बास्केटबलमा नेपालको दोहोरो जित

जेष्ठ १९, २०७३ मा प्रकाशित | 919 views

काठमाडौं,जेठ १९ । बंगलादेशको ढाकामा भइरहेको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा नेपालले बुधबार दोहोरा सफलता हात पारेको छ । पहिलो खेलमा नेपालले श्रीलंकालाई ६५–६४ को साँघुरो अन्तरले पराजित ग¥यो । नेपालले कुनैपनि स्तरको खेलमा श्रीलंकालाई हराएको यो पहिलो पटक भएको नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले जनाएका छन् । नेपालले चार क्वाटरमा क्रमशः १६–१०, १४–१५, १४–२३ र २१–१६ स्कोर ग¥यो । नेपालको जितमा आशिष बस्नेतले २६ अंक योगदान गरे ।

बुधबारै भएको अर्को खेलमा नेपालले बंगलादेशलाई ५७–५४ ले हरायो । नेपालले १५–५, १८–१८, १४–१३ र १०–१८ अंक जोड्यो । नेपालका लागि निश्चल महर्जनले १५ अंक बटुले । चार राष्ट्र सहभागी प्रतियोगिताको अन्तिम दिन बिहीबार नेपालले आफ्नो अन्तिम खेलमा भारत विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web