<p><span style="line-height: 1.42857143;">मुम्बई,जेठ १८ । भारतको महाराष्ट्रस्थित पुलगाउँमा रहेको सेन्ट्रल एम्युनिसन डिपोमा आगलागी हुँदा २ सैनिक अधिकारीसहित १८ जनाको मृत्यु भएको छ । बिस्फोटपछि आगलागी हुँदा धेरै क्षति भएको समाचार संस्था पिटिआईले जनाएको छ । घटनामा सेनाका दुई उच्च अधिकारी र १७ जना जवान घाइते भएका छन् । </span><span style="line-height: 1.42857143;">आगलागीपछि छेउमा रहेका ६–७ गाउँ खाली गराइएको छ भने १ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागी शुरु भएको स्थानमा भने आगलागी नियन्त्रण गरिसकिएको बताइएको छ । घटनाको छानबिन गर्न विशेष टोली गठन गरिएको छ । </span></p>