काठमाडौं,जेठ १८ । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले नीति तथा कार्यक्रम र बजेटपछि सरकार परिवर्तन गर्न माओवादीसँग सहमति भएको पुष्टि गरेका छन् । धर्मराएको सरकार बचाउन वैशाख तेस्रो साता दुई वामपन्थी दलबीच सहमति भएको उनको भनाइ छ । एमाले र माओवादीबीच २३ वैशाखमा बालुवाटारमा भद्रसहमति भएको जनाइएको छ । खनालले बजेटपछि सरकारको काँध फेर्ने सहमति भएको प्रस्ट पारेका हुन् । ‘सरकारले बजेट पेस गर्ने र पारित भएपछि काँध फेर्ने अनौपचारिक सहमति भएकै हो’ खनालले भनेका छन् ।बहुमतीय सरकारका लागि कि सहमतीय सकारका लागि भन्ने प्रश्नमा खनालले भनेका छन्, ‘पहिले काँध फेरेपछि सहमति गर्दै जाने कुरा भएको हो ।’ कृषिमन्त्री हरिबोल गजुरेलफे पनि सरकार फेर्रने विषयमा सहमति भएको जनाउँदै भने ‘अहिले तुरुन्त सरकार परिवर्तन गर्दा राम्रो हुन्न, बजेटपछि प्रचण्डजीको नेतृत्वमा सरकार बनाउने भन्ने सहमति त्यत्रा नेताहरूका बीचमा भएको हो,’ उनको भनाइ छ ।

उनका अनुसार प्रधानमन्त्री ओलीले सरकार छाड्दा वामपन्थीलाई नै छाड्ने र अरूलाई नछाड्ने पनि प्रस्ट पारेका थिए । सरकार परिवर्तनका लागि तीनबुँदे गोप्य सम्झौताको मस्यौदा तयार भएपछि प्रधानमन्त्रीले आफूमाथि अविश्वास भएको भन्दै गुनासो गरेपछि भद्र सहमति भएको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बजेट सार्वजनिक गरेर वाहवाही कमाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भवन नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा भने, ‘ बजेटपछि सरकार फेर्न विषयमा कुनै गोप्य सम्झौता भएको छैन । व्यवस्थापिका संसदको अर्को निर्वाचन नभएसम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन, दृढतापूर्वक बजेट कार्यान्यवनमा लाग्नुस् ।’ आजको दृष्टि साप्ताहिकमा खबर छ – बजेट सार्वजनिक भएको २४ घन्टा नबित्दै प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारको आयुका विषयमा आफ्नो दलका सांसदहरुलाई स्पष्टिकरण दिनुपर्नाको कारण थियो, केही दिनअघि प्रमुख सत्तासाझेदार दलका अध्यक्षले प्रचण्डले सत्ता परिवर्तन सम्बन्धि धारणा सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।

सोही क्रममा प्रधानमन्त्रीले एमाओवादीसँग कुनै गोप्य सहमति भएको छैन भनि स्पष्टिकरण दिएका हुन् ।

उनका अनुसार प्रधानमन्त्री ओलीले सरकार छाड्दा वामपन्थीलाई नै छाड्ने र अरूलाई नछाड्ने पनि प्रस्ट पारेका थिए । सरकार परिवर्तनका लागि तीनबुँदे गोप्य सम्झौताको मस्यौदा तयार भएपछि प्रधानमन्त्रीले आफूमाथि अविश्वास भएको भन्दै गुनासो गरेपछि भद्र सहमति भएको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

28.12¡ÆC