जेष्ठ १७, २०७३ 2016-05-30 मा प्रकाशित Published at 2016-05-30
919 views

१८ जेठ, काठमाडौं ।
नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७२ मा राष्ट्रको पहरेदार नामक चलचित्र प्रथम भएको छ ।

सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हने चलचित्रलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा देवेन्द्र पाण्डेको लघु चलचित्र राष्ट्रको पहरेदार प्रथम, सुरज पौडेलेको लघु चलचित्र लक्ष्य जिन्दगीको द्वितीय र प्रतिश श्रेष्ठको लघु चलचित्र नयाँ घर तृतीय भएका छन ।

प्रतियोगिताका लागि २२ चलचित्रले निवेदन दिएकामा मापदण्ड पुरा गरेका ८ चलचित्रलाई प्रतिश्पर्धामा समावेश गरिएको थियो ।

हरेक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको लघु चलचित्र प्रतियोगितामा विभिन्न विषयबस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत गर्ने गरिएको सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले जानकाारी दिनुभयो ।

यस किसिमको प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्रहरु उत्पादन गर्नमा उल्लेखनीय भूमिका खेल्ने र नेपाली चलचित्र क्षेत्रमा स्थापित र नवप्रवेशी कलाकार र चलचित्र निर्माताहरुलाई चलचित्र निर्माण गर्न प्रोत्साहित गर्नुको साथै नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।