प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच ‘वान टु वान’ भेटवार्ता

चैत्र २३, २०७४ मा प्रकाशित | 1341 views

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। nलोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री मोदी निवासमा प्रधानमन्त्री ओली र मोदीबीच अनौपचारिक भेटवार्ता भएको हो।<br>&nbsp;मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए । ओली परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार विष्णु रिमाल समेत नलिई रेसकोर्स गएका थिए । भारतीय प्रधानमन्त्री मोदीले ट्विट गर्दै भेटवार्ताको फोटा पोस्ट गरेका छन्। उनले ट्विटमा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटले हर्षित छु।’ </p><p>प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शनिबार प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा औपचारिक वार्ता हुनेछ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय उद्योगी व्यापारीलाई सम्बोधन गरेका थिए। ५४ सदस्यीय भ्रमण टोली लिएर भारतको राजकीय भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीलाई नयाँ दिल्ली स्थित विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web