<p>पप्पु गुरुङ्, १८ जेठ, दोधारा चाँदनी / कञ्चनपुर । आज अपरान्ह करिब ३ बजे ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्मा र प्रहरी जवान गग्न ढुङ्गाल दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरमा गएका थिए । उनिहरु सामान्य सिमा क्षेत्र तथा गाँउको अवस्था बुझ्न गएका थिए । सुन्दरनगर दोधारा चाँदनकिो जगबुडा नदीको पारीको गाँउ हो । सिमा क्षेत्र तथा गाँउमा गतिबिधी बुझ्दै गर्दा प्रहरी निरिक्षकलाई २०६६ साल माघ १७ देखि मानव बेचबिखनमा फरार अभियुक्तको बारे स्थानियहरुले जनाकारी दिए । अभियुक्त बिर बहादुर सुनार घरमा बसिरको थिए । अभियुक्त सुनार १ महिना जति दोधारा चाँदनी फर्केको थिए । उनि बेचबिखन मुद्धामा फरार भएर भारतमा बस्दै आएका थिए । अभियुक्त बिर बहादुर सुनार पुगेर निरिक्षकले जानकारी लिए पश्चात उनलाई प्रहरी कार्यालयमा हिड्न भने । अभियुक्त सुनार प्रहरीको कुरे नसुनि भाग्न थाले । उनि भागेर भारत/नेपाल सिमाको १० गजा सम्म पुगे एक प्रहरी निरिक्षक र एक जवान उनिहरुको पिछा गर्दै गरे । अन्त: अभियुक्त बिर बहादुर सुनारलाई रोक्न प्रहरीले एक राउण्ड आकाशमा हावाईफायर गर्नु पर्यो । बल्ल आएर अभियुक्त बिर सुनारलाई प्रहरीले समात्यो । करिब एक हजार मिटरको दौडाभागीमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिन सफल भयो । पक्राउ परेको सुनारलाई ल्याउदै गर्दा अभियुक्त सुनारका अनफ्तले एक समुह बनाएर प्रहरीलाई आक्रमण गर्यो । प्रहरी निरिक्षक तथा प्रहरी जवान माथी हातपात गर्दै अभियुक्त भनिएका सुनारलाई भगाएर सिमा पार गरायो । प्रहरीलाई स्थानियहरुले बचाउदै उनिहरुलाई सुरक्षित स्थान सम्म ल्याउन सफल भए । प्रहरी निरिक्षक तथा जवान कार्यालय फर्केर थप प्रहरी लिएर सुन्दरनगर गयो । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी देखि सुन्दरनगर पुग्न करिब ३० मिनेट जगबुडा नदी पार गर्नु पर्छ । थप बल सहित प्रहरी पुग्दा सम्म अपराधिक समुहरु फरार भएका थिए । प्रहरीले बिक्रम सुनार, काला सुनार गरि १० जनाको नाउ संकलन गरि अभियुक्तलाई भगाउने ब्यक्तीको सुचीमा राखी उनिहरुको खोजी कार्य जारी राखेको छ् । प्रहरी निरिक्षक बिरेनद्र विर बिश्कर्मा ईलाका प्रहरी कार्यालयमा आए देखि सुरक्षा ब्यवस्था मजबुद बन्दै आएको स्थानियहरुको दाबी रहेको छ् । प्रहरी निरिक्षक बिरेनद्र विर बिश्कर्माले अपराधिक क्रियाकलापमा संलग्न फरार अभियुक्तको फाईल खोल्न थालेपछि स्थानियहरु खुशी भएका छन् । <br><br><br></p>