एमाले र माओवादी केन्द्रबीचको एकता भारतको कारण रोकियो

चितवन ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउन केन्द्रित हुने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले भारत भ्रमणका नयाँ एजेण्डा नभएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पुराना एजेण्डाको विषयमा छलफल हुने बताउँदै प्रधानमन्त्रीको भारत भ्रमणअघि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीचमा पार्टी एकता गर्ने भनिए पनि आवश्यक गृहकार्य पूरा नभएकाले आगामी वैशाख ९ गते पार्टी एकता घोषणा हुने स्पष्ट पार्नुभयो ।

“कार्यदलको आफ्नै सुझाव वैशाख ९ गते थियो, कार्यदलको रिपोर्ट आज बुझिदै छ, वैशाख ९ गतेलाई केन्द्रित गरेर पार्टी एकता घोषणाको कार्य अगाडि बढ्छौँ,” उहाँले भन्नुभयो– “कार्यदलबाट सर्वसम्मत रुपमा आज प्रतिवेदन पार्टी एकता संयोजन समितिमा पेश हुने र त्यसको अध्ययनपछि शीर्ष तहले टुंगो लगाउनेछ ।”

अध्यक्ष दाहालले दुई कम्युनिष्ट धारको बीचमा एकता हुने बताउँदै त्यो एकता सिद्धान्ततः प्रतिशतका आधारमा नभएर सम्मानजनक बराबरी सिद्धान्तको आधारमा हुनेछ भन्नुभयो ।

यसअघि नेपालको पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाले शारदानगरमा आयोजना गरेको बखान राष्ट्रिय सहकारी संग्राहलयको शिलान्यास तथा ६१ औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रममा अध्यक्ष दाहालले देशको विकासका निम्ति सार्वजनिक, निजी र सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

नेपालको संविधानले देशको विकासका निम्ति तीनवटै क्षेत्रलाई आर्थिक विकासको खम्बाका रुपमा परिभाषित गरेको उल्लेख गर्दै उहाँले सहकारीलाई नेपालको आर्थिक विकासको एउटा महत्वपूर्ण खम्बाको रुपमा लिइएको छ भन्नुभयो ।

अध्यक्ष दाहालले सबैको सम्मान र समृद्धि राज्यको दायित्व भएको भन्दै देशमा व्याप्त बेथितिको अन्त्य गरी समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभयो ।

सो अवसरमा दाहालले बखान सहकारीले निर्माण गर्न लागेको बखान राष्ट्रिय सहकारी संग्रालय भवनको शिलान्यास गर्नुभयो ।

करिब रु नौ करोडको लागतमा निर्माण गर्न लागेको संग्राहलयलाई रु पाँच करोड विनियोजन भइसकेको छ । नपुग रकम छिट्टै विनियोजनका लागि पहल गर्ने अध्यक्ष दाहालले बताउनुभयो ।

चार विगाहा जग्गा संग्राहलयका लागि छुट्याइएको छ भने दुई तले भवन दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ ।

संग्राहलयमा संस्थापक अध्यक्षको हातबाट लेखिएको तमसुक, २०११ सालमा राप्ती दून परियोजनाका लागि ढड्डी फाँड्न प्रयोग गरिएको औजार उपकरण, ऐतिहासिक पूराना पैसा, अन्य बहमूल्य समान राखिने छ ।

भ्रमणका लागि आउने समूहलाई आवासीय व्यवस्था, तालिम हल, भोजनालय, सहिद पार्क, सांस्कृतिक पहिचान झल्कने वस्तु राख्ने योजना पनि संस्थाको रहेको व्यवस्थापक अर्जुन ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक रवीन्द्र केसी, प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेल, बखान सिंह गुरुङका नाती चन्द्रध्वज गुरुङ, सहकारीका अध्यक्ष मोहनसिंह लामालगायतले सहकारीको विकास र विस्तारका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा सहकारीका संस्थापक जीवित सदस्य कृष्णमान गुरुङ, हर्कबहादुर गुरुङ र इन्द्रसिंह गुरुङलाई सम्मान गरिएको थियो ।

अब पशुपति क्षेत्रमा माग्ने भेट्टाउन पाइन्न, यस्तो छ कारण ।

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई आजदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ ।

कोषले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “माग्ने, चोर्नेकाम विकसित देशमा पनि हुन्छ, यो घोषणा महत्वकांक्षी जस्तो लागेपनि सबैको सहयोगमा कार्यान्वयन गर्न सकिन्छ, यसमा सरकारले पूर्ण सहयोग गर्ने छ ।”

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री अधिकारीले धार्मिक पर्यटक भित्रयाउने नेपालको प्रमुख तीर्थस्थल बनेको पशुपतिमा जाऔँ, आऔँ लाग्ने संरचना निर्माण गर्नुपर्छ भन्नुभयो ।

कोषका सदस्यसचिव डा प्रदीप ढकालले धार्मिकस्थललाई मानवीय संवेदनाप्रति ‘ब्ल्याक मेलिङ’ गरेर पेशाका रुपमा माग्नेको संख्या धेरै रहेको सुनाउनुभयो ।

अध्ययनका क्रममा १८२ जना पशुपतिको मूल मन्दिरको परिषरमा माग्नेको तथ्यांक निक्लिएको छ, जसमा छ महिला मानसिक बिरामी भेटिएको कोषले जनाएको छ ।

काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महांकाल मन्दिर परिषरमा पनि माग्नेको संख्या उल्लेख्य रहेको बताउनुभयो । महानगरले ज्येष्ठ नागरिकका लागि मनोरन्जन केन्द्र निर्माण गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीलगायतले पशुपति क्षेत्रलाई मगन्तेरहित बनाउने अभियानमा सवैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

मानवसेवा आश्रमको सहकार्यमा पशुपति क्षेत्रका मगन्तेलाई पुनःस्थापना गरिने सो अवसरमा जानकारी गराइयो । हालसम्म ८० मगन्ते आश्रमको गोँगबु र बूढानीलकण्ठ आश्रममा पुनःस्थापना भइसकेको जनाइएको छ ।

तेह्रथुम पूर्णसाक्षर जिल्ला घोषित

तेह्रथुम ।

प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुम ४६ औँ साक्षर जिल्ला घोषणा भएको छ ।

जिल्लाका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएको
तथ्यांकबमोजिम मुख्यमन्त्री शेरधन राईले मंगलबार म्याङलुङमा एक समारोहका
बीच तेह्रथुमलाई साक्षर जिल्ला घोषणा गरेको हो ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका १५
देखि ६० वर्ष उमेर समूहका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएका छन् ।

जिल्ला शिक्षा कार्यालयले करिब एक दशकयता निरन्तर
सञ्चालन गरेको पूर्णसाक्षर बनाउने अभियानले अहिले सार्थकता पाएको छ ।
जिल्लालाई पूर्णसाक्षर बनाउने अभियान २०६७ सालदेखि निरन्तर जारी छ ।

अनौपचारिक शिक्षा कार्यक्रमअन्तर्गत अहिले पनि
साक्षरोत्तर कक्षा सञ्चालन भइरहेका छन् । सो कार्यक्रमले ६० वर्ष मुनिका
सबै नागरिकलाई साक्षर बनाउने लक्ष्य लिएको छ ।

जिल्लामा आव २०६८÷६९ देखि २०७१÷७२ सम्म साक्षरता कक्षा
सञ्चालन भएको थियो । २०६८ को जनगणना अनुसार जिल्लामा १५ देखि ६० वर्ष उमेर
समूहका १३ हजार १७१ महिलासहित १७ हजार २३१ निरक्षर थिए । त्यसमध्ये आर्थिक
वर्ष २०६८÷६९ मा १२ हजार ४१७ साक्षर भएका छन् । क्रमशः २०६९÷७० मा एक
हजार, २०७०÷७१ मा ५००, २०७१÷७२ मा दुई हजार ४५७ गरी १६ हजार ३७४ जना साक्षर
भइसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा अब ८ सय ५७ जना
मात्रै निरक्षर छन् ।

निरन्तर शिक्षा कार्यक्रमअन्तर्गत सञ्चालन गरेको
साक्षरोत्तर कक्षामा चार हजार ९६९ सहभागी छन् । जिल्लामा २१ वटा सामुदायिक
सिकाइ केन्द्र सञ्चालनमा छन् ।

शैक्षिक सुधार प्रदेश सरकारको प्राथमिकता

साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विज्ञान र प्रविधिको क्षेत्रमा
विश्वले फड्को मार्ने क्रममा साक्षरताको परिभाषा नै बदलिँदो अवस्थामा रहेको
बताउनुभयो ।

उहाँले राज्यको ठूलो लगानी रहेका सामुदायिक विद्यालयको
शैक्षिक गुणस्तर वृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले
पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले शिक्षा क्षेत्रको सुधारका लागि
तत्कालै कानून बनाएर काम थाल्ने विषयमा कुनै समस्या नरहेको पनि स्पष्ट
पार्नुभयो ।

एक फरक प्रसंगमा मुख्यमन्त्री राईले संघीयता
कार्यान्वयनको क्रममा पुरानो मानसिकता, आनीबानी र केन्द्रीकृत सोचका कारण
अन्योल सिर्जना भएको बताउनुभयो ।

उहाँले नयाँ संविधानले व्यवस्था गरेको संघीयताको नयाँ
अभ्यास गर्ने क्रममा तीन वटै तहका सरकार बनिसके पनि राज्यका विभिन्न अंग र
कर्मचारी प्रशासनमा छाएको पुरानो मानसिकता, व्यवहार र केन्द्रीकृत सोचले
समस्या सिर्जना भएको धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले तमोर जलाशययुक्त आयोजना प्रदेशको
मात्रै नभई राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै सो आयोजनालाई
बहुउद्देश्यीय आयोजनाका रुपमा प्राथमिकतामा राखेर प्रदेश र संघीय सरकारले
काम गर्ने बताउनुभयो ।

लियो केन्द्रिय अध्यक्षमा नुवाकोटका रिजालको उम्मेद्बारी

काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय को लायन्स जिल्ला ३२५बी१, अन्तर्गत लियो जिल्ला परिषद ३२५बी१, नेपाल को लायन बर्ष २०१८/१९ को लागि केन्द्रिय अध्यक्ष मा नुवाकोट जिल्ल बिदुर नगरपालिका वार्ड न. ८ घर भइ हाल काठमाडौं बस्दै आउनु भयेका लियो बिशाल रिजाल ले उम्मेद्बारी दिनुभयेको छ ।

लियो क्लब अफ काठमाडौं बालाजु हाइटको प्रस्ताव र काठमाडौं,नुवाकोट,धादिङ, मकवानपुर लगायत जिल्लाहरु मा क्रियाशील २० भन्दा लियो क्लब हरुको समर्थन मा रिजालले उम्मेद्बारी दिनुभएको हो।

लियो जिल्ला परिषद मा एक्लो उमेदवार रहनु भएका रिजालले अध्यक्ष पदको लागि आगामी बैशाख ८ गते पोखरा मा सम्पन्न हुने लायन्स /लियो जिल्ला परिषद को छैठौं  महाधिवेशनमा बिश्वास को मत प्राप्त गर्नु पर्नेछ।

लियो क्लब अफ काठमाडौं बालाजु हाइट मा बिगत ९ बर्ष देखि कृयासिल रिजाल बिगत ७ बर्ष देखि लियो जिल्ला परिषद को विभिन्न पदमा रहि आफ्नो कुशल नेतृत्व क्षमता प्रदर्सन गर्दै लायन्स बर्ष २०१७/१८ को लागि उपाध्यक्ष पद मा निर्बाचित हुनुभएको थियो।
काठमाडौं स्थित स्काइ पार्टी प्यालेस मा भएको उम्मेद्बारी दर्ता कार्यक्रम मा बोल्दै उम्मेद्बार रिजाल ले लियो जिल्ला परिषद भित्र का ६५ वटा क्लब का १७०० भन्दा बढी  लियो युवा हरुको युवा जोश र जागर लाई कुशल नेतृत्व प्रदान गरि थप उर्जासहित सामाजिक कार्यमा प्रोत्साहन गर्दै लियो जिल्ला परिषद भित्र सकारात्मक परिबर्तन गर्ने प्रती प्रतिबद्धता व्यक्त गर्नु भयो।लियो जिल्ला परिसद ३२५बी१ नेपाल भित्र बिशाल रिजाल कुशल नेतृत्व रहेको भन्दै लियो जिल्ला  परिषद का पुर्ब अध्यक्ष लियो अशोक पौडेल ले रिजाल को पक्षमा बिश्वासको मत  दिनुहुन सम्पुर्ण मा अनुरोध गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौं बालाजु हाइटका अध्यक्ष लायन बिष्णु सापकोटाले लियो बिशाल रिजालको पक्षमा सतप्रतिशत बिश्वासको मत आउनेमा बिश्वास व्यक्त गर्दै उम्मेद्बार रिजाल लाई शुभकामना दिनुभएको थियो ।
लियो जिल्ला परिषदको इतिहासमा केन्द्रिय अध्यक्ष जस्तो गरिमामय पद्को लागि लियो बिशाल रिजालको नुवाकोटबाट पहिलो उम्मेद्बारी रहेकोमा खुसी ब्यक्त गर्दै लियो क्लब अफ नुवाकोट परोपकारका सचिव लियो सुदाम लामिछानेले लियो बिशाल रिजालको कुशल नेतृत्व क्षमताको उच्च प्रशम्सा गर्दै रिजालको पक्षमा बिश्वासको मत दिनु बाहेक अरु विकल्प नरहेको बताउनुभयो।

मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक, श्रीमती यसोदा सुवेदीको निधन

काठमाडौं ।

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ ।

क्यान्सरसँग सङ्घर्षरत यसोदा सुवेदी 'श्रेष्ठ' को गएराती उपचारको क्रममा १०: ४५ बजे हरिसिद्धीमा रहेको अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् ।

उनको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि शव लगिंदै गरेको पारिवारिक स्रोतले जनाएको छ ।

जापानमा ९ जनाको हत्या गर्नेलाई मनोबैज्ञानिक उपचार गर्न अदालतको आदेश

टोकियो ।

जापानको इतिहाँसमै एक क्रुर घटनाको रुपमा व्याख्या गरिएको ९ जनालाई आफ्नो कोठामा विभत्सढंगले हत्या गरेका एक युवालाई यहाँको अदालतले मनोवैज्ञानिक उपचार गर्न अनुमति दिएको छ ।

गत वर्ष टोकियोस्थित आफ्नै अपार्टमेन्टमा नौ जनाको विभिन्न समयमा टुक्रा टुक्रा पारेर हत्या गरेको स्विकार गरेका २७ बर्षीय ताकाहिरो सिराइसीलाई मनोवेज्ञानिक उपचार गनुपर्ने अधिवक्ताहरुको अपिललाई सोमबार यहाँको एक अदालतले अनुमति प्रदान गरेको हो ।

टोकियो जिल्ला सार्वजनिक अधिवक्ताको कार्यालयको ताकिकावा शाखाले परिक्षणको अवधि नखुलाई ९ जनाको हत्या अभियोग स्विकारेका ताकाहिरोको मानसिक अवस्थाको परिक्षणका लागि पाँच महिना लाग्नसक्ने भन्दै अनुमति दिएका छन् ।

अग्टोबर ३१ तारिखमा कोठामा नौ जनाको टुक्रा टुक्रा पारेर विभत्स ढंगले राखिएको अवस्थामा २७ वर्षिय शिराइसी पक्राउ परेका थिए । मानसिक रुपमा कमजोर तथा डिप्रेसमा परेकाहरुले इन्टरनेटमा आत्महत्याबारे लेखेको पाएमा उनिहरुलाई भेटेर कोठामा ल्याउँदै उनले हत्या गर्ने गरेको आरोप उनिमाथि छ ।

तत्कालको लागि मानसिक स्वास्थ्य परिक्षणको लागि अनुमति दिएको अदालतले विस्तृत रिपोर्टपछि सजाय फैसला सुनाउने बताइएको छ ।

यस्तो थियो उक्त समयको घटना

जापानमा २७ बर्षीय युवाको कोठामा ९ जनाको शव टुक्रा टुक्रा पारेको अवस्थामा भेटियो

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचारको क्रममा खड्काको  शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, तथा पुर्व गृहमन्त्री खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको कां‌ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

भारत खड्को भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा शुक्रबार खड्काको निधन भएको हो। पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले पीडित थिए। उपचारका लागि दिल्ली पुगेका खड्काको शरीरका धेरै काम गर्न छोडेका थिए। खड्काको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र शंकर भण्डारी फागुन १३ गते नयाँ दिल्ली गएका थिए ।

आर्थिक अभावका कारण खड्कालाई दिल्लीको एम्स अस्तपतालमा सार्ने तयारी भइरहेको थियो । दिल्लीस्थित नेपाली दूतावासले एम्समा उपचारको व्यवस्था मिलाइसकेको थियो । तर, स्वास्थ्य जटिल भएपछि सार्न सकिएको थिएन ।

गम्भीर बिरामी परेपछि खुमबहादुर गत फागुन ४ गते शुक्रबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। त्यहाँ उपचार हुन नसकेपछि खुमबहादुरलाई थप उपचारका लागि दिल्ली लगिएको थियो।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । तर पनि उनी कां‌ग्रेसको राजनीतिमा सक्रिय थिए । उनी कांग्रेसको काठमाडौँमा भएको १३ औँ महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा पनि विजयी भएका थिए ।

गणतन्त्रमा पनि राजतन्त्रको झल्को:मौसुफको सवारी, तन्त्र गए तुजुक गएन

काठमाडौं  । काठमाडौंका सडकमा बिहीबार अपराह्न एक्कासी गतिरोध आयो । कुनै सडक पूरै खाली गराइए । कुनैमा भने सवारीसाधनको लामो लाइन बन्यो । संघीय संसद्लाई सम्बोधन गर्न शीतलनिवासबाट निक्लिएको राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले सडक आवागमनकर्तालाई जहाँको त्यहीँ रोकेपछि त्यसको प्रतिक्रिया सामाजिक सञ्जालहरूमा तत्काल देखिन थाल्यो ।

यसमा राजालाई सम्झाउने गरी सवारी चलाएको भन्दै राष्ट्रपतिको आलोचना भइरहेको थियो । धेरैले राष्ट्रपति बग्गीसहित सवारी भएको तस्बिरलाई ट्वीटरमा पोस्ट गर्दै ह्यासट्यागमा ‘मौसुफको सवारी’ भनेर लेखे । प्रदीप पन्तले सूत्रात्मक शैलीमा ‘तन्त्र गए तुजुक गएन’ भनेर स्टाटस अपडेट गरे । ‘राष्ट्रपतिज्यूको आजको सवारी र यसले निम्त्याएको सवारी जाम हेर्दा, भोग्दा फेरि आफूलाई प्रजाको दर्जामा नै भएको महसुस भयो’ भनेर उपेन्द्र श्रेष्ठले ट्वीट गरे ।

यी केही उदाहरण मात्रै हुन् । सामाजिक सञ्जालमा टिप्पणी नगर्नेहरूले पनि आपसी कुराकानीमा राष्ट्रपतिको शैलीको आलोचना गरेको सुनिन्थ्यो । जनताकै माझबाट सत्तामा पुगेकाहरूबाट जनतालाई नै सास्ती हुने कामको अपेक्षा नगरिएकैले सायद राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीजस्ता ‘विशिष्टको सवारी’ मा अस्तव्यस्तसँग बाटामा रोकिनुपर्दा सर्वसाधारणबाट कटु आलोचना हुने गर्छ ।

व्यवस्था बदलिँदा पनि सत्तामा पुग्नेको व्यवहार भने आखिर सधैं किन उस्तै हुन्छ ? ‘किनभने भित्रबाट हरेक मान्छे शक्तिकै पुजारी हुन्छ अनि शक्तिको स्वभाव अरूमाथि शासन गर्नेखालकै हुन्छ,’ मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘फलेको वृक्षको हाँगो झुक्ने भनेको लेखनाथको कवितामा मात्रै हो, व्यवहारमा त सत्तामा पुगेकाहरूमा नम्र हुने होइन, गजक्क परेर आफूलाई आम मानिसबाट टाढा राख्ने र पृथक् देखाउने बानी हुन्छ । सारालाई रोकाएर खाली बाटामा शासकहरू आफू मात्रै हिँड्नुको अर्थ नै यही हो ।’ अरू बेला सहज हुने, हात मिलाउने र कुशलमंगल सोध्ने नेताहरू मन्त्री भएपछि नचिनेजस्तो गर्ने प्रवृत्ति मौका पर्दा आफूलाई अरूभन्दा विशिष्ट देखाउने मानवीय चाहनाकै अभिव्यक्ति भएको ढकालले बताए ।

सत्तासीनहरूलाई सामान्य मानिसको दु:ख गौण लाग्ने हुनाले विशिष्टहरू अरूलाई पीडा दिने गरी व्यवहार गर्ने गरेको समाजशास्त्री चैतन्य मिश्रको बुझाइ छ । ‘हो, संसद्मा सम्बोधन गर्न राष्ट्रपति जानु संवैधानिक कर्तव्य हो तर यो काम बिदाको दिन वा सवारी चाप कम भएका बेला पनि त गर्न सकिन्थ्यो,’ मिश्र भन्छन्, ‘अथवा तामझाम कम पनि त गर्न सकिन्थ्यो । तर त्यसो भएन, किनभने सकेसम्मको रवाफ प्रदर्शन गर्ने सत्तासीनहरूको चरित्र हुन्छ अनि पाएको सास्तीलाई सकेसम्म बढाएर त्यसको आलोचना चाहिनेभन्दा बढी नै गर्ने सामान्यजनको बानी हुन्छ ।’ मिश्रको विचारमा बाटो खाली पारेर रवाफ देखाउने र बाटामा कुर्नुपर्दा रिस देखाउने दुवै पक्षमा ‘अति’ छ ।

पुरानै ढर्रामा राष्ट्रपति चल्नु र अझ बग्गीसहितको सवारी निकालेर सर्वसाधारणलाई सास्ती दिनु शासकहरूमा बदलिन नसकेको चिन्तन मुख्य कारण भएको जिकिर गर्छन् अर्का मानवशास्त्री डम्बर चेम्जोङ । ‘भौतिक परिवर्तनमा समाज अगाडि हुन्छ तर मानिस त्यो परिवर्तनअनुसार आफ्ना आनीबानी बदल्न सक्दैन । यस्तो अवस्थालाई मानवशास्त्रले सांस्कृतिक पछौटेपन भनेर व्याख्या गर्छ,’ चेम्जोङले भने, ‘मोटरको इन्जिन र पाटपुर्जा ठीकठाक राख्नुपर्नेमा सवारी साधनमा भोग दिने भनेर कुखुरा वा बोका चढाउनु सांस्कृतिक पछौटेपनको उदाहरण हो । मोटरगाडी नभएका बेला राजा(महाराजाहरू बग्गीमा सवारी चलाउँथे । अचेल मोटर, अझ हेलिकप्टरको युग छ तर हाम्रा शासकहरू परम्परा थाम्ने नाममा उही बग्गीले घेरिएर मोटर चढ्छन् । यो पनि सांस्कृतिक पछौटेपन नै हो ।’

गणतन्त्र आइसक्दा पनि सामन्ती राजतन्त्रमा झैं हाम्रा सत्तासीनहरूले सडकमा निक्लने प्रवृत्ति बदल्न नसक्नु परिवर्तन पूर्ण रूपमा स्थापित नभएको संकेत पनि हो भन्छन् ढकाल । ‘हिजो राजाको सवारी जसले व्यवस्थापन गर्थ्यो, आज राष्ट्रपतिको सवारी पनि उही संयन्त्रले चलाउँछ,’ उनी भन्छन्, ‘त्यसैले पनि उही ढर्रा र ढाँचामा राष्ट्रपतिको सवारी चलेको हो तर यसमा राष्ट्रपतिको पदमा बस्ने व्यक्ति स्वयंले निर्देशन दिएर यस्तो काम नलाग्ने चलन रोक्न चाहने हो भने सर्वसाधारण पीडित हुनुपर्दैनथ्यो ।’

सत्ता भनेको शक्ति हो र शक्तिले मान्छेलाई भ्रष्ट बनाउँछ भन्ने बेलायती इतिहासकार/राजनीतिज्ञ लर्ड एक्टनको भनाइ मान्ने हो भने सत्तासीनहरूले देखाउने दम्भ र अनावश्यकको बडप्पन त्यही भ्रष्ट मानसिकताको द्योतक भएको चेम्जोङको विश्लेषण छ । ढकाल पनि यसमा सहमत छन् । ‘सत्ता भनेको प्रदर्शनकारी शक्ति हो । राष्ट्रपति वा प्रधानमन्त्री शक्तिशाली व्यक्ति हो भन्ने कसरी थाहा पाउने त ?’ उनी भन्छन्, ‘आफू हिँडा यसैगरी सडक खाली गराएर ।’

तर यस्तो प्रदर्शनकारी शक्ति सामन्ती शासकहरूको पहिचान भएकाले गणतन्त्रमा पनि त्यही देखिनु विडम्बनापूर्ण स्थिति भएको उनले बताए । कान्तिपुर दैनिकबाट ।

उत्तर कोरियाली शासक किम अचानक चीन जानुको अर्थ के ?

काठमाडौं  । उत्तर कोरियाली शासक किम जोङ उन अचानक चीन भ्रमणमा जानु र त्यहाँका राष्ट्रपति सी जिनपिङसित भेटघाट गर्नु संसारलाई हैरान बनाउने विषय हो । उनको यस भ्रमणबाट उत्तर कोरियाको एक मात्र सहयोगी मित्र चीनसित उसको कति गहिरो सम्बन्ध छ भन्ने प्रस्ट हुन्छ । उत्तर कोरियाको अमेरिका र दक्षिण कोरियाका साथ प्रस्तावित शिखर सम्मेलनअघि सम्पन्न यस भेटघाटलाई निकै अर्थपूर्ण मानिँदै छ । मानिसहरूको ध्यान यस भेटवार्तापछि किमको अघिल्लो कदम के हुनेछ र विश्व राजनीतिमा यसको के असर हुनेछ भन्नेमा केन्द्रित छ ।

दक्षिण कोरियास्थित बिबिसी संवाददाता लाउरा बिकरका अनुसार किम जोङ उन सही समयमा चीनसितको आफ्नो सम्बन्ध सुधार गरिरहेका छन् । बिकर भन्छिन्– उत्तर कोरियामाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धमाथि सी जिनपिङको सहमतिपछि दुवै देशको सम्बन्धमा तिक्तता आएको थियो । उनी अगाडि भन्छिन्– पछिल्लो वर्ष उत्तर कोरियाले प्योङयाङ यात्रामा आइरहेका चिनियाँ दूतलाई फिर्ता पठाइदिएको थियो । यो सबका बाबजुद चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनिरह्यो र लामो समयसम्म उसको सहयोगी पनि ।

बिबिसी संवाददाता लाउरा थप अगाडि भन्छिन्– तपाईं विश्वतर्फ अघि बढिरहनुभएको छ भने त्यतिखेर तपाईंका साथमा कोही त हुनैपर्छ । उत्तर कोरियाका युवा नेता दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेटघाट गर्न गइरहेका छन् । यस्तोमा सी जिनपिङ आफूलाई तिरस्कृत महसुस गरिरहेका थिए ।

किम जोङ उनको चलाखीपूर्ण निर्णय

बिकरका अनुसार किम जोङ उनले आफ्नी पत्नीका साथमा पहिलो विदेश यात्रा गरेर त्यसको भर्पाई गर्न सफल भएका छन् । हालैमा डोनाल्ड ट्रम्पले नयाँ विदेशमन्त्रीमा माइक पम्पियो र सुरक्षा सल्लाहकारमा जोन बोल्टनको नियुक्ति गरेका थिए । यस्तोमा किम जोङ उन चीन जानु उनको एक चलाखीपूर्ण निर्णय हो । बिकरका अनुसार सायद अमेरिकासितको आफ्नो संवादको अन्त्य सुखद नहुने हो कि भन्ने चिन्ताका कारण किम जोङ उन आफूसित शक्तिशाली चीनको साथ रहेको सन्देश दिन चाहन्थे ।

उत्तर कोरियाबाट चीनलाई फाइदा

एक अनुमानका अनुसार उत्तर कोरियाको विदेशी व्यापारमा चीनको हिस्सा ९० प्रतिशतसम्म छ । चीन खानपिनका सामग्री, तेल र औद्योगिक उपकरणको सबैभन्दा ठूलो निर्यातक हो । जहिलेसुकै उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध थपिएको छ, चीनले उसलाई सहयोग गरिरहेको छ । तर, पछिल्ला केही महिनामा दुवै देशबीचको सम्बन्ध फेरिएको छ । चीनले पछिल्लो वर्ष यो घोषणा गरेको थियो कि ऊ उत्तर कोरियाबाट आयात हुने कोइलामा कमी ल्याउनेछ । निर्यातको मामिलामा उत्तर कोरिया सबैभन्दा बढी कोइला बेच्ने गर्छ ।

आणविक हतियारबारे दुवै देशको सोच

बिबिसीका चीनस्थिति संवाददाता स्टेफल म्याकडोनलका अनुसार दुवै नेताको भेटवार्ता संसारलाई आश्चर्यचकित पार्ने विषय हो । उनी भन्छन्– चिनियाँ मिडियाले दुवै नेताबारे जुन टिप्पणी गरेका छन्, त्यो साँचो हो भने यो चकित पार्ने खालकै छ । उनी अगाडि भन्छन्– मिडियाको रिपोर्टअनुसार किम जोङ उनले सी जिनपिङसित भनेका छन्, दुवै देशबीच जुन स्थिति सिर्जना भइरहेको थियो, त्यसबाट उनलाई आफू स्वयं बेइजिङ पुग्नु अत्यावश्यक भएको महसुस भएको थियो ।

बिबिसी हिन्दीलाई उदृत गर्दै नयाँ पत्रिकाले लेखेको छ – उता मिडियाका अनुसार नै सी जिनपिङले भनेका छन्– चीन आफ्नो लक्ष्यमा अडिग छ कि यस प्रायद्वीपमा आणविक हतियार नष्ट होस् । यसमा किम जोङले प्रतिक्रिया दिएका छन् कि आणविक हतियार नष्ट गर्न उनी प्रतिबद्ध छन् । सुन्नमा यो अलिक अनौठो लागे पनि यसका पछाडि कारण छन् । उनी यस विषयमा बहस गर्न सक्छन् कि यदि उत्तर कोरिया सुरक्षित महसुस गरिरहेको छ भने यस्ता हतियारको आवश्यकता किन पर्छ ?

४२ पेजको बन्यो एमाले–माअोवादी एकता अन्तरिम राजनीतिक प्रतिवेदन

काठमाडौं  । एमाले र माओवादी एकताका लागि गठित अन्तरिम राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले ४२ पृष्ठको अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। बिहीबार अबेरसम्म शंखमूलस्थित एक अपार्टमेन्टमा बसेको कार्यदलको बैठकले अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको हो। कार्यदलले एकता महाधिवेशनअघिसम्मका लागि मार्गदर्शक सिद्धान्त, एकीकृत पार्टीको राजनीतिक कार्यदिशा, रणनीतिक लक्ष्यलगायत मूलभूत विषय टुंगो लगाएको छ।

अन्तरिम मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद–लेनिनवाद अपनाउने, जनताको बहुदलीय जनवाद तथा माओवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एकता महाधिवेशनबाट टुंगो लगाउने कार्यदलमा सहमति भएको छ । त्यस्तै, संविधानको प्रस्तावनाअनुसार समाजवादको आधार तयार गर्ने गरी राजनीतिक कार्यदिशा अपनाउने, जनआन्दोलन, जनक्रान्ति र जनयुद्धले गरेका परिवर्तनलाई प्राप्त उपलब्धिका रूपमा स्वीकार गर्ने पनि अन्तरिम राजनीतिक प्रतिवेदनमा सहमति भएको छ।

अन्तरिम राजनीतिक प्रतिवेदनमा पृष्ठभूमि, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समीक्षा, अबको कार्यभार र कार्यदिशा, समाजवादसम्म पुग्ने बाटोलगायत विषय समेटिएका छन्। प्रतिवेदनमा जनताको बहुदलीय जनवादका विशेषता उल्लेख गरिएको छ। कार्यदलमा एमाले नेता माधवकुमार नेपाल संयोजक छन्। त्यस्तै, सदस्यहरूमा एमालेबाट भीमबहादुर रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त छन् भने माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, देवेन्द्र पौडेल र फम्फा भुसाल छन्। नयाँपत्रिका दैनिकमा समाचार छ ।

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

एजेन्सी । पपुवा न्यु गिनीमा शक्तिशाली ६.९ रेक्टर स्केलको भूकम्प गएको छ। न्यु ब्रिटेन आइल्याण्डको तटीय क्षेत्र केन्द्रविन्दु भएर ६.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे ले जनाएको छ। भूकम्पपछि केही तटीय क्षेत्रमा सुनामी आउन सक्ने भन्दै चेतावनी दिइएको छ।

न्यु ब्रिटेन आइल्याण्डको राबाउल शहरबाट १६२ किलोमिटर पर केन्द्र भएर भूकम्प गएको हो । अहिलेसम्म मानवीय क्षति भएको खबर आएको छैन। पपुवान्युगिनीमा गएको फेब्रुअरी २६ मा ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो। फेब्रुअरीको भूकम्पमा परी कम्तीमा १०० जनाको ज्यान गएको थियो।

सशस्त्रमा को बन्ला नयाँ अाईजीपी ? खनाल एक्ला दाबेदार

काठमाडौं । आगामी २९ चैतमा वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएकाले सशस्त्रको भावी नेतृत्वका लागि दौडधुप सुरु भएको छ। भावी महानिरीक्षक (आईजीपी) का लागि वरिष्ठताका हिसाबले अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्ला दाबेदार भए पनि अन्य एआईजी पनि नेतृत्वमा पुग्न चर्को लबिङमा छन्।

विशेषगरी खनालभन्दा ११ महिनापछि एआईजी बनेका पुष्पराम केसी र नाराणबाबु थापा पनि आईजीपी बन्न तीव्र लबिङ गरिरहेका छन्। अद्धसैनिक संगठन सशस्त्र प्रहरीको १७ वर्षे इतिहासमा आईजीपी बनाउँदा अहिलेसम्म पनि सरकारले नेपाली सेनामा झै वरिष्ठतालाई नमिचेकाले एआइजी खनाल नै एक्ला दाबेदार हुन्। राजधानी दैनिकमा समाचार छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web