Taliban militants have killed at least 10 people after kidnapping dozens of bus passengers near the city of Kunduz in northern Afghanistan, officials say.

Two buses were stopped and more than 185 passengers seized by armed gunmen, a statement by the regional police chief said. Officials managed to free 160 of them, it added.

The Taliban are still active in parts of Kunduz, after most of the city was retaken by Afghan forces last year. The group have not commented on the incident, in Aliabad district.

The buses were travelling from Kabul to Badakhshan, in north-eastern Afghanistan, when they were stopped by Taliban members who had set up a roadblock.

North Korea missile test launch off east coast ‘fails’

North Korea has attempted to fire a ballistic missile off its east coast but the launch appears to have failed, South Korean military officials say.

It is unclear what type of missile it was, but it follows three failed tests of the medium-range "Musudan" missile in April.

The North is banned by the UN from using any ballistic missile technology. Tensions have run high in the region after Pyongyang's fourth nuclear test in January and numerous missile tests.

Also today, the newly promoted vice-chairman of North Korea's ruling Workers Party, Ri Su-yong, arrived in China for what South Korean media said was an unannounced official visit.

Syria conflict: Air strikes on Idlib ‘kill 23’

At least 23 people have been killed by air strikes on the rebel-held city of Idlib, in north-western Syria, activists say.

The UK-based Syrian Observatory for Human Rights said Russian aircraft targeted various positions overnight. Turkey also blamed Russia and put the death toll at more than 60. Russia has denied any involvement. Idlib city and the province of the same name are a stronghold of groups including al-Qaeda-linked Nusra Front.

The Nusra Front is excluded from a partial cessation of hostilities brokered by the US and Russia in February to make way for a resumption of peace talks.

Islamic State group hits back as Iraqi army moves into Falluja

Militants from the so-called Islamic State have launched a dawn counter-attack as Iraqi government troops push into the city of Falluja.

A day after troops advanced through the southern suburb of Nuaimiya, scores of IS fighters attacked them, army officers told news agencies.

The army defeated the attackers but suffered casualties, the sources said. Aid workers are increasingly concerned for the safety of 50,000 civilians said to be trapped in Falluja. Reports speak of people starving to death and of being killed for refusing to fight for IS.

Soldiers die in Indian army ammunition depot fire

Seventeen Indian soldiers have been killed in a massive fire at a military ammunition depot in western Maharashtra state, army officials say.

The fire in the depot at Pulgaon near Nagpur triggered a number of explosions, leading to the evacuation of people from neighbouring villages.

Firefighters are trying to put out the blaze, in which at least 19 people have also been injured. The cause of the fire is still unknown. The fire broke out early today and spread quickly through the depot.

Reports said about 1,000 villagers had been evacuated as shells and splinters ripped through the area.There have been several such incidents at army ammunition depots in recent years.

मनिषा मृत्यु प्रकरणः प्रेमीको पोलिग्राफ जाँच, रिपोर्ट सार्बजनिक केहिदिन पछि

१८ जेठ, काठमाडौं ।

फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको मनिषाको शंकास्पद मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी रुद्रनारायण (आशिष) चौधरीको पोलिग्राफ गरिएको छ । मृत्युको कारण पत्ता लगाउन प्रहरीले आज ५ घण्टा लगाएर प्रेमीको पोलिग्राफ जाँच गरेको हो । इलाका प्रहरी कार्यालय सुनवलमा प्रहरीले चौधरीले बयानका क्रममा झुट बोलेको हो वा होईन भन्ने पत्ता लगाउन परिक्षण गरेका थिए ।

पोलिग्राफ टेस्टको निष्कर्ष भने सार्बजनिक गरिएको छैन । उक्त जाँचलाई काठमाडौं पठाइने र त्यसपछि मात्रै सार्बजनिक गरिने नवलपरासीले जनाएको छ । सोमबार मध्यान्ह पोलिग्राफ गर्ने भनिएपनि आशिषले आफूलाई टाउको दुखेको भनेपछि रोकिएको थियो । १७ बर्षिय मनिषाको शव जेठ १३ गते नवलपरासीको बर्दघाट–८ स्थित आफ्नै घरमा फेला परेको थियो ।

पोष्टमार्टमको रिर्पोट:यस्तो छ मनिषाको मृत्युको कारण,हत्या कि आत्महत्या अझै अन्योल

१८ जेठ, काठमाडौं ।

जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित आफ्नै घरमा मृत भेटिएकी नेपालका राष्ट्रिय फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तिमगरको शवको पोष्टमार्टमको रिर्पोट आएको छ ।त्रि.वि. शिक्षण अस्पतालले पोष्टमार्टमको रिर्पोट मंगलबार प्रहरीलाई बुझाएको हो । रिर्पोट आएपनि हत्या कि आत्महत्या भन्ने अझै प्रष्ट हुन सकेको छैन । रिर्पोटमा घाँटीमा भएको प्रेसरको कारण मनिषको मृत्यु भएको देखाईएको छ ।

शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीका अनुसार मनिषाको गालामा सामान्य चोट छ भने घाँटीमा २५ सेन्टिमिटरको डाम रहेको छ र जुन झुन्डिएको सलको अकारसँग मिल्दोजुल्दो रहेको छ ।

वस्तीले पोष्टमार्टमबाट ह्याङगिङबाट मृत्यु भएको देखिएको तर यस्को अर्थ आफै झुण्डिएको वा अरुले झुण्ड्याएर हत्या गरेको भन्ने कुरा भन्न नसकिने हुँदा प्रहरीले अनुुसन्धान गरि पत्ता लगाउनु पर्ने बताए ।

तसर्थ प्रहरीको थप अनुसन्धान बिना पोष्टमार्टमको रिर्पोट आएपनि मनिषा घर्ति मगरको हत्या हो या अत्महत्या हो अझै खुल्न सकेको छैन ।

मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी अशिष चौधरीलाई नियन्त्रणमा लिएको छ । र, उनले घटना भएको राति मनिषासँग आफ्नो झगडा भएको तर, हत्या नगरेको दाबी गरेका छन् ।

सिटौलालाई नयाँ समझदारी चाहियो भन्छन्-‘स्थानिय चुनाव अहिले गर्न हुँदैन’

१८ जेठ, नेपालगञ्ज ।
नेपाली काँग्रेसको महाधिवेशनमा सभापती उठेर लजास्पद पराजयपछि गुमनाम बस्दै आएका कृष्ण प्रसाद सिटौलाले दलहरुबिच नयाँ समझदारी चाहिएको बताएका छन् ।

नेपाली काँग्रेसभित्र भारतको विश्वासिला शिर्ष नेताका रुपमा चिनिने सिटौलले राष्ट्रिय राजनीतिमा तत्काल नयाँ समझदारी निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

काँग्रेस समर्थक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा नेता सिटौलाले संविधानको सहज र शिघ्र कार्यान्वयनका लागि मुख्य दलहरुबीच नयाँ समझदारी अहिलेको टड्कारो आवश्यकता भएको बताए ।

दलहरुबीच विकसित असझदारीले संविधान कार्यान्वयन नै जटिल अवस्थामा पुग्न थालेको भन्दै उनले विश्वासको संकट निवारणका लागि सबैले आ–आफ्ना स्वार्थ त्यागेर राष्ट्रहितलाई केन्द्रविन्दुमा राख्नुपर्नेमा जोड दिए ।

सिटौलाले भने ‘कांग्रेस सबैभन्दा ठूलो दल हो, मुख्य दलहरुबीच नै अविश्वास बढेको छ, यसको अन्त्य गर्दै नयाँ समझदारी निर्माणका लागि कांग्रेसले नै अग्रसरता लिनुपर्छ, ।

संविधान कार्यान्वयनमा ढिलाई हुँदा संघीय व्यवस्था नै लागू नहुने खतरा बढेकाले तत्काल दलहरु सहमतिमा पुग्नुपर्ने अर्ति दिएका सिटौलले गाउँपालिका र नगरपालिकाको नयाँ संरचना नबन्दासम्म तत्काल स्थानीय निकायको निर्वाचन गर्न नहुने बताए ।

नयाँ संरचना निर्माण गरेर चैत, बैशाखसम्ममा स्थानीय चुनाव गर्न सकिने सिटौलाको दाबी थियो ।

मधेशका असन्तुष्टिलाई वार्ताबाटै हल गर्नुको विकल्प नरहेको समेत सिटौलाले बताए । सरकारले ल्याएको बजेटमा कुनै नयाँ कुरा नभई पुरानै कार्यक्रमलाई नयाँ नाम दिएर ल्याइएको बताएपनि उनले काँग्रेसले बिरोध गर्नुको कारण भने केही बताएनन् ।

बजेट भाषण पछि चितवनका कुखरा पालक फुरुगं

१८ जेठ, चितवन ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा चितवनलाई कुखुरा उत्पादनको विशिष्टीकृत जिल्लाका रुपमा विकास गर्ने घोषणा गरेपछि चितवनका पोल्ट्री व्यवसायीहरु उत्साहित भएका छन् ।

सरकारले बजेटमा कृषि ऋणको सीमा हटाएबाट पोल्ट्री व्यवसायीलाई राहत मिलेको उद्योग वाणिज्य सङ्घ, चितवनका पूर्वअध्यक्ष डा. तिलचन्द्र भट्टराईले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ, चितवनका अध्यक्ष राजन गौतमले कुखुरा उत्पादनको विशिष्टीकृत जिल्ला घोषणासँगै चितवनमा पोल्ट्रीमा लगानी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

आरोही वाङको ‘साइलेन्स अफ द समिट’ सार्वजनिक

१८ जेठ, काठमाडौं ।

नेपालको साहसिक पर्यटन 'पर्वतारोहण' बारे पुस्तकका माध्यमबाट विश्वभर प्रचार गर्दै आएकी चिनियाँ विख्यात आरोही वाङ जिङको दोस्रो कृति ‘साइलेन्स अफ द समिट’ सार्वजनिक भएको छ ।

सर्वोच्च शिखर सगरमाथाको तीनपटक सफल आरोहण गरेकी लेखिका वाङको पुस्तकमा सगरमाथासहित सात महादेशका अग्ला हिमालको अवस्था र आरोहण भोगाइबारे उजागर गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आरोही वाङ्को उक्त पुस्तकको प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पछिल्लो पुस्तकले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्नुका साथै नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत पुग्ने बताउनुभयो ।

नेपालका लागि चिनीयाँ राजदूत वु छुन्ताईले चीन र नेपालको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन आरोही वाङको पुस्तक सान्दर्भिक हुने बताउनुभयो ।

हुम्लामा पहिलो सांस्कृतिक महोत्सव

१८ जेठ, काठमाडौं ।
हुम्ला सदरमुकाम सिमकोटमा पहिलोपटक ‘हुम्ला सांस्कृतिक महोत्सव’को आयोजना गरिएको छ ।

सञ्जीवनी कला केन्द्र र हुम्ला जिल्ला विकास समितिको संयुक्त आयोजनामा हिजो र आज भएको महोत्सवमा जिल्लाका २७ गाउँ विकास समितिले भाग लिएका छन् ।

महोत्सवमा पुराना सांस्कृतिक झाँकी, महाकाल, ढाल तरबार, देउडा गीत, छुटके नाच, लोक गीत, नृत्य गरी ३७ टोलीले भाग लिएको जिल्ला विकास समिति हुम्लाले जनाएको छ ।

नेपाली फुटवल टिम लाओससँग बराबरीमै रोकियो

१८ जेठ, काठमाडौं ।
नेपाल र लाओसबिच भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल १-१ गोलको बराबरीमा सम्पन्न भएको छ ।

लाओसको भियान्तियान स्थित राष्ट्रिय रङ्गशालामा आईतबार साँझ भएको खेलमा नेपालले ७६ औँ मिनेटमा विशाल राईको गोल मार्फत अग्रता लिएको थियो ।

तर त्यसको दुई मिनेट पनि नबित्दै लाओसले बराबरी गोल फर्काएको थियो ।

नेपाली राष्ट्रिय फुटबल टिम मंगलबार काठमाडौँ फर्कदैँ छ ।

ए यफ सी अण्डर १४ फुटबल महोत्सव सोमबार सम्पन्न भएको छ ।

तजिकिस्तानको दुशान्वेमा भएको महोत्सवमा नेपालले किर्गीस्तन र अफ्गानिस्तानलाई पराजित गरेको थियो भने ईरान, ताजिकिस्तान र भारत संग पराजित भएको थियो ।

नेपाली चेली भारतमा गाडी भित्रै भारतीयबाट सामुहिक बलात्कृत

१८ जेठ, एजेन्सी  ।

तीन वर्षदेखि कोलकातामा बसिरहेकी एक नेपाली युवती कोलकोत्तामा गाडीभित्र सामुहिक बलत्कारको शिकार भएकी छिन् ।

आइतबार राति त्यहाँको साल्ट लेक एरियाबाट राति ११ बजे उबर क्याब (ट्याक्सी) चढेर कफी सप जान निस्किेकी नेपाली युवती बलात्कृत भएकी हुन् । सेक्टर भिको कलेज मोर नजिकै उनी झरिन् तर कहाँबाट जाने हो अलमलमा परिन् ।

नजिकै एक युवक उभिएका थिए। उनले सहयोग मागिन्।केटाले आफूलाई त्यो पसल कहाँ हो थाहा नभएको तर साथीहरुलाई बोलाएर बताउन सक्ने जवाफ दिए ।

प्रहरीलाई ती नेपाली युवतीले दिएको बयानलाई उद्धृँत गर्दै इन्डियन एक्सप्रेस र इन्डिया टुडेले जनाए अनुसार त्यसपछि त्यो युवकले कसैलाई फोन गरेर बोलाए ।

एकैछिनमा एसयुभी चढेर तीन जना केटाहरु बए। उनीहरुले कफी पसलसम्म जान लिफ्ट दिने बताए। युवती र फोन गर्ने युवक चढ्ने बित्तिकै गाडी हुँइकियो ।

गुडिरहेको कारमा उनीहरुले सामूहिक बलात्कार गरे र साल्ट लेकको वैशाखी मोरमा पुर्यातएर सोमबार बिहान ३ बजेतिर गाडीबाट फ्याँकिदिए। एक अर्कै ट्याक्सी ड्राइभरले उनलाई देखेपछि नजिकैको विधाननगर नर्थ पुलिस स्टेसनमा पुर्योइदिए । त्यहाँ उनले उजुरी दर्ता गराइन् ।

पत्रिकाका अनुसार अहिले प्रहरी सिसिटिभी क्यामेरा फुटेज हेर्दै गाडी पहिचान गर्ने कोशिश गरिरहेको छ। नेपाली युवतीलाई विधाननगर सब डिभिजन अस्पतालमा भर्ती गरिएको छ। चिकित्सकहरुले बलात्कार भएको पुष्टि गरेका छन् ।

20.12¡ÆC