पानीजहाज सञ्चालन सहमतिबारे मन्त्रालय नै बेखबर

चैत्र २७, २०७४ मा प्रकाशित | 1853 views

काठमाडौं । मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको छैन। भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि काठमाडौंम रेल, नेपाल र भारतबीच पानीजहाज चलाउने विषयमा सहमति भएको थियो।

यस वियमा सम्बन्धित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने छलफलै भएको थिएन। मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार भारतसँग सहमति भएको पानीजहाज सञ्चालन जस्तो ठूलो लगानीको विषयमा मन्त्रालयमा कुनै पनि छलफल भएको छैन। ‘पानीजहाजको विषयमा छलफल थिएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘प्रधानमन्त्री कार्यालयमा छलफल भएको हुनसक्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web