१८ जेठ, एजेन्सी ।
सिरियामा बेपत्ता भएका जापानी पत्रकार मलाई मद्दत गर्नु , यो मेरो अन्तिम अवसर हो लेखिएको बिल्ला भिराइएर अपहरणकारीबाट सार्वजनिक भएका छन् ।

समाचार अनुसार अतिवादी ईश्लामिक समुह अल काइदासंग सम्बन्धित समूह जिहादी अल नुर्सले उनलाई गत जुलाईदेखी बन्धक बनाएर राखेका छन् ।

पत्रकार जुम्पी यासुडा सिरियाको बसिरियामा अपहरित भइ हाल बेपत्ता छन् । यसअघि अपहरित व्यक्तिबारे स्पष्ट हुन नसकेको बताएको जापान सरकारले अपहरित यासुडा जापानी नागरिक भएको पुष्टि गरेको छ ।

अतिवादीहरुले उनलाई अपहरणपछि कहाँ राखेको र मागका सम्वन्धमा खुलाएका छैनन् । जापान सरकारले भने बन्धक भएका यासुडाको मद्दतका लागी सबै प्रयास गरिने बताएको छ ।

जापानका पररष्ट्र मन्त्री फुमिओ किसिडाले सोमबार तस्विरमा देखिएका व्यक्ति यासुडा नै भएको भन्दै मन्त्रिपरिषदमा उनलाई छुटाउन र उनका बारेमा जानकारीहरु संकलन गर्न थालिएको बताएको छ ।

पछिल्लो समय द्धन्द्धग्रस्त मुलुकहरु इराक, सिरिया, अफगानिस्तान लगायतका देशमा पत्रकारहरुको असुरक्षा बढ्दै गइरहेको छ ।
अतिवादी समुह ईश्लामिक स्टेटले गत बर्ष एक अमेरिकी पत्रकार सहित केहीको विभत्स हत्या गरेको फोटो र भिडियो सार्वजनिक गरेको थियो भने सो उनिहरुको पकड रहेको क्षेत्रमा न्युनतम मानव अधिकार समेत हनन भइरहेको संयुक्त राष्टसंघले बताउँदै आएको छ ।

काठमाडौं,जेठ १८ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बजेटबारे छलफल गर्न सोमवार बोलाइएको बैठक चार पटकसम्म अबरोध गरेपछि कांग्रेसको माग सम्बोधन गर्न सरकार तयार भएको छ । ब्यवस्थापिका संसदमा बजेट पेश गर्नुअघि नै सार्वजनिक भएको बारेमा अर्थमन्त्री विष्णु पौडेलले स्पष्टिकरण दिने भएका छन् ।बजेटबारे छलफल गर्न सोमवार बोलाइएको बैठक कांग्रेसको कारण सञ्चालन हुन सकेन् । अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्नु अघि नै सूचना चुहिएको भन्दै कांग्रेसले पटक पटक संसद अवरुद्ध परेको थियो ।

प्रधानमन्त्री केपी ओलीले भने बजेट सार्बजनिक नहुँदै यसअघि पनि पत्रपत्रिकामा आउने गरेको दाबी गर्दै छानबिन गर्न इन्कार गरेका थिए । तर कांग्रेसले सदन चल्न नदिने देखिएपछि सत्तारुढ दलहरुको मंगलबार विहान बसेको बैठकले छानविन गर्न समिति बनाउने निर्णय गरेका हुन् । बालुवाटारमा बिहान बसेको सत्तारुढ दलहरूको बैठकले विपक्षी दलको मागअनुसार छानिवन समिति बनाउने निर्णय भएको बैठकपछि राप्रपा नेपालका मुख्य सचेतक दिलनाथ गिरीले जानकारी दिए । संसद वैठक आज बोलाईएको छ ।

मुम्बई,जेठ १८ । भारतको महाराष्ट्रस्थित पुलगाउँमा रहेको सेन्ट्रल एम्युनिसन डिपोमा आगलागी हुँदा २ सैनिक अधिकारीसहित १८ जनाको मृत्यु भएको छ । बिस्फोटपछि आगलागी हुँदा धेरै क्षति भएको समाचार संस्था पिटिआईले जनाएको छ । घटनामा सेनाका दुई उच्च अधिकारी र १७ जना जवान घाइते भएका छन् । आगलागीपछि छेउमा रहेका ६–७ गाउँ खाली गराइएको छ भने १ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागी शुरु भएको स्थानमा भने आगलागी नियन्त्रण गरिसकिएको बताइएको छ । घटनाको छानबिन गर्न विशेष टोली गठन गरिएको छ ।

काठमाडौं,जेठ १८ । त्रिभुवन विश्वविद्यालय, परिक्ष नियन्त्रण कार्यलय बल्खुले २०७३ सालमा सञ्चालन गर्ने स्नातक तह दोस्रो बर्षको परीक्षातालिका सार्वजनिक गरेको छ । मानविकी, व्यवस्थापन, विज्ञान,कानुन र शिक्षाशास्त्र संकायको नियमित तथा प्रईभेट परीक्षादिने विद्यार्थीहरुको परीक्षातालिका सार्वजनिक गरेको छ । परीक्षा बिहान ७ देखि १० र दिउसो १ बजे देखि ४ बजे सम्म संचालन हुने परीक्षा नियत्रण कार्यलय बल्खुले जनाएको छ । साथै परीक्ष फर्म भर्न छुटेका विद्यार्थीहरु लाई जेष्ठ २६ र २७ गते दुई दिन समय दिएको छ ।

१८ जेठ, भक्तपुर ।
काठमाण्डौबाट ठिमी तर्फ आउँदै गरेको बा. ७४ प. ५२४८ नम्बरको मोटरसाईकल कौशलटारमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

दुर्घटनामा मोटरसाईकल चालक मध्यपुरथिमि नगरपालिका ९ बस्ने वर्ष २७ का सुरेन्द्र श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।

गएराती तिब्र गतिमा आएको तीन जना सवार मोटरसाईकल ६ लेन सडकको डिभाईडरमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

मोटरसाईकलमा सवार रहेका मध्यपुरथिमि नगरपालिका ८ बस्ने वर्ष २७ का संजय श्रेष्ठ र सोही नगरपालिका ९ वस्ने वर्ष २७ का मुकेश श्रेष्ठको भने नागरिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

१८ जेठ, पर्वत ।
सल्यान जिल्ला घर भई पर्वत सदरमुकाम कुश्माबजारमा मजदुरी गर्दै आएका एक व्यक्तिको छतबाट खसेर मृत्यु भएको छ ।

सल्यानको काग खोला ९ का ५५ बर्षिय लिलाधर खड्काको छतको छतबाट खसेर मृत्यु भएको हो ।

मंगलबार विहान करिव ६ बजेको समयमा खड्काको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । कुश्मा नगरपालिका ९ वडागाउँ स्थित लामिछाने होटलको छतबाट खसेर खड्काको मृत्यु भएको हो ।

मृतक खड्काको सव सडकमा घोप्टो परेको अवस्थामा भेटिएको र पोष्मार्टमका लागि जिल्ला अस्पताल पर्वतमा पठाइएको प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिए ।

१८ जेठ, चरिकोट ।
पानीको विषयमा विवाद हुदा दोलखा मिर्गे गाविस वडा नम्बर ५ चिलाउने खर्कका ५४ बर्षिय केशव दाहालको हत्या भएको छ ।

छिमेकी ५२ बर्षिय अम्बरबहादुर तमाङले खुकुरी प्रहार गरी केशवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिनु भयो ।

घट्नामा मृतक केशवको श्रीमती सिता दहाल घाईते भएको प्रहरीले जनाएको छ । ढाडमा खुकुरी प्रहारबाट चोटलागेको सितालाई उपचारको लागि सदरमुकाम चरिकोट ल्याईएको प्रहरी निरीक्षक कुर्मीले बताउनु भयो ।

प्रारम्भीक घट्ना विवरण अनुसार केहि समय अघि देखि केशव र छिमेकी अम्बरबहादुर बीच पानीको विषयमा विवाद भएको थियो ।

आज विहान ६ः ३० बजे तिर मादक पदार्थ सेवन गरी आएका अम्बरबहादुरले घरमा गहु केलाउदै गरेकी आफ्नी श्रीमती शेषमाला तमाङसंग झगडा गरेका थिए । लगतै छिमेकी तल्लो घरका केशव र सिता दहाललाई खुकुरी प्रहार गरेको स्थानियले बताएका छन् ।

खुकरी प्रहारबाट टाउको र गर्दनमा चोट लागेको केशवको घट्ना स्थलमै मृत्यु भएको थियो ।
घट्नाबारे बिस्तृत अध्यन भै रहेको र अभियुक्त अम्बरबहादुर फरार रहेकोले खोजि भै रहेको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिनु भयो ।

सिमलटारी,जेठ १८ । व्यवसायिकरणको बाटोमा लम्किरहेको गुल्मी जिल्लास्थित मर्भुङ गाविसको सिमलटारीलाई आधार बनाएर एम्बुलेन्स संचालन गर्न पहल थालिएको छ । सडक यातायातको पहुँच पुगेपनि स्तरीय स्वास्थ्य संस्था तथा एम्बुलेन्सको अभावमा यहाँका बासिन्दा आकस्मिक उपचारबाट बन्चित छन् । एम्बुलेन्स खरीद गर्न अहिले यूवाहरु आर्थिक सहयोग जुटाउने अभियानमा छन् ।

सिमलटारी फ्रेन्ड्स क्लवले यस अभियानको नेतृत्व गरिरहेको छ । क्लवले एम्बुलेन्स संचालन गर्ने अभियानमा सहयोग गर्न सरोकारवाला सबैमा आग्रह गरेको छ । ‘हामी मानिसलाई अकाल मृत्युबाट जोगाउने अभियानमा छौं’, सिमलटारी ढावका स्थानीय यूवा (हाल कोरिया) भोजेन्द्र थापाले भने, ‘यस कार्यमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

सिमलटारी गुल्मी जिल्ला क्षेत्र नम्बर तीनको केन्द्र हो । यहाँ आकस्मिक उपचारको व्यवस्था छैन । सिमलटारीलाई केन्द्र बनाएर एम्बुलेन्स सञ्चालन गर्दा मर्भुङ, सिर्सेनी, घमिर, अर्जे, अर्खाबाङ, महभिर, धुर्कोटलगायत एक दर्जन गाविस प्रत्यक्ष लाभान्वित हुनेछन् । एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न चाहाने दाताहरुले साइन रेसुङ्गा विकास बैंकमा खोलिएको खाता नम्बर ०१४ ००४ ००१ ००४ ५३० ००००१ मा रकम जम्मा गर्न सक्ने क्लबको भनाई छ ।

तमघास_सिमलटारी_पूकोटदह सडक पिच आयोजना चलिरहेको सिमलटारीमा पछिल्लो समय सुस्त गतिमा भएपनि व्यवसायक गतिविधि प्रारम्भ भइसकेका छन् । निकै लामो समयदेखि सडक यातायातले जोडिएपनि अदुरदर्शी स्थानिय राजनैतिक नेतृत्वका कारण सिमलटारीले अझै पनि विकासको गति समाउन सकेको छैन ।

-अच्युत पुरीको ब्लगवाट

१८ जेठ, टोकियो ।
सामाजिक संस्था विइफर अल जापानले ब्रेन ह्यामरेजका कारण अशक्त भई हाल नेपालमा उपचाररत सुनिता अधिकारी खरेलको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

जापानमा कामको सिलसिलामा रहनुभएकै समयमा ब्रेन ह्यामरेज हुँदा केही समय उपचार पछि थप उपचारको लागि नेपालमा रहनुभएकी सुनिताको लागि संस्थाले ५० हजार जापानी येन सहयोग गरेको संस्थाका अध्यक्ष सरोज कुमार खत्रीले जानकारी दिनुभयो ।

१ बर्ष अघि कोसेइ सुगिनामि अस्पतालमा ब्रेन ह्यामरेजको उपचार गर्नुभएकी सुनिताको हातखुट्टा बोली सबै अवरुद्ध रहेपनि हाल शहिद गंगालाल अस्पताल काठमाडौंमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको खत्रीको भनाई छ ।

सुनिताका पती गोकुल खरेललाई गत हप्ता सहयोग गरेको विइफरअलले उनको उपचारको लागि थप रहक आवश्यक भएकाले सहयोग जुटाउने प्रयास भइरहेको जनाएको छ ।

गुल्मी आपचौर निवासी सुनीताका श्रीमान् हाल कुक भिषामा जापानमा कार्यरत हुनुहुन्छ ।

१८ जेठ टोकियो ।
मगरसंघ जापानले बनभोज गरेर त्यसबाट उठेको रकम सामाजिक सहयोगमा खर्चिने भएको छ ।

संघको आयोजनामा आइतबार जापानको कावासाकी सिनामारुको स्टेशन नजिकै मारुकोबासी पार्कमा बनभोज कार्यक्रम सम्पन्न भएको थियो ।

संघले बनभोजबाट उठेको रकम तनहुँ शुब्लागण्डकीका ५५ बर्षीय मृगौला रोगी तेज बहादुर थापा मगरको उपचारको लागि दिने बताएको छ । उनको हाल मणिपाल क्षिशण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

स्याङ्जा समाज, तमु धिं, शेर्पा संघ, नेपाल तामाङ समाज, आँपचौर समाज, खेलाडी मोहन महर्जन लगायत जापानमा रहेका विभिन्न जनजाती संस्था सहित केही जापानीको समेत सहभागीता रहेको कार्यक्रममा २ सय बढी व्यक्तिको सहभागीता रहेको थियो ।

पप्पु गुरुङ्, १८ जेठ, कञ्चनपुर । महाकाली नदीमा डुबेर बेपत्ता भनिएका भारतिय नागरिकको शवलाई आफन्तले जिम्मा लिएका छन् । भारतको लालकुवा, हल्दवानी, राजनगर ग्राम पञ्चायत निवासी अन्ताजी ३० वर्षिय बिनोद स्यामवालको महाकाली नदीमा डुबेर बेपत्ता भएको थिए । स्थानियहरुले महाकाली नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । उनको शव हिजो अबेर राती दोधारा चाँदनी वडा नं. १० को नजिक रहेको महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ् । शवको प्राथमिक स्वास्थ्य चौकी दोधारा चाँदनीमा पोष्टमार्डम पछि आज आफन्तको जिम्मा लगाईएको छ् । आईतबार अपरान्ह करिब ३ बजेर ३० मिनेटमा ६ जना साथी संग मदिरा सेवन गरेर महाकाली झोलुङ्गे पुलको २ सय मिटर उत्तर दिशामा नदीमा तैरिने क्रममा आज बेपत्ता भएको भारतिय नागरिक स्यामवालका साथीहरुले जनाएका छन् ।

काठमाडौं,जेठ १८ । दुई साताअघिदेखि झापाको हिमालयन टि स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभुशमशेर राणालाई पनि बोलाएका छन् । उनीहरु गएको शुक्रबार नै त्यता पुगेका आजको समाचारपत्र दैनिकले जनाएको छ ।

पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीन जनलाई बोलाएका बुझिएको छ । उनले अवको दिनमा कसरी अघि बढ्ने भनेर परामर्श गर्न तीन जनालाई बोलाएको स्रोतले बताएको छ । राजतन्त्र व्युँताउन भित्रभित्रै लागिपरेका तीन हस्तीलाई आफ्नो स्वामित्वमा रहेको टि स्टेटमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।