चीन र भारतसँग मिलेर १० हजार मेगावाटको कर्णाली चिसापानी बनाउँन प्रस्ताव

काठमाडौं,जेठ १८ । उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना दक्षिण एसियाकै लागि लाभप्रद भएकाले सरकारले चीन र भारतलाई सहकार्य गरेर बनाउन प्रस्ताव गरेको बताएका छन् । उनले बाढी नियन्त्रण, ऊर्जा उत्पादन, पर्यटन, सुख्खायामको नियन्त्रित पानी लगायतका लाभका आधारमा लगानीमा साझेदारी गर्न दुई छिमेकी देशलाई प्रस्ताव गर्ने निर्णय गरिएको बताएको आजको अन्नपूर्णमा समाचार छ ।

सरकारले बजेटमा ‘कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनालाई भारत, चीन र नेपालको त्रिपक्षीय मैत्री परियोजनाको रुपमा विकास गर्न पहल गरिने’ उल्लेख गरेको छ ।

ऊर्जा मन्त्री रायमाझीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी ठूलो आयोजना, ठूलो लागत र ठूलै लाभ भएकाले दक्षिण एसिया क्षेत्रमा साझेदारी गर्दा उपयुक्त हुने बताए । ‘यो एउटा प्रस्ताव हो, ठोस निर्णय भएर आएको होइन,’ उनले भने । कर्णाली चिसापानीको लाइसेन्स हात पार्न अमेरिकी बहुराष्ट्रिय कम्पनी एनरोन (पछि धराशायी भएको) ले २०५४ सालमा सक्दो प्रयास गरेको थियो ।

भारतसित तल्लो तटीय लाभका मुद्दाहरु छिनोफानो नगरी लाइसेन्स दिन खोजिएको भन्दै तत्कालीन सरकारको तीव्र विरोध भएपछि यो प्रकरण सेलाएको थियो ।  नेपाल र भारत मिलेर यो आयोजना बनाउन नेपाली विद्यार्थीहरुलाई भारतको रुड्की पढ्न पठाइएको थियो । रुड्कीबाट पहिलोपटक सन् १९८० मा ५० जना इन्जिनियर भएर आएका थिए ।

नेपाली भूभाग डुबानमा पारेर जम्मा भएको हिउँदको नियन्त्रित पानीको मूल्य र बर्खायामको बाढी नियन्त्रणको मूल्य दिन भारतले नचाहेपछि यो आयोजना अघि बढ्न नसकेको पूर्व जलस्रोत मन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीले बताए । ‘यी लाभको मूल्य नदिने हो भने यो आयोजना अघि बढाउनुको अर्थ छैन,’ ज्ञवालीले सोमबार अन्नपूर्ण पोस्टसँग भने, ‘खडेरीमा सिंचाइका लागि नियन्त्रित पानी अमृतसरह हो, भारतमा पेट्रोल हालेर सिंचाइ हुँदैन ।’

यता ऊर्जा मन्त्री रायमाझीले भने यसका लाभ र लागतका आधारमा हामी छिमेकीहरुसित छलफल गरेर यसलाई अघि बढाउने बताए । उपप्रधानमन्त्री रायमाझीले आगामी वर्षको बजेटमै ऊर्जा संकटकाल निवारण र विद्युत विकास दशक परेकाले ऐनका रुपमा ढुक्क भएर लागू हुने बताए ।

बजेटपछि काँध फेर्ने सहमति भएकै हो: झलनाथ,गोप्य सहमति भएकै छैन : ओली

काठमाडौं,जेठ १८ । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले नीति तथा कार्यक्रम र बजेटपछि सरकार परिवर्तन गर्न माओवादीसँग सहमति भएको पुष्टि गरेका छन् । धर्मराएको सरकार बचाउन वैशाख तेस्रो साता दुई वामपन्थी दलबीच सहमति भएको उनको भनाइ छ । एमाले र माओवादीबीच २३ वैशाखमा बालुवाटारमा भद्रसहमति भएको जनाइएको छ । खनालले बजेटपछि सरकारको काँध फेर्ने सहमति भएको प्रस्ट पारेका हुन् । ‘सरकारले बजेट पेस गर्ने र पारित भएपछि काँध फेर्ने अनौपचारिक सहमति भएकै हो’ खनालले भनेका छन् ।बहुमतीय सरकारका लागि कि सहमतीय सकारका लागि भन्ने प्रश्नमा खनालले भनेका छन्, ‘पहिले काँध फेरेपछि सहमति गर्दै जाने कुरा भएको हो ।’ कृषिमन्त्री हरिबोल गजुरेलफे पनि सरकार फेर्रने विषयमा सहमति भएको जनाउँदै भने ‘अहिले तुरुन्त सरकार परिवर्तन गर्दा राम्रो हुन्न, बजेटपछि प्रचण्डजीको नेतृत्वमा सरकार बनाउने भन्ने सहमति त्यत्रा नेताहरूका बीचमा भएको हो,’ उनको भनाइ छ ।

उनका अनुसार प्रधानमन्त्री ओलीले सरकार छाड्दा वामपन्थीलाई नै छाड्ने र अरूलाई नछाड्ने पनि प्रस्ट पारेका थिए । सरकार परिवर्तनका लागि तीनबुँदे गोप्य सम्झौताको मस्यौदा तयार भएपछि प्रधानमन्त्रीले आफूमाथि अविश्वास भएको भन्दै गुनासो गरेपछि भद्र सहमति भएको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बजेट सार्वजनिक गरेर वाहवाही कमाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भवन नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा भने, ‘ बजेटपछि सरकार फेर्न विषयमा कुनै गोप्य सम्झौता भएको छैन । व्यवस्थापिका संसदको अर्को निर्वाचन नभएसम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन, दृढतापूर्वक बजेट कार्यान्यवनमा लाग्नुस् ।’ आजको दृष्टि साप्ताहिकमा खबर छ – बजेट सार्वजनिक भएको २४ घन्टा नबित्दै प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारको आयुका विषयमा आफ्नो दलका सांसदहरुलाई स्पष्टिकरण दिनुपर्नाको कारण थियो, केही दिनअघि प्रमुख सत्तासाझेदार दलका अध्यक्षले प्रचण्डले सत्ता परिवर्तन सम्बन्धि धारणा सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।

सोही क्रममा प्रधानमन्त्रीले एमाओवादीसँग कुनै गोप्य सहमति भएको छैन भनि स्पष्टिकरण दिएका हुन् ।

उनका अनुसार प्रधानमन्त्री ओलीले सरकार छाड्दा वामपन्थीलाई नै छाड्ने र अरूलाई नछाड्ने पनि प्रस्ट पारेका थिए । सरकार परिवर्तनका लागि तीनबुँदे गोप्य सम्झौताको मस्यौदा तयार भएपछि प्रधानमन्त्रीले आफूमाथि अविश्वास भएको भन्दै गुनासो गरेपछि भद्र सहमति भएको उनको भनाइ छ ।  आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गरिब घरको तथ्यांकको सूचीमा सरकारी कर्मचारी पनि !

काठमाडौं,जेठ १८ । सरकारले गरिब घर पहिचानको नामावली संकलन थाले पनि पहिलो चरणमा मुगुका २४ गाविसमा सरकारी कर्मचारीका परिवार नै गरिबको सूचीमा परेका छन् । गरिबी निवारण मन्त्रालयले गरिब घर पहिचान समन्वय समिति अन्र्गत गरिब पहिचान समन्वय समितिको बोर्डले पहिलो चरणको नामावली संकलनमा सरकारी कर्मचारीको नाम राखेर पठाएको छ । २०६९ बाट सुरु गरिएको गरिब घर पहिचान सर्वेक्षण तथा नामावली संकलनमा गैरसरकारी संस्था कार्यरत कर्मचारीहरुको नाम प्रकाशित गरिएको हो । जिल्लाका २४ गाविसमा ५ हजार ४ सय ८८ घरधुरी छन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसीडीपीका २४ गाविसकै सामाजिक परिचालकमार्फत संकलन गरिएको तथ्यांक दाबी विरोधका लागि सूचना प्रकाशन गरिएको नामावलीमा ३६ सय ५७ घरधुरी गरिब घरको तथ्यांकमा परेका छन् । यस्तै १८ सय ३१ घरधुरी पहिचान हुन बाँकी छ । यसमध्ये ३१ घरधुरीमा सरकारी कर्मचारी, शिक्षक र गैरसरकारी संस्थाका कर्मचारी नामावलीमा परेका छन् आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

शेष घलेका कारण ठमेलमा आतंक,महानगरपालिकामा समेत उजुरी

काठमाडौं,जेठ १८ । भूकम्पले कही नभएको ठमेलका घरहरु अहिले धमाधम चर्किन थालेका छन् । एउटा मात्र हाइन, दजनौं घरहरु बस्नै नहुने गरी चर्किन थालेपछि स्थानीयवासीहरु आतंकित भएका हुन् । अर्वपति व्यवसायी शेष घलेका कारण ठमेलमा यस्तो आतंक फैलिएको हो ।

उनले आठ अर्ब रुपैयाँको लगानीमा निमार्ण गर्न लागको शेराटन होटल निमार्णको कारण आसपासका घरहरु भास्सिन थालेका हुन् । होटल निमार्णका लागि धेरै जमिन खनिएको हो । जसकाकारण घलेविरुद्ध स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरुले महानगरपालिकामा समेत उजुरी हालेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

बेपत्ता भारतिय नागरिकको शव फेला

पप्पु गुरुङ्, १७ जेठ, कञ्चनपुर ।  महाकाली नदीमा डुबेर बेपत्ता भनिएका भारतिय नागरिकको शव आज फेला परेको छ् । भारतको लालकुवा, हल्दवानी, राजनगर ग्राम पञ्चायत निवासी अन्ताजी ३० वर्षिय बिनोद स्यामवाल हिजो महाकाली नदीमा डुबेर बेपत्ता भएको थिए । स्थानियहरुले महाकाली नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव आज अबेर साँझ दोधारा चाँदनी वडा नं. १० को नजिक रहेको महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ् । शवको आज प्राथमिक स्वास्थ्य चौकी दोधारा चाँदनीमा पोष्टमार्डम गरिने प्रहरीले जनाएको छ् । पोष्टमार्डम पछि शव आफन्तको जिम्मा लगाईने बताईएको छ् । हिजो अपरान्ह करिब ३ बजेर ३० मिनेटमा ६ जना साथी संग मदिरा सेवन गरेर  महाकाली झोलुङ्गे पुलको २ सय मिटर उत्तर दिशामा नदीमा तैरिने क्रममा आज बेपत्ता भएको भारतिय नागरिक स्यामवालका साथीहरुले जनाएका छन् । बेपत्ता स्यामवालको खेजी कार्यमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानिय तथा परिवारजन लागेको हो ।

नेपाली सेना लघु चलचित्र प्रतियोगिता

१८ जेठ, काठमाडौं ।

नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७२ मा राष्ट्रको पहरेदार नामक चलचित्र प्रथम भएको छ ।

सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हने चलचित्रलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा देवेन्द्र पाण्डेको लघु चलचित्र राष्ट्रको पहरेदार प्रथम, सुरज पौडेलेको लघु चलचित्र लक्ष्य जिन्दगीको द्वितीय र प्रतिश श्रेष्ठको लघु चलचित्र नयाँ घर तृतीय भएका छन ।

प्रतियोगिताका लागि २२ चलचित्रले निवेदन दिएकामा मापदण्ड पुरा गरेका ८ चलचित्रलाई प्रतिश्पर्धामा समावेश गरिएको थियो ।

हरेक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको लघु चलचित्र प्रतियोगितामा विभिन्न विषयबस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत गर्ने गरिएको सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले जानकाारी दिनुभयो ।

यस किसिमको प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्रहरु उत्पादन गर्नमा उल्लेखनीय भूमिका खेल्ने र नेपाली चलचित्र क्षेत्रमा स्थापित र नवप्रवेशी कलाकार र चलचित्र निर्माताहरुलाई चलचित्र निर्माण गर्न प्रोत्साहित गर्नुको साथै नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

सत्ताघटक काँग्रेसको बिरोध सामना गर्न तयार

१८ जेठ, काठमाडौं ।
सत्ता साझेदार नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका अध्यक्षहरूबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका–संसदमा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री केपी ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बालुवाटारमा भएको भेटवार्तामा नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको हुँदा बजेटको कार्यान्वयनमा गर्दै अघि बढ्ने सहमति भएको हो ।

प्रधानमन्त्री का प्रेस सल्लाहकार प्रमोद दाहालको अनुसार नेताहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि कुराकानी भएको थियो ।

माकुनेले भने-‘केपी ओली सहिदकी श्रीमती ताक्ने, बलात्कारीको गाडी चढ्ने’ (भिडियो सहित)

१७ जेठ, काठमाडौं ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रेहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनहीन, उदण्ड र खराब आचरणका व्यक्तिहरुको संरक्षण गरेको आरोप लगाएका छन् ।

नेपालले ओलीलाई ‘खराब आचरण भएकाहरुको गुरु’ भएको समेत आरोप लगाए । उनले पार्टीको मुल नेतृत्वको चरित्र  नै उदण्ड भएकाले पार्टीमा उदण्डहरु हाबी हुन खोजेको बताए । उनले दुई नम्बरी काम गर्ने, खराब आचरण भएका, सहिदकी श्रीमती ताक्नेहरुको बोलवाला चल्न थालेको टिप्पणी गरे ।

‘दुई नम्बरी काम गरेको छ, आचरण खराब छ । अर्काकी श्रीमती ताकेको छ । सहिदकी श्रीतीमाथि ताकेको छ’, हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा नारायण पौडेलसँगको अन्तर्वार्तामा नेपालले भनेका छन्, ‘त्यतिमात्र होइन, बोलीमा मिठास छैन । उण्डदता छ, बिनम्रता छैन । हेर्नुहोस् त फेसबुकमा लेखेको उदण्डहरुको जमातले । जस्तो सिकाइएको छ । त्यस्तै चेलाहरु छ । जस्तो गुरु, त्यस्तै चेला ।’ नेपालले ओलीको कटु बोलीतर्फ संकेत गर्दै पार्टीमा बिनम्रता हराएको बताएका हुन् ।

नेता नेपालले आफूसँग नजिक रहेका नेता कार्यकर्तालाई त्यस्तो उदण्डता कहिल्यै नसिकएको र अरुको पनि मानसम्मान गर्न भन्ने गरेको बताए । ‘म त्यस्तो सिकाउँदिन । म अरुलाई पनि मान सम्मान गर्न भन्छु’, नेपालले भने ।

दिनर रक्सीको घ्याम्पोमा डुब्ने, बलात्कारी र भ्रष्टाचारीको गाडी चढेर हिंड्ने ?

नेता नेपालले ओलीसँग निकट रहेकाहरुमो पार्टीमा मनपरी चलेको आरोप लगाए । बलात्कारी र भ्रष्टाचारीको गाडी चढेर हिंड्ने र त्यस्ताहरुलाई संरक्षण गर्ने काम भइरहेको उनको आरोप थियो । ‘बलात्कारीको गाडी चढेर हिंड्नुहुन्छ । भ्रष्टाचारीको गाडी चढेर हिंडुनुहन्छ । उनीहरुलाइ पुरै छुट दिनुहुन्छ’, नेपालले भने । यस्तै पार्टीभित्र चौबीसै घण्टा जाँड रक्सीमा चुर्लुम्म डुबेर हिंड्नेहरुलाई प्रोत्साहन गरिएको पनि उनले आरोप लगाए ।

‘राजनीतिक व्यक्तिका रुपमा आफ्नो व्यवहार नगर्ने, अध्ययन नगर्ने, पदका निम्ति संगठनमा मरिहत्ते गर्ने, कामको निम्ति सिन्को नभाँच्ने, जिम्मेवारी पुरा नगर्ने, संगठनको आवरणमा अनुचित काम गर्ने, निजी कामका निम्ति संगठनलाई दुरुपयोग गर्ने, कमिटी प्रणाली अबलम्बन नगर्ने, बिहान ६ बज्न पाएको छैन, फोन गर्‍यो भने घ्याम्पो घाँटीमा चढाएको छ । चौबीसै घण्टा जाँड रक्सीमा डुब्नेलाई प्रोत्साहन दिएको छ’, उनले भने ।

विद्यार्थीलाई पढ्न होइन, मारमुंग्री गर्न सिकाइयो

नेता नेपालले ओली पक्षका नेताले विद्यार्थीलाई पढ्न  नभई मारमुंग्री गर्न सिकाउने गरेको समेत आरोप लगाए । बुद्धले कहिल्यै नपढेको तर्क गर्दै विद्यार्थीलाई भड्काउने गरिएको बताए । विद्यार्थीलाई चोरी, ठेकेदारी, दुई नम्बरी र तर्साएर पैसा संकलन गर्ने काम गर्न सिकाइएको दाबी गरे । ‘विद्यार्थीलाई आफूभन्दा ठूलालाई कदर र सानालाई माया गर्ने, सबैको कदर गर्ने, बिनम्रा हुने, काम गर्ने प्रवृत्ति सिकाउनुपर्छ’, उनले भने, विद्यार्थीलाई पढ्न हुँदैन मारमुँग्री गर्नुपर्छ भन्ने शिक्षा दिइएको छ ।’

नेता नेपालले कम्युनिष्ट पार्टीका कार्यकर्ता र नेताहरुमा स्वाभीमान नभए ती कम्युनिष्ट नभएर दास हुने बताए । चाकडी गर्ने, चाप्लुसी गर्ने, नेतृत्वको अन्ध प्रशंसा गर्ने, देवत्वीकरण गर्ने प्रवृत्ति कम्युनिष्ट प्रवृत्ति नभएको उल्लेख गरे । पार्टीभित्र आफ्नो अस्तित्व र विशेषता नभएका केही नेताहरु नेतृत्वको दास बन्ने प्रवृत्तिका रहेको भन्दै उनले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले त्यस्तो कहिल्यै नसिकाउने बताए ।

News Source : Kathmandutoday

CPN (UML) and CPN Maoist Centre to face opposition Unison

The major ruling party CPN (UML) and its coalition partner CPN Maoist Centre have reached a decision to face the major opposition party's criticism on the newly tabled budget estimates at the Legislature-Parliament.

A meeting held between CPN (UML) Chairman and Prime Minister KP Sharma Oli and CPN Maoist Centre Pushpa Kamal Dahal at the Prime Minister's official residence at Baluwatar in Kathmandu today decided that together they will face the criticism made by Nepali Congress (NC) on the same.

The heads of the both parties have also drawn a conclusion to implement new budget estimates for fiscal year 2016/017  for it has brought cheer on public and further enthused them, according to Pramod Dahal, press advisor to PM.

Furthermore, leader Oli and Dahal are learnt to have discussed on the latest political scenario in the country.

NC has decided to protest the recently unveiled budget at the Legislature-Parliament

Both CPN (UML) and CPN Maoist Centre have decided to face the criticism to be made by the opposition party at the Legislature-Parliament, shared press advisor to PM, Dahal.

House Obstructed for Third Time Today

The parliament meeting obstructed twice before and rescheduled for 1:30 pm today has been obstructed yet again with the major opposition party Nepali Congress (NC) demanding a probe into the leakage of budget information before its presentation at the parliament.

With the objection from the NC, Speaker of the House Onsari Gharti postponed the meeting scheduled for holding theoretical discussions on budget until 3pm today.

NC leader Mahesh Acharya demanded for an inquiry into the incident as he argued that such an incident had undermined the jurisdiction of the sovereign Legislature-Parliament.

Mr. Acharya argued that the Legislature-Parliament should not proceed with its business until a convincing answer to leaking such important information related to budget was presented in the written form.

A proposal seeking a theoretical discussion on the budget estimates for fiscal year 2016/017 amounting to Rs 1.048 trillion was scheduled to be presented at the Legislature-Parliament by Finance Minister today but owing to the reservations the major opposition, the meeting has not been able to take place yet.

MOUNTAINEER WANG’S SILENCE OF THE SUMMIT RELEASES

'Silence of the Summit', Chinese mountaineer Wang Jing's second book on mountaineering tourism of Nepal was launched  today.  Wang has been writing books about adventure tourism, especially mountaineering, in Nepal.

In her second book, Wang, who has scaled Sagarmatha (Mt Everest) three times, has described about the condition of the highest peaks of the seven continents and her climbing experiences.

Prime Minister KP Sharma Oli launched the book at a function held at his official residence in Baluwatar.

On the occasion, PM Oli said that Wang's latest book would help take the Nepal-China friendship to a new height besides promoting Nepal's mountaineering tourism at the global level.

Speaking about the longstanding bilateral, cultural and geographical ties between Nepal and China, the Prime Minister expressed the belief that the book would also help cement the bilateral relations.

He expressed the belief that the country's tourism would get success with the enthusiastic climbing of the various mountains including the Sagarmatha this spring season after suffering from obstruction of climbing activities for two years following two big natural disasters.

Chinese ambassador to Nepal Wu Chuntai believed that Wang's book would be useful in further strengthening the China-Nepal relations.

२१ औँ अन्तर्राष्ट्रिय हाईस्कुल कराँतेमा नेपालको वचश्र्व, न्यू लिरा च्याम्पियन

काठमाडौं,जेठ १७  । काठमाडौंस्थित राष्ट्रिय खेलकुद परिषद्मा दुई दिनसम्म सञ्चालन भएको २१ औँ अन्तर्राष्ट्रिय हाईस्कुल कराँते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीले पदकतालिमा वचश्र्व जमाएका छन् ।

चार राष्ट्रका झन्डै ५ सय खेलाडी प्रतियोगितामा नेपालले पहिलो स्थान हालिस गर्यो भने भारत दोस्रो भयो । नेपालका लागि न्यू लिराका खेलाडीहरुले सर्वाधिक पदक दिलाए । प्रतियोगिताको अन्तिम दिन राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामा र नेपाल कराँते महासंघ तथा सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

समापन कार्यक्रमकै अवसरमा पूर्व सदस्य–सचिव लामाले नेपाल कराँते महासंघका उपाध्यक्षत्रय दीपक मल्होत्रा, नवराज ढकाल, भूषण राणा र विकास जबरा तथा कोषाध्यक्ष सानुलाल श्रेष्ठलाई मानार्थ तेस्रो डानबाट विभूषित गरे । समापन कार्यक्रममा बोल्दै अध्यक्ष दावा गुरुङले सन् २०२० को ओलम्पिकका लागि खेलाडी तयार गर्न स्कुल लेभलबाटै प्रतियोगिता आयोजना गरिएको बताए –‘२०२० बाट ओलम्पिक खेलमा कराँते पनि समावेश हुनेछ । त्यसैले हामी प्रतियोगितालाई ध्यानमा राखेर तयारी गरिरहेका छौँ ।

ओलम्पिकमा पदक जित्दै कराँतेको देश भनेर नेपाललाई चिनाउने हाम्रो लक्ष्य हो ।’– अध्यक्ष गुरुङले भने ।

प्रतियोगितामा न्यु लिराले १२ स्वर्णका साथ प्रथम स्थान हासिल गर्यो । त्यस्तै युथ स्पोर्टस् कराँते भारतले दोस्रो स्थान हासिल गर्यो । प्रतियोगितामा जुनियर ब्वाईज व्यक्तिगत कातातर्फ न्यु लिराका सुजन चेपाङले स्वर्ण जिते । त्यस्तै सिनियर ब्वाईज व्यक्तिगत कातातर्फ डेमोसका सञ्जय श्रेष्ठले स्वर्ण हात पारे । गल्र्स जूनियर ४० केजीतर्फ न्यू लिराकी मन्दिरा थापाले स्वर्ण जितिन् भने गल्र्स जुनियर ४५ केजीतर्फ रेखा प्रजापतिले स्वर्ण हात पारिन् ।

जुनियर गल्र्स ५० केजीतर्फ नेपाल क्वानमुकानकी अन्जु विस्ट प्रथम भइन् । गल्र्स सिनियर व्यक्तिगत कातातर्फ स्नो एपेक्सकी  श्रेया रन्जितकारले स्वर्ण जित्दा गल्र्स सिनियर टिम कातातर्फ मन्दिरा थापामगर, सर्मिला श्रेष्ठ र विनिता श्रेष्ठको जोडीले न्यु लिरालाई स्वर्ण दिलायो । पुरुषमा भारतका साइ गिरिश तथा महिलामा नेपालकी एलिशा लामा उत्कृष्ट खेलाडी चुनिए ।

त्यस्तै ब्वाईज चिल्ड्रेन इन्डिभिजूयल कातातर्फ नारायण जानका प्रनिल मानन्धर तथा ब्वाई क्याडेट व्यक्तिगत कातातर्फ  सोनिम मानन्धरले स्वर्ण जिते । प्रतियोगिताका अन्य विभिन्न क्याटागोरीमा रोना सुनुवार, फिवि बुढामगर, मन्दिरा थापामगर सर्मिला श्रेष्ठ, मुक्ता कुलकर्णी, विनोद वलामी, अनिष थापा, पुनम पौडेल,दुर्गा भवानी, साई गिरीस, ढन्डुप लामा, जुमर्दन आचार्य, मिनबहादूर थामी, उमेश तामाङ, सुशिल खड्का, अनम क्यूरेसी, सोनिम मानन्धर, दिवस श्रेष्ठ, रोहित बुढाथोकी, सावन लामा, रिसभ अर्याल, सुशान्त हुमागाँई, यशराज होडा, आरिश शर्मा, इलिशा तामाङ, सोनिगा मोक्तान, टोपकुमार श्रेष्ठ, साइमन रिसाल, सन्जिव श्रेष्ठ, सुवास घताने, दिपा लामा, मनिषा थारु, अलिशा लामा, निरुपा तामाङ र रजिना विस्टले स्वर्ण जिते । गल्र्सको सिनियर टिम कुमुतेतर्फ नेहा श्रेष्ठ, दिपा थापामगर र जेश्मिना खड्काको टोलीले सोतोकानलाई स्वर्ण दिलायो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामालगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web