एकाधिकार तोड्न सरकारको ‘एक्सन’ धुलिखेलसम्मको रुट इजाजत खुला

चैत्र २१, २०७४ मा प्रकाशित | 579 views

काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं-धुलिखेल रुट परमिट खुल्ला गरेको छ । कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडौंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको हो ।

काभ्रे र भक्तपुरका सडकमा एकाधिकार कायम गरेका समितिहरुले सेवा अवरुद्ध पर्दा यात्रुहरु मारमा परेका छन् । नियमित कामका लागि हिँड्ने यात्रुहरु, ग्रामीण भेगमा पुग्नु पर्ने यात्रुहरुलार्इ यातायात सुविधा नहुँदा धेरै समस्या भएको छ । कोटेश्वर पूर्व यातायात समन्वय समितिमा हेलम्वु यातायात, काभ्रे बस सेवा समिति, नयाँ बाटो सद्भाव सेवा समिति, पुरानो बाटो सद्भाव समिति, हिमाल तरार्इ बस सेवा समिति, काभ्रे मिनीबस सेवा समिति, भक्तपुर मिनीबस सेवा समिति लगायतका १२ वटा समिति रहेका छन्। यी समितिमा करिब दुई हजार बस आबद्ध छन्।
मयुर यातायातले चक्रपथ हुँदै काठमाडौं बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा समितिले विरोधस्परुप ग्रामीण र शहरी दुवै भेगका बस ठप्प पारेका हुन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भण्डारीले अब व्यवसायीहरुको एकाधिकार तोड्दै सबैले सहज रुपमा सेवामूलक व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकार लागिपरेको बताए ।
उनले भने, ‘यातायात ठप्प हुँदा नियमित कामका लागि हिँड्ने यात्रुहरु, ग्रामीण भेगमा पुग्नु पर्ने यात्रुहरुलाई मर्कामा परेका  छन् । यही समस्यालाई ध्यानमा राखेर विभागले धुलिखेसम्म अन्यलाई पनि रूट इजाजत दिने निर्णय गरेको हो ।’जुन व्यवसायीले सो रुटमा बस सञ्चालन गर्न चाहन्छ इजाजत दिने सरकारले नै सो रुटमा चल्ने बसलाई सुरक्षा दिने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web