जापानी पत्रकारले भने मलाई मद्दत गर्नु , यो मेरो अन्तिम अवसर हो

जेष्ठ १८, २०७३ 2016-05-31 मा प्रकाशित
Published at 2016-05-31

943 views

१८ जेठ, एजेन्सी ।
सिरियामा बेपत्ता भएका जापानी पत्रकार मलाई मद्दत गर्नु , यो मेरो अन्तिम अवसर हो लेखिएको बिल्ला भिराइएर अपहरणकारीबाट सार्वजनिक भएका छन् ।

समाचार अनुसार अतिवादी ईश्लामिक समुह अल काइदासंग सम्बन्धित समूह जिहादी अल नुर्सले उनलाई गत जुलाईदेखी बन्धक बनाएर राखेका छन् ।

पत्रकार जुम्पी यासुडा सिरियाको बसिरियामा अपहरित भइ हाल बेपत्ता छन् । यसअघि अपहरित व्यक्तिबारे स्पष्ट हुन नसकेको बताएको जापान सरकारले अपहरित यासुडा जापानी नागरिक भएको पुष्टि गरेको छ ।

अतिवादीहरुले उनलाई अपहरणपछि कहाँ राखेको र मागका सम्वन्धमा खुलाएका छैनन् । जापान सरकारले भने बन्धक भएका यासुडाको मद्दतका लागी सबै प्रयास गरिने बताएको छ ।

जापानका पररष्ट्र मन्त्री फुमिओ किसिडाले सोमबार तस्विरमा देखिएका व्यक्ति यासुडा नै भएको भन्दै मन्त्रिपरिषदमा उनलाई छुटाउन र उनका बारेमा जानकारीहरु संकलन गर्न थालिएको बताएको छ ।

पछिल्लो समय द्धन्द्धग्रस्त मुलुकहरु इराक, सिरिया, अफगानिस्तान लगायतका देशमा पत्रकारहरुको असुरक्षा बढ्दै गइरहेको छ ।
अतिवादी समुह ईश्लामिक स्टेटले गत बर्ष एक अमेरिकी पत्रकार सहित केहीको विभत्स हत्या गरेको फोटो र भिडियो सार्वजनिक गरेको थियो भने सो उनिहरुको पकड रहेको क्षेत्रमा न्युनतम मानव अधिकार समेत हनन भइरहेको संयुक्त राष्टसंघले बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.