टोकियो ।

जापानका प्रधानमन्त्री र अन्तराष्ष्ट्रिय परमाणु ऊर्जा एजेन्सी आईएईएका प्रमूख उत्तर कोरियाको परमाणु केन्द्रको चेकजाँच गर्नुपर्ने विषयमा सहमत भएका छन् ।

जापान भ्रमणमा रहेका आईएईएका प्रमुख युकिया आमानोबिच मंगलबार टोकियोमा भएको भेटवार्तामा दुई कोरिया र अमेरिका तथा उत्तर कोरियाबिच हुन लागेको शिखर वार्तामा यो विषयले प्रमुखता पाउनुपर्नेमा पनी दुवै पक्ष सहमत भएको जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेको छ ।

भेटमा आईएईएसँग जापान निरन्तरमा सम्पर्क रहने विषयमा छलफल हुनुका साथै अब दोहोर्याएर कहिल्यै गल्ती नगर्नेगरि उत्तर कोरियालाई पूर्ण रुपमा परमाणु निशस्त्रीकरण गरिनुपर्ने जापानी प्रधानमन्त्री आबेले भेटपछी बताएका छन् ।

आईएईएका प्रमुख आमानोले अन्तराष्ष्ट्रिय निरीक्षण बिना परमाणु निशस्त्रीकरण संभव नभएको भन्दै यसमा सरोकारवाला पक्षको सहभागीता र निरिक्षण आवश्यक भएको बताएका छन् ।

यसैबिच जापानका विदेश मन्त्री तारो कोनो उत्तर कोरियाको विषयमा छलफल गर्न भन्दै दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

दक्षिण कोरियाली विदेश मन्त्री कान ग्योंग ह्वासँग बुधवार भेटवार्ता गर्न लागेका कोनोले भेटमा आसन्न उत्तर दक्षिण शिखर बार्वाको विषयमा छलफल गर्ने ठानिएको छ ।

दक्षिण कोरिया प्रस्थान गर्नुअघि कोनोले उत्तर कोरियामाथि अधिकतम दबाव राखिराख्नुपर्ने भन्दै उत्तर कोरियालाई परमाणु मुक्त बनाउनु अति आवश्यक र यो नै मुख्य आवश्यकता रहेको बताए ।

कोनो ले उत्तर र दक्षिण कोरियाबिच हुने शिखर वार्तामा जापानका अपहरित नागरिकको बारेमा पनि दक्षिण कोरियाले उत्तरसँग कुरा उठाओस् भन्ने जापानको आग्रह हुनेछ ।

उत्तर कोरियामा अबैध रुपमा सिमा प्रवेश गरेका तथा सुराकी ठानेर उत्तर कोरियाले जापानी सहित केही दक्षिण कोरियाली सहित अमेरिकी नागरिकलाई समेत नियन्त्रणमा लिएर राखेको छ ।

17.12¡ÆC