अपांगता भएकाहरुको आत्मनिर्भर यात्रा

चैत्र ३०, २०७४ मा प्रकाशित | 3523 views

सामान्यताय अपांगता भएकाहरुलाई आफूले चाहेको सामान्य कार्य गर्न नसक्नेहरुलाई बुझिने गरिएको छ । एक अपांगता भएकालाई त घर परिवार समाजले जीवन यापनकोलागि अरुले योगदान आवश्यक रहन्छ भने अपांगता भएकाहरु सामूहिक रुपमा बसेको ठाउँमा कसले योगदान दिएर सकिएला । यो सामान्य परिकल्पनाभन्दा बाहिरको कुरा हो ।

तर काठमाण्डौं तारकेश्वर पयुँटारमा आपसमा संगठीत भएर बसेका अपांगता भएकाहरुले आफैमा आत्मनिर्भरतको अभियान सुरु गरेका छन् । आफ्नो फरक क्षमता र सक्षमताको आधारमा आत्मनिर्भरताको लागि काम सुरु गरेको उनीहरुले बताएका छन् ।

आफंै काम गरेर आफंै जीवन निर्वाह सञ्चालनको लागि आफ्नो सक्षमताको अनुसार हस्तकलाका समानहरुको निर्माण गर्न सुरु गरेका छन् । आफैं शारीरिक आफै अशक्त रहेका चन्द्रबहादुर खत्रीले सञ्चालन गर्दै आएको उक्त अपांग सेवा केन्द्रका फरक क्षमता भएकाहरुले सीप अनुकुलको हस्तकललाका सामाग्रीहरु निर्भाण तथा प्रदर्शन सुरु गरेका छन् ।

उपत्यकामा बेसहारा बालबालीकाको लागि काम गर्दै आएको संस्था संभव नेपाल र अपांग  केन्द्रको अगुवाईमा आत्म निर्भरको अभियान सुरु गरेको बताएका छन् । अपांगताभएकाहरुको आफ्नो फूर्सदको समयको सदुपयोग गरी बिभिन्न हस्तकलाका सामाग्रीहरु निर्माण गर्न लागिएको संभव नेपालका सञ्चालक कपिल देवकोटाले बताएका छन् । विगत केही बर्षअघिबाट अपांग सेवा केन्द्रका अपांगता भएकाहरुले यस्तो सामाग्रीहरु बनाउन सुरु गरेका हुन् ।

हाल यस केन्द्रमा करिव चार दर्जन प्रकृतिका सामानहरु निर्माण गरिरहेका छन् । दैनिक घरायसी सामानहरु जस्तो जुत्ता, चप्पल, म्याट, पिरा, मुडा बिभिन्न धरपालुवा  र बन्यजन्तुका शरीरहरु, चराचुरुङ्गीका आकृतिहरुलाई अपांगहरुले निर्माण गरिरहेका छन् ।

अपांगहरुले निर्माण गरेका हस्तकलाका सामानहरुलाई चैत्रको पहिलो हप्ता भएको साना तथा घरेलु उद्योग प्रदर्शनीमा समेत प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनीले देस तथा विदेसमा सामानरुको प्रचारमा सहयोगि बनेको अपांगा आत्मनिर्भर अभियानका कपिल देवकोटाले जनाएका छन् ।

अपांगहरुलाई आफ्ना लागि आफै काम गर्न सक्ने बनाउनको लागि अभियानकै रुपमा हस्तकलाका सामानहरु बनाएर विक्रि वितरण गर्न थाालीएको उक्त अभियानको लक्ष रहेको छ । विगत पाँच बर्षबाट पुनस्र्थापना गरी अपांग सेवा केन्द्रका अपांगहरुले निर्माण गरेका सामानहरुले उनीहरुको परनिर्भरतालाइै केही हदसम्म कमगर्न सहयोगी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web