४५ खेलमा २ गोल गरेका राजुलाई सर्वोत्कृष्ट सहित २५ लाख, अन्य खेलाडीलाई १० लाख

जेष्ठ १८, २०७३ मा प्रकाशित | 1873 views

१८ जेठ, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका मिडफिल्डर राजु तामाङ वर्षको सर्वोत्कृष्ट फुटबलर घोषित गर्दै  सम्मानसहित नगद २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

हल्चोकमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । एन्फाले यसअघि वर्षको सर्वोत्कृत खेलाडीलाई अपार्टमेन्ट दिने गरेको थियो । राकेश श्रेष्ठ, सागर थापा र रितेश थापालाई अपार्टमेन्ट दिने घोषणा गरेको थियो । तर, उनीहरुले अझै पाएका छैनन् ।

त्यसअघि उपेन्द्रमान सिंह र हरि खड्कालाई भने कार पुरस्कार दिइएको थियो । एन्फाले यो पटक भने नगद नै दिएको छ । तामाङले पछिल्लो २ वर्ष राष्ट्रिय टोलीबाट खेलेका छैनन् ।

पछिल्लो पल्ट उनले सन् २०१४ मा फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल खेलेका थिए । उनले सन् २००५ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् ।

राष्ट्रिय टोलीको जर्सीमा ४५ खेल खेलेका उनले जम्मा २ गोल गरेका छन् । ३० वर्षे उनले एशिया कप २०१५ को छनौट चरणमा नर्थन मारियना आइल्याण्डविरुद्धको खेलमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै उनले सन् २००८ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध पनि गोल गरेका थिए ।

संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा संलग्न भएर नेपाल आर्मीका जागिरे उनले सन् २०१० मा हैटीको भूकम्पपछि ६ महिना उद्धारको काम गरेका थिए । जसका कारण उनले विश्वकप छनौटमा टिमोर लिस्टसँगको खेल गुमाएका थिए ।

सन् २०१२ मा नेपाल आर्मीले आयोजना गरेको दक्षिण एशियाली सैनिक खेलकुदमा सहभागी भएका कारण राष्ट्रिय टिमको प्रशिक्षणमा नआएको भन्दै उनलाई तत्कालिन प्रशिक्षक ग्राहम रोवर्टले बिचमै टोलीबाट निकालेका थिए ।

जसका कारण उनले सन् २०१२ को एएफसी च्यालेन्ज कप गुमाएका थिए । कार्यक्रममा साग र बंगबन्धु कपका विजेता खेलाडीहरुलाई जनही १०/१० लाख दिइएको छ । यस्तै सागका उपविजेता महिला टोलीका सदस्यलाई १/१ लाख प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web