नुवाकोटको मुख्य बजारका घरटहरा हटाउन डोजर चल्यो

बैशाख १३, २०८३ मा प्रकाशित | 29 views


नुवाकोट । ‘गल्छी–रसुवागढी सडक योजनाको कार्यालय’ मार्फत विस्तार भइरहेको सडकको पहुँच मार्गभित्र अतिक्रमण गरेर बनेका संरचनाहरु बल प्रयोग गरेर हटाउन थालिएको छ ।

सडकका दायाँबायाँ १५–१५ मिटर भित्र पर्ने घरटहरा सहितका भौतिक संरचना हटाउन आयोजना कार्यालयबाट दिएको सूचना अवधिमा अटेर गरेका संरचनामा शनिबारदेखि डोजर लगाएर हटाउन थालिएको हो ।

‘गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक योजना कार्यालय’का प्रमुख कृष्णराज ओझाको अनुसार सडक पहुँच भित्रका संरचनाको नियम अनुसार क्षतिपूर्ति रकम लिएर हटाउन सहमति जनाएपनि अटेर गरेका संरचनालाई बल प्रयोग गरेर भत्काउन थालिएको हो । ती संरचनाको सङ्ख्या व्यक्तिगत ८६ घरटहरा सहित एक दर्जन सरकारी तथा संघसस्थाँको संरचना रहेका छन् ।

घरटहरा हटाउन आयोजना कार्यालयको आग्रहमा विदुर नगरपालिकाको दुईथान डोजर र प्रशासन मार्फत आवश्यक सुरक्षा उपलब्ध गराइएको छ ।

शनिबारदेखि जिल्लाको मुख्य बजार क्षत्रेमा पर्ने ढुङ्गे, विदुर, बट्टारका अतिक्रमति संरचनाहरु भत्काउन थालिएको हो । तीनदिन भित्र नुवाकोट जिल्ला भित्रका संरचना भत्काइसक्ने लक्ष्य लिएको योजना प्रमुख ओझाको भनाई छ ।

सडक पहुँच क्षेत्रका संरचना खाली नहुदाँ अन्तराष्ट्रिय राजमार्गको रुपमा विस्तार भइरहेको सडकको रोकिएको निर्माण कार्य सुरु गर्न सहज भएकाले केही दिनभित्रै ‘साइट क्लियर’ गरेर निर्माण व्यावसायीलाई काम सुरु गर्न निर्देशन दिने उहाँले बताउनुभयो ।

धादिङको गल्छीबाट नुवाकोटको विदुरहुदैँ चीनसंगको नाका रसुवागढी पुग्ने यस सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त सहित राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार थालिएको छ । तर, नुवाकोटको बजार क्षेत्रका अतिक्रमित संरचना हटाउन भएको ढिलाईका कारण योजनाको काम सुरु गरेको दशवर्षसम्म अधुरै रहेको छ ।

बजार क्षेत्रमा बल्ल काम सुरु गर्न थालिएको हो ।
विसं. २०७२ मा मन्त्रिपरिषद्ले चीन–नेपाल र भारत त्रिदेशीय राजमार्गको सबैभन्दा छोटो दुरीको अन्तराष्ट्रिय राजमार्गको रुपमा निर्माण गर्ने निर्णय सहित काम थालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web