सिन्डिकेट गर्न नपाएपछि देशभर गाडी ठप्प पार्ने यातायात व्यवसायीको तयारी

बैशाख ३, २०७५ मा प्रकाशित | 3371 views

काठमाडौं । यातायात व्यवसायीले वैशाख २० गते सबै भाडाका यातायात ठप्प पार्ने निर्णय गरेका छन्। सरकारले सिन्डिकेट खारेज गरेपछि, त्यसको विरोधस्वरुप नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा वैशाख २० गते देशव्यापी चक्काजाम गर्ने निर्णय गरेका हुन्।

आइतबार बसेको विभिन्न यातायात सम्वद्ध संस्थाको बैठकले सरकारले सुनुवाइ नगरे वैशाख २६ गतेदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्। सरकारले ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको खारेजीको माग गर्दै वैशाख २० गते सबै भाडाका गाडी नचलाउने निर्णय गरेको महासंघले जनाएको छ ।

महासंघको निर्णय अनुसार पेट्रोल ढुवानी समेत ठप्प हुनेछ। यसैबीच यातायात विभागले भने सार्वजनिक यातायात बन्द गर्नै नपाउने भन्दै बन्द गरेमा कारवाही गर्ने जनाएको छ । सरकारले निर्देशिका जारी गर्दै कम्पनीमार्फत् सार्वजनिक यातायात चलाउनुपर्ने, यातायात समिति असारदेखि नविकरण नगर्ने लगायतका सुधारका मुद्दा अघि बढाएको थियो। यातायात व्यवस्था विभागले कम्पनीमार्फत् सार्वजनिक यातायात चलाउन अनुमति दिन थालेको थियो।विभागको अनुमतिपछि काठमाडौंदेखि बनेपासम्म मयुर यातायातले सेवा थालेको थियो।

मयुर यातायातको सेवाका विरुद्धमा कोटेश्वर पूर्वका व्यवसायीले एक दिन यातायात बन्द गरेका थिए। कोटेश्वर पूर्वका यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि विभागले एकै दिन पाँच वटा कम्पनीलार्इ अस्थायी रुट इजाजत दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web