१८ जेठ, चरिकोट ।
पानीको विषयमा विवाद हुदा दोलखा मिर्गे गाविस वडा नम्बर ५ चिलाउने खर्कका ५४ बर्षिय केशव दाहालको हत्या भएको छ ।

छिमेकी ५२ बर्षिय अम्बरबहादुर तमाङले खुकुरी प्रहार गरी केशवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिनु भयो ।

घट्नामा मृतक केशवको श्रीमती सिता दहाल घाईते भएको प्रहरीले जनाएको छ । ढाडमा खुकुरी प्रहारबाट चोटलागेको सितालाई उपचारको लागि सदरमुकाम चरिकोट ल्याईएको प्रहरी निरीक्षक कुर्मीले बताउनु भयो ।

प्रारम्भीक घट्ना विवरण अनुसार केहि समय अघि देखि केशव र छिमेकी अम्बरबहादुर बीच पानीको विषयमा विवाद भएको थियो ।

आज विहान ६ः ३० बजे तिर मादक पदार्थ सेवन गरी आएका अम्बरबहादुरले घरमा गहु केलाउदै गरेकी आफ्नी श्रीमती शेषमाला तमाङसंग झगडा गरेका थिए । लगतै छिमेकी तल्लो घरका केशव र सिता दहाललाई खुकुरी प्रहार गरेको स्थानियले बताएका छन् ।

खुकरी प्रहारबाट टाउको र गर्दनमा चोट लागेको केशवको घट्ना स्थलमै मृत्यु भएको थियो ।
घट्नाबारे बिस्तृत अध्यन भै रहेको र अभियुक्त अम्बरबहादुर फरार रहेकोले खोजि भै रहेको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिनु भयो ।