काँग्रेसले संसद अवरोध गर्न छाड्यो, के के भयो सोमबारको संसद बैठकमा

१९ जेठ, काठमाडौं ।
व्यवस्थापिका संसदको बैठकमा आगामी आर्थिक बर्ष २०७३।७४को आय व्ययको विवरण वजेटमाथि सामान्य छलफल शुरु भएको छ ।

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७३÷७४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस भनि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा भागलिदै पूर्वअर्थमन्त्री एवं एमाले सांसद भरतमोहन अधिकारीले संविधानको कार्यान्वयन, भूकम्प पछिको पुनर्निर्माण, उर्जा, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्यएको बजेट अत्यन्त सन्तुलित रहेको बताउनुभयो ।

सांसद अधिकारीले बजेटको प्रभावकारी कार्यान्वयन, लगानीको वातावरण निर्माण, रोजगारी एवं उत्पादकत्व बृद्धिमा सरकार गम्भिर हुनु पर्नेमा जोड दिनुभयो ।

पूर्व अर्थमन्त्री एवं काँग्रेस सांसद डा। रामशरण महतले सरकारले राष्ट्रिय योजना आयोगले दिएको सिलिङ्ग भन्दा पनि ठूलो आकारको बजेट निर्माण गरेर अर्थशास्त्र र वित्तीय सिद्धान्तलाई उल्लंघन गरेको बताउनुभयो ।

सांसद डा. महतले कुल गार्हस्थ उत्पादन भन्दा झण्डै आधा बढी करिव साँढे १० खर्वको बजेटमा राम्रा कार्यक्रम हरु समेटिए पनि कार्यान्वयनमा धेरै चुनौति रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका धनीराम पौडेलले नयाँ संविधान जारी भएपछि आएको पहिलो बजेटले संविधान कार्यान्वयन गर्न कोसेढुङ्गाका रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दिलनाथ गिरीले विभिन्न कालखण्डमा योगदान दिएका नेताका नामका छुट्याइएको रकम अन्तर्गत चन्द्रबहादुर गुरुङ, सूर्यबहादुर थापा, पद्मसुन्दर लावती र मरिचमानसिंह श्रेष्ठको नाम नआउनु दुःखद भएको बताउनुभयो ।

मधेसी जनअधिकार फोरम नेपाल 'लोकतान्त्रिक'का जितेन्द्रनारायण देवले बजेट चुनावी घोषणापत्रका रुपमा आएको टिप्पणी गर्दै आर्थिक सर्भेक्षण र बजेटका बीचमा सन्तुलन नभएको धारणा राख्नुभयो ।

प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सदनमा प्रस्तुत गर्नु पूर्व नै बजेटका केही अंश चुुहाइएको विषयमा छानबिन गर्न गरेको मागमा संसदीय छानविन समिति गठन गर्न सत्ता साझेदार दलहरू सहमत भएका छन् ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद भवनमा आज भएको सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको छलफलमा समिति गठन गर्न सहमति भएको हो । यस विषयलाई लिएर हिजो कांग्रेसले चारपटक सदन अवरोध गरेको थियो ।

व्यवस्थापिका–संसद्को आजको बैठकले नेकपा 'एमाले'का प्रमुख सचेतक भानुभक्त ढकालले व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली, २०७० को नियम ११६ अनुसार संसदीय छानबिन विशेष समिति गठन गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गरेको हो ।

प्रस्तावलाई नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समर्थन गर्नुभएको थियो । समितिको संयोजकमा कांग्रेसका रमेश लेखक रहनुभएको छ । समितिमा आठजना सदस्य रहनुभएको छ । समितिको कार्यावधि तीन महिना पन्ध्र दिन तोकिएको छ ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतले पर्साका उद्योगी सुरेश केडियाको अपहरणका विषयमा संसदलाई जानकारी गराउनु भएको छ ।

यही जेठ १३ गते साँझ ६ बजे बीरगञ्जबाट बारा आउने क्रममा वाराको बरियारपुमा अपहरणकारीहरुले केडियाको सवारी चालकलाई गोली प्रहार गरी  केडियालाई अपहरण गरेर  भारत लगेको जानकारी दिनुभयो ।

नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा केडियालाई सकुशल मुक्त गरिएको र अपहरणको आशंकामा ३ नेपाली र १ भारतीयलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
गृहमन्त्री बस्नेतले गत मंसिर १ गतेदेखि हालसम्म आगलागिका घटनामा परी मुलुकका विभिन्न भागमा गरी ७६ जनाको मृत्यु भएका,े १ सय १५ जना घाइता भएका, ३ हजार ३४ घर पूर्णरुपमा क्षति भएको र २ हजार ६ सय भन्दा बढि प्रभावित भएको जानकारी दिनुभयो ।

साग र बंगबन्धु गोल्डकप बिजेता फुटबल खेलाडीले बल्ल पाए १० लाख

१९ जेठ, काठमाडौं ।
१२ औँ साग खेलकुदमा स्वर्ण र बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डक कप फुटबलमा प्रथम स्थान हात पारेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनहि १० लाख रुपैँया प्रदान गरेको छ ।

सशस्त्र प्रहरी बलको मुखयालय हलचोकमा मंगलबार आयोजित सम्मान कार्यक्रममा १२ औँ साग खेलकुदमा रजत पदक प्राप्त गरेको नेपाली महिला राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई पनि एन्फाले जनहि १ लाख रुपैँया प्रदान गरेको थियो ।

खेलाडीहरुलाई नगद सहित सम्मान गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले खेलाडीहरुलाई उचित व्यवस्था नहुँदा पनि उपलब्धि प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार र सम्बन्धित क्षेत्रको सहयोग प्राप्त भएको खण्डमा नेपाली खेलकुदले निकै प्रगती गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बैंक र बीमाको सेयर ओरालो लाग्यो

१८ जेठ, काठमाडौं ।
बैंक र बीमा समूहको कारोवार ओरालो लागे पनि जलविद्यूत समूहले मंगलबार पुँजीबजारलाई बढाएको छ ।

रिडी हाइड्रोपावर कम्पनी, अरुण हाइड्रोपावर, बरुण हाइड्रोपावर, चिलिमे जलविद्यूत, सानिमा माई हाईड्रोपावर, नेशनल हाइड्रो र बुटवल पावर कम्पनीको सेयरले बजारलाई हरियो बनाएर वृद्धि गर्न मद्दत गरेका हुन ।

लगानीकर्ताले केही समययता समूह परिवर्तन गर्दै लगानी गरिरहेका छन् । लगानीकर्ताको छनौट लघुवित्त, बीमा, बैंक हुँदै मंगलवार जलविद्यूतमा पुगेको छ ।

यसको असर कारोबार रकममा पर्न गै एक अर्ब नाघ्नुको प्रमुख कारण लगानीकर्ताको समूह परिवर्तन नै रहेको बजारका विज्ञहरु बताएका छन ।

मंगलवार जलविद्यूत समूहको परिसूचक मात्रै २२७.१८ अंकले बढ्यो । जलविद्यूत, होटल, विकास बैंक, अन्य र उत्पादनमुलक समूहको सूचक बढेको कारण नेप्से ५.१६ अंकले बढेर बजार बन्द हुँदा नेप्से परिसूचक १५३२ अंकमा पुगेको छ ।

मंगलबार दिनभरमा एक अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भयो । यो रकम औसत भन्दा धेरै
हो ।

४५ खेलमा २ गोल गरेका राजुलाई सर्वोत्कृष्ट सहित २५ लाख, अन्य खेलाडीलाई १० लाख

१८ जेठ, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका मिडफिल्डर राजु तामाङ वर्षको सर्वोत्कृष्ट फुटबलर घोषित गर्दै  सम्मानसहित नगद २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

हल्चोकमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । एन्फाले यसअघि वर्षको सर्वोत्कृत खेलाडीलाई अपार्टमेन्ट दिने गरेको थियो । राकेश श्रेष्ठ, सागर थापा र रितेश थापालाई अपार्टमेन्ट दिने घोषणा गरेको थियो । तर, उनीहरुले अझै पाएका छैनन् ।

त्यसअघि उपेन्द्रमान सिंह र हरि खड्कालाई भने कार पुरस्कार दिइएको थियो । एन्फाले यो पटक भने नगद नै दिएको छ । तामाङले पछिल्लो २ वर्ष राष्ट्रिय टोलीबाट खेलेका छैनन् ।

पछिल्लो पल्ट उनले सन् २०१४ मा फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल खेलेका थिए । उनले सन् २००५ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् ।

राष्ट्रिय टोलीको जर्सीमा ४५ खेल खेलेका उनले जम्मा २ गोल गरेका छन् । ३० वर्षे उनले एशिया कप २०१५ को छनौट चरणमा नर्थन मारियना आइल्याण्डविरुद्धको खेलमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै उनले सन् २००८ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध पनि गोल गरेका थिए ।

संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा संलग्न भएर नेपाल आर्मीका जागिरे उनले सन् २०१० मा हैटीको भूकम्पपछि ६ महिना उद्धारको काम गरेका थिए । जसका कारण उनले विश्वकप छनौटमा टिमोर लिस्टसँगको खेल गुमाएका थिए ।

सन् २०१२ मा नेपाल आर्मीले आयोजना गरेको दक्षिण एशियाली सैनिक खेलकुदमा सहभागी भएका कारण राष्ट्रिय टिमको प्रशिक्षणमा नआएको भन्दै उनलाई तत्कालिन प्रशिक्षक ग्राहम रोवर्टले बिचमै टोलीबाट निकालेका थिए ।

जसका कारण उनले सन् २०१२ को एएफसी च्यालेन्ज कप गुमाएका थिए । कार्यक्रममा साग र बंगबन्धु कपका विजेता खेलाडीहरुलाई जनही १०/१० लाख दिइएको छ । यस्तै सागका उपविजेता महिला टोलीका सदस्यलाई १/१ लाख प्रदान गरिएको छ ।

एलिसा पौडेलको “गजल”

कोहि मंगोल कोही मुस्लिम कोही आर्य छैन
मलाई यो धार्मीक विभाजन स्वीकार्य छैन

मान्छे गुणले सबैभन्दा सुन्दर देखिन्छन्
सुन्दर हुनलाई शृङ्गार अनिवार्य छैन

जिन्दगीको पाठ पढाउने गुरु खोजिराछौ
बुझ, समयभन्दा ठूलो अर्को आचार्य छैन

ए राम भरोषाको पनि त मूल्य हुन्छ होला
जहिल्यै यो अग्निपरीक्षा अपरिहार्य छैन

मेरो सत्यवान खोस्नु अघि जान्नु यमले
'साबित्री'लाई प्रेमवियोग शिरोधार्य छैन

Parliament starts budget discussions

Discussions on the budget for fiscal year 2073/74 BS have begun in the Legislature-Parliament from today.

Speaking at the meeting, former Finance Minister Dr Ram Sharan Mahat said that the budget was issued violating fiscal discipline. He added that internal revenue cannot bear the development expenditure.

Mahat also said that economic crisis may occur as the development expenditure in the budget is less than the general expenditure. It might trigger a price hike, he argued.
Adding the social security allowance is positive but it needs effective mechanism for its implementation, Mahat said.

On the other hand, former Finance Minister Bharat Mohan Adhikari said that the budget has allocated adequate funds for completing the post-quake reconstruction by three years and increasing the budget in the energy sector is positive side of the budget.

He added that linking road networks in each village, doubling the social security allowance and budget for local bodies were guided by the ' welfare state' concept.
He also suggested forming a monitoring committee under chairmanship of Prime Minister to implement the budget effectively.

Likewise, Dhani Ram Poudel of the UCPN (Maoist) believed that the budget, the first of its kind after the promulgation of the constitution, will serve as a milestone in the implementation of the constitution.

He also noted that the budget fails to increase the size of budgetary allocation for the April 25 earthquake survivors, while suggesting strengthening bureaucracy to enforce it.
Similarly, Dilnath Giri of the Rastriya Prajatantra Party Nepal criticised the budget for failing to release the budget to make barren land arable.

The next meeting has been scheduled for 11:00 am tomorrow.

Chinese Journalists hail concession on Journalists treatment

Visiting delegation of Chinese journalists' federation has said the Nepal government's decision to provide 50 percent discount on journalists' treatment and insurance to them was a positive move and was new to the team.

During the meeting with Minister for Information and Communications, Sherdhan Rai, the team leader Gao Shangang said China has not made any such provision.

On the occasion, Minister Rai said the government is making efforts to categorize journalists so as to make them accountable to the public.

"The new constitution has fully ensured the full press freedom and right to information, a national policy on mass communications is being formulated and the establishment of training academy for the capacity building of the journalists initiated for, he shared. Moreover, the Minister said government was ready for the exchanging assistance between Nepal and China for journalists' capacity building.

According to the Chinese delegation, the journalists there are empowered to make accountable to Chinese society and people, and write as per country's policy and need, and party welfare.

First Meeting of Nepal-Switzerland bilateral consultation mechanism over

The first meeting of Nepal-Switzerland Bilateral Consultation Mechanism which concluded in Kathmandu yesterday reviewed the overall state of bilateral relations between the two countries, the Ministry of Foreign Affairs said in a press release today.

The two sides exchanged views on matters of common concern, including the latest developments in their respective countries, regional cooperation, cooperation within the UN framework, and global issues such as climate change, migration, and human rights.

Particularly, the discussions were focused on Nepal’s ongoing post-earthquake reconstruction strategies as well as longer-term development priorities and possible Swiss cooperation to Nepal in these areas, the press release reads.

The Nepalese side appreciated and thanked the Swiss Government for its solidarity and support to Nepal’s democratization process. It also appreciated the prompt and generous Swiss support to Nepal in the aftermath of the devastating earthquake of 2015, and the significant pledge and commitment expressed by Switzerland in the ongoing reconstruction phase.

On the occasion, the Swiss side welcomed the promulgation of the new constitution as an important milestone on the way to concluding the peace process, and expressed readiness to work with the Government of Nepal in further strengthening the bilateral relations for the benefit of both the countries and peoples. The Swiss side reiterated its commitment that the Swiss development cooperation will continue in Nepal.

Wednesday Public Holiday

Meahwhile, the government has announced a public holiday tomorrow for the election taking place for the authorized trade union of the civil servants.

The public holiday is however applicable only for the civil servants, according to a statement issued today by the Home Ministry.

Country records 104 death tolls from fire, lighting since winter

A total of 76 people have so far lost their lives in the incidents of fire taken place across the country since last winter while the death toll from lightning strikes in the same period remains 28.

Minister for Home Affairs Shakti Bahadur Basnet informed this to the Legislature-Parliament meeting today.

He briefed the House about the abduction of Birgunj-based industrialist Suresh Kumar Kedia and his safe release. He said the police administration has been directed to remain in high-alert so as not to let such incident(s) happen again.

Meanwhile, the Madhes-centric parties agitating over the some provisions in the new constitution continued to boycott the House meeting today, too.

A Golden Age has started in energy devlopment sector :PM OLI

Prime Minister KP Sharma Oli has said a golden age has started in the energy development sector in Nepal.

The Prime Minister said this while inaugurating the Nepal Power Investment Summit, 2016 in Kathmandu today. The summit is organised jointly by the Ministry of Energy, the Investment Board and the Energy Development Council.

He said the development of the energy sector is the primary condition as the country has entered into a new phase of development.

Stating that efforts were on to making Nepal an investment hub, he urged the investors and the entrepreneurs to invest with open heart.

He said the meaningful cooperation and support of all sectors concerned is needed for the development of the energy sector.

On the occasion, National Planning Commission (NPC) Vice Chairman Dr Yubaraj Khatiwada stated that the government has made policy reforms and prepared investment-friendly environment for the development of the energy sector.

More than 125 investors from 25 countries interested in investing in Nepal are participating in the conference that will last until Wednesday.

Participants from America, Great Britain, India, China, the Czech Republic, Bhutan among other countries will address the conference expressing their views on the prospects of investment in the energy sector in Nepal.

The recommendations of the conference would be presented to the government. The foreign investors and entrepreneurs would also be taken on a tour of different hydroelectricity projects as well as places with investment potentials.

Global Civil Society Dialogue for Zero Huner World from Tomorrow

The Global Civil Society Dialogue is taking place in Lalitpur from tomorrow or June 1 with the objective of seeking a ground to implement the United Nations commitments to ending all sorts of hunger from the world by 2030 AD.

The data shows that 3.1 million children die from malnutrition across the world every year and in the world today about 795 million remain undernourished.

A three-day event is being hosted by Civil Academy, Rural Reconstruction Nepal, Civil Society Alliance for Nutrition Nepal, NGO Federation of Nepal and Right to Food Nepal.

As many as 150 people from various countries including Nepal, Afghanistan, Pakistan, India, Myanmar, Cambodia, Tajikistan, Indonesia, Philippines,  South  Korea, Japan,  Bhutan, Sri Lanka and Bangladesh, and some countries of South America, Africa and Europe are taking part in the event. This was informed at a news conference here today.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web