Budget of Agro Sector Should be Increased :VP Pun

Vice President Nanda Bahadur Pun has said that budget allocated to the agriculture and livestock development sector should be increased to make the country's economy stronger.

Inaugurating 12th convention of the Nepal Veterinary Association today, Vice President Pun said, "Youths who have opted overseas employment will see their future in the country if the state invests sufficient amount in agro sector and attracts them to this profession.

He further said that it was necessary to implement the 20-year agriculture development policy formulated by the government in an effective manner.

Similarly, Minister for Agriculture, Haribol Gajurel, said that the policies and programmes brought by the government have incorporated some good plans including farmer security fund and pension, it should be corrected as the budget has only mentioned for carrying out feasibility study.

GOVT DISTRIBUTES RELIEF TO 8,177 QUAKE-STRICKEN CHILDREN

The government has distributed relief to 8,177 quake-stricken children till date.

The government in the eight months of the ongoing fiscal year distributed cash amounts to 6,375 children at the rate of Rs 5,000 per child and to 1, 802 children at the rate of Rs 4,000 per child.

The number of children affected by the earthquake is around 40, 036, as per a survey of the fiscal year 2072-73.

The government has also formed 22,457 child clubs across the country and facilitated its operation to secure meaningful participation of the children.

राष्ट्रपति रनिङ सिल्डको पहिलो दिन चार कीर्तिमान कायम

काठमाडौं, जेठ १९  ।  युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन एथलेटिक्सतर्फ चार नयाँ विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान बनेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको १ हजार ५ सय मिटर दौडको छात्रमा मध्यमाञ्चलका अजितकुमार यादव र छात्रामा मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा छात्र सटपुटमा मध्यपश्चिमाञ्चलका तिलक विक र छात्रा त्रिपलजम्पमा पश्चिमाञ्चलकी विपना परियारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।

निर्धारित दूरी ४ मिनेट १४.५ सेकेन्डमा पूरा गर्दै अजितले २०६० सालमा मध्यमाञ्चलका राधेश्याम कावाले बनाएको ४ मिनेट १७.३० सेकेन्डको कीर्तिमान भंग गरे । पश्चिमाञ्चलका रोहित अधिकारी दोश्रो र पूर्वाञ्चलका प्रकाश दनुवार तेश्रो भए । मञ्जुले दूरी पूरा गर्न ५ मिनेट १०.४ सेकेन्ड समय लगाइन् । मञ्जुले २०७१ सालमा मध्यमाञ्चलकी संगीता खड्काले स्थापित गरेको ५ मिनेट १२ सेकेन्डको कीर्तिमानलाई विस्थापित गरेकी हुन् । पूर्वाञ्चलकी दीपा बस्नेत दोश्रो र मध्यपश्चिमाञ्चलकी निर्मला केसी तेश्रो बने ।

सटपुटमा कीर्तिमान बनाएका तिलकले १४.५४ मिटर टाढा फाले । मध्यमाञ्चलकै प्रशान्त महतोको नाममा १४.१२ मिटरको कीर्तिमान थियो । प्रशान्तले उक्त कीर्तिमान २०५६ सालमा कायम गरेका थिए । पश्चिमाञ्चलका बसन्त गुरुङ दोश्रो र मध्यमाञ्चलका वीरेन्द्र चौधरी तेश्रो स्थानमा रहे । विपनाले १०.५२ मिटर जम्प गर्दै मध्यपश्चिमाञ्चलकी केशरी चौधरीले २०६३ सालमा बनाएको १०.२२ मिटरको कीर्तिमान तोडिन् । केशरी यो स्पर्धाकी राष्ट्रिय कीर्तिमानधारी हुन् ।

१२.२० मिटरको राष्ट्रिय कीर्तिमान केशरीको नाममा यथावत् छ । मध्यमाञ्चलकी जस्ता महतो दोश्रो र पूर्वाञ्चलकी रिना रावल तेश्रो भए ।

छात्रा सटपुटमा पश्चिमाञ्चलकी बसन्ती बुढा पहिलो भइन् । बसन्तीले १०.०३ मिटर टाढा फ्याकिन् । मध्यपश्चिमाञ्चलकी सीता बुढा दोश्रो भइन् भने पूर्वाञ्चलकी विनिता राई तेश्रो बनिन् ।

छात्र त्रिपलजम्पमा पहिलो भएका मध्यमाञ्चलका भुवन महतोले १३.५९ मिटर फ्याके । मध्यपश्चिमाञ्चलका सियाराम थारु दोश्रो र महेन्द्र विक तेश्रो भए ।

प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा दीप प्रज्ज्वलन गरी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक विशेष कार्यक्रमबीच उद्घाटन गरिन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले विद्यालय तहको खेलकुदले विद्यार्थीलाई आफ्नो रुचीको विभिन्न खेलमा सहभागी जनाउन वातावरण तयार गरी प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने बताइन् । राष्ट्रपति भण्डारीले सरकार, खेलाडी, प्रशिक्षक र खेलकुदसंग सम्बन्धित विभिन्न संस्था एक आपसमा हातेमालो गर्दै अगाडि बढे नेपाली खेलाडीको मनोबल उच्च भइ अन्तर्राष्ट्रिय जगतमा अझ बढी सफलता प्राप्त गर्न सकिने धारणा व्यक्त गरिन् ।

सूचना तथा सञ्चार मन्त्री शेरधन राईले समग्र समाज र देशलाई स्वस्थ्य, सभ्य, सुसंकृत, अनुशासित र विकसित बनाउन खेलकुदको अहम भूमिका रहने विचार व्यक्त गरे ।

राखेप सदस्य–सचिव केशवकुमार विष्टले दुई ठूला प्रतियोगिता सातौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद आयोजना गर्ने सन्दर्भमा परिषद्ले आफ्नो सम्पूर्ण जिम्मेवारी समयमै पूरा गर्ने विश्वास दिलाए ।

तीनदिने प्रतियोगितामा विभिन्न ८ खेलमा पाँच विकास क्षेत्रबाट ७ सय २७ खेलाडीले ५३ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

कराते

छात्रा एकल कातामा पश्चिमाञ्चलकी विमला नेपाली पहिलो भइन् । उनले फाइनलमा मध्यपश्चिमाञ्चलकी दिब्या चन्दलाई पछि पारिन् । सो स्पर्धाको पुरुषमा पश्चिमाञ्चलका सुजन नेपालीले पूर्वाञ्चलका रोशन गुरुङलाई हराउदै शीर्ष स्थान हात पारे ।        त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको पुरुष ४२ केजीमा मध्यमाञ्चलका साजन लामा पहिलो भए । फाइनलमा उनले सुदूरपश्चिमाञ्चलका अभिषेक जोशीलाई हराए ।

भलिबल

मध्यमाञ्चल क्षेत्रले आठौं राष्ट्रिय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबलको छात्रतर्फ दोहोरो जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगितामा मध्यमाञ्चलले पहिलो खेलमा पूर्वाञ्चललाई २१–२५, २५– १९, २५– १२ र २५– २३ ले तथा दोश्रो खेलमा मध्यपश्चिमलाई २५–२१, २५–२० र २५–२० ले पराजित गर्दै ग्रुप ख बाट पहिलो हुंदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिग कम नकआउटको आधारमा भएको प्रतियोगिताको अर्को खेलमा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–८, २५–१६ र २५–१२ ले पराजित गर्दै गु्रप क बाट सेमिफाइनलमा स्थान बनाउन सफल भयो । पराजयकका बावजुद पनि सुदूरपश्चिम सेमिमा स्थान बनाउन सफल भयो ।

छात्रा तर्फको खेलमा मध्यमाञ्चल ग्रुप क बाट पहिलो हुंदै अन्तिम चारमा स्थान बनाउन सफल भयो । मध्यमाञ्चलले सुदूरपश्चिमलाई २५–८, २५–१६ र २५–१२ ले पराजित गरेको थियो । उक्त ग्रुपमा दुई टिम मात्र भएकोले सुदूरपश्चिम पनि सेमिमा पुग्यो । अर्को खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१४, २५–२० र २५–१४ ले पराजित ग¥यो ।

कबड्डी

मध्यमाञ्चल क्षेत्र छात्र तर्फ पूर्वाञ्चल क्षेत्रलाई पराजित गर्दै आठौं राष्ट्रपती रनिङ्ग शिलड प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरको छ ।

लिग कम नकआउटको आधारमा खेलाईएको प्रतियोगिताको छात्रा तर्फ सुदूरपश्चिमाञ्च क्षेत्रले मध्यपश्चिमाञ्चल क्षेत्रलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको निर्णायक तारा सिंह भाटले जानकारी गराए ।

उसु

उसुको छात्र छाङ छ्वान्मा मध्यमाञ्चलका आशिष राई पहिलो भए । उनले ७.८५ अंक जोडे । ७.८१ अंकसाथ मध्यमाञ्चलकै दिलिप घले दोश्रो तथा ७.६० अंकसाथ सुदूरपश्चिमाञ्चलका रविन चौधरी तेश्रो बने ।

सो स्पर्धाको छात्रामा मध्यमाञ्चलकी सपना मोक्तान (७.८० अंक) पहिलो, मध्मायञ्चलकै अनु राई (७.७० अंक) दोश्रो र सुदूरपश्चिमाञ्चलकी एलिसा खाती (७.२३ अंकं तेश्रो भए ।

पुरुष नान् छ्वान्मा मध्यमाञ्चलका अजय तामाङ ७.९५ अंकसाथ पहिलो, मध्यमाञ्चलका सरोज पुन ७.८५ अंकसाथ दोश्रो तथा पूर्वाञ्चलका उज्ज्वल राई ७.५५ अंकसाथ तेश्रो भए ।

तेक्वान्दो ः

महिला ४२ केजीमुनि पूर्वाञ्चलकी विनिता घिमिरे, पश्चिमाञ्चलकी आस्था शर्मा, मध्यमाञ्चलकी योगमाया श्रेष्ठ र मध्यपश्चिमाञ्चलकी प्रमिला थापा सेमिफाइनलमा पुगे । ४६ केजीमुनि मध्यमाञ्चलकी आयशा लामा, पूर्वाञ्चलका प्रबिता राई र चान्दनी तामाङ तथा मध्यपश्चिमाञ्चलकी अनु थारु सेमिफाइनलमा पुगे ।

कोटेश्वर तेक्वान्दो डोजाङमा भएको पुरुष ५१ केजीमुनि मध्यपश्चिमाञ्चलका वृजालाल बुढा, पूर्वाञ्चलका सुरज मगर, सुदूरपश्चिमाञ्चलका नरेश मालासी तथा मध्यमाञ्चलका बर्सात मोक्तान सेमिफाइनलमा पुगे । अन्य तीन तौलसमूहको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

फुटबल : पश्चिमाञ्चल फाइनलमा

छात्रतर्फ पश्चिमाञ्चल फाइनलमा प्रवेश गरेको छ । पश्चिमाञ्चलले मध्यमाञ्चललाई टाइब्रेकरमा ४–२ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

छात्रकै अर्को खेलमा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चललाई २–० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । विजेताका दीपकसिंह ठकुरीले दुवै गोल आफ्नो नाममा लेखाए ।

छात्रामा मध्यमाञ्चलले पश्चिमाञ्चललाई २–१ ले पाखा लगाउदै सेमिफाइनलमा पुग्यो । विजयी टिमका लागि रजनी ठोकर र मेनुका आले मगरले १–१ गोल गरे । पश्चिमाञ्चलकी तिलकुमारी विरकट्ठाले सान्त्वना गोल गरिन् ।

अन्तर्राष्ट्रिय वादोरियोमा नेपाल च्याम्पियन

काठमाडौं,जेठ १९ । नेपालले प्रथम वादोरियो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । कुल २८ स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपालले सर्वाधिक २१ स्वर्णमाथि कब्जा जमाउदै टिम च्याम्पियन बन्यो ।नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्णसाथ दोश्रो भयो । श्रीलंका र बंगलादेशले १–१ स्वर्ण जिते । पुरुषमा जोगमेहर लामा र महिलामा गरिमा गिरी उत्कृष्ट खेलाडी चुनिए । नेपालका दुवैले समान १–१ स्वर्ण र रजत प्राप्त गरे ।

बसुन्धारास्थित यति पार्टी प्यालेसमा भएको प्रतियोगितामा नेपालबाट पुरुष २० केजीमा गौरव राई, २५ केजीमा निरज योञ्जन, ३० केजीमा क्युसाङ लामा, ४० केजीमा दिनेश छन्त्याल, ४५ केजीमा विकबहादुर थामी, ५५ केजीमा सरोज पाख्रिन, ६० केजीमा जोगमेहर तथा खुलामा राजु बुढाथोकीले स्वर्ण जिते ।

महिलाको ३० केजीमा डोल्मा लामा, ४५ केजीमा आश्था श्रेष्ठ, ५५ केजीमा बेली घिसिङ तथा खुलामा अस्मिता छन्त्यालले नेपाललाई स्वर्ण दिलाए ।

भारतका लागि पुरुष ५० केजीमा साइ गिरीश, ब्वाइज ६–८ वर्ष उमेरसमूहमा डि. गणेश, गल्र्स ९–११ वर्ष ज्योति बेस्रा, १४–१६ वर्षमा सिरिया मेल्गारिडी तथा महिला ४० केजीमा सिल्पी सुन्दीले पहिलो स्थान हात पारे । जुनियर महिला कातामा श्रीलंकाकी रन्जिता रत्ना तथा महिला ३५ केजीमा बंगलादेशकी चाँदनी सुन्दीले स्वर्ण चुमे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, आयोजक संघका प्रमुख प्रशिक्षक एवं कराते महासंघका महासचिव हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा आयोजकले सदस्य–सचिव विष्टलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको थियो ।

बास्केटबलमा नेपालको दोहोरो जित

काठमाडौं,जेठ १९ । बंगलादेशको ढाकामा भइरहेको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा नेपालले बुधबार दोहोरा सफलता हात पारेको छ । पहिलो खेलमा नेपालले श्रीलंकालाई ६५–६४ को साँघुरो अन्तरले पराजित ग¥यो । नेपालले कुनैपनि स्तरको खेलमा श्रीलंकालाई हराएको यो पहिलो पटक भएको नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले जनाएका छन् । नेपालले चार क्वाटरमा क्रमशः १६–१०, १४–१५, १४–२३ र २१–१६ स्कोर ग¥यो । नेपालको जितमा आशिष बस्नेतले २६ अंक योगदान गरे ।

बुधबारै भएको अर्को खेलमा नेपालले बंगलादेशलाई ५७–५४ ले हरायो । नेपालले १५–५, १८–१८, १४–१३ र १०–१८ अंक जोड्यो । नेपालका लागि निश्चल महर्जनले १५ अंक बटुले । चार राष्ट्र सहभागी प्रतियोगिताको अन्तिम दिन बिहीबार नेपालले आफ्नो अन्तिम खेलमा भारत विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

PM OLI HONOURS MID-FIELDER TAMANG WITH THIS YEAR’S OUTSTANDING ATHLETE

Mid-fielder of the Nepali National Team, Raju Tamang, has been awarded as this year's outstanding athlete for his significant contribution in Nepali football.

Prime Minister KP Sharma Oli honoured Taman, who plays professional football from Tribhuvan Army Club, with Rs 2.5 million.

Prime Minister Oli also honoured Bangabandhu Gold Cup winner and gold medal winner players of Nepal National Football Team at 12th South Asian Games with Rs 100,000 each.

Similarly, Silver medal winners of National women's team in SAG have also received Rs 100,000 each.

On the occasion, PM Oli said that international standard stadiums are to be constructed in Jhapa and Kathmandu.

TWO MORE DIE AFTER CONSUMING WILD MUSHROOM IN PANCHTHAR

Two more persons died after consuming wild mushroom in Panchthar district. With this, the death toll has reached seven.

The deceased have been identified as Pushpalata Mawo of Tharpu-6 and Basanta Rai, 35, of Jasisidanda in Phidim-3, according to Deputy Superintendent of Police at the District Police Office, Panchthar, Krishna Prasad Koirala.

Similarly, the condition of Nishesh Rai of Phidim-3, who fell ill after consuming the wild mushroom, is serious.

He has been referred to BP Koirala Institute of Health Sciences from District Hospital.

A total of seven people have lost their lives after consuming wild mushroom so far from May 23 and 10 people have fallen sick due to this.

भारतीय चर्चित अभिनेता खानको हृदयघातबाट मृत्यु

१९ जेठ, काठमाडौं ।
भारतीय हास्य कलाकार रज्जाक खानको हृदयघातका कारण निधन भएको छ ।

हृदयघात भएपछि मुम्बईको होली फेमिली अस्पतालमा भर्ना भएका खानको बुधवार विहान निधन भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

रज्जाक बलिउडका चल्तीका हाँस्य कलाकारका रुपमा सदावाहार मानिन्थे ।

उनले अभिनय गरेका बादशाह, हेलो ब्रदर जस्ता चलचित्र चर्चामा रहेका थिए भने पछिल्लो समय कपिल शर्माको कमेडी नाइट्स कपिलमा गोल्डेन भाइको भूमिकामा चर्चित रहेका थिए ।

पाशविकताको पराकाष्ठा जेठ १९ को दरबार हत्याकाण्ड, कोही छ यि १७ प्रश्नको उत्तर दिने ?

जबाफदेहिता नलिनेहरू देशका खतरनाक शत्रुहरू हुन् । घटनाले भन्छन्- दल,सेना कर्मचारि नेतृत्व सबै जानकार छन्,  याे काण्डका जानकारहरूले पुस्ताैंसम्म छुट्टि पाउने छैनन्

१.दिपेन्द्रले गाेली चलाएका सबुत प्रमाणाहरू किन दिइएन ?

२.पढ्न गएका निराजनलाइ अकारण किन बाेलाइएकाे हाे ?

३.लाशहरूकाे पाेष्ट मार्टम गर्न के कारणले नदिइएकाे हाे ?

४.दिपेन्द्रकाे लाश ३ दिनसम्म राखेर जिवित देखाउनुकाे कारण के ?

५.अाफ्नै माग बमाेजिम छानबिन समितिमा बसेका माधव नेपाललार्इ त्यहाँबाट कसले निकाल्याे ?

६.राजा मारिंदा शाेक प्रस्ताव पारित नगर्ने संसदमाा् कस्काे नियन्त्रण थियाे ?

७.राजाकाे सुरक्षाकाे जिम्मा सेनाकाे हाेइन भन्ने तात्कालिन प्रसे प्रज्जव सम्शेरलार्इ कसकाे दबाबमा राजदूत बनार्इयाे ?

८.सेनाकाे काम राजाकाे सुरक्षा गर्नु हाेर्इन भने दरबारमा त्यत्राे सेना कुन प्रयाेजनकालागि तैनाथ गरिएकाे थियाे ?

९.राजपरिवारका अंगरक्षकहरू कसैलार्इ कारवाहि नगर्नुकाे कारण के हाे ?

१०.त्रिभूवन सदनलार्इ अनुसन्धान स्थल बनाउन छाडेर हतारमा भत्काउनुकाे उद्देश्य के ?

११.काण्डका बेला तैनाथ सैयाैं सैनीक सिपाहिहरू मारिएकाे वा अन्तै पठार्इएकाे जानकारि किन दिइएन ?

१२.छानबिन समितिले बगानका रूपमा संकलन गरेका विवादास्पद कुराहरूकाे अनुसन्धान किन गरिएन ?

१३.हत्याकाण्डका बेला मृतकहरूकाे वरिपरि रहेक सैनिक अधिकृतहरू विदेश पलायन किन भए ?

१४.पशुपतिपुत्री देवयानीलार्इ दरबार हत्याकाण्डकाे लगोै रातारात देशबाट किन भगार्इयाे ?

१५.हत्याका एउटै दिपेन्द्रबाट थरिथरि हतियार र गाेलिहरू चल्ने कुरालार्इ स्वाभाविक मान्न सकिन्छ कि सकिंदैन ?

१६.मृतकहरूकाे भिसेरा जाँच किन राेकियाे ?

१७.मारिनबाट संयाेगले बाँचेकि प्रेक्षालार्इ रारातालमा कसले खसाल्याे ?

भरत दाहालको फेसबुकबाट साभार

जिल्लाब्यापी यू-१२ क्रिकेटको उपाधि शुभेनियर बोर्डिङ स्कुल बट्टारलाई

नुवाकोट,जेठ १९ । नुवाकोट क्रिकेट संघद्वारा आयोजित जिल्लाब्यापी यु-१२ प्रतियोगिताको उपाधी शुभेनियर बोर्डिङ स्कुल बट्टारले जितेको छ। युनिक ब्वाइज ढुङे र शुभेनियर बिच भएको फाईनल खेलमा शुभेनियर बोर्डिङ ७ बिकेटले बिजयी भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको युनिक ब्वाइजले १० ओभरमा अलआउट हुदै ६० रन बनायो।युनिक ब्वाइजको तर्फबाट रोशन डंगोलले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।बलिङतर्फ शुभेनियरका गौरव गजुरेलले ४ र मौसम दाहालले २बिकेट लिए।

६१ रनको उपाधी लक्ष्य सहित मैदानमा उत्रेको शुभेनियर बोर्डिङले ६.१ ओभर खेल्दै बिजय हासिल गर्यो।शुभेनियरका तर्फबाट मौसम दाहालले ३३ रन र प्रबेस श्रेष्ठले १५ रन बनाए।बलिङतर्फ युनिक ब्वाइज ढुङेका बिश्वजित प्याकुरेलले २ बिकेट लिए।खेलमा शुभेनियर बोर्डिङका मौसम दाहाल म्यान अफ दि फाईनल घोषित भए।

प्रतियोगिताको बेष्ट ब्याट्सम्यान शुभेनियरका मौसम दाहाल,बेष्ट बलर न्यु युनाइटेडका प्रथम लोहनी,ईमर्जिङ प्लेयर न्यु युनाईटेडकै सृजन लोहनी र म्यान अफ दि सिरिज शुभेनियरका मौसम दाहाल घोषित भए।९ टिमको सहभागिता रहेको प्रतियोगिताको समापन कार्यक्रमको नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठको सभापतित्व र समाजसेवी तथा नेपाली काङ्ग्रेसका युवा नेता रमेशकुमार महतको प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रममा विशेष अतिथि उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष भुवनलाल राजभण्डारी,लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष धनसिङ तामाङ,उद्योग बाणिज्य संघ नुवाकोटका प्रवक्ता तथा नुवाकोट क्रिकेट संघका सल्लाहकार सन्तोष उप्रेती,प्रेस युनियन नुवाकोट अध्यक्ष किरण अधिकारी,विद्यार्थी नेता उपेन्द्र मिश्र र पवन थापा आदिको उपस्थिति थियो।

मनिषा मृत्यु प्रकरणः प्रारम्भिक अनुसन्धान सार्वजनिक,के थियो प्रेमीसँगको सम्बन्ध ?

काठमाडौं,जेठ १९ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको छ । मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी ९आशिष०को पोलिग्राफ परीक्षण प्रतिवेदन र मनिषाको शवको परीक्षण प्रतिवेदनको आधारमा मृत्यु प्रकरण थप रहस्यमय हुनुको साथै अनुसन्धान थप जटिल बन्दै गएको प्रहरीको ठहर छ । प्रेमी अशिष चौधरीको भएको पोलिग्राफ जाँचमा चौधरीले मनिषाको हत्या नगरेको दिएको जवाफ साँचो देखिएको छ । परिवारले भने हत्या गरेको दाबी गर्दै आएका छन् ।

घटनाको सूष्मरुपमा अनुसन्धान भइरहेको र हालसम्मको अनुसन्धानका क्रममा सो घटना हत्या हो वा होइन भन्नेबारे केही भन्न नसकिने प्रहरीले भनाइ छ । नवलपरासी जिल्ला प्रहरी कार्यलयका एसपी राजेन्द्र चौधरीले दिएको जानकारीमा आधारित प्रारम्भिक

अनुसन्धान रिपोर्ट यस्तो छ -

२०७३ वैशाख १३ गते बिहान साढे ६ बजे इलाका प्रहरीले घटनाको जानकारी पायो। प्रहरी नायव उपरीक्षकको नेतृत्वमा प्रहरीको टोली ६ बजेर ४० मिनेटमा घटनास्थल पुग्यो। प्रहरी घटनास्थल पुग्दा मनिषाको टाउकोदेखि कम्मरसम्म पलङमा थियो भने नजिकै राखिएको टि टेवलमा उनको खुट्टा थियो। कोठामा रहेको पङ्खाको तार चुडिएको अवस्थामा थियो।

अर्को कोठामा रहेको सीसाको सोकेस फुटेको थियो। मनिषाको घाँटीमा नीलो डाम र रगत थियो। त्यसपछि प्रहरीले त्यहाँ भएका सवुत प्रमाण बटुल्यो र मुचुकल्का उठायो। त्यतिबेर सम्म मनिषाको घरपरिवार, आफन्त, साथी भाइ भरिएका थिए र शोकको वातावरण थियो।

छिमेकीसँगको सोधपुछपछि प्रहरीले घटनाको आशंकामा मनिषाका प्रेमी आशिष भनिने २२ वर्षीय रुद्रनारायण चौधरीलाई उनकै घरबाट नियन्त्रणमा लियो। उनको घरबाट प्रहरीले खरानी रंगको टिसर्ट र नजिकै रहेको पेट्रोलपम्पको नालमा लुकाएर राखिएको कालो रंग सल पनि वरामद गर्‍यो।

मनिषाको मृत्यु नभएर हत्या भएको आशंकामा आशिष चौधरीविरुद्ध त्यसै दिन मनिषाका काकाले  ज्यान मुद्दामा जाहेरी दर्ता गराए। त्यसपछि प्रहरीले चौधरी सँग प्रारम्भिक अनुसन्धान सुरु गर्‍यो। जाहेरीका आधारमा जिल्ला अदालतमा ७ दिन म्याद थपिएर अनुन्धान सुरु भयो। मनिषाको शव पोस्टमार्टमका लागि राजधानीको शिक्षण अस्पताल टिचिङ पठाइयो। अस्पतालमा पोस्टमार्टम भइरहँदा प्रहरीले आशिषसँग बयान लिइरहेको थियो।

प्रहरीको अनुन्धानका क्रममा मनिषा र आशिषबीच प्रेम सम्बन्ध रहेको र प्रेम सम्बन्धमा विवाद पछि रहस्यमय मृत्यु भएको खुल्न आएको छ। वैशाख १२ गते आशिषले पटकपटक मनिषालाई फोन सम्पर्क गरे। तर, मनिषा सम्पर्कमा आइनन्। दिनभरजसो मनिषाले फोन नउठाएपछि आजित बनेका आशिषले मनिषाकी साथी शीलुलाई फोन गरे। शिलुलाई आशिषले फोनमा 'मनिषालाई फोन उठाउ भन नत्र जे पनि हुनसक्छ' भन्ने धम्की दिए।

मनिषा र अशिषको प्रेम विवादले अझै उग्ररुप लिँदै थियो। शिलुले मनीषलाई दिएको धम्की सुनाएपछि उनले आशिषलाई फोन गरिन्। मनिषाले रातको साढे ७ बजे आफ्नै घरमा बोलाइन्। मनिषाका दाजु विमल घर्तीमगर उपचारका लागि बेल्जियम गएका थिए। आमा बुटवलमा, मनिषा एक्लै थिइन् घरमा। मनिषाले नै फोन गरेपछि आशिष नशाको सुरमा उनको घर पुगे। चौधरी प्रेमको विवाद र रक्सी दुवैमा सम्हालिने अवस्थामा थिएनन्। भेट हुनेवित्तिकै दुईबीच कुटाकुट भयो। सोकेसका सीसा उनीहरुको झगडाको निशाना बन्यो।

त्यसपछि नशाले चुर भएका आशिष त्यसै बाहिरपट्टी लडे र निदाए। त्यसको २ घण्टापछि होसमा आएर हेर्दा झगडा गरेकी मनिषा मृत अवस्थामा थिइन्। उनको घाँटीको कालो सल चौधरीले फुकाए र मुखमा स्वासप्रस्वास दिए। तर, मनिषा उठिनन्। घाँटीको सल नजिकैको पेट्रोलपम्प अगाडिको नालामा लगेर लुकाए। मृतक मनिषा र प्रेमी आशिकको मोबाइलमा १२ गतेसम्म चार दिनको कल रकर्ड हेर्दा दुईबीच २ सय १८ पटक सम्पर्क भएको देखिन्छ जसमा आशिषले १ सय १६ र मनिषाले १ सय २ पटक सम्पर्क गरेका थिए। उनीहरुबीच अन्तिम सम्पर्क भने मृत्यु हुनभन्दा करिब २ घण्टा अघि ८ बजेर ३२ मिनेटमा भएको थियो।

मनिषाको पोस्टमार्टम रिपोर्टमा भने उनको मृत्युको कारण 'हेङगिङ' भन्ने छ। आत्महत्या होइन हत्या भन्ने परिवारको दावी भइरहँदा प्रहरीले अनुसन्धान झनै तीब्र बनायो। प्रहरीले आशिष चौधरीसँग लिएको बयानमा उनले पटकपटक आफुले हत्या नगरेको दावी गरे। चौधरीको बयानमा विश्वास नलागेपछि जेष्ठ १८ गते प्रहरीले पोलिग्राफ टेष्टको साहरा लियो। पोलिग्राफ टेष्टले झुट बोलेको नबोलेको तथ्य परीक्षण गर्छ। करिब ५ घण्टासम्म भएको टेष्टमा उनलाई ११ वटा प्रश्न सोधिएको थियो।

तपाईँले मनिषाको घाँटी थिचेर हत्या गरेको हो कि होइन? भन्ने प्रश्नमा उनले होइन मात्र दोहोर्‍याइरहे। पोलिग्राफ टेष्टले उनको बोली सत्य भएको प्रमाणित गरको छ। अनुसन्धानमा अझै मनिषाको मृत्यु चलचित्रको रहस्यमय कथा जस्तै छ। मनिषाको हत्याको अनुन्धानमा नियन्त्रणमा लिएका आशिष चौधरी हत्यारा हुन् या निर्दोष यो पनि गर्भमा नै छ। तर मनिषा अब यो संसारमा छैनन। र अझै कतिपय प्रश्नहरु अनुत्तरित नै छन् यस घटनामा।  पहिलो पोष्ट डटकमले समाचार लेखेको छ ।

प्रधानमन्त्री ओलीले मागे गृहमन्त्री बस्नेतको राजीनामा

काठमाडौं, जेठ १९ । सिडियो र सहायक सिडिओको सरुवालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री शक्तिबहादुर बस्नेतको राजीनामा मागेका छन् । गृहमन्त्री बस्नेतले प्रधानमन्त्रीले दिएको सरुवा बदरको निर्देशन नमान्ने अडानलिए पछि  ओली र बस्नेतबीच वाकयुद्ध चलेको हो ।

मंगलबार प्रमुख जिल्ला अधिकारी सहित उच्च अधिकृतहरुको गरिएको सरुवाको निर्णय बदर गर्न दिएको निर्देशन गृहमन्त्री बस्नेतले अस्वीकार गरेका छन् । गृहमन्त्रालयले मंगलबार प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ५१ जनाको सरुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले उक्त निर्णय बदर गर्न गृहमन्त्री बस्नेतलाई निर्देशन दिएका थिए । तर, सरुवाको निर्णय विधिसम्मत रहेको भन्दै गृहमन्त्री बस्नेतले निर्णय परिवर्तन हुन नसक्ने जवाफ दिएका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web