जेष्ठ १७, २०७३ 2016-05-30 मा प्रकाशित Published at 2016-05-30
973 views

पप्पु गुरुङ्, १७ जेठ, कञ्चनपुर । महाकाली नदीमा डुबेर बेपत्ता भनिएका भारतिय नागरिकको शव आज फेला परेको छ् । भारतको लालकुवा, हल्दवानी, राजनगर ग्राम पञ्चायत निवासी अन्ताजी ३० वर्षिय बिनोद स्यामवाल हिजो महाकाली नदीमा डुबेर बेपत्ता भएको थिए । स्थानियहरुले महाकाली नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव आज अबेर साँझ दोधारा चाँदनी वडा नं. १० को नजिक रहेको महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ् । शवको आज प्राथमिक स्वास्थ्य चौकी दोधारा चाँदनीमा पोष्टमार्डम गरिने प्रहरीले जनाएको छ् । पोष्टमार्डम पछि शव आफन्तको जिम्मा लगाईने बताईएको छ् । हिजो अपरान्ह करिब ३ बजेर ३० मिनेटमा ६ जना साथी संग मदिरा सेवन गरेर महाकाली झोलुङ्गे पुलको २ सय मिटर उत्तर दिशामा नदीमा तैरिने क्रममा आज बेपत्ता भएको भारतिय नागरिक स्यामवालका साथीहरुले जनाएका छन् । बेपत्ता स्यामवालको खेजी कार्यमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानिय तथा परिवारजन लागेको हो ।