कांग्रेस नेता खुमबहादुर खड्काको निधन

चैत्र १६, २०७४ मा प्रकाशित | 560 views

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचारको क्रममा खड्काको  शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, तथा पुर्व गृहमन्त्री खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको कां‌ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

भारत खड्को भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा शुक्रबार खड्काको निधन भएको हो। पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले पीडित थिए। उपचारका लागि दिल्ली पुगेका खड्काको शरीरका धेरै काम गर्न छोडेका थिए। खड्काको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र शंकर भण्डारी फागुन १३ गते नयाँ दिल्ली गएका थिए ।

आर्थिक अभावका कारण खड्कालाई दिल्लीको एम्स अस्तपतालमा सार्ने तयारी भइरहेको थियो । दिल्लीस्थित नेपाली दूतावासले एम्समा उपचारको व्यवस्था मिलाइसकेको थियो । तर, स्वास्थ्य जटिल भएपछि सार्न सकिएको थिएन ।

गम्भीर बिरामी परेपछि खुमबहादुर गत फागुन ४ गते शुक्रबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। त्यहाँ उपचार हुन नसकेपछि खुमबहादुरलाई थप उपचारका लागि दिल्ली लगिएको थियो।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । तर पनि उनी कां‌ग्रेसको राजनीतिमा सक्रिय थिए । उनी कांग्रेसको काठमाडौँमा भएको १३ औँ महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा पनि विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web