माकुनेले भने-‘केपी ओली सहिदकी श्रीमती ताक्ने, बलात्कारीको गाडी चढ्ने’ (भिडियो सहित)

जेष्ठ १७, २०७३ मा प्रकाशित | 1980 views

१७ जेठ, काठमाडौं ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रेहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनहीन, उदण्ड र खराब आचरणका व्यक्तिहरुको संरक्षण गरेको आरोप लगाएका छन् ।

नेपालले ओलीलाई ‘खराब आचरण भएकाहरुको गुरु’ भएको समेत आरोप लगाए । उनले पार्टीको मुल नेतृत्वको चरित्र  नै उदण्ड भएकाले पार्टीमा उदण्डहरु हाबी हुन खोजेको बताए । उनले दुई नम्बरी काम गर्ने, खराब आचरण भएका, सहिदकी श्रीमती ताक्नेहरुको बोलवाला चल्न थालेको टिप्पणी गरे ।

‘दुई नम्बरी काम गरेको छ, आचरण खराब छ । अर्काकी श्रीमती ताकेको छ । सहिदकी श्रीतीमाथि ताकेको छ’, हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा नारायण पौडेलसँगको अन्तर्वार्तामा नेपालले भनेका छन्, ‘त्यतिमात्र होइन, बोलीमा मिठास छैन । उण्डदता छ, बिनम्रता छैन । हेर्नुहोस् त फेसबुकमा लेखेको उदण्डहरुको जमातले । जस्तो सिकाइएको छ । त्यस्तै चेलाहरु छ । जस्तो गुरु, त्यस्तै चेला ।’ नेपालले ओलीको कटु बोलीतर्फ संकेत गर्दै पार्टीमा बिनम्रता हराएको बताएका हुन् ।

नेता नेपालले आफूसँग नजिक रहेका नेता कार्यकर्तालाई त्यस्तो उदण्डता कहिल्यै नसिकएको र अरुको पनि मानसम्मान गर्न भन्ने गरेको बताए । ‘म त्यस्तो सिकाउँदिन । म अरुलाई पनि मान सम्मान गर्न भन्छु’, नेपालले भने ।

दिनर रक्सीको घ्याम्पोमा डुब्ने, बलात्कारी र भ्रष्टाचारीको गाडी चढेर हिंड्ने ?

नेता नेपालले ओलीसँग निकट रहेकाहरुमो पार्टीमा मनपरी चलेको आरोप लगाए । बलात्कारी र भ्रष्टाचारीको गाडी चढेर हिंड्ने र त्यस्ताहरुलाई संरक्षण गर्ने काम भइरहेको उनको आरोप थियो । ‘बलात्कारीको गाडी चढेर हिंड्नुहुन्छ । भ्रष्टाचारीको गाडी चढेर हिंडुनुहन्छ । उनीहरुलाइ पुरै छुट दिनुहुन्छ’, नेपालले भने । यस्तै पार्टीभित्र चौबीसै घण्टा जाँड रक्सीमा चुर्लुम्म डुबेर हिंड्नेहरुलाई प्रोत्साहन गरिएको पनि उनले आरोप लगाए ।

‘राजनीतिक व्यक्तिका रुपमा आफ्नो व्यवहार नगर्ने, अध्ययन नगर्ने, पदका निम्ति संगठनमा मरिहत्ते गर्ने, कामको निम्ति सिन्को नभाँच्ने, जिम्मेवारी पुरा नगर्ने, संगठनको आवरणमा अनुचित काम गर्ने, निजी कामका निम्ति संगठनलाई दुरुपयोग गर्ने, कमिटी प्रणाली अबलम्बन नगर्ने, बिहान ६ बज्न पाएको छैन, फोन गर्‍यो भने घ्याम्पो घाँटीमा चढाएको छ । चौबीसै घण्टा जाँड रक्सीमा डुब्नेलाई प्रोत्साहन दिएको छ’, उनले भने ।

विद्यार्थीलाई पढ्न होइन, मारमुंग्री गर्न सिकाइयो

नेता नेपालले ओली पक्षका नेताले विद्यार्थीलाई पढ्न  नभई मारमुंग्री गर्न सिकाउने गरेको समेत आरोप लगाए । बुद्धले कहिल्यै नपढेको तर्क गर्दै विद्यार्थीलाई भड्काउने गरिएको बताए । विद्यार्थीलाई चोरी, ठेकेदारी, दुई नम्बरी र तर्साएर पैसा संकलन गर्ने काम गर्न सिकाइएको दाबी गरे । ‘विद्यार्थीलाई आफूभन्दा ठूलालाई कदर र सानालाई माया गर्ने, सबैको कदर गर्ने, बिनम्रा हुने, काम गर्ने प्रवृत्ति सिकाउनुपर्छ’, उनले भने, विद्यार्थीलाई पढ्न हुँदैन मारमुँग्री गर्नुपर्छ भन्ने शिक्षा दिइएको छ ।’

नेता नेपालले कम्युनिष्ट पार्टीका कार्यकर्ता र नेताहरुमा स्वाभीमान नभए ती कम्युनिष्ट नभएर दास हुने बताए । चाकडी गर्ने, चाप्लुसी गर्ने, नेतृत्वको अन्ध प्रशंसा गर्ने, देवत्वीकरण गर्ने प्रवृत्ति कम्युनिष्ट प्रवृत्ति नभएको उल्लेख गरे । पार्टीभित्र आफ्नो अस्तित्व र विशेषता नभएका केही नेताहरु नेतृत्वको दास बन्ने प्रवृत्तिका रहेको भन्दै उनले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले त्यस्तो कहिल्यै नसिकाउने बताए ।

News Source : Kathmandutoday

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web