पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

चैत्र १६, २०७४ मा प्रकाशित | 27605 views

<p>एजेन्सी । पपुवा न्यु गिनीमा शक्तिशाली ६.९ रेक्टर स्केलको भूकम्प गएको छ। न्यु ब्रिटेन आइल्याण्डको तटीय क्षेत्र केन्द्रविन्दु भएर ६.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे ले जनाएको छ। भूकम्पपछि केही तटीय क्षेत्रमा सुनामी आउन सक्ने भन्दै चेतावनी दिइएको छ। <br><br>न्यु ब्रिटेन आइल्याण्डको राबाउल शहरबाट १६२ किलोमिटर पर केन्द्र भएर भूकम्प गएको हो । अहिलेसम्म मानवीय क्षति भएको खबर आएको छैन। पपुवान्युगिनीमा गएको फेब्रुअरी २६ मा ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो। फेब्रुअरीको भूकम्पमा परी कम्तीमा १०० जनाको ज्यान गएको थियो।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web