंहरूलाई स्वदेश फर्किने वातावरण बनाउँछु ।’

प्रवासी नेपालीलाई सम्बोधन गर्ने क्रममा अचानक हावाहुरी आएपछि बीचमै प्रधानमन्त्रीको सम्बोधन रोकेर दूतावास निवासमा सुरक्षाकर्मीले पुर्याएका थिए ।

प्रधानमन्त्रीको सम्बोधनपछि प्रवासमा क्रियाशील दलका भ्रातृ संगठनले ज्ञापनपत्र बुझाउने कार्यक्रम हावाहुरीका कारण बिथोलिएको थियो । दूतावासको विशेष कक्षमा कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति, एमालेनिकट प्रवासी नेपाली संघ, अखिल नेपाली एकता मञ्च तथा मूल प्रवाह अखिल भारत नेपाल मूल प्रवाह समितिले संयुक्त रूपमा १६ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

तीनदिने भारत भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किनेछन् ।

काठमाडौं । यातायात व्यवस्था विभागले सबै सडकमा रट परमिट खुलाउन देशभरका यातायात कार्यालयहरुलाई निर्देशन दिएको छ । शुक्रबार मातहतका कार्यालयहरुलाई परिपत्र गरी देशभरका सबै रुटहरुमा नयाँ सवारीलाई परमिट दिन विभागले निर्देशन दिएको हो ।

सरकारले सिन्डिकेट मान्दैनौं भने पनि देशभरका सार्वजनिक यातायातमा अघोषित सिन्डिकेट भने कायमै रहेदै आएको छ । पछिल्लो पटक अरनिको राजमार्गमा सिन्डिकेट तोडिएपछि उत्साहित बनेको विभागले देशभरका सडक पनि रुट परमिट खुला गर्ने निर्णय गरेको थियो ।

अहिले पश्चिम नेपालका साथै पृथ्वी राजमार्ग र बटुवलबाट पश्चिम जाने रुटहरुमा सिन्डिकेट छ । मयुर यातायातले काठमाडौं-बनेपा रुटमा सवारी चलाउन इजाजत पाएपछि ११ वटा समितिले विरोध गरेका थिए ।