प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच ‘वान टु वान’ भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। nलोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री मोदी निवासमा प्रधानमन्त्री ओली र मोदीबीच अनौपचारिक भेटवार्ता भएको हो।
मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए । ओली परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार विष्णु रिमाल समेत नलिई रेसकोर्स गएका थिए । भारतीय प्रधानमन्त्री मोदीले ट्विट गर्दै भेटवार्ताको फोटा पोस्ट गरेका छन्। उनले ट्विटमा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटले हर्षित छु।’

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शनिबार प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा औपचारिक वार्ता हुनेछ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय उद्योगी व्यापारीलाई सम्बोधन गरेका थिए। ५४ सदस्यीय भ्रमण टोली लिएर भारतको राजकीय भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीलाई नयाँ दिल्ली स्थित विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए।

यसकारण रानीपोखरीमा लगानी गरिएको साढे तीन करोड स्वाहा

काठमाडौं । सरकारले समयमै सही निर्णय लिन नसक्दा बालगोपालेश्वर मन्दिरसहित रानीपोखरीको पुनर्निर्माणमा लगानी भएको साढे ३ करोडभन्दा बढी रकम खेर जाने भएको छ। मौलिक सम्पदाको स्वरूप बिग्रने गरी बनेका संरचना भत्काएर पुरानै निर्माण सामग्री प्रयोग गरी बनाउने निर्णय भएपछि साढे ३ करोडभन्दा धेरै लगानी स्वाहा भएको हो।

अब अहिलेसम्म बनाइएका कंक्रिटका सबै संरचना भत्काइने भएको छ। सरोकारवालासँगको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले रानीपोखरी पुनर्निर्माणमा कंक्रिट संरचना भत्काउने निर्णय गरेका हुन्। भूकम्पमा क्षतिग्रस्त मन्दिर र पोखरी पुनर्निर्माण डेढ वर्ष अघिदेखि सुरु भए पनि कंक्रिटको प्रयोग गरिएपछि विवादित बनेको थियो।

बिहीबार महानगरपालिका पुगेका पर्यटनमन्त्री अधिकारीको उपस्थितिमा महानगरपालिका प्रमुख, उपप्रमुख, पुरातत्व विभागका महानिर्देशक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत सरोकारवालासँग गरेको छलफलले यस्तो निर्णय गरेको हो। कंक्रिट संरचनाले नेपालको मौलिक सम्पदा नासिने ठहर गर्दै अहिलेसम्म बनेका सबै संरचना भत्काइने निष्कर्षमा मन्त्रालय पुगेको छ। महानगरपालिकाले रानीपोखरीमा ३ करोड १० लाख रुपैयाँ बराबरको काम गरेकोमा २ करोड ३० लाख रुपैयाँ भुक्तानी दिइसकेको छ। विभागले मन्दिर मुनिको भाग र मन्दिरसम्म पुग्ने भागमा गरेको खर्चको विवरण खुलाएको छैन, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

ओलीको भ्रमण गैरकानुनीः भ्रमण निर्देशिका भन्छ– एक वर्षमा एउटा देशमा एउटा राजकीय भ्रमण हुनेछ

काठमाडौं । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा जाँदै छन् । राजकीय भ्रमणलाई मर्यादित बनाउन मन्त्रिपरिषद्ले पारित गरेको विशेष व्यवस्थाविपरीत हुने यस्ता भ्रमणले राष्ट्रको मर्यादालाई कमजोर बनाइरहेको छ ।

नेपाल सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमण, दिवा तथा रात्रिभोज एवं उपहारसम्बन्धी निर्देशिका, २०७२ को दफा १० ले स्पष्ट भनेको छ, ‘एक वर्षमा एउटा देशमा एउटा राजकीय भ्रमण हुनेछ ।’ प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा गत ९ भदौमा दिल्ली गएका थिए ।

त्यसको सात महिना १४ दिनमा शुक्रबार प्रधानमन्त्रीका रूपमै केपी ओली दिल्ली पुग्दै छन् । त्यस्तै, यसअघि ओली नै प्रधानमन्त्रीकै रूपमा ७ फागुन ०७२ मा दिल्ली पुगेका थिए । ६ महिनापछि ३० भदौ ०७३ मा प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्ड भारत पुगेका थिए ।

प्रधानमन्त्रीको भ्रमणमा योबाहेक अन्य व्यवस्था पनि मिचिएको छ । मन्त्रिपरिषदबाट निर्णय भएर सक्रिय अवस्थामा रहेको उक्त निर्देशिका अनुसार राजकीय भ्रमणमा प्रधानमन्त्रीले आफ्नो श्रीमती, प्रधानमन्त्री कार्यालयका सचिव वा सहसचिव, आफ्ना परराष्ट्र मामिला सम्वन्धी सल्लाहकार एक जना, आफ्नो निजी चिकित्सक, प्रधानमन्त्रीले चोहेको एकजना सहयोगी, दुइ जना सुरक्षाकर्मी वा एडिसी र अर्को एक जना सहयोगी लान पाउँछन् ।

तर प्रधानमन्त्रीको भ्रमण दलमा मुख्य सचिव समेत सहभागी हुने भएका छन् । यस्तै प्रधानमन्त्रीको प्रेस सल्लाहकार, प्रमुख राजनीतिक सल्लाहकार लाने व्यवस्था निर्देशिकामा छैन । नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रितालले प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदले स्वीकृत गरेको निर्देशिका कार्यान्वयन नगरि भ्रमण दल बनाएर कानुन उल्लंघनको अगुवाइ गरेको आरोप लगाएका छन् ।

उनले सरकारले निर्देशिका बनाउन र आवश्यकता अनुसार परिवर्तन गर्न सक्ने तर निर्देशिका यथावत राखेर त्यसको उल्लंघन गर्न नसक्ने बताए । पूर्व सचिव त्रितालले प्रधानमन्त्री ओलीले भ्रमण निर्देशिका विपरित टोली लिएर भारत गए त्यो कानुनी भ्रष्टाचार हुने टिप्पणी गरेका छन् ।

‘मन्त्रिपरिषदले स्वीकृत गरेको निर्देशिका, नियमावली पनि कानुृन हो, जतिवेलासम्म त्यो निर्देशिका खारेज गरिदैन, त्यस विरुद्ध अर्को निर्णय गर्न सक्दैन, पूर्व सचिव त्रितालले भने, मन्त्रिपरिषदले निर्देशिका परिवर्तन गर्ने अधिकार राख्छ तर भएको निर्देशिका उल्लंघन गर्ने अधिकार राख्दैन ।’

उनले काम नै नभएका मुख्य सचिवलाई समेत भ्रमणमा राखेर गलत सन्देश दिएको आरोप लगाए । ‘मुख्य सचिवको त्यहाँ कुनै काम हुँदैन । मुख्य सचिव इच्छा लागेर भ्रमणमा जाने पद पनि होइन । उनले भने, हाम्रा मुख्य सचिवले भारतमा प्रधानमन्त्रीको पछि लाग्नेमात्र हो ।’

मन्त्री र सचिव जान सक्छन्
त्रितालले प्रधानमन्त्रीबाट हुने यस्तो भ्रमणमा सम्वन्धित मन्त्रालयका मन्त्री र सचिव तथा सहसचिवहरु भने आवश्यकता अनुसार सहभागी हुन सक्ने बताए । भ्रमण निर्देशिका २०७२ ले पनि भ्रमणको अवसरमा गरिने वार्ता, सम्झौता तथा बैठकको विषयवस्तुसँग सम्वन्धित मन्त्रालयका उच्चस्तरीय सरकारी प्रतिनिधिहरु आवश्यकता अनुसार सहभागि हुने व्यवस्था गरेको छ ।

निर्देशिका अनुसार यस्तो हुनुपर्छ भ्रमण टोली
१, प्रधानमन्त्री
२, प्रधानमन्त्रीको श्रीमती
३, सचिव वा सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एकजना ।
४, प्रधानमन्त्रीका परराष्ट्र मामिला सम्वन्धी सल्लाहकार एक जना ।
५, प्रधानमन्त्रीका निजी चिकित्सक
६, प्रधानमन्त्रीले तोकेका एकजना सहयोगी
७, सुरक्षाकर्मी वा एडिसी दुइ जना
८, सहयोगी एकजना

परराष्ट्र मन्त्रालयसँग सम्वन्धित
१ परराष्ट्र सचिव
२, क्षेत्रीय वा बहुपक्षीय महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालय
३, राजनीतिक महाशाखा प्रमुख (सहसचिव), परराष्ट्र मन्त्रालय
४, भमण गर्ने देशको नेपाली रादूत र आवश्यकतानुसार तोकिएका दूतावासका अधिकारीहरु
५, शिष्टाचार महापाल
६, उपसचिव वा शाखा अधिकृत
७, शिष्टाचार अधिकृत वा शिष्टाचार असिष्टेन्ट

संचारसँग सम्वन्धित
पत्रकार तीन जना, उनीहरुमध्ये दुइ जना टेलिभिजन र एक जना राष्ट्रिय समाचार समितिबाट हुने व्यवस्था छ ।

अन्य – भ्रमणको अवसरमा गरिने वार्ता, सम्झौता तथा बैठकको विषयवस्तुसँग सम्वन्धित मन्त्रालयका उच्चस्तरीय सरकारी प्रतिनिधिहरु आवश्यकता अनुसार सहभागि हुने । (नयाँ पत्रिका दैनिक)

कहाँ–कहाँ छ देशमा यातायात सिन्डिकेट ?

काठमाडौं । सिन्डिकेटविरुद्ध सरकार आक्रमक
भइरहे पनि देशभर सिन्डिकेटको सञ्जाल भने कायम छ। पूर्व मेचीदेखि पश्चिम
महाकालीसम्म, प्रायजसो सबै पहाडी जिल्लामा सिन्डिकेट व्यप्त छ। पुराना
व्यवसायी समितिले नयाँ व्यवसायीलाई सडकमा प्रवेश गर्न नै रोक लगाउँदै आएका
छन्। देशभरका पुराना सडक यातायात व्यवसायी
समितिको कब्जामा छ। राजमार्ग र सडक सरकारले बनाएको छ तर यहाँ व्यवसायीको
कब्जामा छ। सरकारले बनाएका नीति नियममा समेत उनीहरुले ठाडो हस्तक्षेप
गर्छन्।

सरकार सिन्डिकेट हटाएको वर्षौ भइसकेको छ।
तर, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देशभर यातायात व्यवसायीको सिन्डिकेट छ।
नयाँ र सुविधा सम्पन्न बस सडकमा देखिएमा उनीहरु तोडफोडमा उत्रिहाल्छन्,
पिटाई खानुपर्छ। यातायात व्यवसायमा सिन्डिकेट मात्र होइन डनगिरी नै चल्छ।
नेपाल राष्ट्रिय यातायात महासंघमा आबद्ध भएका समितिले सडक चल्न पाउँछन्। प्रहरी प्रशासनदेखि राजनीतिक दलका
नेतासम्म उनीहरुको दबदबा छन्। रुट परमिटदेखि नयाँ समिति दर्तामा उनीहरुले
निर्देशनमा हुन्छन्। उनीहरुले चाहेमा नयाँ समिति दर्ता हुन्छन्, रुटपरमिट
पाउँछन् नत्र अरुले पाउँदैनन्।

पुराना व्यवसायी प्रतिस्पर्धाबाट डराएर
नयाँलाई आउनै दिदैनन्। अहिले दर्ता भएका समिति सबै एनजीओका रुपमा दर्ता
भएका छन्। उनीहरुले सरकारलाई कर समेत तिर्न पदैनन्। तराई जिल्लामा
समितिकाबीच नै केही प्रतिस्पर्धात्मक हुँदै गएपछि पहाडी जिल्ला सबैभन्दा
बढी सिन्डिकेटको शिकार भएका देखिन्छन्।

पूर्वमा सास्ती

पूर्वी यातायातको नाममा झापा, मोरङ,
सुनसरीमा सिन्डिेकट छ। उदयपुर र भोजपुर लगायतका पहाडी जिल्ला सबै भन्दा बढी
यातायत व्यवसायीको नियन्त्रण छ। धरानमा कोसी बस व्यवसायी संघ, पूर्वाञ्चल
बस व्यवसायी संघ, सप्तकोसी बस व्यवसायी संघ, संयुक्त बस व्यवसायी संघले
सिण्डिकेटको नेतृत्व गर्दै आएका छन्। सिडिन्केटका कारण धरानबाट पहाडी
जिल्ला घनकुटा, तेह्थुम, संखुवासभा, भोजपुर जाने यात्रुलाई सास्ती छ। नयाँ
बसमा चडेर गएमा बीच बाटैमा झारेर अलपत्र हुने डर छ। मुनाल यातायातमा चढेर
भोजपुर जाने हिँडेका यात्रुलाई धरानमै झारिएका छन्।

काठमाडौँ लगायत प्रदेश ३ सिन्डिकेटबाट
अछुतो छैन्। काटेश्वर पूर्व मयूर यातायातको गाडी चल्न नदिएपछि ठूलो हंगामा
नै भएको छ। सरकार सिन्डिकेटप्रति आक्रमक बने पनि अझै कंलकी थानकोट लगायतका
काठमाडौंका धेरै रुट सिन्डिकेटको कब्जामा छन्। हुदा हुदाँ त्रिभुवन
अन्तराष्ट्रिय विमानस्थलमा ट्याक्सीको सिन्डिकेट छ। त्रिभुवन विमानस्थलमा
२०८ वटा हरियो नम्बर प्लेटका ट्याक्सी चालक छन्। ती ट्याक्सी बाहेक अरु
विमानस्थलमा प्रवेश गर्न नै पाउदैनन्।

पश्चिममा उस्तै

पश्चिम नेपालमा सिन्डिकेटको प्रभावमा छ। पछिल्लो समय घट्दो क्रममा रहेन पनि
समिति मार्फत नै यातायात सञ्चालन भएका कारण सिमित व्यवसायी चाँजोपाँजोमा
नै यातायात क्षेत्र चलेका छन्। पोखरामा पर्यटक बस समेत सञ्चालन गर्न नगर
बसहरु अवरोध गर्थे तर अहिले भने त्यो अवस्था हटेको छ। अहिले समिति मार्फत्
संस्था दर्ता गरेर आलोपालो प्रणालीमा यातायात सञ्चालन भइरहेको बताउँदै
सिन्डिकेट कायम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले
स्वीकार गर्छन्।

अधिकारी अब भने कम्पनी दर्ता गरेर आउनेलाई
मात्रै इजाजत दिने बताउछन्। ‘अहिलेसम्म संस्था दर्ता भएर समितिमार्फत्
आलोपालो प्रथामा चलिरहेको छ, अब भने कम्पनीमार्फत् आएका व्यवसायीलाई मात्रै
इजाजत दिन्छौँ’, उनले भने।

उनले पोखरा–स्याङजा गल्याङ र अबुखैरिनी–गोरखाको रुटको लागि इजाजतको लागि
निवेदन परेको जानकारी दिए। ‘पोखरा– गल्याङको निर्णय भइसकेको छ, अब
अबुखैरिनी– गोरखाको अध्ययन भइरहेको छ,’ उनले भने। उनले सिन्डिकेटको अन्त्य र
प्रतिस्पर्धात्मक रुपमा यातायात व्यवसाय सञ्चालनको व्यवस्था गराउने
प्रतिबद्धता जनाएका छन् ।

नेपालगन्जमा रहेका भेरी यातायात व्यवसायी
समिति, बागेश्वरी यातायात व्यवसायी समिति, नमस्ते नेपाल यातायात व्यवसायी
समितिले सिन्डिकेटको नेतृत्व गरिरहेका छन्। नेपालगन्जबाट प्रदेश ६ र ७ जाने
बसमा तीनै समितिको हालिमुहाली छ।

उपभोक्ता संरक्षणहित मञ्च बाँकेका अध्यक्ष
बसन्त गौतम सिन्डिकेटका यात्रुको छनौट गर्न पाउने अधिकारको हन भएको
बताउँछन्। उनले सिन्डिकेट उपभोक्ताहित विरोधी भएको बताउँदै भने , ‘यसले
कालोबजारी र मोनोपोलीलाई प्रश्रय दिन्छ, त्यो स्वास्थ्य बजार विरोधी
क्रियाकलाप हो,’ उनले भने ।

राप्ती, जलजला, स्वर्गद्वारी र जलजला
प्रालि, आर्शिवाद लगायतका व्यवसायी समितिको रोल्पा, प्युठान, सल्यान र
दाङका राज छ। प्रदेश ७ मा पछिल्लो पटक सिन्डिकेटमा केही कमी आएपनि
निमिट्यान भने भएको छैन। कैलाली र कञ्चनपुरमा रहेका सिमित यायायात
व्यवसायीको यहाँ हालिमुहाली छ। डडेल्धुरा र डोटीका व्यवसायीको समेत
सिन्डिकेट छ। कैलाली र कञ्चनपुर हुँदै अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला
जाने केही व्यवसायी समितिका नाम सञ्चालित पुराना र थोत्रा बसमा यात्रुले
यात्रा गर्नु पर्ने अवस्था छ। प्रदेश ७ सुदूरपश्चिम, कालिका, उग्रतारा,
शैलेश्वरी र कालिका लगायत सिमित समितिको प्रभाव छ।

काठमाडौं आउने बस राम्रा सुविधा सम्पन्न
भए पनि पहाडी रुटमा चल्ने बस पुराना र थोत्रा छन्। पुरानामा बसमा यात्रुले
ठूलो सकसका साथ यात्रा गर्नु पर्ने बाध्यता छ। पछिल्ला दिनमा सरकारले
निर्णय कार्यान्वयनमा दृढताका साथ अघि बढ्दा देशभरको डिन्डिकेट हट्ने
देखिएको छ। (अन्नपूर्ण पोष्ट दैनिक)

आबेद्धारा इराकलाई सहयोग र पुर्ननिर्माणमा सहयोगको प्रतिवद्धता

टोकियो ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले युद्धका कारण तहसनहस बनेको इराकको पूर्ननिर्माणमा सघाउने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री आबेले इराकमा नागरिकहरुसँग रहेको हतियार सरकारलाई फिर्ता गर्ने अभियानसँगै नागरिकलाई व्यवसायिक प्रशिक्षण तथा पुर्ननिर्माणमा सहयोग गर्न जापानले नेतृत्व लिने बताएका हुन् ।

आबेले बिहिबार टोकियोमा इराकको पुर्ननिर्माण तथा सुरक्षा स्थापान बारे भएको एक अन्र्तराष्ट्रिय सम्मेलनमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

इराकी प्रधानमन्त्री हैदर अल अबादी सहित करिव ३० देश तथा विभिन्न अन्र्तराष्ट्रिय संगठनका अधिकारी सामेल सम्मेलनमा आबेले संवोधनका क्रममा जापानी प्रतिबद्धता जनाए ।

इराक सरकारले गएको डिसेम्बर महिनामा चरमपन्थी लडाकु समुह इस्लामिक स्टेटमाथि इराकमा बिजय हाँसिल गरेको घोषणा गरेपनि इराकमा कयौं साना ठूला चरमपन्थी संगठनहरु सरकार बिरुद्ध हतियार सहित बिद्रोह तथा आक्रमण गरिरहेका छन् ।

आबेले संवोधनका क्रममा भनेका छन् सच्चा जीत त्यतिबेला हुनेछ जब समृद्धिसँगै सुरक्षा स्थापना गर्न सकिन्छ जुन समय हिंसात्मक कट्टरपन्थीहरुले फेरी टाउको उठाउन सक्नेछैनन् ।

आबेले भने जापान इराकमा सरकारी नियन्त्रण बाहिर रहेको हतियार नियन्त्रण लिन तथा हतियार लिएर बसेकाहरुलाई व्यवसायिक प्रशिक्षणसँगै समृद्धि स्थापना गर्न र इराकको पुर्ननिर्माणमा सहयोग गर्नेछ ।

सिन्डिकेट तोड्न बनेपा-धुलिखेल रुटमा साझादेखि मेट्रोसम्म,एकैदिन पाँच कम्पनीलाई इजाजत

काठमाडौं । सडकमा एकाधिकारको पक्षमा यातायात सेवा नै रोकेर आन्दोलन गर्ने कोटेश्वर पूर्वका यातायात व्यवसायीको आन्दोलनपछि सरकार झन् कडा रुपमा प्रस्तुत भएको छ । सिन्डिकेटको आडमा केही व्यवसायीहरुले कोटेश्वर पूर्वको यातायात सञ्चालमा बाधा गरेपछि सरकारले पञ्जीकरण भएर आएका पाँच वटा कम्पनीलाई त्यस रुटमा अस्थायी इजाजत (पटके) दिएको छ ।

यातायात व्यवस्था विभागले  ११  वटा यातायात समितिहरुले बुधबार गाडी नचलाएपछि यातायात व्यवस्था विभागले पाँच वटा कम्पनीलाई धुलिखेल र पनौतीसम्मको अस्थायी रुट परमिट दिएको छ। मयुर यातायात प्रालिले बनेपा(धुलिखेलसम्म सुविधायुक्त ठुला बस चलाएपछि नेपाल यातायात व्यवसायी महासंघकै संरक्षणमा यस रुटमा चलिरहेका ११ कम्पनीले सडकमा अवरोध गरेका थिए । सिन्डिकेट पक्षधरले मयुरका केही बस तोडफोडसमेत गर्दै यातायात ठप्प बनाएका थिए ।

रुट इजाजत पाउनेहरुमा काठमाडौँमा उपत्यका र आसपासमा गुड्ने साझा यातायात, मेट्रो सिटी, शिवदर्शन यातायात, अन्नपूर्ण यातायात, मयूर र मध्यउपत्यका बस प्रालि सेवा रहेका छन् । यो रुटमा सार्वजनिक सवारी सञ्चालन गरिरहेका ११ कम्पनीसम्वद्ध व्यवसायीहरुले बस नचलाएपछि यात्रुले सास्ती पाएका थिए । अन्य कम्पनीले गाडी थन्क्याएपछि यो रुटमा अहिले भक्तपुरस्थित मध्यउपत्यका बस प्रालिले मात्रै सार्वजनिक सवारी चलाइरहेको छ ।

सरकारले ग्रामीण रुटमा जान अटेर गरेर यातायात ठप्प पारेका व्यवसायीहरुको रुट इजाजत पनि खारेज प्रक्रिया अघि बढाएको छ । यातायात व्यवस्था विभागले स्थानीय प्रशासनलाई गाडी नचलाउने व्यवसायीको लगत संकलन गर्न निर्देशन दिइसकेको छ ।

करणी अपराध: कुन देशमा कस्तो छ कानूनी व्यवस्था ?

काठमाडौं ।  देशभर बलात्कारको घटना बढ्दो रूपमा रहेको छ । अन्य ठाँउको तुलनामा उपत्यकामा झनै बढ्दो क्रममा रहेको बताईएको छ । बलात्कारको घटनामा १६ वर्षमुनिका बालबालिका बढी पीडित देखिएका छन् । जवरजस्तीका घटना दिनानुदिन आइरहेका भएपनि यसलाई रोक्न कानून छ तर कार्यान्वयन पक्ष फितलो देखिएको छ ।

प्रहरीकहाँ आइनपुग्दै कतिपय घटना मिलापत्रमा टुंगो लाग्ने गरेका छन् । बलात्कार गर्नेविरूद्ध कडा कानून भएकाले पनि कानूनी प्रक्रियासम्म पुग्न नदिई बिचैमा आर्थिक चलखेल बलात्कारका घटना लुकाउने गरेका पनि महिला अधिकारकर्मीकहरूको दाबी छ । महिलाहरू यस विषयमा खुलस्त हुन नसकेका कारण पनि बलात्कारका घटना बाहिर आउन नसकेको र आत्मसम्मानमा चोट पुग्ने तथा कतिपय बलात्कारका घटना परिवार तथा आफन्तबाटै हुने गरेकाले बाहिर नआएको महिला अधिकारकर्मी बताउँछन् । यी सबै बलात्कार घटना बाहिर आउने हो भने दैनिक झण्डै १० जना बलात्कृत हुने तथ्यांक आउने दाबी छ ।

यस्तो छ देशभर बलात्कारको तथ्यांक

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१ यता देशभर तीन हजार २०० जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन्। आर्थिक वर्ष २०७१/०७२ मा देशभर ९८१ जबर्जस्ती करणीका जाहेरी दर्ता भएका छन्। आर्थिक वर्ष २०७२/०७३ मा एक हजार ८९ जाहेरी परेका छन् भने आर्थिक वर्ष २०७३/०७४ मा एक हजार १३० जाहेरी परेका छन्। यस तथ्यांकलाई आधार मान्दा देशभर जबर्जस्ती करणीको वृद्धिदर ८.६ प्रतिशत रहेको देखिन्छ।

के छ चुनौती
बलात्कारका घटना रोक्नका लागि ढिलो उजुरी पर्ने हुँदा प्रमाणहरू संकलन गर्न गाह्रो हुने गरेको प्रहरीको भनाइ छ। कतिपय पीडित कानुनी प्रावधानबारे ज्ञान नहुँदा प्रहरीलाइ उजुरी गर्नसमेत नआउने गरेको प्रहरीको भनाइ छ। त्यस्तै, बलात्कारको घटना हेर्ने छुट्टै महिला प्रहरी अधिकृत नभएका र पीडितको स्वास्थ्य परीक्षण गर्दासमेत समस्या हुने गरेको प्रहरीको भनाइ छ।

यस्तो छ कानूनी प्रावधान
मुलुकी ऐन २०२० को महल १४ मा जबरजस्ती करणीको बारेमा उल्लेख गरिएको छ । ऐनअनुसार कसैले कुनै महिलाको मञ्जूरीबिना करणी गरेमा बलात्कार गरेको ठहर्छ । त्यस्तै वा १६ वर्षभन्दा कम उमेरकी बालिकासँग मञ्जुरी लिई गरे पनि बलात्कार गरेको ठहर हुने प्रावधान छ ।

जबर्जस्ती करणी अभियोगमा दोषी ठहर भएमा १० देखि १२ वर्षको कैद सजाय र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने कानुनी व्यवस्था रहेको छ। आफूलाई जन्म दिने आमा वा आफूले जन्माएकी छोरीलाई करणी गरे जन्मकैद हुने व्यवस्था छ। सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुरा–बुहारी, एकै हाँगाको बाजे–नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवर–भाउजूको करणी भएमा चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ।

तीन पुस्तासम्मको हाडनातामा करणी गर्नेलाई तीन वर्षदेखि छ वर्षसम्म कैद र ३० हजारदेखि ६० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। कैद वा थुनामा रहेको कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गर्ने वा करणी गर्न अरू कसैलाई संयोग पारी मिलाइदिई करणी गराए तीन वर्षसम्म कैद हुनेछ। १० वर्षभन्दा कम उमेरका बालबालिकालाई एकान्तमा लगेर यौन दुर्व्यवहारको नियतले निजको अंग छोएमा वा समातेमा, आफ्नो यौन अंग छुन वा समाउन लगाएमा बालयौन दुरूपयोग गरेको ठहरिने र दुई वर्षसम्म कैद हुनेछ।

आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गरे पनि तीन वर्षसम्म कैद सजाय हुनेछ। सरकारी वा निजी कार्यालयमा वा कुनै पेसागत सेवा वा व्यावसायिक कामका लागि सम्पर्कमा आएको व्यक्तिसँग करणी गरे चार वर्षसम्म कैद र ४० हजार रुपैयाँ जरिवाना हुनेछ।

कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिमाथि यौन दुर्व्यवहार गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ। कसैले कसैको इच्छाविरुद्ध अप्राकृतिक मैथुन गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ।

अन्य देशहरुमा कानुनी व्यवस्था
–युएईः जबर्जस्ती करणी गरेको प्रमाणित भएमा संयुक्त अरब इमिरेट्स युएईमा मा सात दिन भित्रमा झुन्ड्याएर मृत्यु दण्ड दिइन्छ ।
–इरानः २४ घन्टा भित्रमा झुन्ड्याएर तथा ढुंगाले हानेर मारिन्छ ।
–अफगानिस्तानः ४ दिन भित्रमा टाउकोमा गोली हानेर मृत्यु दण्ड दिइन्छ ।
–मलेसियाःमृत्यु दण्ड ।
–मंगोलियाः पीडित पक्षले अपराधीलाई मारेर बदला लिन पाउछन् । त्यसो नभए मृत्युदण्ड दिईने छ ।
–इराकः सानुसानु ढुंगाले हानेर मारिन्छ, हात खुट्टा पालै पालो काटेर, आँखा निकालेर ढुंगाले हानिन्छ र अन्त्यमा गोली हानी मारिन्छ ।

–पोल्यान्डमा मारेर सुँगुरलाइ खान दिइन्छ ।

प्रधानमन्त्रीको भारत भ्रमण के का लागि ? को-को जाँदैछन् ?

काठमाडौं ।  दोश्रो पटक प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते देखि तीनदिने राजकीय भ्रमणमा भारत जाँदैछन् । पराराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीन दिने भ्रमणका जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण देशको शीर उच्च बनाउँदै विकासको लहर भित्र्याउनेतर्फ केन्द्रित हुने दावी समेत गरेका छन् । तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकाई नायडु, समकक्षी मोदीसँग भेट गर्नेछन् । उनीहरुँंग प्रधानमन्त्री ओलीले दुईपक्षीय हितका विषयमा धारणा राख्नेछन् । भारतीय वरिष्ठ मन्त्रीहरुले नेपालका प्रधानमन्त्री ओलीसँग छुट्टै भेटवार्ता गर्नेछन् ।

भ्रमणको उद्देश्य के ?
पहिलो प्रधानमन्त्रीत्वकालमा चिसिएको सम्बन्ध सुधार गर्ने उद्देश्यका साथ प्रधामन्त्री ओली भारत जान लागेका हुन् । यसै साता एक सार्वजनिक कार्यक्रममा सम्बन्ध सुधारकै लागि भारत जान लागेको औपचारिक रुपमा बताएका थिए । नेपाल र भारतबीच भौगोलिक सुगमता र निकटता भएपनि दुई देशका सम्बन्धका हरेक पहलुहरुमा वर्षौदेखिका समस्याहरुको खात लाग्न छोडेको छैन।

मुलतः निर्वाध व्यापार तथा पारवाहन अधिकार, सीमा अतिक्रमण, सीमापार अपराध, आप्रवासन र आन्तरिक मामिलामा हस्तक्षेपलगायतका कारणहरुले द्विपक्षीय सम्बन्धमा तिक्तता पनि आउँदै जादै गर्ने गरेका छन्। मधेस आन्दोलन र विनाशकारी भूकम्पबाट थलिएको नेपालविरुद्धको आर्थिक नाकाबन्दीका कारण झन्डै–झन्डै मानवीय संकट नै उत्पन्न भएको थियो।

संविधान जारी भएकोमा असन्तुटि जनाउँदै भारतले नाकाबन्दी गरेपछि ओली नेतृत्वको विगतको सरकारसँग सम्बन्ध चिसिएको थियो त्यसबेलाको भ्रमणका क्रममा नेपालमा संविधान जारी भएको विषयमा भारतले स्वागत गर्न समेत कन्जुस्याईं गरेपछि द्विपक्षीय वक्तव्य समेत जारी भएको थिएन ।

स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनवटै तहका चुनावमा एमाले नेतृत्वका बाम गठबन्धन शक्तिशाली रुपमा उदाएपछि भारतीय पक्षले ओलीसँग सम्बन्ध सुधारेर जान चाहेको थियो । त्यसकै लागि माहौल बनाउन भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल भ्रमणमा आएकी थिइन् । स्वराजको भ्रमण एमालेको निमन्त्रणामा भएको थियो ।

दुवै छिमेकीसँग सम्बन्ध राम्रो बनाएपछि मात्र आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सहज हुने ठानेका ओलीले दोस्रोपटक प्रधानमन्त्री भएपछिको पहिलो भ्रमण भारत नै गर्न लागेका हुन् ।

को-को जाँदैछन् भारत भ्रमणमा
प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा ५३ जना र त्यति नै संख्यामा निजी क्षेत्रका सञ्चारकर्मी र अन्य व्यवसायीहरु सहभागी हुने भएका छन् । काठमाडौबाट जाने सरकारी टोलीमा ४४ जना र दिल्ली दुतावासका ९ जना अधिकारी सामेल हुनेछन् ।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा पत्नी राधिका शाक्यसहित परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ भ्रमणमा जाने छन्।

भ्रमण टोलीमा सांसदहरु माओवादी केन्द्रका दिनानाथ शर्मा, रामेश्वर राय यादव राष्ट्रिय जनता पार्टीका शरदसिंह भण्डारी, संघीय समाजवादी फोरम पार्टीका विमल श्रीवास्तव पनि रहनेछन् ।

भ्रमण टोलीमा सहभागी हुने मन्त्रीले सम्हालेका मन्त्रालयका सचिवहरु, परराष्ट्र मन्त्रालयको रिजनल अर्गनाइजेसन डिभिजन, भारत डेस्कका अधिकारी पनि रहनेछन् । यसपटक कलाकारहरु राजेश हमाल, दिनेश डिसी पनि सहभागी हुँदैछन् । निजी क्षेत्रबाट सहभागी हुने सदस्यहरुको नाम संकलन हुने क्रम जारी छ । सरकारी खर्चलाई मितव्ययी बनाउने सन्देश दिन प्रधानमन्त्री ओलीले यसपालि सीमित र आवश्यक पात्रहरुलाई मात्र भ्रमण टोलीमा सामेल गराउने भने पनि टोली ठूलै हुने भएको छ ।

खर्च कसरी व्योहोरिन्छ ?
नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा सबैभन्दा ठूलो प्रतिनिधिमन्डल सामेल हुने परम्परा छ । ओहोदामा रहेका सरकारी अधिकारीका अतिरिक्त सांसदहरुको टोली, उद्योगी व्यापारीको टोली, सञ्चारकर्मीको टोली, प्रधानमन्त्रीकै सहयोगीको समूह र यसपटक कलाकारको समूह भ्रमण दलमा सामेल हुनेछन् । आतिथ्य दिने भारतले १५/१६ जनाको मात्रै खर्च व्योहोर्ने गर्छ । बाँकी सदस्यको खर्च नेपाल सरकार र स्वयंले व्योहोर्ने चलन छ ।

बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन प्राथमिकतामा

भारतको राजकीय भ्रमण क्रममा नयाँ बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयमा छलफल गर्ने तयारी गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका  अनुसार लामो समयदेखि चर्चामा रहेको सो प्रसारण लाइन निर्माणको विषयलाई प्रमुख प्राथमिकतामा राखेर निर्माण शुरु गर्ने विषयमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने तयारी गरिएको हो।

सो प्रसारण लाइनलाई नेपालले सरकारी तहमा नै निर्माण गर्नुपर्ने प्रस्ताव राख्दै आएको छ। तर भारतीय पक्षबाट भने व्यावसायिकरुपमा नै सो परियोजना अगाडि बढाउनुपर्ने प्रस्ताव गरिएको छ।  नेपालले हाल ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् भारतबाट १ सय ४५ मेगावाट विद्युतआयात गर्दै आएको छ। विद्युत माग बढी भएका क्षेत्रलाई सहजरुपमा ऊर्जा उपलब्ध गराउने लक्ष्यका साथ न्यू बुटवल गोरखपुर प्रसारण लाइनलाई सरकारले प्राथमिकतामा राखेको हो।

नेपाल विद्युत प्राधिकरणको बुटवलमा रहेको सवस्टेसनपूर्व रोहिणीखोला नजिक अर्को सवस्टेसन बनाउने र भारतबाट विद्युत आयात गर्ने सरकारको तयारी छ। सो प्रसारण लाइनबाट विद्युत आयात मात्रै नभई निर्यातका लागिसमेत महत्वपूर्ण मानिएको छ।

बूढीगण्डकी र मस्र्याङ्दी करिडोरलगायतका स्थानमा उत्पादन भएको विद्युत बढी हुँदा भारत निर्यात गर्न सो प्रसारण लाइन सहज हुने विश्वासका साथ दुवै मुलुकले उक्त परियोजनालाई प्राथमिकतामा राखेका हुन्। सो प्रसारण लाइनबाट करीब दुई हजार मेगावाट विद्युत आयात तथा निर्यात गर्न सकिनेछ। विसं २०७३ असार १३ र १४ गते सम्पन्न भएको दुबै मुलुकका ऊर्जा सचिवस्तरीय बैठकले उक्त प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको थियो।

दुबै मुलुकले आआफ्नोतर्फको प्रसारण लाइन निर्माण गर्ने ऊर्जा सचिवस्तरीय संयुक्त बैठकमा सहमति भएपनि पछिल्लो दिनमा निर्माणको प्रक्रिया, लगानीका विषयमा भने द्विपक्षीय सहमति हुन सकेको छैन। ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा कुनै समस्या आए मुलुकभित्रको ऊर्जा वितरण प्रणालीलाई यथावत् राख्न वैकल्पिक प्रसारण लाइन सहयोगी हुने भएका कारण सो प्रसारण लाइन अघि बढाउन लागिएको हो। विद्युतका मुख्य माग हुने भैरहवा, बुटवल, नारायणगढ, पोखरा, दाङलगायतका शहरसमेत उक्त प्रसारण लाइनको नजिक पर्ने भएकाले पनि सरकारको प्राथमिकतामा उक्त प्रसारण लाइन राखिएको हो।

एकाधिकार तोड्न सरकारको ‘एक्सन’ धुलिखेलसम्मको रुट इजाजत खुला

काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं-धुलिखेल रुट परमिट खुल्ला गरेको छ । कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडौंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको हो ।

काभ्रे र भक्तपुरका सडकमा एकाधिकार कायम गरेका समितिहरुले सेवा अवरुद्ध पर्दा यात्रुहरु मारमा परेका छन् । नियमित कामका लागि हिँड्ने यात्रुहरु, ग्रामीण भेगमा पुग्नु पर्ने यात्रुहरुलार्इ यातायात सुविधा नहुँदा धेरै समस्या भएको छ । कोटेश्वर पूर्व यातायात समन्वय समितिमा हेलम्वु यातायात, काभ्रे बस सेवा समिति, नयाँ बाटो सद्भाव सेवा समिति, पुरानो बाटो सद्भाव समिति, हिमाल तरार्इ बस सेवा समिति, काभ्रे मिनीबस सेवा समिति, भक्तपुर मिनीबस सेवा समिति लगायतका १२ वटा समिति रहेका छन्। यी समितिमा करिब दुई हजार बस आबद्ध छन्।
मयुर यातायातले चक्रपथ हुँदै काठमाडौं बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा समितिले विरोधस्परुप ग्रामीण र शहरी दुवै भेगका बस ठप्प पारेका हुन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भण्डारीले अब व्यवसायीहरुको एकाधिकार तोड्दै सबैले सहज रुपमा सेवामूलक व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकार लागिपरेको बताए ।
उनले भने, ‘यातायात ठप्प हुँदा नियमित कामका लागि हिँड्ने यात्रुहरु, ग्रामीण भेगमा पुग्नु पर्ने यात्रुहरुलाई मर्कामा परेका  छन् । यही समस्यालाई ध्यानमा राखेर विभागले धुलिखेसम्म अन्यलाई पनि रूट इजाजत दिने निर्णय गरेको हो ।’जुन व्यवसायीले सो रुटमा बस सञ्चालन गर्न चाहन्छ इजाजत दिने सरकारले नै सो रुटमा चल्ने बसलाई सुरक्षा दिने विभागले जनाएको छ ।

यो भएर पो थपिएको रहेछ भूकम्प पीडितको घर बनाउने समय

काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठक मंगलबार बिहान सम्माननीय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री तथा समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा समितिको १२ औं बैठक बसेको हो ।
बैठकले भूकम्प पीडित लाभग्राहीले निजी आवास अनुदानको दोस्रो किस्ता बापतको रकम लिने समयसीमालाई तीन महिना बढाएर २०७५ असार मसान्तसम्म कायम गरेको छ । यसअघि दोस्रो किस्ता बापतको रकम २०७४ चैत्र मसान्तभित्र बुझिसक्नु पर्ने प्रावधान थियो ।
बैठकमा आफ्नो धारणा राख्दै समितिका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री ओलीले पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्दै निजी आवास पुनर्निर्माणलाई जोड दिनु पर्ने बताउनु भयो ।
“सबै भन्दा पहिलो भूकम्प प्रभावित जनता खासगरी बालबालिका, बुढाबुढी, अशक्त, अपाङगता भएका व्यक्तिहरु, गर्भवती महिला र बिरामीलाई सुरक्षित छानोमुनि ल्याउने काम प्राथमिकतामा पर्नु पर्छ ।”
सम्माननीय प्रधानमन्त्री ओलीले भूकम्प प्रभावितले अनुदान पाउने प्रक्रियालाई सहजीकरण र सरलीकरण गर्नु पर्नेमा जोड दिंदै आवश्यक परे ऐन, नियममै संशोधन गरी झन्झटिला प्रावधान हटाउनु पर्ने बताउनु भयो । उहाँले यसका लागि बजेट तथा जनशक्ति थप गर्नु पर्ने आवश्यकता भए प्रस्ताव गर्न पनि प्राधिकरणलाई निर्देशन दिनु भयो ।
बैठकमा प्राधिकरण र अन्तर्गत रहेका केन्द्रीय एवम् जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइको मौजुदा संगठन संरचना एवम् परिवर्तित सन्दर्भमा प्राधिकरणबाट प्रस्ताव गरिएको संगठनको पुनर्संरचनाको खाकामा विस्तृत छलफल भयो । छलफलमा उठेका सुझावहरुलाई समेत मध्यनजर गरी प्रस्तावित संरचनामा सामान्य हेरफेर गर्नुपर्ने भए सोहीअनसार गरी कार्यान्वयनमा लैजान समेत सम्माननीय प्रधानमन्त्रीले निर्देशन दिनु भयो ।
बैठकमा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले चैत्र २८ गतेबाट जिल्लागत प्रशासनिक संरचनामा फेरबदल हुने भएकोले पुनर्निर्माण कार्यलाई तीव्रताका साथ निरन्तरता दिन मौजुदा संगठनात्मक संरचनामा पुनर्र्संरचना प्रस्ताव गरिएको बताउनु भयो ।
बैठकमा छलफलका क्रममा सहभागीहरुले उठाएका विभिन्न जिज्ञासाको प्राधिकरणका सचिव मधु सुदन अधिकारीले जवाफ दिनु भएको थियो ।
बैठकमा समितिका उपाध्यक्ष नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छदार, गृहमन्त्री राम बहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, अर्थमन्त्री डा।युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालको उपस्थिति थियो ।
त्यसैगरी, नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी, निर्देशक समितिका अन्य सदस्यहरु तानानिधि भट्टराई, किशोर थापा, निमानन्द रिजाल, प्राधिकरणका कार्यकारी समितिका सदस्यहरु धुव्र प्रसाद शर्मा, हरिराम पराजुली, डा।चन्द्र बहादुर श्रेष्ठ, डा। विष्णु बहादुर भण्डारी, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवद्वय प्रेम कुमार राई र महेन्द्रमान गुरुङ, अन्य सम्बन्धित मन्त्रालयका सचिवहरु, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुखहरुको पनि सहभागिता थियो ।

उत्पादन अनुमतिपत्र बिना नै अरुण तेस्रोको शिलान्यास गरिने

काठमाडौ । कानुनतः उत्पादन अनुमतिपत्र (लाइसेन्स) नलिइ जलविद्युत् आयोजनाको शिलान्यास गर्न पाइँदैन । तर, ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को शिलान्यास भने उत्पादन अनुमतिपत्रविनै हुने भएको छ । २५ फागुनमा बसेको लगानी बोर्डको बैठकले उत्पादन अनुमतिपत्रका लागि सूचना निकाल्ने निर्णय गरेकोमा दुई हप्ताअघि मात्र ३५ दिने सूचना जारी गरेको छ । तर, त्यही आयोजना २४ चैतमा शिलान्यास गर्न लागिएको हो ।

उत्पादन अनुमतिपत्रका लागि लामो समय लगाइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा शिलान्यास हुने भएपछि यसले जलविद्युत् क्षेत्रमा खुशी ल्याएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले २४ चैतमा नयाँदिल्लीको हैदराबाद हाउसबाट संयुक्त शिलान्यास गरिने लगानी बोर्ड स्रोतले जनाएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने शिलान्यासबारे औपचारिक जानकारी नआएको र यसबारे विस्तृत जानकारीसमेत नभएको बताए ।

विद्युत् ऐनले उत्पादन अनुमतिपत्र नलिई निर्माण अघि बढाउन नमिल्ने उल्लेख गरेपनि प्रधानमन्त्रीको भारत भ्रमण पारेर शिलान्यास गर्नुलाई सकारात्मक रूपमा लिइएको छ । तर, प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा शिलान्यासका लागि मोदीलाई निमन्त्रणा दिने र त्यो बेलासम्म उत्पादन अनुमतिपत्र दिइसक्ने गरी कार्यक्रम तय भएमा उपयुक्त हुने विज्ञहरूको सुझाव छ । लगानी बोर्डका अध्यक्ष रहेका प्रधानमन्त्रीले उत्पादन अनुमतिपत्र प्रदान नगरी शिलान्यास गर्दा यसले कानुनी परिपालनाबारे प्रश्न उठ्ने उनीहरूको तर्क छ ।
सरकारको प्रकृयागत समस्याका कारण अरुण तेस्रोको उत्पादन अनुमतिपत्र दिन ढिला भएको हो ।

भारतीय सतलज निगमले १० वर्षअघि खुल्ला प्रतिष्पर्धामार्फत लाइसेन्स पाएको आयोजनाको साढे तीन वर्षअघि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । पीडीएमा उल्लेख भएअनुसार समयमै वन क्षेत्रको जग्गा उपलब्ध नगराउने लगायतका विभिन्न प्रक्रियागत झन्झटका कारण आयोजनाको म्याद थपिँदै आएको

छ । अरुण तेस्रो निर्माण अघि बढेमा विश्वका लगानीकर्तालाई नेपालमा आकर्षित गर्न सकिने कारण यसलाई उच्च महत्वका साथ हेरिएको छ । प्रतिष्पर्धामार्फत लाइसेन्स लिएको सो आयोजना निर्माणपछि २१.९ प्रतिशत विजुली नेपालले सित्तैमा पाउनेछ ।
१ खर्ब ४ अर्ब कुल लागत अनुमान गरिएको आयोजनाको लागि भारतको सरकारले लगानी गरिसक्ने निर्णय गरेकोले वित्तीय व्यवस्थापनको समस्या आयोजनामा छैन । भारतीय सरकारी कम्पनीद्वारा निर्माणाधीन सो आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराइएको छ । यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुलीसँगै करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ पाउने लगानी बोर्डले जनाएको कारोबार दैनिकले समाचार लेखेको छ ।

नेपाल पनि के कम, भारतीय सीमा क्षेत्रमा ड्रोन राख्ने तयारीमा

काठमाडौ । पछिल्लो समयमा भारत–नेपालबीचको सम्बन्धमा चीनको पनि उपस्थिति देखिएको छ । चीन लगातार नेपाललाई आफूतर्फ आकर्षित गर्ने प्रयासमा लागि परेको छ । यसैबीच नेपालले भारतीय सीमामा निगरानी गर्नका लागि ड्रोन तैनाथ गर्ने फैसला गरेको छ । नेपाली गृहमन्त्री राम बहादुर थापाले सोमबार यसको घोषणा गरेका हुन् ।

गृह मन्त्रालयको ८२ सुत्रिय सुधार योजना सार्वजनिक गर्दै उनले भने,“हामीलाई ड्रोनको उपयोगितामा वर्तमान दिशा–निर्देशको परिवर्तन गर्न आवश्यक देखिएको छ । त्यसैले भारत–नेपाल सीमामा निगरानी गर्नका लागि ड्रोनको उपयोगको जरुरी देखिएको छ ।”
उनले भनेका छन्,“भारतले प्रत्येक किलोमिटमा सैन्य चौकिको स्थापना गरेको छ, तर हामीले मुश्किलले २५ किलोमिटरमा एउटा चौकी बनाएका छौ । सीमामा देखिने चुनौतीसँग जुझ्नका लागि हामी ड्रोनको प्रयोग गर्छौ ।”

नेपाल र भारतबीच झन्डै १८ हजार किलोमिटरको खुला सिमाना छ । यसलाई कुनै अनुमतीबिना पनि पार गर्न सकिन्छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web