१९ जेठ, काठमाडौं ।

बहिनी मनिषाको शंकास्पद मृत्युभएपछि चिन्तीत बनेको नेपाली फुटबलर विमल घर्ती मगरले सामाजिक सञ्जालमा दुख पोखेका छन् । धेरै मायाले हुर्काएकी एक मात्रै बहिनी मनिषाको मृत्युुले विक्षिप्त बनेका विमलले भनेका छन् । सानैमा बाबा गुमाए उहाँ पनि देशकै लागि लड्नु हुन्थ्यो । बहिनीको हत्यारालाई कारबाहि नभए अब आफूले देशका लागि केहि गर्न नसक्ने उल्लेख गरेका छन् ।

बुवा गुमाउको घाउँ निको हुँदै गर्दा बहिनी गुमाउँनु पर्दा बैनीको सम्झनामा अहिले बिमल रोएर दिन बिताउँदै छन् । देशका लागि लड्ने आफ्ना पिता गुमाएपछि बिमल आफै देशका लागि खेल मैदानमा आए । मैदानमा लडेर थुप्रै पटक नेपालीलाई खुुशी दिए । तर, आज उनले आफूलाई एक्लो भएको महसुस गरेका छन् र साथ मागेका छन् सबै सँग उनले भनेका छन् ।

यस्तो उनले पोष्ट गरेको स्टाटस

सानो छदा बाबु गुमाए बाबु पनि देशको लागि लड्नु हुन्थ्यो । बिस्तारै त्यो पिडा भुल्दै जाँदा १० बर्ष भको थियो आज अर्को पिडा थपियो मेरो फ्यामिलिमा बाबु नि देशको लागी कति गर्नु भो अनि मैले पनि। देशको लागि कति गरे तर हाम्रो घरमा यस्तो हुँदा सरकारले केहि गरेन, के काम एउटा आज देशको लागि गर्ने मान्छेलाई सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरि बढ्नु ? यो नेपालमा मेरो बहिनीको हत्या गर्ने मान्छेलाइ कारबाही भएन भने यो देशको लागि के गर्नु ? आज म रोइ रहेको छु भोलि अरु कोइ रोइ रहेको होला मलाइ सब को साथ चाहियको छ । अब देशको लागि लडे अब बहिनीको लागि लड्छु ।

काठमाडौं,जेठ १९ । अखिल नेपाल फुटबल संघ एन्फाको आज बस्ने कार्यसमिति बैठकले बर्खास्तीमा परेका तीन उपाध्यक्ष र एक सदस्यलाई पुनर्बहाली गर्ने भएको छ । लगतार तीन बैठकमा अनुपस्थित भएको भन्दै असोज २१ मा बर्खास्तीमा परेका उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई तथापंकज नेम्बाङलाई जेठ १० गते भित्र पुनर्बहाली गरिसक्न फिफाले वैशाख २७ मा एन्फालाई निर्देशन दिएपछि

निर्णय उल्टाउन बाध्य भएको हो ।

आजको बैठकले उनीहरुको ठाँउमा मनोनय गरेका उपाध्यक्ष सन्तोष बानियाँ, विरबहादुर खड्का र मणी कुँवर तथा सदस्य अरुणमान जोशीले भने आजै राजीनामा दिनेछन् । एन्फाको आजको बैठकले बानियाँलाई मानार्थ उपाध्यक्ष र खड्का र कुवरलाई पुरानै जिम्मेवारी दिने सम्भावना छ । उनीहरु दुई जना यसअघि सह महासचिवको जिम्मेवारीमा मनोनित भएका थिए ।

१९ जेठ, काठमाडौं । फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको शंकास्पद मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी रुद्रनारायण (आशिष) चौधरी झुठो नबोलेको भेटिएको छ । योसँगै मनिषाले आत्महत्या गरेको तथ्य बनेको छ । इलाका प्रहरी कार्यालय सुनवलमा प्रहरीले चौधरीले बयानका क्रममा झुट बोलेको हो वा होईन भन्ने पत्ता लगाउन गरेको परिक्षणको बुधबार पत्रकार सम्मेलन गर्दै पोलिग्राफ परीक्षण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको रिपोर्टमा उनले बताएको कुरा झुठो नभएको प्रारम्भिक रिपोर्ट आएको प्रहरीले बताएको हो ।

अनुसन्धान अधिकृत प्रकाश सापकोटाले भने, ‘पोलिग्राफको प्रारम्भिक रिपोर्टमा आशिषले अहिलेसम्म बोलेको कुरा साँचो रहेको पाइयो ।’ उनले उत्तर दिँदा पोलिग्राफ मेसिनमा कुनै अस्वभाविक तरंग नआएको उनले बताए । तर, अनुसन्धान अझै नटुंगिएको बताउँदै उनले अनुसन्धान अझै जारी रहेको बताए । यसअघि पोष्टमार्टम रिपोर्टमा पनि ‘ह्यांगिङ’ (झुण्डिएको) रिपोर्ट आएको थियो । १७ बर्षिय मनिषाको शव जेठ १३ गते नवलपरासीको बर्दघाट–८ स्थित आफ्नै घरमा फेला परेको थियो ।

१९ जेठ, काठमाडौं । लामो समयको खडेरीले परिवार पाल्नै गाह्रो भएपछि हुम्लाको मैलास्थित दलित बस्ती चौतारीगाउँ नै रित्तिएको छ । चौतारीगाउँका सबैजना परिवारसहित पेट पाल्न भारततिर गएपछि गाउँ रित्तिएको हो ।

सरकारले कर्णालीका खडेरी पीडितहरूका लागि निःशुल्क वितरण गर्ने भनिएको चामल कमिसनका कारण रोकिएपछि अधिकांश गाउँ प्रभावित भएका आजको अन्नपूर्णमा समाचार छ ।

खडेरीले लगातार दुई बालीको उत्पादन शून्य भएको छ । स्थानीय उत्पादनमा ९८ प्रतिशतसम्म ह्रास आउँदा मैलामा परिवार पाल्न मुस्किल भएको थियो । अन्य कुनै जोहो नभएपछि आफूहरू भोकमरीमा ज्यान जोगाउन भारत लागेको मैला–४ का अम्मलाल नेपालीले बताए । उनी परिवारसहित भारत जान बाजुराको कोल्टी पुगेका छन् ।

आफूसहित गाउँका २२ वटै घरधुरीका सबै सदस्य भारत गएको जानकारी गराउँदै अम्मलालले भने, ‘घरमा खाऔं भने एक दाना चामल छैन । काम गरेर खाऔं भने पनि के काम गर्नु रु विकासका योजना सञ्चालन नै भएका छैनन् । बाजुरादेखि तीनचार दिन भारी बोकेर ११ जनाको परिवार कसरी पाल्नु रु जेनतेन वैशाखसम्म त परिवार पालियो । एक्लो ज्यानले भारीमात्रै बोकेर परिवार धान्न अब सकिन्नजस्तो छ । त्यसैले परिवारसहित भारत लागेको हुँ ।’

मैला–४ कै चाउर्या नेपालीले गत साउनदेखिको खडेरीले कात्तिकमा पाक्ने बालीको उत्पादन निकै कम भए पनि जेठमा पाक्ने गहुँबाली केही राम्रो हुन्छ कि भन्ने आसले अहिलेसम्म गाउँमै भारी बोकेर परिवार पाल्दै आएको बताए । तर यो गहुँबालीबाट बिउ पनि नआएपछि बाध्य भएर परिवारसहित भारत लागेको उनको भनाइ छ ।

वैशाख र जेठमा मात्रै मैला गाविस–४ का २२ घर, वडा नम्बर ७ का ९ घर, ३ का ७ घर र २ का ४ घर सपरिवार भारत गएका छन् । अवस्थामा सुधार नआए जेठ अन्त्यसम्ममा थप ५० घरपरिवार भारत जान तयारीमा रहेको सुनारले बताए । खच्चर बाटो पुगेको हुम्लाको दक्षिण भेगमा पर्ने मैलाको बजारमा व्यापारिक चामल भए पनि स्थानीय बासिन्दासँग चामल किन्ने पैसा नभएपछि पेट पाल्नकै लागि भारत जानुपर्ने अवस्था रहेको मैला स्वास्थ्यचौकीकी कर्मचारी अम्बिका शर्माले बताइन् । उनका अनुसार भारत जानेमा लामो समयदेखि पेटभरि खान नपाएको बताउने दलित समुदायको संख्या बढी छ ।

रक्सी खाएर हल्ला गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका टिकाबहादुर राईलाई कुटपिट गरेको आरोपमा ३ जनालाई पक्राउ गरि प्रहरीले हत्या अभियोग लगाएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

महानगरीय प्रहरी वृत्त बौद्धले राईको हत्यामा संलग्न रहेको अभियोगमा घटनाको दिन राईसागै हिरासतमा रहेका केशब पुलामी मगर, प्रकाश सुब्बा र दावा लामालाई पक्राउ गरि हत्या अभियोग लगाएको हो।

प्रहरीले यातना दिँदा राईको मृत्यु भएको परिवारले दाबी गर्दै आएको छ।

वैशाख २७ गते चुच्चेपाटीको एलपी ग्यास डिपोमा भएको सामान्य विवादमा पक्राउ परेका राईको २९ गते मृत्यु भएको थियो।

आज जेठ १९ गते । तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको १४ वर्ष पुरा भएर आजबाट १५ वर्ष लागेको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ।

विश्वले नै बिर्सनै नसक्ने त्यो रात सम्झँदा जीउ सिरिङ हुन्छ। राजा वीरेन्द्रको परिवारको संझना आउँछ । तर विश्वमा नै चर्चित भनेको दरबार हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन।

प्रधानमन्त्री भएको बेलामा स्वर्गीय गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतकाले दरबार हत्याकाण्डको छानबिन गरेरै छाड्ने प्रतिबद्धता जनाएको वर्षौ भइसकेको छ।

सो घटनामा केही पनि भएको छैन् । तत्कालिन युवरनज दीपेन्द्रले हत्या गरेको भन्ने कुरा छानबिनपछि बनाइएको प्रतिबेदनले जनाएपनि त्यसमा अझै ठूलो जनसमूहलाई आंशका रहेको छ।

ललितपुरका मालपोत कार्यालय र भूमिसुधार कार्यालयले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी जग्गा रोक्का गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

रानी जगदम्बाकुमारी राणाले सरकारलाई दिएको जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको ठहर गर्दै सरकारको नाममा फिर्ता ल्याउन अख्तियारले आइतबार भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको थियो । मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहेको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ ।

पुल्चोकस्थित अत्यन्तै महँगो क्षेत्रमा रहेको सरकारी जग्गा व्यक्तिले लुकाएर राखेको भेटिएपछि तत्काल फिर्ता गराउन निर्णय गरिएको अख्तियारको दाबी छ । दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहेको थप अकुत सम्पत्तिमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ ।

अख्तियारको निर्देशनपछि ललितपुरका मालपोत र भूमिसुधार कार्यालयले मंगलबार कमलमणि, कनकमणि र कुन्दमणि दीक्षितका नाममा सातदिने म्याद जारी गरेको छ । तोकिएका जग्गा आफ्नो नाममा ठहर हुने भए सात दिनभित्र प्रमाणसहित उपस्थित हुन ती कार्यालयहरूले दीक्षित परिवारलाई म्याद तोकेका छन् । कमलमणि र कनकमणिले म्याद बुझे पनि कुन्दमणिले नबुझेकाले उनको घरमा सूचना टाासिएको ती कार्यालयहरूले जनाएका छन् ।

मुलुकमा सबैभन्दा बढी अर्थमन्त्री हुने भाग्यवानी नेतामा पर्छन्, कांग्रेस नेता रामशरण महत । खुला अर्थतन्त्रका हिमायती मानिने महत कांग्रेसबाट ६ पटक मन्त्री भए । कांग्रेसमा महेश आचार्यपछि निरन्तर अर्थमन्त्री बन्ने अवसर पाए पनि महतले पार्टीभित्र भने कहिल्यै लोकप्रिय छवि बनाउन सकेनन् । कान्तिपुर दैनिकमा समाचार छ।

‘महतले खुला अर्थतन्त्रको नाममा समाजवाद उन्मुख कार्यक्रम दिन नसकेको पार्टीभित्रै आलोचना छ,’ महतको अर्थमन्त्री कालको अनुभव सुनाउँदै कांग्रेसका एक नेताको तिखो टिप्पणी छ, ‘उहाँले आफ्नो कार्यकालभर मुलुकको अर्थमन्त्री आफैंमात्रै भइराख्छु र आफ्नै ढुकुटीबाट रकम बाँड्नुपर्ने हो जस्तो व्यवहार देखाउनुभयो । जसका कारण पार्टीभित्र आलोचना हुने गरेको हो ।’

यतिखेर उनी अर्थमन्त्री छैनन् । तर, पार्टीभित्र उनै आलोचनाका प्रमुख पात्र बनिरहेका छन् । एमाले नेतृत्वको गठबन्धन सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटप्रति कांग्रेस नेताहरूको सैद्धान्तिक रूपमा विरोध छ । तर, वास्तविक विरोधको प्रहार भने पार्टीको पूर्ववर्ती सरकारका अर्थमन्त्री महतप्रति बढी लक्षित देखिएको छ ।
आइतबारको काग्रेस संसदीय दलको बैठकमा उनै महतप्रति धेरै सांसद खनिएका थिए ।

देशकै प्रशासनिक केन्द्र सिंहदरबारमा को-को बस्छन ? मुलुक हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरुदेखि ठूल्ठूला योजना परियोजना बनाउने कर्मचारी यो परिसरका मन्त्रालय र कार्यालयमा काम गर्छन् ।

कान्तिपुर दैनिकमा समाचार छ।
तर धेरैलाई थाहा नहुन पनि सक्छ यही परिसरमा ८० वटा भूस्याहा कुकुर पनि छन्, जसलाई सरकारले आफ्नो खर्चमा व्यवस्थित गरेर राखेको छ।

सिंहदरबारभित्रका यी कुकुर आ आफ्ना झुण्डमा बाँडिएर बस्ने गरेका छन् । संसद सचिवालय परिसरमा १५ छन् भने अर्थ मन्त्रालय र रेडियो नेपालमा १०-१० वटा।

पप्पु गुरुङ्, १८ जेठ, दोधारा चाँदनी / कञ्चनपुर । आज अपरान्ह करिब ३ बजे ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्मा र प्रहरी जवान गग्न ढुङ्गाल दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरमा गएका थिए । उनिहरु सामान्य सिमा क्षेत्र तथा गाँउको अवस्था बुझ्न गएका थिए । सुन्दरनगर दोधारा चाँदनकिो जगबुडा नदीको पारीको गाँउ हो । सिमा क्षेत्र तथा गाँउमा गतिबिधी बुझ्दै गर्दा प्रहरी निरिक्षकलाई २०६६ साल माघ १७ देखि मानव बेचबिखनमा फरार अभियुक्तको बारे स्थानियहरुले जनाकारी दिए । अभियुक्त बिर बहादुर सुनार घरमा बसिरको थिए । अभियुक्त सुनार १ महिना जति दोधारा चाँदनी फर्केको थिए । उनि बेचबिखन मुद्धामा फरार भएर भारतमा बस्दै आएका थिए । अभियुक्त बिर बहादुर सुनार पुगेर निरिक्षकले जानकारी लिए पश्चात उनलाई प्रहरी कार्यालयमा हिड्न भने । अभियुक्त सुनार प्रहरीको कुरे नसुनि भाग्न थाले । उनि भागेर भारत/नेपाल सिमाको १० गजा सम्म पुगे एक प्रहरी निरिक्षक र एक जवान उनिहरुको पिछा गर्दै गरे । अन्त: अभियुक्त बिर बहादुर सुनारलाई रोक्न प्रहरीले एक राउण्ड आकाशमा हावाईफायर गर्नु पर्यो । बल्ल आएर अभियुक्त बिर सुनारलाई प्रहरीले समात्यो । करिब एक हजार मिटरको दौडाभागीमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिन सफल भयो । पक्राउ परेको सुनारलाई ल्याउदै गर्दा अभियुक्त सुनारका अनफ्तले एक समुह बनाएर प्रहरीलाई आक्रमण गर्यो । प्रहरी निरिक्षक तथा प्रहरी जवान माथी हातपात गर्दै अभियुक्त भनिएका सुनारलाई भगाएर सिमा पार गरायो । प्रहरीलाई स्थानियहरुले बचाउदै उनिहरुलाई सुरक्षित स्थान सम्म ल्याउन सफल भए । प्रहरी निरिक्षक तथा जवान कार्यालय फर्केर थप प्रहरी लिएर सुन्दरनगर गयो । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी देखि सुन्दरनगर पुग्न करिब ३० मिनेट जगबुडा नदी पार गर्नु पर्छ । थप बल सहित प्रहरी पुग्दा सम्म अपराधिक समुहरु फरार भएका थिए । प्रहरीले बिक्रम सुनार, काला सुनार गरि १० जनाको नाउ संकलन गरि अभियुक्तलाई भगाउने ब्यक्तीको सुचीमा राखी उनिहरुको खोजी कार्य जारी राखेको छ् । प्रहरी निरिक्षक बिरेनद्र विर बिश्कर्मा ईलाका प्रहरी कार्यालयमा आए देखि सुरक्षा ब्यवस्था मजबुद बन्दै आएको स्थानियहरुको दाबी रहेको छ् । प्रहरी निरिक्षक बिरेनद्र विर बिश्कर्माले अपराधिक क्रियाकलापमा संलग्न फरार अभियुक्तको फाईल खोल्न थालेपछि स्थानियहरु खुशी भएका छन् ।

पप्पु गुरुङ्, १८ जेठ, दोधारा चाँदनी/ कञ्चनपुर । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक माथी आज एक अपारधिक समुहद्धार हातपात भएको छ् । आज अपरान्ह करिब ३ बजे ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्मा र प्रहरी जवान गग्न ढुङ्गाल दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरमा उनि दुबै माथी हातपात भएको प्रहरीले जनाएको छ् । चेलीबेटी बेचबिखनको मुद्धामा २०६६ साल माघ १७ देखि फरार रहेका दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरका बिर बहादुर सुनारलाई पक्राउ गर्न जादा अभियुक्त बिर बहादुर सुनारका परिवारजनले प्रहरी निरिक्षक विश्वकर्माको पेस्तोल खोस्नुको साथै हातपात गरि अभियुक्त बिर बहादुर सुनारलाई भगाएका थिए । प्रहरीको कपडा च्यत्तीएको साथै सामन्य चोट आएको बताईएको छ् । ईलाका प्रहरी कार्यायल दोधारा चाँदनीमा प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्मा र प्रहरी जवान गग्न ढुङ्गाल फर्किएर कार्यालयबाट प्रहरी टोली गएपछि हातपात गर्ने अपराधिक समुह फरार भएको प्रहरीले जनाएको छ् । हातपात गर्नेमा दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगर निवासी अभियुक्त बिर बहादुर सुनारका अपारधिक समुह फरार रहेका थिए । हातपात गर्ने बिक्रम सुनार, काला सुनार लगाएत १० जना बिरुद्ध अभियुक्त फरारमा सहयोग गर्ने भन्दै प्रहरीले सार्वजनिक मुद्धा दर्ता तयारी गर्दै उनिहरुको खोजी जारी राखेको प्रहरीले जनाएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा प्रहरी निरिक्षक बिरेन्द्र विर विश्वकर्माको आगमन संग सुरक्षा ब्यवस्था राम्रो भएको स्थानियहरुको भनाई रहेको छ् । प्रहरी निरिक्षक विश्वकर्माले अपराधिक कृयाकलापमा संलग्न तथा फरार अभियुक्तलाई पक्राउ गर्न थालेपछि सुरक्षा ब्यवस्था भरपर्दो भएको स्थनियहरुले बताउदै आएका छन् ।

१८ जेठ, काठमाडौं ।
निजामति कर्मचारीहरुको आज हुने आधिकारिक ट्रेड युनियन निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनकै कारण सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

विभिन्न जिल्ला सदरमुकाम तथा तोकिएका निर्वाचन क्षेत्रहरुमा बुथ निर्माण र सम्बन्धित निर्वाचन अधिकृतहरुलाई मतपत्र वितरण गर्ने काम पुरा भएको प्रमुख निर्वाचन अधिकृत गीता प्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत तिम्सिनाका अनुसार १६ सय ३ जना निजामति कर्मचारी र १२ सय १५ जना सुरक्षाकर्मि गरि २ हजार ८ सय १८ जना कर्मचारी निर्वाचनमा खटिने छन ।

निर्वाचनमा नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन 'संघ', नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल मधेसी निजामति कर्मचारी मञ्च, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द« र नेपाल राष्ट्रसेवक कर्मचारी संगठनले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचनमा देशभरका गरि ५५ हजार ३ सय २९ जना मतदाता कर्मचारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

आज बिहान ९ बजेदेखि ५ बजेसम्म मतदान गर्ने कार्यतालीका तय गरिएको कार्यालयले जनाएको छ ।

निर्वाचनलाई लक्षित गरेर सरकारले आज निजामती कर्मचारीलाई विदा दिने निर्णय गरेको हो ।