सिन्डिकेट तोड्न बनेपा-धुलिखेल रुटमा साझादेखि मेट्रोसम्म,एकैदिन पाँच कम्पनीलाई इजाजत

चैत्र २१, २०७४ मा प्रकाशित | 3646 views

काठमाडौं । सडकमा एकाधिकारको पक्षमा यातायात सेवा नै रोकेर आन्दोलन गर्ने कोटेश्वर पूर्वका यातायात व्यवसायीको आन्दोलनपछि सरकार झन् कडा रुपमा प्रस्तुत भएको छ । सिन्डिकेटको आडमा केही व्यवसायीहरुले कोटेश्वर पूर्वको यातायात सञ्चालमा बाधा गरेपछि सरकारले पञ्जीकरण भएर आएका पाँच वटा कम्पनीलाई त्यस रुटमा अस्थायी इजाजत (पटके) दिएको छ ।

यातायात व्यवस्था विभागले  ११  वटा यातायात समितिहरुले बुधबार गाडी नचलाएपछि यातायात व्यवस्था विभागले पाँच वटा कम्पनीलाई धुलिखेल र पनौतीसम्मको अस्थायी रुट परमिट दिएको छ। मयुर यातायात प्रालिले बनेपा(धुलिखेलसम्म सुविधायुक्त ठुला बस चलाएपछि नेपाल यातायात व्यवसायी महासंघकै संरक्षणमा यस रुटमा चलिरहेका ११ कम्पनीले सडकमा अवरोध गरेका थिए । सिन्डिकेट पक्षधरले मयुरका केही बस तोडफोडसमेत गर्दै यातायात ठप्प बनाएका थिए ।

रुट इजाजत पाउनेहरुमा काठमाडौँमा उपत्यका र आसपासमा गुड्ने साझा यातायात, मेट्रो सिटी, शिवदर्शन यातायात, अन्नपूर्ण यातायात, मयूर र मध्यउपत्यका बस प्रालि सेवा रहेका छन् । यो रुटमा सार्वजनिक सवारी सञ्चालन गरिरहेका ११ कम्पनीसम्वद्ध व्यवसायीहरुले बस नचलाएपछि यात्रुले सास्ती पाएका थिए । अन्य कम्पनीले गाडी थन्क्याएपछि यो रुटमा अहिले भक्तपुरस्थित मध्यउपत्यका बस प्रालिले मात्रै सार्वजनिक सवारी चलाइरहेको छ ।

सरकारले ग्रामीण रुटमा जान अटेर गरेर यातायात ठप्प पारेका व्यवसायीहरुको रुट इजाजत पनि खारेज प्रक्रिया अघि बढाएको छ । यातायात व्यवस्था विभागले स्थानीय प्रशासनलाई गाडी नचलाउने व्यवसायीको लगत संकलन गर्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web